चीनले भन्यो–निकट भविष्यमै दुई मुलुकलाई रेलवे सेवाले जोड्ने छ

काठमाडौं, ८ चैत । सोमबार चीनले नेपालमा रेलवे निर्माण र स्वतन्त्र व्यापारको सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरेको छ । नेपाल दक्षिण ठुलो छिमेकी भारतबाट व्यापारमा स्वतन्त्र हुन प्रयास गरिरहेको थियो । हिमालयन मुलुक नेपाल, जो चीन र भारतकोबीचमा अवस्थीत छ, उसले गत सेप्टेम्बरमा मात्रै राजतन्त्रको अन्त्यसँगै नयाँ संबिधान प्राप्त गरेको थियो र त्यसले लामो समयपछि शान्ति र स्थायीत्व प्राप्त गर्ने अपेक्षा पनि गरेको थियो । तर तराईका आन्दोलनकारीले भारतबाट मालवाहक ट्रक नेपाल आउन दिएनन् । जसले इन्धन र औषधीको अभाव सृजना गर्यो । नेपालले सिमा नाकाको सो अवरोधमा संलग्न रहेको आरोप लगायो तर भारतले त्यसलाई अस्विकार गर्यो । पछिल्लो महिना सिमा नाकाको अवरोध हटेको भएपनि इन्धन र खाना पकाउने ग्यासको आयात भने अझै सामान्य भएको छैन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेपाली प्रधानमन्त्री केपी ओलीले चिनियाँ समकक्षी लि केक्विाङलाई भनेका छन– ‘बिशेष मिसन बोकेर चिन आएको छु’ जब द्धिपक्षिय सम्बन्धमा प्रगाढपन आयो । उनले सञ्चार माध्यमका अगाडी भने केहि बोलेका छैनन् । चिनियाँ विदेश मन्त्रालयका एशिया विभागका डेपुटी प्रमुख हु याङकीका अनुसार नेपाली प्रधानमन्त्री ओलीले नेपालका प्रमुख दुई शहरमा रेलवे सेवा विकासको सम्भावना, नेपाल र चीन जोड्ने दुई रेलवे तथा नेपालका दुइै प्रमुख शहर जोड्ने रेल वे विकासका लागि आग्रह गरेका छन् । हु भन्छन चिनियाँ सरकारले चिनियाँ कम्पनीलाई नेपालको आन्तरिक शहरमा रेलवे सेवा विस्तारका अध्ययनका लागि प्रोत्साहित गर्नेछ । र नेपालको सिमासम्म रेलवे विस्तारका लागि भने चिनियाँ सरकारले पहिले देखि नै सोच बनाउँदै आएको हो । चिनले तिब्बतको सिगाात्सेदेखि नेपालको सिमा नाका गिरोङ(केरुङ)सम्म । ‘पक्कै पनि केरुङसम्म रेलवे विस्तार गर्ने हाम्रो योजना दिर्घकालिन हो, त्यहाँ भौगोलिक र प्राबिधिक तथा आर्थिक क्षमताका कारणहरु छन् । हामी विश्वास गर्छाै निकट भविष्यमै दुई मुलुक रेलवे सेवाद्धारा जोडिनेछन् । दुई मुलुकका बिचमा १० वटा महत्वपुर्ण सम्झौता भएका छन् । त्यसमा स्वतन्त्र व्यापार, पोखरा विमानस्थल निर्माणका लागि सहुलियत दरको ऋण र पेट्रोल तथा ग्यासका खानीहरुको अध्ययन समावेश छन् । (रोयटर्सबाट)

