सुजुकीको डिजायर नयाँ अवतार ‘फेसलिफ्ट भर्सन’मा आउँदै, २२ किलोमिटर माइलेज
काठमाडौं । सिजीले सुजुकीको डिजायर कार नयाँ अवतारका रुपमा नेपाली बजारमा ल्याउने भएको छ । मोटोकर्पको विक्रि संख्याका आधारमा अग्रणी मध्य एक डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने भएको हो । सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको जानकारी दिइएको । नयाँ प्लेटफर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिस रहेको छ। कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुटस्पेसपनि धेरै हुने बताएको छ । नयाँ कारमा कि लेस एण्ट्रि, डीआरएल, रियर भेण्ट सहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली लगायत अत्याधुनिक सुविधा तथा प्रविधि समेत जडान गरिएको छ । यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतिय निर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ । साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध रहेको छ । कारमा डुअल एयर ब्याग्स तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबी एस पनि उपलब्ध गरिएको छ । नयाँ कारमा परिक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिनपावर र माइलेजका लागि परिचित रहेको कम्पनीले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको निरीक्षण, राहतको समानुपातिक वितरण गर्न निर्देशन
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राहत वितरण प्रक्रियाका बारेमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पुर्याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ र थप भन्नेबारेमा स्थलगत निरीक्षण गरेका हुन् । रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिइएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो अवसरमा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गरे । गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतको सहभागिता थियो । आइतबार र सोमबार गृहमन्त्री शर्मालगायतको टोली पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो । रासस बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले राहत वितरण प्रक्रियाका बारेमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पु¥याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ र थप भन्नेबारेमा स्थलगत निरीक्षण गरेका हुन् । रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिइएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । सो अवसरमा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गरे । गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतको सहभागिता थियो । आइतबार र सोमबार गृहमन्त्री शर्मालगायतको टोली पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो । रासस
सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छिन् । कम्पनीको २४६ औं सञ्चालक समितिको बैंठकले बीमा क्षेत्रमा लामो अनुभव हाँसिल गरेकी मानन्धरलाई स्वतन्त्र बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको हो । उनले मानविकी संकायमा स्नाकोत्तर उपाधि हाँसिल गरेकी छिन् । त्यसैगरि, सञ्चालक समितिको सोहि बैठकले श्रवण रावललाई नायब महाप्रबन्धक पदमा नियुक्त गरेको छ । विगत तीन दशकदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव रहेका रावलले भारतको मुम्बइ युनिभर्सिटीबाट बाणिज्य संकायमा स्नातक गरेका छन् ।
कालीगण्डकीको बहाव बढेपछि माझी समुदाय त्रस्त
पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि यहाँको एक माझी बस्तीका बासिन्दा त्रस्त भएका छन् । कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन् । गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरबार गुमाएका उनीहरु पुनः यसवर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन् । मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकीकहाँ बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय गणेश माझीले जानकारी दिए । कतिबेला पूरै घर बगाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको उनले बताए । भूकम्पका कारण हल्लिएको पहाडबाट खसेको पहिरोले बस्ती पुरिएपछि पुनः बसोबासका लागि सो ठाउँ अनुपुक्त भएको थियो । स्थानीय सुकुम्बासी गणेश माझीले वर्षायाममा पानी पर्दा भिर पहरो र कालीगण्डकी नदी हेरेर बस्नुको विकल्प नभएको बताउनुभयो । “जाने ठाउँ अन्त कतै छैन, ढुक्कसँग बस्न कहिल्यै पनि पाइएको छैन ।” पहिरो गएको बेला स्थानीय प्रशासन र सुरक्षा निकायले पन्छाउने काम गरे पनि बैकल्पिक उपाय नदेखाएको उनले गुनासो गरे । वर्षा हुँदा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनबहादुर माझीले बताउनुभयो । उनले भने बगरमा रहेको घर कतिबेला बगाउने हो केही टुंगो छैन । उनीहरुले वर्षेनी पुनर्वासको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताएका छन् । उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेशा बंगुरपालन र बालुवा निकाल्ने हो । बालुवामा निर्भर भएका उनीहरु आर्थिक अभावका कारण उक्त स्थानबाट स्थानान्तरण हुन नसकेकाले बैकल्पिक बासस्थानको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाई माग गरेका छन् । यता जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र विपत्ति आउने अवस्था देखिएमा प्रहरी प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको कार्यालयले जनाएको छ । यसैगरी दक्षिण पर्वतको सेतीवेणीमा पनि नदीको बहाव बढेको छ । तर कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधका सबै ढोका पूर्णरुपमा खोलिएकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भएकाले परियोजनाका सबै ढोका खोलिएको बताइएको छ । रासस
ललीपप उद्योगबाट मनग्य फाइदा, मासीक ४५ हजार रुपैयाँ सम्मको आम्दानी
इलाम । थोरै लगानीमा यहाँका महिलाले ललीपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललीपप उद्योगमा संलग्न छन् । ‘इलाम ललीपप उद्योग’ दर्ता गरी पाँच वर्षदेखि ललीपप बनाउँदै आएका साँखेजुङका दुर्गाकुमारी राई सीप र जाँगर भए स्वदेशमै आम्दानी गर्न सकिने बताउँछिन् । उनको उद्योगमा सात महिलाले मासिक ७ हजार रुपैयाँमा काम गर्दै आएका छन् । “मासिक ४५ हजार रुपैयाँ सम्म आम्दानी हुन्छ,” उनले भनिन् । अधिकांश महिलाले घरको काम सिध्याएर उद्योगमा काम गर्र्ने गरेका छन् । इलाम, फिक्कल र कुटीडाँडा ललीपपको मुख्य बजार हो । पूर्वाञ्चलमा भएको खाद्य वस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो भएको सो उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । ९० हजार रुपैयाँ पर्ने उक्त मेसिन पाएपछि ललीपप प्याकिङ गर्न सजिलो भएको राईले बताईन् । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले ‘प्याक्ट’ परियोजनाअन्तर्गत चार लाख ४५ हजार रुपैयाँ अनुदान सहयोग गरेको छ । ललीपप बनाउने आधुनिक मेसिन खरिदका लागि प्याक्टले सहयोग गरेको हो । यस्तै पाँच वर्षअघि खुलेको कोसेली ललीपप उद्योगबाट मुना आचार्यले मनग्य आम्दानी गर्दै आएकी छिन् । सो उद्योगमा सात महिलाले रोजगारी पाएका छन् । जिल्लामा सहकारी संस्था खोलेर ललीपप उद्योग स्थापना गर्ने क्रम बढ्दो छ । सहकारी संस्था मार्फत स्थापना भएका ललीपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा धेरै महिलालाई रोजगारी प्रदान गरेका छन् । तीन वर्षअघि स्थापना भएको जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा १६ महिलालाई रोजगारी प्रदान गरेको छ । उद्योगमा रोजगारी पाएका महिलाले मासिक ४ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउँछन् । बिहान क्याम्पस पढेर दिउँसो काम गर्न जाने महिलाको संख्या अत्यधिक छ । यहाँ उत्पादित ललीपप धरान, दमक, विराटनगर, काठमाडौँंसम्म पठाउने गरिएको छ । जिल्लामा आउने पर्यटकले ललीपप कोसेलीका रूपमा समेत खरिद गर्ने गरेका छन् । रासस
नेसनल हाइड्रोपावर ६ करोड १२ लाख नोक्सानमा, १४ मेगावाटको तल्लो ईखुवा आयोजना बनाउने
