लहलहैमा लगानी, सेयर बजारमा ट्रेडर हावी

तस्बिर : ग्रोक काठमाडौं । पुँजीबजारलाई जोखिमको बजारको रूपमा लिइन्छ । यहाँ कमाउने र गुमाउने दुवै हुन्छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यस्तो बजारमा नेप्से परिसूचक घट्नु र बढ्नुलाई स्वाभाविक लिइन्छ । तर, कहिलेकाहीं बजारमा अस्वाभाविक घटबढ भइिदिन्छ । एकैदिन ह्वात्तै बढ्नु र अर्कोदिन ठूलो अंकले गिरावट हुनु पुँजीबजारमा सामान्य हो । अझ त्यसभन्दा पनि बढी अस्वाभाविक कमजोर वित्तीय अवस्था भएका कम्पनीमा सकारात्मक सर्किट नै लागेर कारोबार भइरहेको हुन्छ भने राम्रा वित्तीय अवस्था र अब्बल मानिएका कम्पनीहरूको सेयरको मूल्य भने बढ्न सकेको हुँदैन । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले कुनै पनि कम्पनीले जारी गरेको वित्तीय विवरण, मासिक या त्रैमासिक रूपमा सार्वजनिक गरेका प्रतिवेदनहरू अध्ययन गरेर मात्रै लगानीको निर्णय लिनुपर्छ । कुनै पनि कम्पनीको प्रतिसेयर मूल्य, नेटवर्थ, लाभांश वितरणको अवस्था, नाफा/नोक्सान, कम्पनीको सञ्चालन र व्यवस्थापनलगायत हेरेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता छ । तर, पछिल्लो समय बजार ठीक विपरीत चलेको कारण लगाानीकर्ताले वित्तीय विश्लेषणभन्दा पनि कम्पनीको सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ । सेयर बजारमा देखिएको यस्तो खालको प्रवृत्तिले पछिल्लो समय लगानीकर्ताको सोच नै परिवर्तन भइसकेको छ । अझ भनौं, नेपाली पुँजीबजारमा लगानीकर्ताभन्दा पनि बढी ट्रेडर हाबी हुँदा यस्तो प्रवृत्ति देखिएको पुँजीबजारका जानकारहरू बताउँछन् । राम्रो नेटवर्थ नभएका तर बजारमा सेयर मूल्य उच्च रूपमा बढेको कम्पनीमध्ये नेपाल फाइनान्स लिमिटेड एक कम्पनी हो । उक्त कम्पनीको मूल्य २६ सय हाराहारमा पुग्यो । अहिलेको अवस्थामा सेयरमूल्य घट्दो क्रममा रहे पनि अझै पनि धेरै कारोबार गर्ने कम्पनीमध्येमा एनएफएस पर्दै आएको छ । केही समयअघि कर्णाली विकास बैंकको सेयरमूल्य त्यसैगरी उच्च रूपले बढेको थियो, जुन बैंकलाई राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गर्दै थप निक्षेप जम्मा गर्न र कर्जा प्रवाह गर्न रोक लगाइसकेको छ । यस्तै, अर्को कम्पनी हो- नारायणी डेभलपमेन्ट बैंक । उक्त कम्पनीको वित्तीय अवस्था हेर्ने हो भने लामो समयदेखि लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन, वित्तिय अवस्था पनि त्यति बलियो छैन । तर पनि बजारमा त्यही कम्पनीको सेयर मूल्य माथि पुगेको देखिन्छ । यी कम्पनीहरू यसका केही उदाहरणमात्रै हुन् । बजारमा यस्ता कम्पनीहरू धेरै छन् जुन वित्तीय रूपमा कमजोर भएपनि लगानीकर्ताको आकर्षणमा पर्दै आएका छन् । किन हुन्छ यस्तो ? जुन कम्पनीहरू वित्तीय रूपमा बलिया छन्, वर्षौंदेखि लगानीकर्तालाई लाभांश र बोनस वितरण गर्दै आइरहेका छन् । ती कम्पनीको मूल्य नबढ्नु तर कमजोर वित्तीय अवस्था भएका कम्पनी उचालिनुको मुख्य कारण बजारको ट्रेन्डमा