रावा बैंकको खुद नाफा सवैभन्दा बढी, स्ट्याण्डर्डको घट्यो

विकास न्युज/काठमाडौं ४ जेठ । १२ बैशाखमा गएको बिनासकारी भूकम्प र त्यसपछिका निरन्तर धक्काले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भैरहेको समयमा बाणिज्य बैंकहरुको खुद नाफा भने उच्च देखिएको छ । गत चैत मसान्तसम्मको कारोवारको आधारमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विबरणले उनीहरुको नाफा बृद्धि भएको देखाउछ । विनासकारी भूकम्प जानु भन्दा पहिलाको कारोवारको आधारमा उनीहरुको नाफा उच्च देखिनु स्वभाविक हो । तर आगामी असार मसान्तको नाफा भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक अफ काठमाडू (विओके) ले चैत मसान्तसम्ममा ४८ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत बर्षको सोही अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा विओकेले ३७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन र ३२ अर्ब ९० करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सेन्चुरी बैंकले १६ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकको खुद नाफा ६ करोड २६ लाख रुपैयाँ थियो । यो अवधिसम्ममा सेन्चुरीले २३ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ७ करोड ३९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले ४५ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । यो अवधिसम्ममा सिटिजन्सले ३४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २८ अर्ब ७४ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्टले यो अवधिसम्ममा ७१ अर्ब ५ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ग्लोबल आइएमइ बैंकले ८० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा ग्लोबल आइएमइ बैंकले ५७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ४९ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हिमालयन बैंकले ९० करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७९ करोड २८ लाख रुपैयाँ खुुद नाफा गरेको थियो । यो अवधिसम्ममा हिमालयनले ६८ अर्ब ३० करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ५५ अर्ब ५० करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । मेगा बैंकले २६ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा मेगा बैंकले २१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन र १८ अर्ब ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल बंगलादेश (एनबी) बैंकले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ४० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा एनबी बैंकले २९ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र २५ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ३ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ६९ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सिद्धार्थ बैंकले ५४ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सिद्धार्थ बैंकले ४१ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा बैंकले ५१ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ७९ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सनराइज बैंकले ३३ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सनराइज बैंकले २९ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र २४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

भूकम्पको आर्थिक प्रभाव संकलन गर्दै राष्ट्र बैंक

३ बैशाख ।  नेपाल राष्ट्र बैंकले विनासकारी भूकम्पको कारण कुन कुन क्षेत्रको कर्जामा कस्तो असर पर्यो  भनेर तथ्यांक संकलन गर्न लागेको छ । भूकम्पको कारण परेको प्रभाव कम गर्न कस्तो प्रकारको नीति लिनु पर्छ भन्ने यकिन गर्न तथ्यांक संकलन गरिएको हो । पहिलो चरणमा क्षतिको विवरण संकलन गर्ने र त्यसपछि लिनुपर्ने नीतिको विषयमा छलफल हुने नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ । राष्ट्र बैंकले सवै बैंक वित्तीय संस्थालाई पत्राचार गर्दै आफ्नो कुन कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव परेको छ, त्यसको जानकारी दिन भनेको छ । ‘कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव प¥यो भनेर विवरण माग गरिरहेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने– सवै तथ्यांक आएपछि के कस्तो नीति लिने भन्ने निर्णयमा पुगिन्छ । विनासकारी भूकम्पको कारण कर्जाको किस्ता प्रभावित हुन सक्ने अनुमान बैंक तथा वित्तीय संस्थाका अधिकारीको पनि छ । कर्जाको किस्ता नियमित हुन नसकेमा बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक बर्षको नाफा नै प्रभावित हुन सक्ने छ । तर १२ बैशाखमा भूकम्प गएको र चैत मसान्तको किस्ता उठिसकेकोले अहिले नै बैंक तथा वित्तीय संस्थालाई खास दबाब छैन । तर बैशाख महिनाभरी नै भूकम्पको धक्का आइरहेकोले आगामी असार मसान्तको किस्ता भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तयार पारेको प्रारम्भिक विबरण अनुसार भूकम्पको सवैभन्दा धेरै प्रभाव अपार्टमेन्ट तथा हाउजिङ ब्यवसायमा परेको छ । यो क्षेत्र केहि बर्ष पहिलादेखि समस्या रहेकोले भूकम्पको कारण थप समस्यामा पर्ने देखिएको छ । यस्तै लामो समयसम्म उद्योग ब्यवसाय ठप्प रहेको सवै क्षेत्रको कर्जाको किस्ता प्रभावित हुन सक्ने देखिएको छ ।

सनराईज बैंकको कार्यकारी प्रमुखमा रत्नराज नियुक्त

१ जेठ । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । जेठ १ गते नियुक्त भएका बज्राचार्य सोही दिनदेखि उनले बैंकको जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका छन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए । चार्टर एकाउण्टेन्ट बज्राचार्यले लामो समय चार्टर एकाउण्टेन्ट र कन्सल्टेटको काम गरेका थिए । उता सनराईज बैंकमा विगत ८ महिनादेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । सुरेन्द्र प्रधानको कार्यकाल सकिएपछि बैंकले लामो समय नयाँ कार्यकारी प्रमुख नियुक्त गर्न सकेको थिएन ।