तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक
काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।
सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक
काठमाडौं । सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सोन्ना अमात्यको स्वरमा रहेको सो गीतको लय तथा संगीत शशि विक्रम थापाले गरेका हुन् । अभिनयमा सोन्ना अमात्यका साथमा निरज बराललाई देख्न सकिन्छ । नविन अवालले उक्त म्युजिक भिडियो निर्देशन गरेका थियो । भिडियो हेर्न तल क्विल गर्नुहोस् ।
सुनिल गिरी र पुनम मिश्रको “कोसेली” बजारमा
काठमाडौं । गायक सुनिल गिरी र पुनम मिश्रको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।गीतको लय तथा संगीत सुनिल गिरीकै रहेको सो गीतमा गिरीलाई अभिनयमा अन्जली मगरले साथ दिएकी छन् । सर्जन थापा मगरले निर्देशन गरेको सो म्युजिक भिडियो अनिल मानन्धरले क्यामेरामा कैद गरेका थिए । ‘को होला त्यो’, ‘देउराली’, ‘परदेशी’ ‘सोल्टीना’ आदि चर्चित गीत निकालेका गिरीले “कोसेली” गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होस् ।