परिवर्तन आएको पुँजीबजार जानकार देव गुरागाईं बताउँछन् । उनका अनुसार पछिल्लो समय बजारमा लगाानीकर्ताभन्दा पनि ट्रेडर हाबी भएको छ । जसले गर्दा वित्तीय विवरण हेरेरभन्दा सेयरमूल्यको आधारमा कारोबार गर्ने प्रवृत्ति बढेर गएको छ । गुरागाईंले भने, ‘बजारमा लगानीकर्ताभन्दा ट्रेडर हाबी भयो भने यस्तो हुन्छ । अहिलेको अवस्थामा लगानीकर्ताले पुँजीगत लाभलाई मात्रै हेरेको छ, दीर्घकालीन लगानीको लागि सोच्ने लगानीकर्ता कम छन् ।’ अहिलेको अवस्थामा यस्ता थुप्रै राम्रा मानिएका कम्पनीहरूले लाभांश वितरण गर्न सकेको छैन । त्यसले गर्दा पनि बजारमा ट्रेडर हाबी हुँदै गएको उनको भनाइ छ । गुरागाईं बजारको ट्रेन्डअनुसार लगानीकर्ताले पनि आफूलाई ढाल्नुपर्ने विचार राख्छन् । ‘पुँजीबजारमा लगानी गर्दा राम्रा फण्डामेन्टल भएका कम्पनी हेरेर लगानी गर्ने सिद्धान्त नै हो, तर अहिले बजारको प्रवृत्तिमा परिवर्तन भएको छ । बजारको प्रवृत्तिअनुसार लगानीकर्ताले आफूलाई बदल्नुपर्छ । आफूलाई बजारअनुसार ढाल्न सकेन भने नाफा कमाउन गाह्रो हुन्छ,’ उनी भन्छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपालप्रसाद भट्ट वित्तीय अवस्था खराब भएका कम्पनीमा लगानी गर्नु लगानीकर्ताकै कमजोरी औंल्याउँछन् । लगानीकर्ता आफै नै अस्वस्थ कम्पनीमा लगानी गर्छ भने त्यसको जिम्मेवारी स्वयं लगानीकर्ताले भोग्नुपर्ने उनले बताए । कुनै कुरा नबुझिकनै अरुको लहैलहैमा लाग्ने लगानीकर्ता यस्ता कम्पनीमा फस्ने उनको भनाइ छ । ‘बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । जान्नेबुझ्ने र चलाख लगानीकर्ता जसलाई ‘इन्फर्म’ लगानीकर्ता भनिन्छ । अर्को अरूको लहैलहैमा लागेर सेयर कारोबार गर्ने लगानीकर्ता । त्यस्ता खालका लगानीकर्ताले नै ‘सर्टटम गेन’ गर्ने, बजारलाई म्यानुपुलेट गर्छन् । कमजोर कम्पनीको सेयर मूल्य माथि पुर्‍याउने नै तिनै लगानीकर्ता हुन् ।’ सही कम्पनी छनोट कुनै पनि कम्पनीको वित्तीय अवस्थाले सम्पत्ति, दायित्व, कारोबारको स्थिति, आयको अवस्था, भविष्यको योजनालगायत विषयलाई जनाउँछ । लगानीकर्ताले प्रतिफललाई हेरेर लगानी गर्ने हो । आज किनेको सेयर भोलि बढोस् भन्ने सबै लगानीकर्ताको चाहना हुन्छ । आफ्नो लगानीबाट प्रतिफल पाउन चाहने लगानीकर्ताले सही कम्पनी छनोट गर्न जान्नुपर्छ । राम्रो प्रतिफल त्यही वित्तीय अवस्था बलिया भएका कम्पनीले मात्रै दिने डा. भट्टले बताए । ‘जुन कम्पनीले ग्रोथ गरिरहेको छ, नयाँनयाँ प्रोजेक्ट लिइरहेको छ, नीति, वित्तिय योजना, इन्भेष्टमेन्ट प्लान छ । त्यस्तो कम्पनीमा लगानी गर्दा भोलि डुब्दैन । भविष्यमा लगानीकर्तालाई राम्रो प्रतिफल दिन्छ । त्यस्तो कम्पनी हेरेर लगानी गर्नुपर्छ,’ उनले भने । लगानीकर्तालाई कस्तो कम्पनीमा लगानी गर्ने भन्ने सही निर्णय गर्नलाई विवरणपत्रले सहयोग गर्छ । विवरणपत्रकै आधारमा लगानीकर्ताले लगाानीको निर्णय गर्ने हो । विवरणपत्रमा सबै जानकारीहरू सही दिएको हुन्छ भन्ने मानिन्छ । नेपालको सन्दर्भमा केही कम्पनीले गलत विवरण सार्वजनिक गरेका उदाहरण नभएका भने होइनन् । नेपालमा केही कम्पनीले म्यानुपुलेट गरेर विवरणपत्र सार्वजनिक गरेका पनि छन् । यसको मतलब सबै कम्पनीको विवरणपत्रले लगाानीकर्तालाई झुक्याउँछ भन्ने पनि होइन । विवरणपत्रलाई नियामक निकाय नेपाल धितोपत्र बार्डले स्वीकृत दिनुअघि राम्रोसँग हेर्नुपर्छ । विवरणपत्रमा लगानीकर्ताको उपेक्षा धेरै लगानीकर्ताले विवरणपत्र लामो हुने हुँदा हेर्न रुचाउँदैनन् । तर डा. भट्ट लगानी गर्नेले झर्को मान्नुभन्दा पुरै विवरण पढ्नुपर्नेमा जोड दिन्छन् । सबै हेर्न सकिएन भनेपनि कम्पनी सञ्चालक, व्यवस्थापन, कम्पनीको नाफा नोक्सान, लाभांश वितरणको इतिहास, भविष्यको योजना, इपीएस, पीई रेशियोजस्ता इन्डिकेटर छुट्याउनै नहुने उनले बताए । सबै लगानीकर्ताले विवरणपत्र हेरेर विश्लेषण गर्न सक्छन् भन्ने हुँदैन । पुँजीबजारमा नबुझिकनै लगानी गर्नुभन्दा पोर्टफोलियो म्यानेजमेन्टमा लगानी गर्ने र केही सिकेपछि मात्रै दोस्रो बजारमा आउँदा डुब्ने सम्भावना कम हुने डा. भट्टको तर्क छ । ‘हल्लाको भरमा नबुझिकन लगानी गर्दा दु:ख पाइन्छ । त्यसलै लगानी गर्नुभन्दा अघि कम्तीमा कस्तो कम्पनीमा लगानी गर्दैछु त्यो कम्पनीको भविष्य के छ ? त्यो कम्पनीले विगतमा कति लाभाश बाँडेको थियो, आगामी योजना के छ ? कम्पनीले कस्तो क्षेत्रमा लगानी गरको छ लगायत विषयमा अध्ययन गरेर लगानी गर्दा सुरक्षित हुन्छ,’ उनले भने । नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीले दीर्घकालीन रूपमा दिने प्रतिफल, बोनस सेयर, लाभांश, ग्रोथ, फ्युचर प्लानका कुरा हेरेर लगानी गर्दा भविष्यमा समस्यामा नपर्ने बताउँछन् । राम्रा कम्पनीले बाँड्न सकेनन् लाभांश  पछिल्लो समय राम्रा मानिएका कम्पनीले लाभांश बाँड्न सकेको छैनन् । बाँडेका कम्पनीहरूले पनि विगतका तुलनामा निकै कम लाभांश बाँडिरहेका छन् । अध्यक्ष ढकाल अर्थतन्त्रमा छाएकाे शिथिलताको कारण पछिल्लो समय कम्पनीहरूले लाभांश बाँड्न नसकेको तर्क गर्छन् । साथै बलियो कम्पनीमा लगानी गर्दाको परिणाम जस्तोसुकै संकट आउँदा पनि त्यसले दिने लाभांश निरन्तर आइरहन्छ, जसले लगानीकर्ता लाभान्वित हुने अध्यक्ष ढकालको भनाइ छ । ‘कोभिड-१९ पछि विश्व अर्थतन्त्र शिथिल भएको छ । छिमेकी मुलुक चीन र भारतले अर्थतन्त्रमा वृद्धि गर्न सके पनि नेपालले भने अझै अर्थतन्त्रको चुनौती सामना गरिहेको छ । यसले गर्दा कम्पनीहरूले बाँड्ने लाभांशमा कमी देखिएको छ । तर बलियो कम्पनीले जस्तोसुकै संकटमा लाभांश दिएका छन्, दिनेछन्, ’ उनले भने । ढकालका अनुसार लगानीकर्ताले दीर्घकालीन लगानीका लागि युनिलिभर नेपाल, चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा हाइड्रो, नेपाल टेलिकमलगायत कम्पनीहरू छनोट गर्न सक्छन् । बलियो कम्पनीमा लगानी गर्दा पारदर्शी हुने र लगानीको राम्रो प्रतिफल पाउने हुँदा त्यस्ता कम्पनी छनोट गरेर लगानी गर्न ढकाल सुझाउँछन् ।

