९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ७३ करोडको सेयर किनबेच
काठमाडौं । साताको पहिलो काराेबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) घटेकाे छ । नेप्से ९.१९ अङ्कले घटेकाे हाे । आज सेयर बजार ०.३४ प्रतिशतले घटेको हो । यससँगै नेप्से परिसूचक २६१८ बिन्दुमा झरेको छ । आज ९१ कम्पनीको सेयर बढ्दा १४१ वटाको मूल्य घटेको छ । ११ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ । १ करोड ११ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, मैलुङ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले र समृद्धि फाइनान्स ९.९९ प्रतिशत तथा कालिञ्चोक दर्शन लिमिटेडको सेयर ९.७७ प्रतिशतले बढेको छ । नेपाल एसबीआई (–६.७९ प्रतिशत), प्राइम कमर्सियल बैंक (–४.१७ प्रतिशत), रावा इनर्जी (–४.०३ प्रतिशत), आईसीएफसी फाइनान्स (–३.८३ प्रतिशत)को सेयर मूल्यमा भने गिरावट आएको छ । कारोबारतर्फ आईसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीईडीबी हाइड्रोपावरको १८ करोड, नेपाल फाइनान्सको १८ करोड र समृद्धि फाइनान्सको पनि १८ करोडबराबरको सेयर किनबेच भएको छ ।
मंगलबार २५ अंकले बढ्यो सेयर बजार, गुडविल फाइनान्सको सेयर धेरै कारोबार
काठमाडाैँ । साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको २ दिन लगातार घटेको बजार आज २५.८८ अंकले बढेको हो । आज १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर खरिद बिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबारमा आएका १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा आज ४० कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन रवा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ८.८६ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.७५ प्रतिशतले घटेको छ । आज गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । गुडविलको १७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार हुँदा कुमारी बैंकको १३ करोड ८० लाख र हिमालय रिइन्स्योरेन्सको १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस साताको पहिलो दिन आइतबार र सोमबार लगातार सेयर बजार परिसूचक नेप्से घटेको थियो । उक्त दुई दिनमा १०५ अंकभन्दा बढीले घटेको बजार आज भने वृद्धि भएको छ ।
सरकार परिवर्तनको हल्ला सेयर बजारमा, ‘छिट्टै उच्च बिन्दुमा पुग्छ’
काठमाडाैं । दशैंपछि लगातार बढेको सेयर बजार पछिल्लो दुई दिनदेखि फेरि घट्न थालेको छ । पछिल्लो दुई दिनमा सेयर बजार परिसूचक नेप्से १०५.४३ अंकले घटेको छ । हिजो आइतबार ४७.४४ अंकले घटेको बजार सोमबार ५७.९९ अंकले घटेर नेप्से परिसूचक २ हजार ६ सय ३९.९२ बिन्दुमा रोकिएको छ । आज १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९० करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस दिन २२१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २३ वटा कम्पनीको मूल्य वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले वृद्धि हुँदा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८२ अंकले वृद्धि भएको छ । न्यादी ग्रुप पावरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । हिमालय रिको २२ करोड ३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । किन घट्यो ? सेयर बजारका जानकारहरूले राजनैतिक हलचलका कारणले सेयर बजार घटेको बताउँछन् । सेयर लगानीकर्ता राधा पोखरेलले पछिल्लो समय सरकार ढल्छ भन्ने समाचारहरू आएकाले त्यसको असर सेयर बजारमा देखिएको बताउँछिन् । उनले भनिन्, ‘रवि लामिछाने पक्राउ परेपछि सरकार ढल्छ भन्ने हल्लाहरू आएका छन् । यस्ता हल्ला रवि पक्रिनुपूर्व पनि आएका थिए । यिनै कुराले सेयर बजार घटेको हुनसक्छ ।’ इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियार पनि सरकार परिवर्तन हुने कुराले बजार घटेको बताउँछन् । उनले भने, ‘दुई तिहाइको सरकार ढल्ने समाचारहरू आएका छन् । यसले लगानीकर्ताको मनोबल खस्किएको हुनसक्छ । त्यसले गर्दा सेयर बजार घटेको हो ।’ तर, उनले अहिले सरकार परिवर्तन भएपनि बजारलाई असर नगर्ने बताए । उनका अनुसार अहिले बैंकको ब्याजदर न्यून रहेको छ । बैंकले तरलता पनि प्रशस्तै छ । चाहिए जति ऋण बैंकले दिने अवस्थामा रहेको उल्लेख गर्दै उनले भने, ‘यो बेला भनेको सेयर बजार उकालो लग्ने बेला हो ।’ रौनियारले यथार्थलाई नबुझेर विभिन्न हल्लाको पछि नलाग्न पनि लगानीकर्तालाई अनुरोध गरेका छन् । उनले एक-दुई दिन बजार ओरालो लागे पनि खासै चिन्ता लिनु पर्न अवस्था नहरेको बताए । उनका अनुसार केही दिनमै बजारले आफ्नो लय पक्रिने छ । उनले बजार उकालो लागेर बजारले नयाँ रेकर्ड राख्ने दाबीसमेत गरे । उनले भने, ‘बजारले एक-दुई दिनमै उकालो यात्रा तय गर्छ । पहिलाको उच्चतम बिन्दुको रेकर्ड पार गरेर अघि बढ्छ ।’
लामिछाने पक्राउ विरुद्धको आन्दोलनले सेयर बजारमा गिरावट, ८ अर्ब बढीको कारोबार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभर आन्दोलन चर्किँदा त्यसको प्रभाव पुँजी बजारमा परेको छ । दशैंपछि निरन्तर उकालो लागेको पुँजी बजार आज भने भारी अंकले गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । लामिछाने पक्राउ पर्नु पुँजी बजारसँग सम्बन्धित विषय नभएपनि लगानीकर्तामा भने त्यसको नकारात्मक प्रभाव रहेको लगानीकर्ताहरूको भनाइ छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.७२ प्रतिशत अर्थात् ४७.४४ अंकले घटेर १ हजार ६९७.९१ अंकमा बन्द भएको छ । आइतबार अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि सेयर बजार राताम्य छाएको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार कित्ता सेयर ८८ हजार ७१४ पटक खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार २२६ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात् ९७.३० अंक घटेर ८७५.७० रुपैयाँमा झरेको छ । यस्तै, गुडविल फाइनान्सको ८.४१ प्रतिशत अर्थात् १००.९० रुपैयाँ घटेर १ हजार ९९ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । तर, आज १८ कम्पनीको सेयर मूल्य भने बढेको देखिन्छ । भारी अंकले गिरावट आएको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् २०९.९० रुपैयाँ बढेर २ हजार ३०८.९० रुपैयाँ पुगेको छ । यस्तै, न्यादी ग्रुप पावर कम्पनीको ९.८९ प्रतिशत अर्थात् ४७ रुपैयाँ बढेर ५२२ रुपैयाँ पुगेको छ । आज गुडविल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कुमारी बैंकको ३७ करोड ८७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको तथ्याङ्क छ । आइतबार बैंकिङ समूह १.०२ प्रतिशत, विकास बैंक समूह २.३४ प्रतिशत, फाइनान्स समूह ४ प्रतिशत, होटल तथा पर्यटन समूह २.२३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, लगानी समूह १.८९ प्रतिशत, जीवन बीमा समूह २.४६ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह २.०५ प्रतिशत, लघुवित्त समूह १.५२ प्रतिशत, निर्जीवन बीमा समूह १.५२ प्रतिशत, अन्य समूह १.५० प्रतिशत र व्यापार समूह १.८६ प्रतिशत घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।
टाटा सन्सको आईपीओको प्रतीक्षामा भारतीय सेयर बजार, नोएल टाटाको रणनीति के हो ?
