समाचार

  २०७८ चैत २५ गते १२:४१     विकासन्युज

तनहुँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ३५ जना ग्राहकहरुको सहभागितामा दुई दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । गत चैत्र २१ गतेदेखि २३ गतेसम्म गुल्मी जिल्लाको गौंडाकोटमा “उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको...

  २०७८ चैत २५ गते १२:१९     विकासन्युज

काठमाडौं । विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले गाडीहरूको एलसी रोक्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाले एलसी रोकेका छन् । सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत...

  २०७८ चैत २५ गते १२:०७     विकासन्युज

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-१ को चाल्नाखेल-वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालनमा ल्याउन लागेको हो । चम्पादेवीले पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।...

  २०७८ चैत २५ गते ११:३०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना चुहाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अर्थमन्त्रालयलाई...

  २०७८ चैत २५ गते ९:५१     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश...

  २०७८ चैत २४ गते २३:००     विकासन्युज

काठमाडौं । सरकारले अब सातामा दुई दिन बिदा दिने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकले दिएको सुझाव अनुसार हप्तामा दुई दिन बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो । सरकारले देशलाई आर्थिक...

  २०७८ चैत २४ गते २०:५७     विकासन्युज

काठमाडाैं । सरकारले विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ । लामो समयदेखि रिक्त रहेको देशमा सरकारले राजदूत नियुक्त गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट...

  २०७८ चैत २४ गते २०:१७     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले रकम हुँदाहुँदै पनि बीमा दावी भुक्तानी गर्न नसकेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले रुजु नगरी दावी रकम दिन नमिल्ने भएकोले बीमा भुक्तानीमा ढिलाई भएको बताएका...

  २०७८ चैत २४ गते १८:४७     विकासन्युज

दमक । पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थबीच झापाको दमक- ७ मा बन्दै गरेको बाल अस्पतालका कोठा तथा भौतिक संरचनाहरू निर्माण गर्ने सहमति भई एक सम्झौता–पत्रमा हस्ताक्षर भएको छ । हालसालै मृत्यु...

  २०७८ चैत २४ गते १७:०३     विकासन्युज

नुवाकोट । नुवाकोटको विदुरमा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको होटल वाटर टावरले सिद्धार्थ होस्पिटालिटीसँग सहकार्य गरेको छ । सिद्धार्थ हस्पिटालिटी सँग व्यवस्थापकीय साझेदारी गरी यही वैशाख १ गतेदेखि यस सिद्धार्थ होटल वाटर टावरको नामबाट...

  २०७८ चैत २४ गते १७:०२     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार तीन जनाको नाम मन्त्रीपरिषद् बैठकमा सिफारिस गरेको हो...

  २०७८ चैत २४ गते १६:४३     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटान्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे विभिन्न प्रस्ताव गरेका छन् । अर्थमन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा...

  २०७८ चैत २४ गते १६:२१     विकासन्युज

इलाम । इलामको दक्षिणी क्षेत्र चुरेमा सुपारी खेतीतर्फ किसान आकर्षित भएका छन् । रोङको बदमटार र बर्फल्याङ क्षेत्रमा किसान सुपारी खेतीतर्फ आकर्षित भएका हुन् । खेतबारी र पाखामा समेत सुपारी रोपेर किसानले आयआर्जन गर्न...

  २०७८ चैत २४ गते १५:४६     विकासन्युज

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले साढे खर्ब रुपैयाँभन्दा बढी थप बजेट माग गरेका छन् । दुई मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नपरेको भन्दै...

  २०७८ चैत २४ गते १५:१५     विकासन्युज

काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन् । ‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन्, अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्, हाम्रो...

  २०७८ चैत २४ गते १३:४०     विकासन्युज

काठमाडौं । गत असोज २४ गतेदेखि प्रधानमन्त्रीले आफैंसँग राखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि मन्त्री पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरे पनि...

  २०७८ चैत २४ गते १२:४३     विकासन्युज

२४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । ‘ उनी गैरसांसद हुन् । नेपालको संविधानअनुसार गैरसांसदले ६ महिनासम्म मन्त्री बन्न पाउछन्...

  २०७८ चैत २४ गते ११:२२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय टाइफाइड खोप अभियानको उद्घाटन गरेका छन् । देउवाले बिहीबार दरबार हाइ स्कुलमा एक कार्यक्रममार्फत राष्ट्रिय टाइफाइड खोप अभियानको उद्घाटन गरेका हुन् । नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी)...

  २०७८ चैत २४ गते ११:०६     विकासन्युज

गलकोट । गलकोट नगरपालिकाको सर्वोत्कृष्ट महिला उद्यमीमा गलकोट–९ छिस निवासी प्रेमकुमारी पुन सर्वोकृष्ट महिला उद्यमी घोषणा भएका छिन् । नगर उपप्रमुख दायित्व ग्रामीण महिला उद्यम विकास कार्यक्रमअन्तर्गत टीका व्यावसायिक माहुरीपालन फार्मका सञ्चालक प्रेमकुमारी नगरपालिकाका...

  २०७८ चैत २३ गते १८:४३     विकासन्युज

काठमाडौं। नेपालले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति...