निर्जीबन बीमा ब्यवसायः बीमा शुल्क र बीमा लेखको आधारमा शिखर पहिलो, एनएलजी दोस्रो

काठमाडौं, ८ बैशाख । चालु आर्थिक बर्षको पहिलो छ महिनामा बीमा कम्पनीहरुले गरेको ब्यवसायको तथ्यांक प्राप्त भएको छ । ढिला गरी प्राप्त तथ्यांक अनुसार जारी गरेको बीमालेखको संख्या र प्राप्त गरेको बीमा शुल्कका आधारमा निर्जीबन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा र एनएजी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रहन सफल भएका छन् । बीमा समितिले दिएको तथ्यांकले यस्तो देखाएको हो । गत पुस मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले ७५ करोड ४१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो शुल्क सवै बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्कको ११ दशमलब ६९ प्रतिशत हो । सो अवधिमा सवै कम्पनीहरुले गरी ६ अर्ब ४४ करोड ९६ लाख ३२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै बीमा लेख जारी गरेको संख्याको आधारमा पनि शिखर नै पहिलो स्थानमा छ । सो कम्पनीले ९० हजार ३ सय ८१ बीमालेख जारी गरिसकेको छ । अहिले सवै निर्जीबन बीमा कम्पनीहरुले गरी ५ लाख ७० हजार ६ सय ४६ बीमालेख जारी गरेका छन् । बीमालेख र बीमा शुल्क आर्जनको हिसावले एनएलजी इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा छ । सो कम्पनीले गत पुस मसान्तसम्ममा ५२ करोड ७९ लाख २८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कूल बीमा शुल्क आर्जनको ८ दशमलब १९ प्रतिशत हो । एनएलजीले ७५ हजार १ सय ८९ बीमालेख जारी गरेको छ । सो संख्या कूल बीमा लेखको १३ दशमलब १८ प्रतिशत हो । सगरमाथा इन्स्योरेन्स कम्पनीले ३६ हजार ५ सय ८७ बीमा लेख जारी गरेको छ । यो संख्या कुल जारी बीमालेखको ६ दशमलब ४१ प्रतिशत हो । यस्तै सो कम्पनीले ४७ करोड ३७ लाख ४५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ३५ प्रतिशत हो । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ५४ हजार २ सय ४२ बीमा लेख जारी गरेको छ । यस्तो संख्या कुल बीमा लेखको ९ दशमलब ५१ प्रतिशत हो । सो कम्पनीले २८ करोड ६ लाख २६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाली बीमा बजारमा लुम्बिनीले आर्जन गरेको बीमा शुल्क कुल शुल्कको ४ दशमलब ३५ प्रतिशत हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४३ हजार ३ सय ४९ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ७ दशमलब ६० प्रतिशत हो । यस्तै सो कम्पनीले ४९ करोड ५५ लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ६८ प्रतिशत हो । नेपाल इन्स्योरेन्स कम्पनीले २६ हजार ७ सय १८ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ४ दशलमब ६८ प्रतिशत हो । यस्तै सो कम्पनीले ३० करोड ९५ लाख ६० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ४ दशमलब ८० प्रतिशत हो । दि ओरेन्टल इन्स्योरेन्स कम्पनीले १० हजार २ ओटा बीमालेख मात्रै जारी गरेको छ । यो संख्या कुल बीमालेखको १ दशमलब ७५ प्रतिशत मात्रै हो । यस्तै सो कम्पनीले ३२ करोड ७३ लाख ९० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ५ प्रतिशत हो । राष्ट्रिय बीमा संस्थानले ६ हजार ९९ ओटा बीमा लेख जारी गरेको छ । यो संख्या कुल बीमा लेखको १ प्रतिशत हो । यस्तै सो कम्पनीले ५१ करोड ५२ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमा शुल्क आर्जनको ७ दशमलब ९९ प्रतिशत हो । सो कम्पनीवाट अहिले राष्ट्रिय बीमा कम्पनी छुट्टिएको छ । अवदेखि निर्जीबन बीमा ब्यवसायको काम भने राष्ट्रिय बीमा कम्पनीले गर्नेछ । नेसनल इन्स्योरेन्स कम्पनीले १३ हजार २ सय ६७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको २ दशमलब ३२ प्रतिशत हो । यस्तै सो कम्पनीले ३५ करोड ८४ लाख ५९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो रकम कुल बीमाशुल्क आर्जनको ५ दशमलब ५६ प्रतिशत हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १७ हजार ३ सय ६७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ३ प्रतिशत हो । यस्तै सो कम्पनीले ३९ करोड २३ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्कको ६ प्रतिशत हो । युनाइटेड इन्स्योरेन्स कम्पनीले २९ हजार १ सय ७० बीमा लेख जारी गरेको छ । सो कम्पनीले जारी गरेको बीमालेख कुल संख्याको ५ दशमलब ११ प्रतिशत हो । यस्तै सो कम्पनीले ३७ करोड ७७ लाख २४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ८६ प्रतिशत हो । प्रिमियर इन्स्योरेन्स कम्पनीले ४५ हजार १७ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेखको ७ दशमलब ८९ प्रतिशत हो । यस्तै सो कम्पनीले ३८ करोड ६२ लाख ६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ९९ प्रतिशत हो । एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४ हजार ३ सय ६७ बीमा लेख जारी गरेको छ । बीमालेख संख्याको आधारमा एभरेष्टले जारी गरेको बीमालेखा अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै कम हो । यो संख्या कुल जारी बीमालेखको एक प्रतिशतभन्दा पनि कम हो । यस्तै सो कम्पनीले ६ करोड ४५ लाख १३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको १ प्रतिशत मात्रै हो । बीमा शुल्क आर्जन र बीमालेख जारी संख्या दुबैको आधारमा एभरेष्ट इन्स्योरेन्स कम्पनी सवैभन्दा कमजोर देखिएको छ । नेको इन्स्योरेन्स कम्पनीले ४६ हजार २ सय १ बीमालेख जारी गरेको छ । यो संख्या कुल बीमालेख जारीको ८ दशमलब १० प्रतिशत हो । यस्तै सो कम्पनीले ३६ करोड ६६ लाख ११ हजार बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ६८ प्रतिशत हो । प्रभु इन्स्योरेन्स कम्पनीले ३० हजार २ सय २६ बीमा लेख जारी गरेको छ । यो संख्या कुल जारी बीमालेखको ५ दशमलब ३० प्रतिशत हो । यस्तै सो कम्पनीले ३३ करोड ५७ लाख ४० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब २१ प्रतिशत हो । एनबी इन्स्योरेन्स कम्पनीले ६ हजार ५ सय ८३ बीमालेख जारी गरेको छ । यस्तो संख्या कुल जारी बीमालेखको १ दशमलब १५ प्रतिशत हो । यस्तै सो कम्पनीले १० करोड ९ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको १ दशमलब ५७ प्रतिशत हो । लामो समय कारोवारै नगरी बसेको एनबी इन्स्योरेन्स कम्पनीको सेयरधनी नै परिवर्तन भएपछि गत बर्षदेखि मात्रै कारोवार सुरु भएको हो । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनीले ३५ हजार ८ सय ८१ बीमालेख जारी गरेको छ । सो संख्या कुल जारी बीमालेखको ६ दशमलब २९ प्रतिशत हो । यस्तै सो कम्पनीले ३८ करोड २७ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो रकम कुल बीमा शुल्क आर्जनको ५ दशमलब ९३ प्रतिशत हो ।