काठमाडौं । अर्बपति रतन टाटाको निधनपछि उनकाे स्थानमा नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । उनी पल्लोनजीका मिस्ट्रीका ज्वाइँ हुन् । यही कारण अहिले टाटा सन्सको आईपीओलाई लिएर विभिन्न किसिमका अड्कलबाजी सुरु भएको छन् । टाटा सन्सको आईपीओ छिट्टै आउन सक्छ भन्ने कुरासँग सम्बन्धित व्यक्तिले बताउन थालेका छन् । रिजर्भ बैंक (आरबीआई)ले सेप्टेम्बर २०२५ सम्म यसको लिस्टिङकाे लागि समय दिएको छ। एसपी ग्रुप लिस्टिङ चाहन्छ टाटा ग्रुपकाे होल्डिङ कम्पनी टाटा सन्स हो । यसमा शापूरजी पलाेनजी ग्रुप (एसपी ग्रुप) को १८.५ प्रतिशत सेयर छ । एसपी समूहले टाटा सन्सलाई जतिसक्दो चाँडो लिस्टिङ गर्न चाहन्छ ताकि तिनीहरूको कम्पनीको सेयरको उचित मूल्य थाहा पाउन सकियोस् । यससँगै एसपीले केही सेयर बेचेर ऋण तिर्न पनि सकाेस् । सेप्टेम्बर १६ मा सम्पन्न टाटा सन्सका सेयरधनीहरूको वार्षिक साधारणसभामा एसपी समूहले पनि यो मुद्दा उठाएको मिडियामा खबर आएको छ । टाटा भारतको सबैभन्दा मूल्यवान ब्रान्ड हो, जसको मूल्य यस वर्षकाे जुनमा २८.६ बिलियन डलर थियो । के भन्छ रिजर्भ बैंक ? रिजर्व बैंकले टाटा सन्सलाई गैर-बैंकिङ फाइनान्स कम्पनी (एनबीएफसी) माथिल्लो तहमा वर्गीकृत गरेको छ । त्यस्ता कम्पनीलाई सूचीकरणका लागि सेप्टेम्बर २०२५ सम्मको समय दिइएको छ । यद्यपि, २०२३-२४ मा नै आफ्नो सम्पूर्ण ऋण २१ हजार ८१३ करोड भारु चुक्ता गरिसकेपछि कम्पनीले एनबीएफसीको माथिल्लो तहबाट वर्गीकरण गर्न भारतीय रिजर्व बैंकमा निवेदन दिएको छ । यसो गर्दा कम्पनी दर्ता नभएको कोर इन्भेस्टमेन्ट कम्पनी (सीआईसी) रहनेछ । त्यसपछि उसलाई सूची बनाउन बाध्य हुनेछैन । यस निवेदनमा रिजर्भ बैंकले अहिलेसम्म कुनै निर्णय गरेको छैन। अहिले अवस्था फेरिएको छ रतन टाटाको मृत्युपछि टाटा ट्रस्टको स्थितिमा परिवर्तन आएको छ । अब टाटा सन्सको ६५ प्रतिशतभन्दा बढी सेयर राख्ने नोएल टाटा टाटा ट्रस्टको अध्यक्ष बनेका छन् । नोएल टाटा पल्लोनजीका ज्वाइँ हुन् । त्यसैले नोएल टाटाले अघिल्लो नीतिमा परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ । यद्यपि, टाटा सन्सको आईपीओबारे अड्कलबाजी जारी छ । स्वार्थको द्वन्द्वको घटना पर्दाफास यसैबीच टाटा सन्सले स्वार्थको द्वन्द्वको आरोपको सामना गर्न सक्छ । वास्तवमा वेणु श्रीनिवासन सन् २०१६ देखि टाटा सन्सको बोर्डमा छन् । सरकारले उनलाई सन् २०२२ मा आरबीआई बोर्डको सदस्यसमेत बनाएको थियो । विश्लेषकहरूका अनुसार वेणु श्रीनिवासन आरबीआई र टाटा दुवैको बोर्डमा रहनु गम्भीर विषय हो, यसले प्रत्यक्ष रूपमा स्वार्थको द्वन्द्व देखाउँछ । विश्लेषकहरू आरबीआई बोर्डमा श्रीनिवासनको पदले गर्दा टाटा ट्रस्टसँगको सम्बन्धका कारण नैतिक चिन्ता जन्माउँछ । टाटा सन्समा टाटा ट्रस्टको ठूलो प्रभाव छ । आरबीआईले के जारी गर्याे परिपत्र ? रिजर्व बैंकले अक्टोबर २२, २०२१ मा परिपत्र जारी गरेको थियो । यसअनुसार केही एनबीएफसीहरू स्टक एक्सचेन्जमा सूचीबद्ध हुनुपर्छ । यसमा विशेषगरी एसबीआर संरचनाको माथिल्लो तहमा वर्गीकृत कम्पनीहरूको लागि सेप्टेम्बर २०२५ सम्मको समय छ । सेप्टेम्बर १४, २०२३ मा आरबीआईले टाटा सन्ससहित माथिल्लो तहमा राखिएका १५ एनबीएफसीहरूको नाम जारी गरेकाे थियाे । तीमध्ये अधिकांश कम्पनी सूचीकृत भएका छन् । तर टाटा सन्सको सूचीकरणको प्रक्रिया अझै सुरु भएको छैन । एजेन्सी
राष्ट्र बैंकको नजरमा कस्तो भइरहेको छ सेयर बजार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको पछिल्लो एक वर्षको उतारचढावको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै सेयर बजारको उतारचढावको विषयमा पनि बोलेको छ । राष्ट्र बैंकको तथ्यांकमा २०८० भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०.७६ कायम भएको छ । २०८१ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८१ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० भदौमा सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ भदौ मसान्तमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य रु.८२८ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा २ अर्ब ५४ करोड बराबरको बोनस सेयर, १ अर्ब ७२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल ४ अर्ब २६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको यो चालु आर्थिक वर्षको दुई महिनाको हो । दशैंपछिको पहिलो कारोबार भएको दिन आज मंगलबार सेयर बजार परिसूचक नेप्से १.१७ प्रतिशतले वृद्धि भएको छ । आज ३१.४८ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ६ सय ९९.६६ बिन्दुमा रोकिएको छ ।
भारतीय सेयर बजार इतिहासमै ठूलो आईपीओ, हुण्डाईले तोड्यो एलआईसीको रेकर्ड
काठमाडौं । हुण्डाई मोटर्सको सहायक कम्पनी हुण्डाई मोटर्स इन्डीयाले प्राथमिक सेयर निष्काशन (आईपीओ) खुला गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले आज अक्टोवर १५ तारिखदेखि करिब ३ खर्ब भारतीय रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । हुण्डाई मोटर्स इन्डीयाको आईपीओ भारतीय सेयर बजारको इतिहासमै सबैभन्दा ठूलो दाबी गरिएको छ । साथै कम्पनीको आईपीओ एशियाकै ठूला आईपीओहरूको सूचीमा समेत रहेको बताइएको छ । यसअघि भारतमा सबैभन्दा ठूला आईपीओ ल्याएको रेकर्ड लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)को नाममा थियो । एलआईसी इण्डीयाले दुई वर्षअघि अर्थात् सन २०२२ मा २ खर्ब १० अर्ब भारुको आईपीओ निष्कासन गरेको थियो । तर, एलआईसीको रेकर्ड ब्रेक गर्दै हुण्डाई मोटर्स इन्डीयाले हालसम्मकै ठूलो आईपीओ जारी गर्न लागेको हो । करिब २ दशकपछि भारतीय सेयर बजारमा अटो क्षेत्रको आईपीओ आएको बताइएको छ । जसलाई लिएर लगानीकर्ता निकै उत्साहित बनेका छन् । कम्पनीले २ खर्ब ७८ अर्ब ७९ करोड १६ लाख भारुको १४ करोड २१ लाख ९४ हजार ७ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता १ हजार ८६५ रुपैयाँदेखि १ हजार ९६० रुपैयाँ तोकिएको छ । हुण्डाई इन्डियाले आईपीओमार्फत् आफ्नो १७.५ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । जसमध्ये क्यूआईपीका लागि ५० प्रतिशत, एनआईआईका लागि १५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि २५ प्रतिशत सेयर छुट्याइएको छ । साथै कम्पनीका कर्मचारीका लागि ७ लाख ७८ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ७ कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ । सो आधारमा कम्पनीको आईपीओ खरिद गर्न कम्तीमा १३ हजार ७२० रुपैयाँ लगानी गर्नुपर्ने देखिन्छ । हुन्डाई इन्डियाका कर्मचारीलाई भने प्रतिकित्ता १८६ रुपैयाँ छुट दिइएको छ । उक्त आईपीओका लागि अक्टोवर १७ तारिखसम्म आवेदन दिन सकिने बताइएको छ ।