सेयर बजारमा राताम्मै, ४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार सेयर बजारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । आज ३१० कम्पनीको ९८ लाख ३२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १७ करोड ६० लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, कर्णाली विकास बैंकको ११ करोड ४५ लाख, नेपाल फाइनान्सको १० करोड २२ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्ट बिकास बैंकको ८ करोड ६ लाख र जोशी हाइड्रोपावर डेभलपमेन्टको ७ लाख ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारको सबै उपसूचक राताम्मे रहेकाे नेप्सेले जनाएको छ ।

घट्यो सेयर बजार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं ।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । नेप्सेकाअनुसार ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । साथै, ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।साथै, ३ वटा उपसमूहमा बाहेक सबै उपसमूह राताम्मे रहेका छन् । वित्त समूह १.०७, लघुवित्त समूह ०.०९ र व्यापार समूह ०.५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३६, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०,३६, लगानी ०.३२ र जीवन बिमा समूह ०.३३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.३२, म्युचुअल फण्ड ०.२६, निर्जीवन बिमा ०.१४ र अन्य समूह ०.३७ अंकले घटेको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा ४ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से २.९५ अंकले बढेर २६३३.८७ बिन्दुमा पुगेको छ । आज ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटै कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । साथै, ३१८ वटा कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको २२ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, नेपाल फाइनान्सको १५ करोड ८ लाख रुपैयाँ, रिभर फल्स पावरको १२ करोड ४५ लाख रुपैयाँ, बेस्ट फाइनान्सको १० करोड ४ लाख रुपैयाँ, डोटी पावर कम्पनीको ९ करोड ५७ लाख रुपैयाँ बढीको करोबार भएको छ । नेप्सेका अनुसार आज सर्पोट माइक्रोफाइनान्समा सकारात्मक सर्किट लागेको छ । साथै, ८ वटा उपसमूहमा हरियाली छाएको छ । बैकिङ ०.१७ प्रतिशत, फाइनान्स ०.८७ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, हाइड्रोपावर ०.१४ प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, नन लाइफ इन्स्योरेन्स ०.१९ प्रतिशत, अन्य ०.१३ प्रतिशत र व्यापार ०.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा झरेको छ । सोमबार १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । साथै, ३०४ वटा कम्पनीको १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको २६ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १८ करोड ४९ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख रुपैयाँ र नेपाल फाइनान्सको १२ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सबै उपसमूह राताम्मे रहेको नेप्सेले जनाएको छ ।

आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।

सेयर बजारमा ४ अर्ब ४१ करोड बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से ६.३२ अंकले घटेर २६६९.८२ बिन्दुमा पुगेको छ । मंगलबार ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । साथै, ३०३ वटा कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको भएको छ । एनआरएनको १८ करोड ९६ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, सानिमा माई हाइड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १७ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ११ करोड २७ लाख रुपैयाँ र नेपाल एसबिआइ बैंकको १० करोड ७८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज सबै कम्पनीहरूमा नकारात्मक सर्किट लागेको छ । साथै, ४ वटा उपसमूहबाहेक अरू बाँकी उपसमूह राताम्मे रहेका छन् । होटल तथा पर्यटन ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशत, माइक्रोफाइनान्स सूचक ०.३३ प्रतिशत र व्यापार सूचक ०.३३ प्रतिशतले उपसमूह बढेका छन् ।

दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब ६२ करोड बढीको कारोबार

काठमाडौं । साताको दास्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.८४ अंकले घटेर २६७६.१५ बिन्दुमा पुगेको छ । सोमबार ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । यस्तै, ३१७ वटा कम्पनीको १ करोड १५ लाख सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । एनआरएनको ३५ करोड २७ लाख रुपैयाँ बढीको करोबार भएको छ । हिमालयन डिस्टीलरीको २७ करोड ९१ लाख रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको १२ करोड, ४६ लाख रुपैयाँ, जानकी फाइनान्स कम्पनीको ११ करोड १७ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्सको १० करोड ३५ लाख रुपैयाँ बढीको करोबार भएको छ । साथै, आज ५ वटा उपसमूह बाहेक अरू सबै राताम्मे रहेका छन् । फाइनान्स उपसमूहको ०.०५ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०६ प्रतिशत, म्युचल फन्डको ०.१४ प्रतिशत र अन्य उपसमूह ०.११ प्रतिशतले बढेको छ । सोमबार श्वाभिमान लघुवित्तमा नकारात्मक सर्किट लागेको छ ।

