६ महिनापछि उद्योग मन्त्रालयले पायो मन्त्री

  २०७८ चैत २४ गते १३:४०     विकासन्युज

काठमाडौं । गत असोज २४ गतेदेखि प्रधानमन्त्रीले आफैंसँग राखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि मन्त्री पाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरे पनि विवादमा तानिएपछि गत असोज २४ गते तत्कालिन मन्त्री हमालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका हुन् ।

नेपाली कांग्रेसका नेता तथा दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्री देउवाले आजदेखि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिन लागेका हुन् । ‘अनौपचारिक रुपमा उद्योग मन्त्रालयको जिम्मा दिने कुरा आएको छ, अनौपचारिक भए पनि विश्वासिलो स्रोत भएकोले आजैदेखि उद्योग मन्त्रालय सम्हाल्छु होला,’ विकासन्युजसँगक बडूले भने ।

उनले आजसम्म कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हाले पनि प्रधानमन्त्री देउवाको सिफारिसमा कानुन व्यवसायी गोविन्द बन्दी कानूनमन्त्री नियुक्त भएपछि बडूको मन्त्रालय हेरफेर हुने भएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा मन्त्री बनेका बन्दीको शपथग्रहणको कार्यक्रम आज २ बजे हुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

One comment on "६ महिनापछि उद्योग मन्त्रालयले पायो मन्त्री"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.