सेयर बजारमा ठूलाे उद्योग भित्रिँदै, अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै
काठमाडौं । अम्बे स्टील्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासनका लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । अम्बे स्टील्स र एनआइएमबि एस क्यापिटलका आधिकारिक व्यक्तिहरूकाे उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । वार्षिक ४० अर्ब कारोबार गर्ने यस कम्पनीको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । जय अम्बे स्टील्स लिमिटेडकोउत्पादन क्षमता एक हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ । पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्लाको नेपालगञ्जमा रहेको छ भने उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टील, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स लगायत उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराउने बताएको छ । कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएकाे दाबी गर्दै स्टील आयातको आवश्यकतालाई न्यून गर्दै गएको बताएको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन सर्वसाधारणबाट पुँजी जुटाएर उद्योग विस्तार गर्ने रणनीति लिएको छ ।
३७ अंकले बढ्यो सेयर बजार, चन्द्रागिरि हिल्सको उच्च कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज ३७.१३ अंकले बजार बढेर २ हजार ६९०.७२ बिन्दुमा पुगेको छ । आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक कारोबार भएको छ । ७ अर्ब ९ करोड ५९ लाख ३० हजार बढी रुपैयाँको कारोबार भएकाे छ । यसैगरी, एक सय ७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यसैगरी, ६६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज श्री स्टार हाइड्रोपावर, डोल्टी पावर कम्पनी, एनआईसी एशिया फ्लेक्सी क्यापिटल फण्ड, जोशी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् भने ईस्ट्रर्न हाइड्रो पावर, कुमारी सबल योजना, विन नेपाल लघुवित्त, जनउथान सामुदायिक लघुवित्त र पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । चन्द्रागिरि हिल्सको २६ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २४ करोड ११ लाख ९८ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख ३२ हजार, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार र गुडविल फाइनान्सको २३ कराड ८ लाख ७० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज होटल समूहको उपसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतल वृद्धि हुँदा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको उपसूचक १.२९ प्रतिशतले गिरावट आएको छ ।
सेयर बजारमा हरियाली, उकालो लाग्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा हरियाली छाएको छ । दिनभरि उतारचढाव हुँदै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१५ प्रतिशत अर्थात् ५६.०९ अंकले बढेको हो । गत साता बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको थियो । नेपालीहरूको महानपर्व दशैंको लागि खर्च नजिकै आएकाले सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् । आजसम्म सेयर कारोबार गरेमा दशैं अगाडि नै नगद रकम पाइने भएकाले बजार बढेको उनीहरूको भनाइ छ । साथै विगतमा पनि दशैंको समयमा सेयर बजार बढ्ने गरेको इतिहास रहेको उनले बताए । नेप्सेका अनुसार आज ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६९ हजार ८६० पटक खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बुधबारका दिन ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.२० प्रतिशत, विकास बैंक समूह २.२२ प्रतिशत, फाइनान्स समूह ६.३० प्रतिशत, होटल तथा पर्यटन समूह १.७१ प्रतिशत, जलविद्युत समूह २.७३ प्रतिशत, लगानी समूह १.९९ प्रतिशत, जीवन बीमा समूह १.३४ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ३.१२ प्रतिशत, लघुवित्त समूह १.४७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, अन्य समूह १.६२ प्रतिशत र व्यापार समूह ०.९० प्रतिशत बढेको छ । आइतबार न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३०.५० रुपैयाँ बढेर ३३५.६० रुपैयाँ पुगेको छ । यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.७६ प्रतिशत, इस्टर्न हाइड्रोपावर कम्पनीको ९.६८ प्रतिशत, गुडविल फाइनान्सको ९.२७ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको ८.१४ प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार साहस ऊर्जाको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २५ करोड ५७ लाख रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ९९ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड १३ लाख रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर १४ करोड ७५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
संसारभरि सेयर बजारमा गिरावट, धनीहरूको सम्पत्तिमा के भयो उतारचढाव ?