१९ अंकले बढ्यो सेयर बजार, १० अर्ब ५४ लाख बढीको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको छ । आज १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३१४ वटा कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । नेपाल फाइनान्सले ५९ करोड ४७ रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, न्याग्दी ग्रुप पावरले ४८ करोड ८९ लाख, जानकी फाइनान्स कम्पनीले २७ करोड ५१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकले २४ करोड २४ लाख र एक्सल डेभलपमेन्ट बैंकले २१ करोड ७१ रुपैयाँ बढीको कारोबार गरेको छ । आज ४ वटा उपसमूह राताम्ये रहेका छन् भने ९ वटा उपसमूह हरिया रहेका छन् । होटल तथा पर्यटन ४.९९, हाइड्रोपावर ०.६२, लगानी ०.६०, लाइफ इन्स्योरेन्स १.९१, उत्पादन तथा प्रशोधन ०.१५, माइक्रोफाइनान्स ०.१५, म्युचल फन्ड ०.४१, ननलाइफ इन्स्योरेन्स ०.२० र व्यापार समूह ९.७० प्रतिशतले बढेको छ । साथै, बढेको सेयर बजारमा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । तारागाँउ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको हो ।

घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको  हो । आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ । यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

८.३ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्ये

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटी २ हजार ७४८.०५ अंकमा बन्द भएको छ । आज दिनभरिमा ८ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको मूल्य घटेको छ । साथै, विभिन्न ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिन्छ । नेप्सेका अनुसार विशाल बजार, नेपाल लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्राेफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयर काराेबार धेरै भएकाे छ । यस कम्पनीको ३१ करोड ८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै, नेपाल फाइनान्स लिमिटेडकाे २९ करोड ७४ लाख १९ हजार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे २७ करोड ९४ लाख २४ हजार, जानकी फाइनान्स कम्पनी लिमिटेडकाे २३ करोड १६ लाख ४४ हजार सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै उपसमूह राताम्ये छन् ।

सेयर बजारको क्षेत्र ठूलो छ, नयाँ स्टक पहिलो प्राथमिकता

काठमाडौं । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसदा पौडेलबाट पद तथा गोपनीयताको सपथ लिँदै उनले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए । ‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’ साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्‍याएर ती कम्पनीलाई सेयर बिक्री गर्न उनले अनुमति दिनुपर्ने देखिन्छ । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ । ‘लगानीकर्ताको सुरक्षाका लागि काम गर्न आएको हुँ, व्यापारिक घराना वा स्वार्थ समूहबाट होइन, प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्नेछु,’ अध्यक्ष श्रेष्ठले भने । उनले नेपालको पुँजी बजारलाई पूर्ण रूपमा सदुपयोग नभएको बताउँदै भने, ‘पुँजी बजारको दायरा बढाउन सकिने अवस्था रहेको छ, बजारका सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्छु ।’ पुँजी बजारका क्षेत्रमा रहेका समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न अर्थमन्त्री पाैडेलले नवनियुक्त अध्यक्षलाई निर्देशन दिए । पुँजी बजारको व्यवस्थित विकासका लागि गतिशिल ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । ‘अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरूलाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिनुपर्छ, निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा छ,’ अर्थमन्त्री पौडेलले भने । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । जन्मथलो स्याङ्जाको भीरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्षसमेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा सञ्चालक भएर काम गरेको अनुभव छ । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानीसमेत रहेको छ ।

