यी हुन् सरकारले सिफारिस गरेका २० राजदूत, कुन देशमा काे ?

  २०७८ चैत २४ गते २०:५७     विकासन्युज

काठमाडाैं । सरकारले विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ । लामो समयदेखि रिक्त रहेको देशमा सरकारले राजदूत नियुक्त गरेको हो । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट परराष्ट्र सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।

कुन देशमा कुन राजदूत

चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल सिफारिस भएका छन् ।

दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा‍.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस भएका छन् । त्यस्तै नरेशविक्रम ढकाल पनि राजदूतमा सिफारिस भएका छन् ।

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.