काठमाडौं । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ १६ अर्ब ६२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३६ खर्ब १२ करोड रुपैयाँले घटेको छ । योसँगै उनको कुल सम्पत्ति १ खर्ब ५ अर्ब डलरमा झरेको छ । देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा १४औं र एसियामा पहिलो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८ अर्ब ९३ करोड डलरले बढेको छ । यसैबीच अडानी समूहका अध्यक्ष गौतम अडानी १ खर्ब डलर क्लबबाट बाहिरिएका छन् । शुक्रबार उनको कुल सम्पत्ति ९ करोड ४० लाख डलरले घट्यो र उनी १८औं स्थानमा झरेका छन् । योसँगै उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलरमा झरेको छ । यस वर्ष उनको कुल सम्पत्ति १५ अर्ब २० करोेड डलरले बढेको छ । उता, विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक वाल्टन परिवारका तीन सदस्यको नेटवर्थ अहिले अडानीको भन्दा बढी छ । यसमा जिम वाल्टन (१ खर्ब ३ अर्ब डलर), रोब वाल्टन (१ खर्ब र एलिस वाल्टन ९१ खर्ब) पर्छन् । अमेरिकी सेयर बजारमा शुक्रबार निकै वृद्धि भएको छ । जसका कारण त्यहाँका धनीहरूको नेटवर्थ निकै बढेको छ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कको कुल सम्पत्ति ६ अर्ब ७३ करोड डलरले सबैभन्दा बढी वृद्धि भएको छ । उनी २ खर्ब ६३ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । मार्क जुकरबर्ग २ खर्ब ११ अर्ब डलरको कुल सम्पत्तिका साथ दोस्रो स्थानमा र जेफ बेजोस २ खर्ब ९ अर्ब डलरका साथ तेस्रो स्थानमा छन् । यस्तै, बर्नार्ड अर्नाल्ट १ खर्ब ९३ अर्ब डलरसहित चौथो, पाँचौमा ल्यारी एलिसन १ खर्ब ८३ अर्ब डलर, छैठौंमा बिल गेट्स १खर्ब ६१ अर्ब डलर, सातौंमा ल्यारी पेज १ खर्ब ५१ अर्ब डलर, आठौंमा वारेन बफेट १ खर्ब ४६ अर्ब डलर, नवौंमा स्टिभ बाल्मर १ दर्ब ४५ अर्ब डलर र सर्गे ब्रिन १ खर्ब ४२ हर्ब डलरसहित दशौं स्थानमा छन् । एजेन्सी
विश्वभरको सेयर बजारमा ठूलो गिरावट, बेजोसलाई उछिन्दै विश्वको दोस्रो धनी बने जुकरबर्ग
काठमाडौं । इरान र इजरायलबीच बढ्दो तनावका कारण बिहीबार विश्वभरका सेयर बजारमा गिरावट आएकाे छ । जसका कारण धनीहरूको सूचीमा ठूलो फेरबदल भएको छ । शीर्ष २० मा केवल तीन धनी व्यक्तिको कुल सम्पत्ति बढेको छ। जसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग, एनभीडीयाका सीईओ जेन्सेन हुआङ र डेल कर्पोरेशनका माइकल डेल सामेल छन् । यससँगै जुकरबर्ग विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । एसियाका सबैभन्दा धनी मुकेश अम्बानी र गौतम अडानीलाई ठूलो नोक्सान भएको छ । बिहीबार जुकरबर्गको कुल सम्पत्ति ३ अर्ब ४३ करोड डलरले बढेको छ र उनी २०६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । यस वर्ष उनको कुल सम्पत्ति सबैभन्दा बढी ८९. १ बिलियनले बढ्यो । एलन मस्क २५६ अर्ब डलरको कुल सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । जेफ बेजोस २०५ अर्ब डलरको सम्पत्तिसहित तेस्रो स्थानमा झरेका छन् भने फ्रान्सका व्यापारी बर्नार्ड अर्नाैल्ट १९३ अर्ब डलरसहित चौंथो स्थानमा छन् । अम्बानी-अडानीको अवस्था यसैबीच रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी १४ औं स्थानमा झरेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयरमा बिहीबार गिरावट आउँदा अम्बानीको कुल सम्पत्ति ४ अर्ब २९ करोड डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १०७ अर्ब डलर छ । यो वर्ष उनको कुल सम्पत्ति १०.५ बिलियन डलरले घटेको छ । अदानी समूहका अध्यक्ष गौतम अडानीको कुल सम्पत्ति २.९३ अर्ब डलरले घटेर १०० अर्ब डलरसहित १७ औं स्थानमा झरेको छ । यो वर्ष उनको कुल सम्पत्ति १६. १ बिलियन डलरले बढेको छ। एजेन्सीकाे सहयाेगमा
सेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन, उतारचढाव हुँदै २६ अकंको गिरावट
काठमाडौं । सेयर बजारमा रौनकता एक दिन पनि टिक्न सकेको छैन । मंगलबार ११४ अंक बढेको सेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अंकले घटेर २ हजार ५९७.४९ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशत अर्थात् ११४.७० अंक बढेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ८३ हजार ८१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो मंगलबार ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार फाइनान्स समूहबाहेक अन्य सबै समूह राताम्य बनेका छन् । फाइनान्स समूह १.७५ प्रतिशत बढेको छ । बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह १.३८ प्रतिशत, होटल तथा पर्यटन समूह १.७९ प्रतिशत, जलविद्युत समूह १.७४ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह ०.४० प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह १.७९ प्रतिशत, लघुवित्त समूह १.१२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४१ प्रतिशत, निर्जीवन बीमा समूह १.८२ प्रतिशत, अन्य समूह ०.०३ प्रतिशत र व्यापार समूह १.१८ प्रतिशत घटेको छ । बुधबार ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८०.३० रुपैयाँ बढेर ८८३.३० रुपैयाँ पुगेको छ । यस्तै, स्वरोजगार लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत, इस्टर्न हाइड्रोको ९.४५ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ८.०२ प्रतिशत बढेको नेप्सेले जनाएको छ । तर, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात् ३५० रुपैयाँ घटेको छ । कारोबारका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको भएको छ । कम्पनीको २० करोड ७१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ, गुडविल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकममा भने गिरावट