सेयर बजारमा छायो हरियाली, साढे ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको हाे । आज नेप्से परिसूचक ३३.४१ अंकले बढेर बजार २ हजार ७ सय १६.६६ बिन्दुमा पुगेको छ । मंगलबार २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । यस दिन १ करोड ४२ लाख कित्ता सेयरको किनबेच हुँदा ७ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  जसमध्ये सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, न्याग्दी गुप्र पावर लिमिटेडको ३३ करोड, एनआरएन इन्फ्राक्टर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड र कर्णाली डेभलपमेन्ट बैंकको २५ करोड बढीको सेयर कारोबार भएको छ । यो दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सबै उपसूचकमा हरियाली छाएकाे छ । तर सबैभन्दा बढी जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज १३.०३ अंकले घटेर बजार २ हजार ६ सय ६७.४० बिन्दुमा झरेको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य घट्दा ५५ कम्पनीको मूल्य बढेको छ । त्यसैगरी, ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन १ करोड ५० लाख कित्ता सेयरको किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै जानकी फाइनान्सको ६० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यसैगरी, एनआरएन इन्फ्राइस्टक्सर एण्ड डेभलपमेन्टको ४० करोड रुपैयाँ, न्यादि ग्रुप पावरको ३६ करोड रुपैयाँको र बेस्ट फाइनान्सको २३ करोड बढीको सेयर कारोबार भएको छ । आज इन्भेष्टमेन्ट र उत्पादनबाहेक सबै उपसूचक घटेको छ ।

यी शेख जसका कारण यूएईको सेयर बजार १ ट्रिलियन डलर नाघ्यो

काठमाडौं । अबुधाबीको शाही परिवारसँग सम्बन्धित कम्पनीहरूमा आएको उछालका कारण संयुक्त अरब इमिरेट्स (युएई) को सेयर बजारको कुल मूल्य १ ट्रिलियन अमेरिकी डलर नाघेको छ । शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको यो बूममा ठूलो भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युएईको सेयर बजारको संयुक्त मूल्यांकन १ ट्रिलियन डलर नाघेको यो पहिलो पटक हो । यसमा दुबई र अबुधाबीको एक्सचेन्ज समावेश छन् । ब्लूमबर्गका अनुसार यो आँकडाले युएईको सेयर बजारलाई मिलान तथा म्याड्रिडको भन्दा ठूलो बनाउँछ । तर, यो साउदी अरबको करिब ३ ट्रिलियन डलरको स्टक मार्केटभन्दा सानो छ । शेख तहनून बिनको चमत्कार यस उपलब्धिमा शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेकाे जनाइएकाे छ । अबुधाबीका दुई डिप्टी रुलर्समध्येका एक युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रपतिका भाइ शेख तहनून १.५ ट्रिलियन डलरको साम्राज्यका साथ विश्वको सबैभन्दा शक्तिशाली व्यवसायीहरूमध्ये एकको रूपमा उभिएका छन् । यस साम्राज्यमा इन्टरनेशनल होल्डिङ कम्पनी (आईएचसी) पनि समावेश छ, जसका अध्यक्ष शेख तहनूर हुन् । पछिल्ला केही वर्षहरूमा आईएचसी सेयर ४३ हजार प्रतिशतभन्दा धेरैले बढेको छ । यसको बजार पुँजीकरण लगभग २५० बिलियन डलर पुगेको छ, जुन संयुक्त एक्सचेन्जको कुल मूल्यको एक चौथाई हो । आइएचसीले के गर्छ ? अबुधाबी स्टक एक्सचेन्जको तथ्यांकअनुसार आईएचसीमा ८८ प्रतिशत सेयर स्थानीयको रहेको छ । आइएचसी, जसले पहिले माछापालन व्यवसाय गर्थ्यो अब यूएईको अर्थतन्त्रलाई तेलको निर्भरताबाट टाढा राख्ने प्रयासमा सबैभन्दा अगाडि छ । कम्पनी र यसका सहायक कम्पनीले धेरै व्यवसायमा लगानी गरेका छन् । यसमा रिहानाको लान्जरी लाइन, एलन मस्कको स्पेसएक्स र इमिरेट्सको सबैभन्दा ठूलो प्रोपटी डेभलपर पीजेएससी सामेल छ । शेख तहनून फर्स्ट अबुधाबी बैंक पीजेएससीका अध्यक्ष पनि हुन् । यसले सन् २०२३ मा बेलायतको स्ट्यान्डर्ड चार्टर्ड पीएलसीका लागि बिडिङ गर्ने विचार गरेको थियो । अबुधाबीको बेन्चमार्क एफटीएसई एडीएक्स जनरल इन्डेक्समा बैंक र आईएचसीको संयुक्त भार ५० प्रतिशतभन्दा बढी छ ।

