विश्वमा साढे दुई अर्व श्रमिकको रोजीरोटी खोसिदै

काठमाडौं । आइएलओका अनुसार विश्वमा रहेका श्रमिकमध्ये आधा जति श्रमिकहरुको रोजीरोटी खोसिदै छ, यो संख्या भनेको २ अर्व ५० करोड हो । अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा बढी जोखिममा छन्, जो बाँच्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । विविसीका अनुसार २०२० मार्च यता अमेरिकामा २ करोड ६० लाख मानिस वेरोजगार बनेको तथ्याङ्क छ । अमेरिकी अर्थतन्त्रमा ४.८ प्रतिशत गिरावट आएको छ र यो एक दशककै सबैभन्दा खराब अवस्था हो । चीनको अर्थतन्त्रमा ६.८ प्रतिशदले गिरावट आएको छ र यो सन् १९९२ यताको सबैभन्दा खराव अवस्था हो । जर्मनीको अर्थतन्त्रमा ६.३ प्रतिशतले गिरावट आएको छ । नेपालको केन्द्रीय तथ्याङ्क विभागका अनुसार यो वर्षको नेपालको आर्थिक वृद्धिदर २.२७ मात्र हुने वताएको छ तर लक्ष्य ८ प्रतिशत थियो । विश्व बैंकको प्रक्षेपण अनुसार दक्षिण एशियाली देशहरुको आर्थिक वृद्धिदर १.८ देखि २.८ सम्म मात्र कायम हुनेछ ।

बहराइन थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय बहराइनमा रहेका नेपालीमा कोरोना बढ्दो क्रममा देखिन थालेको छ । हालसम्म बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ । बहराइनमा हालसम्म ३ हजार ३७ जना मानिस कोरोना संक्रमित छन् भने ८ जनाका भईसकेको छ । त्यस्तै १ हजार ४ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बहराइनमा मंगलबार मात्रै ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ । ३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२६ जना पुगेको छ । बहराइनमा कुल २ हजार ८ सय १० जना संक्रमित रहेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपाली कामदारहरुलाई अन्य कामदारबाट अलग्याउने काम भइरहेको जानकारी दिदै अवस्था संवेदनशील रहेका बताए । मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । अहिलेसम्म त्यहाँ कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । बहराइनमा हालसम्म २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।