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड गत आर्थिक वर्ष ०७३/०७४ मा नोक्सानमा गएको छ । गत आवमा कम्पनी ६ करोड १२ लाख ६९ हजार रुपैयाँ नोक्सानमा गएको छ । साढे ४ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको ऋण सकार्दा कम्पनी घाटामा गएको हो । सुनकोसी हाइड्रोपावर कम्पनी लिमिटेडको १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ ऋण दाइत्व सकारेपछि नेसनले निरन्तर नोक्सानमा सञ्चालन भइरहेको छ । अझै पनि १७ करोड बढी ऋण रहेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । “सुनकोसीको ऋण दाइत्व नसरेको भए यो वर्ष नाफामा थियौ” उनले भने “उसको दात्वले हामीलाई घाटा भएको छ ।” उनकाअनुसार कम्पनीले नविल बैंकलाई सुनकोसीको कर्जा भुत्तानी गरिरहेको छ । अघिल्लो आवमा कम्पनी ७ करोड ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानमा थियो । नोक्सानमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ४ रुपैयाँ ४२ पैसामा सिमित भएको छ । गत आवमा कम्पनीले ३ करोड ६१ लाख ८१ हजार ७९० युनिट बिजुली बिक्रीबाट १८ करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो आवमा ३ करोड ४३ लाख ८७ हजार ६५० युनिट बिजुली बिक्री गरेर १६ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा आम्दानीको दायरा बढाउन भोजपुरमा रहेको १४.१५ मेगावाट क्षमताको इखुवाखोला जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए । आयोजना बनाउन २ अर्ब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक ७ करोड ८० लाख युनिट बिजुली उत्पादन हुने छ । बिजुली बिक्रीबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १७१ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
८६ करोड रुपैयाँको लागतमा बनेकाे बझाङकाे विद्युत सेवा अवरुद्ध
बझाङ । विदेशी दाताको सहयोगमा झण्डै ८६ करोड रुपैयाँको लागतमा डोगडीस्थित सुर्मादेवी साना जलविद्युत् आयोजना मर्मत सम्पन्न भएको एक वर्ष नबित्दै पुरानै अवस्थामा पुगेको छ । यति ठूलो रकम लगानी गरेर २०० किलोवाट क्षमताको उक्त आयोजना मर्मत गरिएको थियो । यति नै रकममा अर्को आयोजना निर्माण गर्न सकिने प्राधिकरणका कर्मचारी बताउँछन् । सदरमुकाम चैनपुर आसपास क्षेत्रका बासिन्दाका लागि २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सुर्मादेवी साना जलविद्युत आयोजनाको मर्मत पनि जापान सरकारको अनुदान सहयोगमा नै भएको हो । जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको केही महिना नबित्दै विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । सो कम्पनीले तोकिएको समयमा सबैकाम सम्पन्न नगरी बिचैमा काम छोडेको थियो । मर्मत योजनामा नै त्रुटी रहेका कारण पानी प्रवाहमा समस्या देखिएको हो । बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर विभिन्न ठाउँमा चुहिने र बर्खाको समयमा बाँध नै भत्काउँदा समस्या भएको विद्युत् प्राधिकरणका प्रमुख लक्ष्मण जाग्रीले बताए । “हिउँदमा पानी कम भएर विद्युत् अनियमित हुने गर्छ, बर्खामा बाउली खोलामा बाढी आउँदा बाँध भत्काउने भएकाले विद्युत् अनियमित हुन्छ,” उनले भने । विद्युत् अनियमित हुँदा यहाँका सरकारी कार्यालयको कामकाज, व्यापार र उद्योग व्यवसाय नराम्ररी प्रभावित बनेको थियो । समस्या समाधानका लागि पहल गरिरहेका प्रमुख जिल्ला अधिकारी केशवबहादुर थापाको सरुवा भएपछि अन्योलता देखिएको नागरिक समाजका अगुवा धर्मजंग सिंहले बताए । “प्राधिकरण र निमार्ण कम्पनीलाई जानकारी गराउँदै आएका छौँ, सुनुवाइ भएको छैन,” उनले भने । नेपाल विद्युत् प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतिकरण विभागका निर्देशक रामेश्वर कल्वारले समस्याबारे प्राधिकरण जानकार रहेको र यस विषयमा निर्माण कम्पनीसँग छलफल गरिरहेको बताए । निर्माणमा त्रुटी भएको विषयमा परामर्शदाता निकाय जापान सहयोग नियोग र निर्माण कम्पनीलाई जानकारी गराइसकेको उनको भनाइ छ । सांसद चन्द्रादेवी जोशीले जिल्लालाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्नुपर्ने बताए । रासस
आरम्भ माइक्रोफाइनान्सको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । संस्थाले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा (कर्मचारी समेत) निष्कासन गर्नको लागि बबर महलमा रहेको एनआईसी एशिया क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो । साउन ३१ गते मंगलवारका दिन संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एसिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । यस संस्थाकोे जारी पूँजीमध्ये साधारण शेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको कार्यालय काभ्रेपलाञ्चोककाे बनेपामा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहदै आएको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।