सेयर बजारमा १४ अंकको गिरावट, कारोबार रकम पनि खस्कियो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१२ अंक घटेर २७३४.८३ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर बढ्दा १३८ वटाको मूल्य बढेकाे छ । तर, ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि हिजो नेप्से ११.२४ अंकले घटेको थियो भने ७ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, मकर जीतुमायी सुरी हाइड्रो, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । तर, कुथेली बुकारी स्मल हाइड्रोकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ । यस्तै, समाज लघुवित्त वित्तिय संस्था ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले गिरावट आएको छ । कारोबारतर्फ भने जानकी फाइनान्स कम्पनीकाे ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ, पोखरा फाइनान्सकाे २५ करोड ८९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्सकाे २१ करोड १३ लाख रुपैयाँ र पिपुल्स हाइड्रोको १८ करोड २२ लाख  रुपैयाँकाे सेयर काराेबार भएकाे छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) घटेको छ ।  ११.२४ अंकले घटेर नेप्से परिसूचक २७४५.८१ बिन्दुमा झरेको छ । आज ८० कम्पनीको सेयर बढ्दा १५७ वटाको मूल्य घटेको छ । ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटेल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे । ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । नेप्सेका अनुसार गुराँस लघुवित्त, मेछ्याङ हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तिय संस्था र मेन्सीयाम हाइड्रो १० प्रतिशत तथा बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । गुणविल फाइनान्स ९.३६ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनी ४.९१ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, अपर हेवाखोला हाइड्रोको ३.७१ प्रतिशत र हिमालयन बैंकको सेयर मूल्य ३.४८ प्रतिशतले गिरावट आएको छ । कारोबार तर्फ गुणविल फाइनान्सको २९ करोड २८ लाख ६१ हजार २०६, फेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार ४००, आँखुखोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख ४७ हजार ७७५ र जानकी फाइनान्स कम्पनीको २० करोड ५९ लाख ३ हजार ५०८ बराबरको सेयर किनबेच भएको छ ।

बिहीबार सेयर बजार बन्द हुने

काठमाडौं । सेयर बजार बिहीबार बन्द हुने भएको छ । छठ पर्वको अवसरमा बिहीबार सेयर बजार बन्द हुने भएको छ । सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । साथै, बैंक तथा बीमा कम्पनीहरू पनि खुल्ने छैनन् । सेयर बजार भने शुक्रबार पनि बन्द रहनेछ । अब सेयर बजार आइतबारबाट खुल्नेछ। छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व मंगलबारदेखि सुरु भएको हो ।

तिहारपछि खुलेको सेयर बजारमा ४ अर्ब २० करोडको कारोबार, २ कम्पनीमा सर्किट

काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । मंगलबार ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४७ हजार ५१५ पटक खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हाे । आज दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सुपर माइको सेयर मूल्य १० प्रतिशत अर्थात् १०३.७० रुपैयाँ बढेर १ हजार १४०.७० रुपैयाँ पुगेको छ भने मिड सोलुको सेयर मूल्य १० प्रतिशत अर्थात् १०६.१० रुपैयाँ घटेर ९५५.४० रुपैयाँमा झरेको छ । मंगलबार नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हाे । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख रुपैयाँ र समृद्धि फाइनान्सको ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार फाइनान्स समूह ०.२० प्रतिशत, होटल तथा पर्यटन समूह ०.८२ प्रतिशत, जलविद्युत समूह ०.७७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०३ प्रतिशत, निर्जीवन बीमा समूह १.०६ प्रतिशत र अन्य समूह ०.२४ प्रतिशत बढेको छ भने बैंकिङ समूह ०.८१ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत, लघुवित्त समूह ०.०७ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशत घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंक घटेर २ हजार ६७७.४० अंकमा बन्द भएको छ ।

तिहारअघिको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडाैं  तिहारअघिको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज १४.४३ अंकले घटेर नेप्से सूचक २ हजार ६ सय ७७.६२ बिन्दुमा झरेको छ । यस दिन १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेचबाट ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बजार घटेपनि ४ वटा कम्पनीमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र कुथेली बुथेली हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । गुराँस र मिड सोलुको सेयर मूल्य समान १०.१० प्रतिशतले बढ्दा अपर स्याङ्गे र कुथेली बुथेलीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९.९२ प्रतिशतले वृद्धि भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।