होटल वाटर टावरको नामबाट सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने

  २०७८ चैत २४ गते १७:०३     विकासन्युज

नुवाकोट । नुवाकोटको विदुरमा विगत ५ वर्षदेखि सञ्चालनमा रहेको होटल वाटर टावरले सिद्धार्थ होस्पिटालिटीसँग सहकार्य गरेको छ ।

सिद्धार्थ हस्पिटालिटी सँग व्यवस्थापकीय साझेदारी गरी यही वैशाख १ गतेदेखि यस सिद्धार्थ होटल वाटर टावरको नामबाट सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने जानकारी गराएकव छ ।

होटल वाटर टावरमा ३३ वटा सुविधा सम्पन्न कोठा, सभाहल, रेष्टुरेन्ट तथा बारलगायत सुविधा छन् । यस होटलले निकट भविष्यमा ५०० जनाभन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थ क्लव, डाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचना थप्ने समेत रिमालले बताए ।

होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले २९ वटा शाखामार्फत सेवा दिइरहेको छ ।

सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.