३ लाख भूकम्प पीडितलाई चैत भित्रै ५० हजार

काठमाडौं, ५ चैत । सरकारले ११ जिल्लाका तीन लाख भूकम्प पीडितलाई चैत भित्रै ५० हजार उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले डिजिटल तथ्यांक संकलन सम्पन्न भएका तीन लाख भूकम्प पीडित परिवारलाई घर बनाउन पहिलो किस्ता वापतको ५० हजार वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘तथ्यांक संकलन सम्पन्न गरिएका ११ जिल्लाका भूकम्प पीडितलाई चैत भित्रै पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण सुरु गर्ने योजना बनेको छ ।’, प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले विकासन्युजसँग भने । भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन गरिरहेको केन्द्रिय तथ्यांक विभागले हालसम्म तीन लाख पीडितको तथ्यांक संकलन गरिसकेको छ । विभागका उप महानिर्देशक रुद्र सुवालले हालसम्म तीन लाख पीडितको तथ्यांक संकलन सम्पन्न भएको र चैत भित्रै सबैको तथ्यांक संकलन गरिसक्ने जानकारी दिए । विभागले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि १५ सय जना इञ्जिनियरको टोली ११ जिल्लामा परिचालन गरिरहेको छ । सो कामका लागि विश्व बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ । पुननिर्माण प्राधिकरणले फागुन ३० गते दोलखाको सिंगटीबाट भूकम्प पीडितलाई घर बनाउन ५० हजार वितरण आरम्भ गरेको थियो । हालसम्म ७८ जना भूकम्प पीडितले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाईसकेका छन् । भूकम्प पीडितलाई ५० हजार, ८० हजार र ७० हजार गरि तीन किस्तामा दुई लाख उपलब्ध गराउने व्यवस्था छ । त्यसका लागि पीडितले बैंक एकाउण्ट अनिवार्य गरिएको छ ।

३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन ५० हजार, बैंक खाता अनिवार्य

काठमाडौं, २८ फागुन । सरकारले फागुन ३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैंयाँ वितरण गर्न लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट पाईलट प्रोजेक्टका रुपमा भूकम्प पीडितलाई पहिलो किस्ता वापत ५० हजार रुपैंयाँ वितरण गर्न लागेको हो । ३० गते सिंगटी स्रोत केन्द्रका लामीडाडा र लादुक गाबिसका २८ सय घरधुरीले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गर्नेछन् । लामीडाडा र लादुमका २८ सय घर धुरीलाई १४ करोड रुपैंयाँ वितरण गरिनेछ । प्राधिकरणले दुबैं गाबिसका भूकम्प पीडितहरुलाई बैंक खाता खोल्न लगाईसकिएको छ । घर निर्माणका लागि उपलब्ध गराईने रकम सिधै पीडितको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ । ‘सिंगटी स्रोत केन्द्रका सबै पीडितलाई बैंक खाता खोल्न भनिसकेका छौं, सबैले खाता खोलिसकेका छन, फागुन ३० गते सिंगटीका भूकम्प पीडितको बैंक खातामा ५० हजार जम्मा हुन्छ ।’ प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले भने । यस अघि फागुन २० गते नै सिंगटीका भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भनिएको थियो । तर प्राबिधिक तयारी नपुगेकाले १० दिन ढिलो भएको हो । प्राधिकरणका कामु सचिव अधिकारीका अनुसार डिजिटल तथ्यांक संकलन सम्पन्न भएका सबै स्रोत केन्द्रहरुमा पहिलो किस्ताको रकम तत्कालै बाढ्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । ‘हितग्राहीको तथ्यांक संकलन भएका सबै स्रोत केन्द्रहरुमा द्रुतगतिमा पहिलो किस्ताको रकम वितरण आरम्भ हुन्छ ।’ कामु सचिव अधिकारीले भने । हाल सरकारले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक बिभाग मार्फत गरिरहेको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउने तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यसको पहिलो किस्ता ५० हजार, दोश्रो किस्ता ८० हजार र तेश्रो तथा अन्तिम किस्ता वापत ७० हजार रुपैंयाँ प्रदान गरिनेछ । सरकारले भूकम्प पीडितलाई दिने राहत तथा पुननिर्माण रकम सम्बन्धी कार्यबिधी फागुन १९ गते पारित गरेको थियो । अब भूकम्प पीडितले घर बनाउन सरकारले तयार पारेका २५ वटा नक्साकै भर पर्नु पर्दैन् । भूकम्प प्रतिरोधी भवनको नक्सा तयार गरेर स्थानिय निकायबाट स्विकृत गराएर आफु अनुकुलको भवन निर्माण गर्न सकिनेछ ।