कुलमानलाई उर्जा मन्त्रीको निर्देशन-निर्माणाधिन ११ वटै आयोजनाको काम समयमै सक्नु
काठमाडौं । ऊर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गतका कम्पनिहरुबाट निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत आयोजनाहरुको पछिल्लो अबश्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री महेन्द्र बहादुर शाहीले जलविद्युत आयोजनाहरुमा देखिएको समस्याबारे आफूले पहल गर्ने भन्दै गंभीरतापूर्वक तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले जलविद्युत आयोजनाहरु समयभित्रै सम्पन्न भए माग अनुसारको विद्युत आपूर्ती गर्न सकिने बताए । नेपाल विद्युत प्राधिकरण तथा प्राधिकरण अन्तर्गत रहेका ११ वटा जलविद्युत आयोजनाहरुका प्रमुखहरुसंग आयोजनाहरुको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका हुन। सरकारी लगानीमा माथिल्लो तामाकोशी , चमेलिया , कुलेखानी तेस्रो , राहूघाट, माथिल्लो त्रिशुली थ्रि ए , तल्लो सान्जेन , माथिल्लो सान्जेन , रसुवागाडी, मध्य भोटेकोशी , तनहुँ र माथिल्लो त्रिशुली थ्री बि जलविद्युत आयोजनाहरु निर्माण भईरहेका छन् । यी आयोजनाका प्रमुखहरुले बैठकमा वन , स्थानीय जनताको मुआब्जा वितरण र ठेकेदारबाट देखीएका समस्याहरु प्रस्तुत गरेका थिए ।
स्ट्याण्डर्ड चाटर्ड बैंकमा २ नयाँ सञ्चालक नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकमा २ जना नयाँ सञ्चालक नियुक्त भएका छन् । भदौ १९ गते बसेको बैंक सञ्चालक समितिले करेन डिअलविस र मन बहादुर राईलाई नयाँ सञ्चालकमा नियुक्त गरेको हो । डिअलविसलाई स्ट्याण्डर्ड चाटर्ड बैंक ग्रीन्डलेस अष्ट्रेलियाका तर्फबाट सञ्चालक नियुक्त गरिएको हो भने राईलाई साधारण सेयर धनीका तर्फबाट सञ्चालक नियु क्त गरिएको हो । राईलाई आगामी साधारण सभासम्मका लागि सञ्चालक नियुक्त गरेको हो ।
गण्डकी विकास बैंक लिमिटेडको २५ प्रतिशत हकप्रद सेयर
काठमाडौं । गण्डकी विकास बैकले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको २५ प्रतिशत अर्थात चार कित्ता बराबर १ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरेको हो । उक्त हकप्रद शेयर पश्चात बैँकको चुक्ता पूँजी २ अर्व ३० करोड पुग्नेछ । नेपाल राष्ट्रवैकले तोके वमोजिम नपुग बाँकी चुक्तापूँजी आव ०७३÷७४ सम्मको संचित मुनाफाबाट वोनश शेयर जारी गरी पुर्याउने बैंकले जनाएको छ । आव ०७३/७४ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैकले हाल कायम रहेको चुक्तापूँजीको २३ प्रतिशत सम्म वोनश शेयर जारी गर्न सक्नेछ । बैंकले आव २०७३/७४ मा संचालन मुनाफा ८५ करोड आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप १८ अर्ब ३३ करोड, कर्जा तर्फ १६ अर्ब ५१ करोड पु¥याएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५३ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजना कार्यान्वयन गरिरहेको छ ।
विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन
बनेपा । काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल ३१ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७३/७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो । यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन् । “कडाइ गरेपछि विद्युत् चुहावट कम हुँदै गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले भने । उनले चुहावट रोक्न सामाजिक चेतनाको विकास हुनुपर्नेमा जोड दिँदै विद्युत् लाइनको अनुमति लिएर पनि मिटर वाइपास गरेर चुहावट हुने गरेको बताए । जिल्लामा विद्युत् बक्यौताको कूल रकम २० करोड ५४ लाख २५ हजार रुपैयाँ रहेको छ । सो रकममध्ये सडक बत्तीको मात्रै १० करोड ९८ लाख ३७ हजार रुपैयाँ रहेको छ भने घरमा जडान भएको विद्युत्को बक्यौता ५ करोड ७७ लाख रुपैयाँ रहेको छ । सडक बत्तीको बक्यौता रकम बनेपा, पनौती, धुलिखेल नगरपालिकालगायतको हो । वितरण केन्द्र प्रमुख यादवले सडक बत्तीको रकम उठाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरिएको जानकारी दिँदै कतिपय ग्राहकको विद्युत् लाइन काटेपछि बक्यौता उठेको बताए । उनले उक्त रकम २०४७ सालदेखिकै बक्यौता भएको र केही रकम द्वन्द्वकालको समेत रहेको बताए । उक्त बक्यौता रकम बनेपा, धुलिखेल आसपास क्षेत्रको हो । रासस
इलेक्ट्रोलक्सले ल्यायाे दशैं तिहारमा उपहार स्योर सट याेजना
काठमाडौं । युरोपको इलेक्ट्रोलक्स ब्राण्डले चाडपर्र्व लक्षित दशैं तिहारमा उपहार स्योर सट योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत ग्राहकले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा २१ हजार ९ सय रुपैयाँदेखि १७ सय ९० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु स्योर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो योजना भदौ २१ गते बाट सुरु भई छठपर्व सम्म मात्र सिमित रहने छ ।
