विकासन्युज

बुम रेमिट्यान्सको एजेन्टमा काष्ठमण्डप डेभलपमेन्ट बैंक नियुक्त

काठमाडौं । बुम रेमिट्यान्स प्रा.लीले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम काष्ठमण्डप डेभलपमेन्ट बैंकले १९ वटा शाखाहरु मार्फत भुक्तानी गर्नेछ । काष्ठमण्डप बैंकले नेपालका सबै शाखाहरुले बुम रेमिट सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुक्तानी पनि गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब-ऐजेन्टहरु छन् । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

सूदूरपश्चिममा मिडियाको अवस्था सम्बन्धी पुस्तक सार्वजिनक, रेडियो र पत्रिकामा १२ सय ४१ जनशक्ति

काठमाडाैं । सूदूरपश्चिमाञ्चल विकास क्षेत्र (प्रदेश नं.७)मा मिडियाको अवस्था र पहुँच सम्बन्धी अनुसन्धानात्मक पुस्तक सार्वजिनक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपाल र एलायन्स फर सोसल डाइलगले अनुसन्धान रिपोर्ट प्रकाशित गरेका हुन् । अध्ययन अनुसार सूदूरपश्चिममा दैनिक पत्रिकाको पहुँच १०, टेलिभिजनको २० प्रतिशत, केवलको ७ प्रतिशत र एफएम रेडियोको पहुँच ४८ प्रतिशत रहेको छ । अध्ययनका लागि तथ्यांक संकलन २०७१ साल मंसिरदेखि चैत्रसम्ममा संकलन गरिएको थियो । यस क्षेत्रमा दर्ता भएका ३ सय ९७ पत्रिका मध्ये ७९ पत्रिका नियमित छन् । ५७ वटा एफएमले अनुमति पाएकामा ५० वटा सञ्चालित छन् । रेडियो र पत्रिकामा गरी १२ सय ४१ जनशक्ति रहेकोमा ६ सय ५० पत्रकार छन् । सूदूरपश्चिममा रेडियो, पत्रपत्रिका र केवलमा ४० करोड ६० लाख रुपैयाँ लगानी रहेको छ ।  यस क्षेत्रका मिडियाले वार्षिक रुपमा १० करोड रुपैयाँको हाराहारीमा विज्ञापन पाउने गरेका छन् । अध्ययन मिडियाको अवस्था, पहुँच, लगानी, जनशक्ति,  बजार, विज्ञापनको अवस्था, मिडियाले भोग्नु परेका समस्या र चुनौतीमा केन्द्रित छ  ।  अध्ययनले क्षेत्रीय र स्थानीय मिडियाको विकास र प्रवर्द्धनका लागि स्थानीय पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्चार नीति आवश्वयक रहेको देखाएको छ । साथै लोककल्याणकारी विज्ञापन र मिडिया विकास कोषमार्फत सूदूरपश्चिम क्षेत्रको मिडियाको विकासमा राज्यको थप सकृयता आवश्यक रहेको  पनि अध्ययनले देखाएको छ । पुस्तक research.butmedia.org बाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

तीन दलाल कम्पनीलाई शाखा सञ्चालन गर्न नेप्सेले दियो अनुमति, क-कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तीन सेयर दलाल कम्पनीलाई विस्तारित शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार मात्रै नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई छुट्टा छुट्टै शाखा सञ्चालनमा ल्याउन अनुमति दिएको हो । आवेदन अनुसार सनि सेक्युरिटिजले नारायणगढ, भिजन सेक्युरिटिजले बनेपा र श्रीहरी सेक्युरिटिजले बिर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका छन् । विस्तारित शाखा कार्यालय सञ्चालनमा ल्याउन नेप्सेले यी तीनै वटा कम्पनीलाई कारोबार लिंक उपलब्ध गराईसकेको छ । साथै, नेप्सेले अनुमति पाएका तीन कम्पनीलाई नयाँ विस्तारित शाखाबाट कारोबार शुरु गरि जतिसक्दो चाँडो लगानीकर्तालाई सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

७४४ वटै स्थानीय तहलाई एक/एक करोड अनुदान, तत्कालिन पुर्वाधारमा खर्च गरिने

काठमाडौं । सरकारले नव गठित ७४४ वटै स्थानिय तहलाई एक एक करोड नगद अनुदान प्रदान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सबै स्थानिय तहको भौतिक पूर्वाधार बिकासमा खर्च गर्न गरि ७४४ करोड रुपैंयाँ अनुदान निकासा गरेको हो । नयाँ बनेका गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडका दरले रकम निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसले जनताले स्थानीय निकायको पुनःसंरचना भएको अनुभुती गर्ने अपेक्षा अर्थ मन्त्रालयले गरेको महराले बताए । ‘स्थानिय निकायको पुनःसंरचना हुने तर आवश्यक पर्ने रकम नहुँदा, स्थानीय तहको पुनःसंरचना बोर्डमा मात्र सीमीत नहोस् भनेर यो रकम उपलब्ध गराएका हौं’, महराले भने ।

इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन

काठमाडौं । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । बैंकले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सञ्चालन हुने ८ औँ इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परिक्षा शुल्क संकलन गरिएको कारण यसवर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका छन् ।

राजधानीमा फेरी थपियो ३२ सिटे ठुलो बस

काठमाडौं । राजधानीका सडकमा फेरी ३२ सिट क्षमताका ठुला बस थपिएका छन् । गोकर्णेश्वर यातायात प्रालिले ८ मीटर च्यासिसमा आधारित ३२ सिट क्षमताका बस सञ्चालन गरेको छ । प्रालीले अशोक लेलैण्डका लिनएक्स स्मार्ट बसबाट चैत ८ गतेदेखि सेवा आरम्भ गरेको अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए । हाल २० वटा बसहरू संचालनमा ल्याइएको छ । जसमध्ये १० वटा बसहरू माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुदै कोटेश्वर पुगेर चक्रपथ परीक्रमा गर्ने र चावहिलबाट पूनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन् । बाँकी १० वटा बसले माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन् । २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थप्ने कम्पनीले जनाएको छ ।

हकप्रद निष्काशनका लागि एकैदिन तीन कम्पनीले दिए आवेदन, कुन कुनले दिए?

काठमाडौं । राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको पूँजी बढाउने क्रममा बुधबार मात्रै तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले एकैदिन छुट्टाछुट्टै मात्राको हकप्रद निष्काशनको लागि आवेदन दिएका हुन् । सनराइज बैंकले ३० प्रतिशत(अर्थात १० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  बैंकले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम प्रभु क्यापिटल लि. लाई दिएको छ । त्यस्तै, गरिमा विकास बैंकले पनि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो बैंकले ९० करोड ७६ लाख रुपैयाँ बराबरको ९० लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एस क्यापिटल लि. लाई दिएको छ । त्यसैगरि, गुडविल फाइनान्सले पनि ६० प्रतिशत(अर्थात १० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एनआईबीएल क्यापिटल मार्केट लि. लाई दिएको छ । यी तीन वटै कम्पनीले बोर्डको अनुमति पाए पछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छन् ।

नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ बढि, बजार मूल्य ६३५ मात्रै

काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको सोही अवधीमा कम्पनीको यस्तो आम्दानी जम्मा ९६ रुपैंयाँ ७५ पैसा थियो । कम्पनीले पुस मसान्तसम्ममा २२ अर्ब ४७ करोड रुपैंयाँ बराबरको कारोबार गरेर ७ अर्ब ९१ करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा कमाएको थियो । टेलिकमको प्रति सेयर आम्दानी आर्थिक बर्ष २०७२/७३ मा बाहेक निरन्तर वृद्धि हुँदै आएको छ । सो आवमा भने ८०६ जना कर्मचारीलाई भिआरएसमा पठाउँदा तीन अर्ब भन्दा बढि रकम खर्च भएकाले कुल नाफा र प्रति सेयर आम्दानी दुबै घटेको टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले बताइन् । तैपनि ९१ रुपैंयाँ २१ पैसा प्रति सेयर आम्दानी कायम हुनु राम्रो भएको उनको भनाई छ । आर्थिक बर्ष २०६८/६९ मा टेलिकमको प्रति सेयर आम्दानी ७७.७३ रुपैंयाँ थियो । त्यसको एक बर्षपछि त्यो घटेर ७५.३३ रुपैंयाँमा झरेको थियो । तर २०७०/७१ मा पुग्यो कम्पनीको त्यस्तो आम्दानी ७७.१२ पुग्यो । आव २०७१/७२ मा पुग्दा टेलिकमको प्रति सेयर आम्दानी ९७.०४ पुग्यो तर त्यसको एक बर्ष पछि अर्थात गत आवमा भने ९१.२१ रुपैंयाँमा खुम्चियो । चालु आवमा भने टेलिकमको प्रति सेयर आम्दानी अझै बढ्ने देखिएको छ । ‘यसपाली कुल नाफा पनि वृद्धि हुन्छ र प्रति सेयर आम्दानी पनि बढ्छ’, कम्पनीका प्रमुख वित्तिय अधिकृत सुर्यभक्त पोखरेलले भने । प्रति सेयर आम्दानी एक सय रुपैयाँ नाघेको कम्पनीको सेयर मूल्य भने ६३५ रुपैंयाँ मात्रै रहेको छ ।