Latest News

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । सेयर बजार कारोबारको पहिलो दिन अर्थात आज (आइतबार) सेयर बजार १४.६७ अंकले घटेको छ । आज सेयर बजार १४.६७ अंकले घटेर २६१६.५८ अंक कायम भएको हो । आज सेयर बजारमा कुल ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्रीबाट कुल २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ । आज राष्ट्र उत्थान लघुवित्तमा सकारात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । ...

२०२६ पौष १७ गते ५:३०

काठमाडौं । मंगलबार सेयर बजार १७.१५ अंकले घटेको छ । मंगलबार सेयर बजार १७.१५ अंकले घटेर परिसुचक २६५०.९७ बिन्दु कायम भएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्रिीबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आज कारोबारमा बैंकिङ समूहको ११.७८, विकास बैंक १२.९१, वित्त ११.४२, जलविद्युत ४५.३६, जीवन बीमा १०२.७४, उत्पादन तथा प्रशोधन १०४.४१, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.४९ अंकले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ६७.३३ अंकले बढेको छ । मंगलबार इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले बढी नै गुमाएका छन् । इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनी...

२०७७ असोज २१ गते २:४४

काठमाडौं । बुधबारको नेप्से परिसूचकले १६ सय अंक नाघेको छ । जुन गत ७ महिना यताकै उच्च बिन्दुमा हो । दिउँसो करिब पौने ३ बजेतिर परिसूचक १३.८० अंकले बढेर १६००.०९ अंकमा पुगेको छ । गत फागुन १८ गते नेप्से परिसूचक १६२० अंकमा पुगेको थियो । त्यसयता कारोबारमा परिसूचकले १६०० अंक पार गरेको थिएन । यो समाचार तयार पर्दासम्म २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १९४ कम्पनीको एक करोड १२ लाख ६१ हजार कित्ता सेयर किनबेच भएका छन् । ...

२०७७ भाद्र २३ गते १२:३६

काठमाडौं । मंगलबार दुई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा एकैदिन सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये सिभिल लघुवित्तको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । लघुवित्तको ५७ हजार ५७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यस्तै, सपोर्ट लघुवित्तको १० प्रतिशत अर्थात ६० कित्ता बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै, यी दुई लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ र त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । मंगलबार यो समाचार तयार पर्दासम्म सिभिल लघुवित्तको सेयर ९ रुपैयाँले घटेर प्रतिकित्ता ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सपोर्ट लघुवित्तको सेयर प्रतिकित्ता ८ सय ५० रुपैयाँमा किनबेच ...

२०७७ भाद्र १० गते ३:४७

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको बुधबार मात्रै ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । संस्थाको ४ लाख ७२ हजार २ सय ६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । ...

२०७७ भाद्र ७ गते ३:२८

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक १२.७७ अंकले उकालो लागेर १४१०.३४ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९१ प्रतिशतले बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले बढेर २८९ अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । एक सय ८४ कम्पनीको कारोबार सो दिन २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर कूल एक अर्ब १० करोड रुपैयाँ बराबरमा किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय २६ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका तीन समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २३३ अंकले बढेक...

२०७७ श्रावण ३२ गते ३:४८

काठमाडौं । नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कोषको आइतबार मात्रै २९ लाख ५८ हजार ७ सय १३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण भइ दोश्रो बजारमा खरिद बिक्री शुरु हुने छ । ...

२०७७ श्रावण ३२ गते ३:२५

काठमाडौं । आइतबारको नेप्से परिसूचक १७.३३ अंकले घटेर १३९१ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले घटेको हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९८ अंकले घटेर २८८ अंकमा झरेको छ । बजारमा एक अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८५ कम्पनीको ४३ लाख ७१ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी अर्थात ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८६ लाख र नेपाल बैंकको ६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले ओरालो लागे...

२०७७ श्रावण २७ गते ४:२१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले पुँजीबजारसँग सम्बन्धित सबै सरोकारवालाहरुलाई भौतिक उपस्थितिलाई कम गर्न आग्रह गरेको छ । कोरोना महामारी संक्रमणलाई न्युनीकरण गर्ने प्रयास स्वरुप नेप्सेले सञ्चालन गर्ने गतिविधिहरुमा सकेसम्म भौतिक आवागमलाई कम गराउन उक्त आग्रह गरेको हो । यसको लागि नेप्सेले विभिन्न व्यवस्थाहरु गरेको छ । जस्तै, सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्ने र नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत अभौतिक रुपमा (पीडीएफ फाइल) पठाउन नेप्सेले आग्रह गरेको छ । त्यस्तै, सदस्य दलालहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने र सोको जानकारी account@nepalstock.com र support@nepalstock.com मा पठाउने । संस्थापक सेयरको कारोबार गर्न गराउन सदस्य दलालहरले आवश्यक सम्पूर्ण का...

२०७७ श्रावण २६ गते ४:१९

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) एनआईडिसी डेभलपमेन्ट बैंकको धितोपत्र सूचीकरण खारेज गरेको छ । राष्ट्रिय वाणिज्य बैंकमा विलय भई एकिकृत कारोबार शुरु भइसकेकाले यस बैंक अस्तित्वमा नरहेकोले नेप्सेले धितोपत्र सूचीकरण खारेज गरेको हो । कुनै सूचीकृत संगठित संस्था गाभिएर, खरिद वा विलय भएर अस्तित्वमा नरहेमा सूचीकरण खारेज गर्न सक्ने कानूनी व्यवस्था भएकोले नेप्सेले उक्त निर्णय गरेको हो । एनआईडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकले प्राप्ति गर्ने समझदारी पश्चात यस बैंकको २०७४ साल भदौ १२ गतेदेखि दोश्रो बजारमा कारोबार स्थगन भएको थियो । त्यसपछि बैंक राष्ट्रिय वाणिज्य बैंकमा विलय भई दुबैको २०७५ साल बैशाख १९ गतेदेखि एकीकृत कारोबार भएको थियो । ...

२०७७ श्रावण २५ गते ७:०४

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । संस्थाको २० प्रतिशत अर्थात एक लाख ६८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । काभ्रेको धुलिखेलमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको कूल १० लाख ८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । पछिल्लो समय संस्थाको सेयर प्रतिकित्ता ८ सय ३४ रुपैयाँमा किनबेच भएको छ । १० करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको बजार पुँजीकरण ८४ करोड ६ लाख ७२ हजार रुपैयाँ रहेको छ । ...