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा सोमबार भने ४४ अंकको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८. ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम घटेको छ । आइतबार ४ अर्ब ५ करोड ५ लाख कारोबार रकम रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ को स्थिर रहेको छ । यस दिन म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ । सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ । यस्तै यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घटेको छ ।
सेयर बजार ३२ अंकले घट्यो, चार अर्ब ८४ करोडको सेयर कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२.८१ अंकले ओरालो लागेर दुई हजार चार सय ८६.७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर सात सय ४७.४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता सेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर ४.५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् । ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।
ठूला लगानीकर्ताको नियन्त्रणमा सेयर बजार
काठमाडौं । नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरूले आफू अनकूल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३० हजार अंक माथि पुगेको थियो । यसरी केही समय उचाइ लिएको पुँजीबजार निरन्तर ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरेको छ । पुँजीबजारप्रति सकारात्मक भएको सरकार एवं अर्थमन्त्री र राष्ट्र बैंकले समेत पुँजीबजारमैत्री मौद्रिक नीति ल्याएपनि बजारमा देखिएको सुधार क्षणिक बन्न पुगेको छ । ३ हजारमाथि पुगेको पुँजीबजार २५ सय अंकमा झरेसँगै अर्थमन्त्री आफैले पुँजीबजार सुधारको लागि नेप्से लगायतका निकायमा पुगेर निर्देशनसमेत दिँदै आएका छन् । तर, पनि बजारले सुधारको गति लिन सकेको छैन । अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुगेर गरेको अनुगमनसँगै बिहीवार उच्च अंकको सुधार देखिएको थियो । तर, पनि पुँजीबजारले गति लिन सकेको छैन । गत असार १६ गते २०३७.०९ बिन्दुबाट ९६३.७२ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको बजार अहिले निरन्तर ओरालो लागिरहेको छ । बजार लगातार न्यून बिन्दुतर्फ झर्नुको पछाडि नीतिगत र सरकारको कारणभन्दा पनि लगानीकर्ताको कारण देखिएको छ । बजार घटबढ हुनु पुँजीबजारको सुन्दर पक्ष हो तर हदभन्दा पनि दल जानु ठूला लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउनु खोजेको देखिन्छ । २ हजार अंकको शेयर बजार ३ हजार माथि पुग्नुलाई अधिकांश लगानीकर्ताले पुँजीबजार करेक्शनपछिको बाउन्सको रूपमा लिएका थिए । सरकारले नीतिगत सुधार र बजारलाई पारदर्शी रूपमा लैजानसके पुँजीबजार सुधारको बाटोमा जाने देखिन्छ । पछिल्लो समय पुँजीबजारमा देखिएको गिरावट लगानीकर्ताको अस्थिरताको कारण भएको लगानीकर्ताहरूले समेत स्वीकार गरेका छन् । पुँजीबजार लगानीकर्ताहरूले बजारलाई स्वतःस्फूर्तभन्दा पनि लगानीकर्ता अनकूल चलाउन खोज्दा बजारमा असर परेको कुरामा लगानीकर्ता समेत सहमत देखिएका छन् । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ठूला, पुराना र अनुभवी लगानीकर्ताले बजारलाई आफू अनकुल चलाउँदा पुँजीबजार सुधार हुन नसकेको बताइन् । उनले बजारलाई स्वतन्त्र छोड्नुपर्ने भएपनि बजारलाई ठूला लगानीकर्ताले नियन्त्रणमा लिन खाजेको आरोप लगाइन् । अध्यक्ष पोखरलेले शेयर बजार सानो कुराले पनि दीर्घकालिन असर पर्ने गरेको भन्दै लगानीकर्ता अनुकूल चलाउने प्रयासले बजार माथि जान नसकेको बताइन् । उनले नेपालको पुँजीबजार आर्थिक सूचकांकले भन्दा पनि राजनीतिक इण्डिकेटरले चलाइरहेको दावी गरिन् । उनले पुँजीबजार सुधार हुन नसक्नु लगानीकर्ता नै दोषी रहेको बताइन् । उनले पछिल्लो समय सानादेखि ठूला लगानीकर्ता समेत सेयर बजारका लगानीकर्ताभन्दा पनि व्यापारी बन्न खोज्दा बजार समस्यामा पुगेको बताइन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पाेखरेलले बजार बढेको समयमा ब्रोकरलाई भुक्तानी नगरी ठूला लगानीकर्ताले नाफा कमाएको आरोप लगाइन् । उनले त्यही समयमा बजारमा गिरावट आउँदा ब्रोकरलाई व्यवस्थापनमा समस्या हुँदा बजारमा कारोबार रकम कम र अंक दुवैमा गिरावट आएको बताइन् । सरकारले पुँजीबजार सुधारको लागि अझै थप नीतिगत सुधार गर्न जरुरी रहेको उनकाे भनाइ छ । स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले पनि सेयर बजारमा लगानी गरेपछि कमाउनको लागि धैर्यता आवश्यक रहेको बताए । उनले पछिल्लो समय लगानीकर्तामा पुँजीबजारमा लगानी गरेपछि कति समयको लागि लगानी गर्ने, कति समय धैर्य गर्ने भन्ने दीर्घकालीन योजना बिना लगानी गर्दा बजारमा समस्या देखिएको बताए । पूर्वअध्यक्ष रेग्मीले लगानीकर्ताहरूले लगानी गर्ने बित्तिकै तत्काल रिटर्न खोज्न थालेकाले बजार दीर्घकालीन रूपमा सुधार हुन नसकेको उल्लेख गरिन् । उनले शेयर बजारमा गरेको लगानी बैंकमा पैसा राखेर आजको भोलि ब्याज आउने जस्तो सोच राख्न नहुने बताए । पूर्वअध्यक्ष रेग्मीले दुई ठूला राजनीतिक पार्टी मिलेर सरकार बन्दा बजारमा सुधार देखिएको भएपनि आश्वसनले मात्रै बजार सुधार नहुने बताए । उनले सरकारले थप नीतिगत र प्राविधिक सुधार गर्दै जाने हो भने नेपाली पुँजीबजारको भविष्य राम्रो रहेको जानकारी दिए । यता शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले पनि बजार तल आउनुको मुख्य कारण लगानीकर्ताले नाफा बुक गर्नु रहेको बताए । उनले बजार करेक्शन हुनु राम्रो भएपनि अहिलेको स्थितिमा आउनु राम्रो नभएको जानकारी दिए । उनले पछिल्लो समय बजारमा शेयर बेच्ने लगानीकर्ताहरुले अफवाह फैल्याउने खालका कार्यले बजार तल झरेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले बजार अनुकूल लगानीकर्ता चल्नुपर्ने भए पनि बजारलाई लगानीकर्ताले आफू अनकूल चलाउन खोज्दा सेयर बजार प्रभावित भएको बताए । पुँजीबजारमा पछिल्लो बढाइमा एक चरणको करेक्शन साइकल पूरा भएको छ । करेक्शनले बजार बढ्ने आधार थप मजबुत बनाउँछ । तर बजार बाउन्स ब्याक भएको रूपमा लिनेभन्दा पनि लगानीकर्ताहरू विभिन्न अफवाह फैल्याउने र आफू अनकूल बजार बनाउन खोज्नु दुःखद् पक्ष हो । पुँजीबजारको सुधार ठूला लगानीकर्ताले साना लगानीकर्तालाई भ्रम फैल्याएर भन्दा पनि दीर्घकालिन लगानीका साथ बजार प्रवेश गराउन जरुरी रहेको छ । अहिले सानोतिनो नाफा भएपनि बुक गरेर चाडपर्वको खर्च निकालौं भन्ने मानसिकतामा लगानीकर्ताहरू देखिएका छन् । याे पनि पढ्नूहाेस् : विष्णुको विवेक र सेयर बजारमाथिको छेडखानी
‘सबै लगानीकर्ता मिलेर सेयर बजारमा सुझबुझ ढंगबाट कारोबार गरौं’
काठमाडौं । लगानीकर्ताहरूले सेयर बजारलाई प्राकृतिक ढंगले सञ्चालक हुन दिन माग गरेका छन् । जनरल इन्भेस्टर एसोसिएन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विगत केही दिनदेखि नेपालको पुँजी बजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन् । पुँजी बजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरू नरहेको उनीहरूको भनाइ छ । ‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासा राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सञ्चालन गर्न र आमलगानीकर्ताको अधिकारको सुनिश्चितता गर्न नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् । ‘आमलगानीकर्ता कसैको लहलहमा नलागी सुझबुझ ढंगबाट कारोबार गर्न र पुँजीबजार सुधारका लागि एकजुट भएर अगाडि बढ्नसमेत अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेप्से भन्छ- सञ्जालकाे भरमा सेयर बजारमा लगानी नगर्नूस्, नेपालमा काेही पनि विश्लेषक छैनन्
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विभिन्न प्रकारका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको भरमा लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले जारी गरेकाे सूचनामा नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको उल्लेख गरेकाे छ । सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेतसमेत गराएको छ । उसले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी निर्णय गर्न अनुराेधसमेत गरेकाे छ । सूचना :
विष्णुको विवेक र सेयर बजारमाथिको छेडखानी
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा पुगेर सेयर बजारप्रति चिन्ता व्यक्त गरे । उनले नेप्सेका कर्मचारीलाई सेयर बजार निरन्तर किन घटिरहेको छ ? भन्ने प्रश्न मात्रै गरेनन्, बजारमा चलखेल गर्नेलाई कानूनी कारबाही हुने चेतावनीसमेत दिएर फर्किए । जम्बो टोलीसहित नेप्सेमा पुगेका अर्थमन्त्री पौडेलले सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम कसरी चार/पाँच अर्बमा झर्याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? बैंकको ब्याजदर घट्दा पनि यो किसिमको गिरावट सेयर बजारमा किन आइरहेको छ ? उनले यी र यस्तै प्रश्न र जिज्ञासाहरूको भारी नेप्सेका कर्मचारीहरूसामू बिसाए । उनले प्रश्नहरू मात्रै गरेनन्, आफ्नो अनभिज्ञता र अञ्जानपन ‘ब्यूरोक्रेसी’सामू छर्लङ्ग पारे । सेयर बजारमा यसरी किन उतारचढाव भइरहेको छ भन्ने विषयले आफ्नो मनमा अनेक कुरा खेलिरहने पनि उनले कर्मचारीसँग ‘सेयर’ गरे । उनले आफूले पुँजीबजारलाई संवेदनशील तरिकाले