थप ३२५ मेगावाट बिजुली निर्यातका लागि नेपालले पायो अनुमति

  २०७८ चैत २३ गते १८:४३     विकासन्युज

काठमाडौं। नेपालले भारतीय ऊर्जा बजारमा थप ३२५ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको हो ।

बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत उर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीको अनुमति पाएको बताएकी हन् ।

सरकारले विद्युत बजार विस्तारको लागि भारत, बंलादेश, भुटान र नेपालमा उत्पादन, ट्रान्समिसन लाईन र क्रस बोर्डर ट्रान्समिसन लाइनहरु निर्माण गर्ने बाटो खुला भएको दाबी गरे ।

नेपालले आन्तरिक खपत पूरा गरेपछि बाँकी रहेको विद्युत भारतीय बजारमा जाने र अरु देशमा पनि विद्युत् निर्यात गर्न सक्ने गरी बजारको ढोका खुलेको उल्लेख गरिन् ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीहरूले भने जस्तो १४ घण्टा उद्योगहरूमा लोडसेडिङ नभएको बताएका छन् । उनले तत्कालिन समयमा भारतबाट विद्युत् खरिद गर्न समस्या आएकाले कही कतै विद्युत् कटौती भएकोबाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.