बैदेशिक रोजगार जीबन बीमाः शुल्क ६५ प्रतिशत र बीमा दाबी रकम शतप्रतिशत बढ्यो

काठमाडौं, २ बैशाख । बैदेशिक रोजगारीमा जाने कामदारले गर्ने बैदेशिक रोजगार (म्यादी) जीबन बीमाको विमांक रकम र बीमा शुल्क बढेको छ । बीमा समितिले चैत अन्तिम दिन विहान संचालक समितिको बैठक राखेर बीमा शुल्क ६५ प्रतिशत बढाउने निर्णय गरेको छ । यस्तै अब बीमांक दाबी रकम पहिलाको भन्दा दोब्बर भएको छ । यस्तो निर्णय १ बैशाखदेखि लागू भएको हो । बीमा गराएको ब्यक्ति बैदेशिक रोजगारीमा रहेको अवस्थामा मृत्यू भएमा यसअघि ५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने ब्यवस्था थियो । तर अव यस्तो रकम बढाएर १० लाख रुपैयाँ गरिएको समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए । यस्तै औषधि उपचारको लागि पाइने रकम पनि दोब्बर भएको छ । बीमा शुल्क भने पहिलाको भन्दा ६५ प्रतिशतले बढाइएको छ । सो निर्णयको जानकारी ३० चैतमै सवै बीमा कम्पनीहरुलाई गराइसकिएको छ । बैदेशिक रोजगार म्यादी जीबन बीमाको शुल्क उमेर अनुसार फरक फरक हुने गरेको छ । सो अनुसार १८ देखि ३५ बर्षसम्म उमेरको ब्यक्तिले बीमा गराउदा डेढ बर्षको लागि २ हजार ३ सय ५१ रुपैयाँ लाग्ने भएको छ । यस्तै ३६ देखि ५० बर्ष उमेरको ब्यक्तिले ३ हजार ३ सय र ५१ देखि ६४ बर्ष उमेरको ब्यक्तिले ७ हजार १३ रुपैयाँ बीमा शुल्क बुझाउने पर्ने भएको छ । समितिले अधिकतम ६ बर्ष अवधिको बीमाको परिकल्पना गरेको छ । सो अनुसार ६ बर्षको लागि १८ देखि ३५ बर्षको ब्यक्तिले बीमा शुल्क ६ हजार ५ सय १८ रुपैयाँ, ३६ देखि ५० बर्ष उमेरको ब्यक्तिले ९ हजार ५ सय ७० रुपैयाँ र ५१ देखि ६४ बर्ष उमेरको ब्यक्तिले १९ हजार १ सय ४० रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने भएको छ । ६४ बर्षभन्दा माथिको उमेर भएका ब्यक्तिले भने बीमा कम्पनीले निर्धारण गरे अनुसारको बीमा शुल्क तिर्नु पर्ने भएको छ ।

२०७२ सालको बीमा : ठूलो धक्का र राम्रो शिक्षा

काठमाडौं, ३० चैत । २०७२ सालमा नेपाली बीमा क्षेत्रले सबैभन्दा ठूलो धक्का महसुस गर्यो । बर्षको सुरुमै आएको विनासकारी भूकम्पको कारण बीमा कम्पनीहरुले क्षतिपूर्ति दिनुपर्ने भन्दै १८ अर्ब ५८ करोड २६ लाख रुपैयाँ दाबी परेको छ । नेपालको बीमा इतिहासमा एकैपटक यति धेरै दाबी भएको यो नै पहिलो पटक हो । दाबी भुक्तानीको हिसावले पनि बीमा क्षेत्रको लागि यो वर्ष ऐतिहासिक रह्यो । निर्जीबन बीमा कम्पनीहरुले मात्रै अहिलेसम्म १० अर्ब २० करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । एकै बर्षमा नेपाली बीमा क्षेत्रले गरेको दाबी भुक्तानी पनि यो अहिलेसम्मकै ठूलो हो । नेपाली बीमा कम्पनीले विदेशका विभिन्न कम्पनीहरुसँग पुनर्बीमा गराउँछन् । उनीहरुले दाबी परेको बेलामा सहजै भुक्तानी दिन्छन् कि दिदैनन् ? वा दाबी भुक्तानी गर्ने समयमा कुन पुनर्बीमा कम्पनीको ब्यवहार कस्तो हुने गरेको छ भनेर थाहा पाउने अवसर बीमा कम्पनीहरुले प्राप्त गरे । यस्तै बीमा गर्नेहरुले पनि एकै पटक ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपर्दा नेपाली बीमा कम्पनीहरुले भुक्तानी गर्न सक्छन् कि सक्दैनन् भनेर मूल्यांकन गर्ने अवसर पाए । यसकारण यो बर्ष बीमा क्षेत्रको लागि सिकाइको बर्ष रह्यो । दुबै अनुभव सकारात्मक र सुखद रहे । किनभने चैतको तेस्रो सातासम्ममा पुनर्बीमा कम्पनीबाट ५ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गर्नको लागि बीमा नेपाली बीमा कम्पनीले प्राप्त गरिसकेका छन् । संकटबाट नेपालीले बीमा बारे धेरै कुरा सिके । यो बर्ष बीमा चेनता बढाउनको लागि निकै फलदायी रह्यो । सँगै घर भत्किएकामध्ये बीमा गराएको ब्यक्तिले दाबी भुक्तानी लिएर घर बनाइ सक्यो । बीमा नगराउनेले पैसाको जोहो गर्न नसकेकोले अझै घर बनाउन सकेको छैन । यसकारण बीमा गराउदा आपतको बेलामा सहयोग पाइने रहेछ भन्ने ज्ञान आम मानिसले पाए । यो बीमा क्षेत्रको लागि सबैभन्दा सुखद पक्ष हो । दोस्रो सुखाद पक्ष के हो भने विपदपछिको वर्ष पनि बीमा क्षेत्रमा पुँजी लगानी गर्नेहरु निराश बन्नु परेन । अहिलेसम्ममा साढे १० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेका भएपनि बीमा कम्पनीको ब्यालेन्ससीटमा त्यसको प्रभाव देखिएको छैन । बार्षिक साधारणसभा गरिसकेकामध्ये अधिकांश बीमा कम्पनीले सेयरधनीलाई लाभांश दिएका छन् । ठूलो मात्रामा दाबी भुक्तानी गर्न पर्ने भएकोले समस्या देखिन सक्ने भन्दै बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको थियो । गत बर्ष मात्रै नेपालमा पुनर्बीमा कम्पनी स्थापना भयो । द्धन्द्धको समयमा गठन गरिएको आकष्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनी बनाइएको हो । बीमा कम्पनीहरुले सो कोषमा गरेको लगानीलाई पुनर्बीमा कम्पनी परिणत भएपछि सेयर पूजीमा गणना गरियो । पुनर्बीमा कम्पनीले नाफा गर्यो । कम्पनीहरुले सो रकमलाई लगानीमा गणना गर्न पाए र त्यसबाट प्राप्त लाभांशलाई आम्दानीमा गणना गर्न पाए । यसैकारण बीमा कम्पनीको नाफा बढेको देखियो । बीमा कम्पनीहरुको ब्यालेन्ससीटमा नकारात्मक प्रभाव परेको देखिएन । २०७२ सालमा बीमा समितिले कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न दिएन । सबै कम्पनीहरु बोनस सेयर वितरण गर्न वाध्य भए । साथै पुँजी वृद्धि गर्न बीमा समितिले कम्पनीहरुलाई दिएको दवावका कारण सेयर बजारमा कम्पनीहरुको सेयर मूल्य अनपेक्षित रुपमा बढ्यो । दोस्रो बजारमा मूल्य बढेका कारण बीमा कम्पनीको सेयरमा लगानी गर्नेहरुले सेयर बिक्री गरेर वा बुक भ्यालु गरेर दंङ्ग भएको छन् । त्यतिमात्र होइन, बीमा कम्पनीप्रति लगानीकर्ताको दीर्घकालिन विश्वास बढेको छ । ठूलो क्षति हुँदा पनि पुर्नबीमा कम्पनीले भुक्तानी दिदो रहेछ, कम्पनीले मात्र दावी भुक्तानी गर्नु पर्ने रहेछ, बीमा कम्पनीहरुले थोरै मात्र जोखिम लिदा रहेछन्, बीमा कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम हुँदो रहेनछ भन्ने सन्देश लगानीकर्तामा गएको देखिन्छ ।