धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट सहयोग रकम जुट्दै

जापान, १ असार । सिन्धुपाल्चोकको नमुना एकीकृत बस्ती निमाणार्थ हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चलाएको धुर्मुस सुन्तली फाउन्डेसनलाई जापानबाट व्यक्तिगत र संस्थागत सहयोग रकम जुट्ने क्रम बढिरहेको छ । मङ्गलबारसम्ममा सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुगेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा सुरु गरेको नमुना एकीकृत बस्ती निर्माणमा सहयोगार्थ आर्थिक सङ्कलन अभियानबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ । संस्थागत रुपमा ‘विइ फर अल’ र व्यक्तिगत रुपमा सबैभन्दा पहिला व्यवसायी नरबहादुर थापाले पठाएको रकम गरी जापानबाट सात लाख ७१ हजार ४५२ जापानीयेनभन्दा बढी सहयोग पुग्ने भएको हो । नेपालकैलाई नमुना काम भएकाले व्यक्तिगत तथा सस्थांगत रुपमा सहयोगीकर्ताहरु थपिँदै गएकाले अभियान पर्सि शुक्रबारसम्म लम्ब्याइएको संयोजक शिवकुमार तण्डुल्कारले बताए । सामाजिक कार्यमा लागेका धुर्मुस सुन्तलीको योगदानलाई स्मरण गर्दै सहयोगी थपिने क्रम जारी रहेको कतिपयले सिधै फाउन्डेसनमै सहयोग दिने गरेको बताइएको छ । रासस

महिन्द्रा जेनेरेटरको नेपालका लागि आधिकारीक वितरक अग्नि ग्रुप

काठमाडौं, ३२ जेठ । महिन्द्रा पाओरल डिजेल जेनेरटरको नेपालका लागि आधिकारीक वितरक अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीलाई नियुक्त गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटरको आधिकारीक शोरुम अग्नी इनर्जीले गैरीधारा र टेकुमा विशेष कार्यक्रमका साथ उद्घाटनको गरेको छ । महिन्द्रा पाओरल डिजेल जेनेरेटर अब नेपाका विभिन्न स्थानमा छरीएर रहेको अग्नी इनर्जीको आधिकारीक डिलरहरुमा उपलब्ध हुनेछ । महिन्द्रा एण्ड महिन्द्राको दक्षिण एसियाका भाईस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेश्नल अप्रेशन श्री सन्जय जदाब भन्नुहुन्छ “ नेपालमा पाओरल डिजेल जेनेरेटर व्यवसायका लागि आधिकारीक वितरकका रुपमा अग्नी ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीसँग साझेदारी गर्न पाउदा हामीलाई अतिनै गर्व लागेको छ ।” यस साझेदारीसँगै हालै नियुक्त गरीएका नयाँ डिलर तथा भईरहेका डिलर मार्फत अब हामी नेपालको १२ जिल्ला लगाएत थप जिल्लाका उपभोक्ताहरुमाझ पुग्ने योजनामा छौं । अग्नी ग्रुपसँग हाम्रो २५ वर्षदेखिको पुरानो अन्य व्यवसायीक सम्बन्ध रहदै आएको छ, जसले हाम्रा विश्वासको प्रमाण दिन्छ नेपालमा एक साथ काम गर्ने र ग्राहकाबर्गमा राम्रो सेवा प्रदान गर्न र अघि बढ्न सक्षम भएका छौं । अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ भन्छन्, “नेपालमा पाओरल डिजेल जेनेरेटर ७.५ केभिए देखि २०० केभिए सम्म उपलब्ध छ । यसको मूख्य विशेषता भनेको इन्धन कम खपत गर्ने र मितव्यी छ । साथै कम्पनीले ग्राहाकहरुले पूर्ण सर्भिस सेन्टर उपलब्ध गराउने छ, चुस्तरुपमा ग्राहाकको स्थानमा पुर्याइने छ भने खरिदका लागि सजिलैसँग कर्जाको पनि उपलब्ध गराउने बताएको छ ।

नक्कली प्रमाण पत्र धारी प्रहरी विरुद्ध मुद्धा

काठमाडौं, ३२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्क्ली प्रमाण धारी प्रहरी अधिकृत विरुद्ध मुद्धा दायर गरेको छ । आयोगले पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर बहादुर बस्नेतले सुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार इन्टरमिडीयट शिक्षा परिषद पटनाको नक्कली प्रमाण पत्र पेश गरेको प्रमाण फेला परेपछि बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । नउले सन १९९३ मा आईए तह उत्तिर्ण गरेको प्रमाण पत्र पेश गरेका थिए ।