सामसङ फोरजी स्मार्टफोनको खरिदमा होम अप्लाइन्सहरु घर लैजान सकिने
image description काठमाडौं । सामसङ नेपालले चाडपर्वलार्ई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । कम्पनीले यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजान मिल्ने व्यवस्था ल्याएको छ । भदौ १६ गते देखि कार्तिक १ गते सम्म लागू हुने यो योजनामा बिजेतालाई भाद्र २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कार्तिक १ गते सम्म ३५ दिन लगातार छनौट गर्ने भएको छ । दैनिक एक जनाको दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घर लैजान पाउनेछन् । यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड वासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने कम्पनीले जानकारी दिएको छ । यस योजनामा सहभागी हुन मोबाइलको मेसेज बक्समा गई एसएएमएसएयुएनजी(सामसुङ) टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एसमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेजमा देखाइने छ । लक्की ड्रको अतिरिक्त १सय वा १ हजार रुपैयाँको पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।
इन्भेष्टमेन्ट बैंकलाई धितोपत्र बोर्डको तीन दिने स्पष्टिकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकसँग तीन भित्र स्पष्टिकरण मागेको छ । बैंकले लाभांश वितरण सम्बन्धी निर्णयको गलत सूचना प्रवाह गरेर सेयर बजार प्रभावित गरेको भन्दै बोर्डले तीन दिन भित्र स्पष्टिकरण बुझाउन पत्र काटेको हो ।‘नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धी गलत सूचना प्रवाह गरेर सेयर बजारलाई प्रभावित पारेको देखियो, तीन दिन भित्र स्पष्टिकरण बुझाउन भनेका छौं’, बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने । बोर्डले बैंकलाई बुधबार नै पत्र लेखेर तीन दिनभित्र स्पष्टिकरण बुझाउन भनेको हो । उनले सेयर बजारलाई प्रभावित पार्ने सूचना प्रवाह गर्नुलाई टाइपिङ इरोर मात्रै मान्न नसकिने पनि स्पष्ट पारे । ‘सेयर बजारलाई नै प्रभावित पार्ने निर्णयको प्रचारलाई टापिङ इरोर मात्रै हो भन्न सकिन्न, हामी गम्भिर भएका छौं’, बोर्डका प्रवक्ता गिरीले भने । बैंकले भदौं २१ गते बैठक राखेर लाभांश सम्बन्धी निर्णय सच्याउँदै १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । बैंकले अघिल्लो निर्णयमा टाइपिङ बिग्रिएको दावी समेत गरेको छ । गलत सूचना दिएर सेयर बजारलाई प्रभावित पार्नेलाई १ लाखदेखि ३ लाखसम्म जरिवाना वा २ बर्षसम्म कैद वा दुबै सजाय हुने प्रावधान रहेको छ । सेयर बजार कानुनका जानकार ज्योति दाहालले गलत सूचनाको उत्पादन र प्रवाहमा संलग्न कम्पनी सम्बद्ध व्यक्तिहरुलाई आजिवन सूचिकृत कम्पनीका लागि आयोग्य घोषित गरिनुपर्ने बताए ।
एनसेलको फोरजी सेवा शुल्क घट्यो, इन्टरनेट प्रति एमबि २ पैसा भन्दा कममा
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले छिटो चल्ने इन्टरनेट सेवा सस्ताेमा प्रदान गर्न नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसकाे करसहित न्युनतम २ पैसा प्रति एमबिसम्ममा डेटा सेवाको मजा लिन सक्ने कम्पनीले जनाएको छ । नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जस अन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० रुपैयाँदेखि १५ सयसम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि १ सयमा ५ सय एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५ सय एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ । अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले १० रुपैयाँमा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्ने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले १० रुपैयाँमा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै, अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले ३० रुपैयाँमा १ सय एमबि, ५० रुपैयाँमा २ सय एमबि र ७० रुपैयाँमा २ सय ५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजालिन सक्ने कम्पनीले जानकारी दिएको छ । साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले १ सय रुपैयाँमा ५ सय एमबि, ३ सय रुपैयाँमा १२ सय ५० एमबि, ५सय रुपैयाँमा २५ सय एमबि र १५ सय रुपैयाँमा १० हजार एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।