हेरेको प्रष्ट्याए । सुरुमा विश्लेषण गरौं अर्थमन्त्री पौडेलका प्रश्नहरूको । उनले कर्मचारीसँग पहिलो प्रश्न गरेका छन्- सेयर बजारमा किन उतारचढाव आइरहेको छ ? सेयर बजारमा हुने उतारचढाव वा सेयर मूल्यमा हुने घटबढ भनेको सेयर बजारको सामान्य र नियमित लक्षण हो । आज बढेको सेयर बजार भोलि घट्न सक्छ । भोलि घट्ने बजार पर्सि बढ्न सक्छ । जसरी मान्छेको मुटु ‘ढुकढुक’ चल्छ, स्वस्थ्य मानिसको ई सीजी रिपाेर्टमा तलमाथि देखिन्छ, त्यसरी नै सेयरमा पनि उतारचढाव हुन्छ । उतारचढावबिनाको सेयर बजारको परिकल्पना पनि गर्न सकिँदैन । उचारचढाव नै सेयर बजारको सुन्दरता, विशेषता र गुण हो । अब कुरा गरौं दोस्रो र तेस्रो प्रश्नको । अर्थमन्त्री पौडेलले कर्मचारीहरूसँग सोधका छन्- ३० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम चार/पाँच अर्बमा कसरी झर्याे ? ३ हजार सिमा पार गरेको नेप्से इन्डेक्स २५ सयमा कसरी ओर्लियो ? उनले थाहा पाउनु पर्ने विषय के हो भने सेयर बजार माग र आपूर्तिमा चल्छ । जब सेयर बजारमा सेयरको उच्च माग हुन्छ, त्यसले मूल्य बढ्छ र जब माग हुँदैन त्यसपछि सेयर मूल्य र बजार पनि घट्न थाल्छ । माग र आपूर्ति अर्थात् ‘डिमाण्ड एण्ड सप्लाई’ सेयर बजारका अपरिहार्य सिद्धान्त र चक्र हुन् । माग र आपूर्तिकै आधारमा कम्पनीको सेयर मूल्य र समग्र सेयर बजार घटबढ हुन्छ । २०८० सालभरि दैनिक सेयर कारोबार ६०/७० करोड थियो । २०८१ सालपछि सेयर कारोबार वृद्धि हुँदै दैनिक ३० अर्बसम्मको कारोबार भएको हो । दैनिक ६० करोडको कारोबार ३० अर्ब पुग्नु पनि गलत थिएन । दैनिक ३० अर्बको कारोबार ५ अर्बमा झर्नु पनि गलत होइन । ३ हजार पार गरेको नेप्से इन्डेक्स २५ सय बिन्दुमा झर्नु नौलो विषय होइन । अन्तर्राष्ट्रिय सेयर बजारमा पनि यस्ता किसिमका उतारचढाव आइरहन्छन् । यो सामान्य विषय हो । त्यसैले पनि सेयर बजारका विज्ञ र विश्लेषकहरूले यसलाई लगानीको लागि जोखिमयुक्त क्षेत्रका रूपमा परिभाषित र किटान गरेका हुन् । अर्थमन्त्री पौडेलले अर्को प्रश्न गरेका छन्- बैंकको ब्याजदर घट्दा पनि सेयर बजारमा किन गिरावट आइरहेको छ ? पौडेलले बुझ्नुपर्ने र मनन गर्नुपर्ने विषय भनेको सेयर बजार बैंकको ब्याजदर घटबढले मात्रै प्रभावित हुँदैन । देशको अर्थतन्त्र, नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्था र प्रतिफल, वैदेशिक लगानी, सरकारको नीति निर्देशन र कार्यप्रस्तुति, राजनीतिक स्थिरता तथा अस्थिरता र लगानीकर्ताको मनोविज्ञानले बजार घटबढमा महत्त्वपूर्ण प्रभाव पार्छ । सरकारले नीति निर्माण र डेलिभरीमा कत्तिको पारदर्शीता अपनाइरहेको छ भन्ने विषयले पनि यसमा महत्त्व राख्छ । यी विविध पक्षहरूको विश्लेषण गरेर लगानीकर्ताले लगानी गर्छन् । जब लगानीकर्ताले यी विषयवस्तुमा सन्तुलन र सन्तोष महसुस गर्छन्, त्यसपछि लगानीका लागि तयार हुन्छन् । जब माथि उल्लेखित पक्षहरू कमजोर बन्छन्, सरकारले नीति नियम तथा निर्देशनमा पारदर्शीता अपनाउँदैन भने लगानीकर्ताले लगानी पनि झिक्ने अवस्था सिर्जना हुन्छ र एकाएक बजारमा गिरावट मात्रै आउँदैन, पहिरो र बाढी नै आउन सक्छ । सरकारप्रति लगानीकर्ताको विश्वास गुम्छ । र, सिर्जना हुन्छ अर्थमन्त्री नै एउटा कार्यालयमै पुगेर बजार किन घटिरहेको छ भन्नुपर्ने अवस्था । अर्थमन्त्री पौडेलले नेप्सेको कार्यालयमै पुगेर आफू सेयर बजारप्रति सकारात्मक र संवेदनशील रहेको सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । तर, देशको अर्थमन्त्री सेयर बजारको कार्यालयमा पुगेर बजार किन घट्यो ? कसरी घट्यो ? घटाउनेलाई कारबाही गर्छु भन्ने अभिव्यक्ति दिनु कत्तिको जायज हो ? जम्बो टोलीसहित कार्यालयमा पुगेर कर्मचारीसँग छेडखानी गर्नु कत्तिको उचित हो ? आफ्नै लय र सन्तुलित ढंगबाट चलिरहेको सेयर बजारलाई देशको अर्थमन्त्रीले प्रत्यक्ष हस्तक्षेप गरेर बजार बढाउन चाहेको सन्देश प्रवाह गर्न खोज्नु कत्तिको मनासिब हो ? हो, देशको नेतृत्वले पब्लिकलाई सकारात्मक सन्देश प्रवाह गर्न आतुर हुनुपर्छ । त्यो पनि नीतिगत रूपमा । तर, हचुवाको भरमा प्रभावित पार्ने किसिमका अभिव्यक्ति दिनुहुँदैन । नेप्से इन्डेक्स ३२ सय पार गरेको बेला ‘केक काट्छु’ भन्ने किसिमका सतही सौदाबाजी र दलालीमा सरकारको नेतृत्व लाग्नु हुँदैन । बरु लगानीकर्ताले के चाहिरहेका छन् ? सरकार कहाँ चुकिरहेको छ ? नीतिगत अस्थिरता र कानूनी छिद्रहरूलाई पुरेर कानूनी स्थिरता कायम गर्नतर्फ सरकार र सरकारी संयन्त्रहरू लाग्नुपर्छ । त्यसतर्फ अर्थमन्त्री पौडेलले कति काम गरेका छन् ? कति ध्यान दिएका छन् ? यसको जवाफ उनैसँग छ । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । सेयर बजार किन घटिरहेको छ ? कारोबार रकममा किन निरन्तर गिरावट आइरहेको छ ? भन्ने प्रश्नको जवाफ खोज्नुअघि अर्थमन्त्री पाैडेलले आफ्नो काम कारबाही र कार्यशैलीको मूल्यांकन, समीक्षा, मापन र विवेचना गर्न आवश्यक छ । विगत १० महिनादेखि पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको छैन । लामो समयदेखि नेप्सेको पुर्नरसंरचना गर्नुपर्ने विषय उठान भइरहेको छ । यसतर्फ सरकारले कुनै चासो दिन सकेको छैन । नेप्सेमा सर्वसाधारण र विदेशी लगानीकर्ता भित्र्याउने विषय कागजमै सीमित छ । प्राथमिक सेयर निष्काशन (आईपीओ) सार्वजनिक गर्ने भनेर लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूले निकास पाउन सकेका छैनन् । प्रिमियममा सेयर निष्काशन गर्ने तयारी गरेका कम्पनीमाथि सरकारी तवरबाटै अनेक किसिमका प्रहार र दुःख दिने काम भइरहेका छन् । यस्ता खालका विविध समस्या र अवरोधहरूलाई नजरअन्दाज गर्दै नेप्से कार्यालयमा पुगेर सेयर बजार किन घट्यो भन्ने प्रश्न गर्ने आँट अर्थमन्त्री पौडेललाई कसरी आयो ? अर्थमन्त्री बनेपछि पौडेलले सेयर बजारको सुधारका लागि के-के काम गरे ? लगानीकर्ताको हित हुने नीति निर्देश कति गरे ? नियामक तथा सेयर बजार सम्बन्धित कार्यालयको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिमा उनले के कति काम गरे ? आफू मातहतका निकायलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउका लागि उनले के कति नीतिगत व्यवस्था गरे ? भ्रष्टाचार, आर्थिक अनियमितता र नीतिगत अस्थिरता रोक्न कति पहल गरे ? वर्तमान समस्या समाधानका लागि सरोकारवालाहरूसँग छलफल, पैरवी तथा अन्तरक्रिया कति गरे ? लगानीकर्ताले राखेका मागहरू कति सम्बोधन भए ? यी विषयहरूमा गम्भीर नबनेर अर्थमन्त्रीले सेयर बजार किन घटिरहेको छ भन्नु लज्जास्पद हो । ठूला दुई राजनीतिक दलको गठबन्धनमा सरकार बनेपछि लगानीकर्ता र आम सर्वसाधारणमा आशाको सञ्चार प्रवाह भएको थियो । लगानीकर्ताले पनि अब देशमा स्थिर सरकार बन्ने भयो भन्दै हौसिदै लगानी गरे । परिणामतः बजार पनि बढ्यो । तर, दुई ठूला दल मिलेको परिणाम र प्रतिफल लगानीकर्ताले पाएनन्, भेट्टाएनन् । परिणामस्वरूप अहिले बजार घटेको हो । न कसैले बजार घटायो, न त कसैले ठूलो चलखेल गर्याे । लगानीकर्ताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन । कम्पनीहरूले लगानीकर्तालाई प्रतिफल दिन सकेनन् । देशको अर्थतन्त्रमा देखिएको मन्दीको तुसारो हट्ने छाँटकाँट लगानीकर्ताले देखेनन् । उनीहरू सेयर बिक्री गरेर फेरि फर्किएनन् । र, सेयर बजार घट्यो । भएको यत्ति हो । तर, अर्थमन्त्री पौडेलले तीलको पहाड सम्झे र निर्देशन दिन जम्बो टोलीसहित नेप्से कार्यालयमै पुगे । अर्थमन्त्री विष्णु पौडेलले गत भदौमा राजस्व चुहावट नियन्त्रण गर्ने भन्दै दुइटा द्रुत गस्ती निरीक्षण टोली गठन गरे । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन गर्ने निर्णय भयो । आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने विभिन्न निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेगरी दुई टोलीलाई पूर्व–पश्चिम परिचालन गरियो । तर, यसलाई धेरैले असुल गर्ने धन्दाका रूपमा बुझेका छन् । पूर्वको झापा र ताप्लेजङुदेखि पश्चिमको कञ्चनपुर र दार्चुलासम्म सरकारका आफ्नै सरकारी संयन्त्रहरू छन् । भन्सार कार्यालयहरू छन् । हजारौं कर्मचारीहरू छन् । वर्षौंदेखि तिनै संयन्त्रहरूले काम गर्दै आएका छन् । कुनै कमजोरी भइरहको छ भने सच्याउने हो, त्यहाँका कर्मचारीहरूमा प्राविधिक ज्ञान, सिप र क्षमता छैन भने सरकारले सिकाउने हो, क्षमता अभिवृद्धि गराउने हो । तर,चाडपर्वको मुखमा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली परिचालन गर्ने नाममा व्यवसायीलाई त्रसित, आतंकित र भय सिर्जना गर्ने काम गर्नु हुँदैन । राजस्व चुहावट गर्ने नाममा व्यवसायीलाई छेडखानी गर्ने प्रयास गर्नुले समग्र उद्योग व्यवसाय क्षेत्र तरंगित हुनुका साथै यसले देशको अर्थतन्त्रमै प्रभाव पार्न सक्ने सम्भावना रहन्छ । हो, सरकारले राजस्व चुहावटका लागि काम गर्नु प्रशंसनीय छ । तर, चाडपर्वकै मुखमै मात्रै केन्द्रबाट टीम परिचालन गरेर काम गरेजस्तो देखाउनुले न राजस्व चुहावट रोकिन्छ, न त देशमा सम्वृद्धि आउँछ । सम्वृद्धि त केवल तिनै चाडपर्वको बेला भन्सार नाकाहरूमा खटिनेहरूको परिवारमा आउँछ ।
लगातार तीन दिन घट्यो सेयर बजार
काठमाडौं । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । बुधबार परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज तीन सय २० कम्पनीको एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता सेयर ८० हजार तीन सय ७८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँको कारोबार भएको छ । आज बैंकिङ समूह शून्य दशमलव ७६ र निर्जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव शून्य आठ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य रहेको छ । यो सात दशमलव ६७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट लिमिटेडको रु २० करोड ५८ लाख आठ हजार पाँच सय ८४ को कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको पाँच लाख सात हजार दुई सय ७० कित्ता सेयर किनबेच भएको छ । याे पनि पढ्नूहाेस् : सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्सेमा अर्थमन्त्री पौडेल