गोबिन्द बन्दी बने कानुनमन्त्री

  २०७८ चैत २४ गते १२:४३     विकासन्युज

२४ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अधिवक्ता गोविन्द बन्दीलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । ‘

उनी गैरसांसद हुन् । नेपालको संविधानअनुसार गैरसांसदले ६ महिनासम्म मन्त्री बन्न पाउछन् । दिउँसो २ बजे शपथ गराउने तयारी भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।

बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानूनमत्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.