नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो २६ जना कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सपोर्ट लघुवित्तले माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरभाइजर बरिष्ठ सहायक सहायक आईटीका लागि केही र शाखा प्रमुखका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि ईच्छुक व्यक्तिले प्लस टु देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
यूनिक नेपाल लघुवित्तमा ५० जनालाई रोजगारीको अवसर
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो । अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।