इन्च्यान्टर मिस टिन नेपाल २०१७ को ताज सन्जु मोक्तानलाई
काठमाडौं । जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गते नेपाल एकेडेमीहलमा भव्यताका साथ सम्पन्न भएको छ । इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त २७ प्रतियोगीहरु मध्ये सन्जु मोक्तान ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ बन्न सफल भएकी थिइन भने मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएकी थिइन् । ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ कोेमन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ । विश्वभर नारी सौन्दर्यलाई प्राथमिक्ता दिदैं आएको इन्च्यान्टरको प्रायोजनमा आयोजित उक्त ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ लाई सफल बनाउनु हुने सबैमा इन्च्यान्टर कृतज्ञ रहेको विज्ञप्तिमा जारी गरिएको छ ।
३० बर्षे कार्यकाल हटाउने राष्ट्र बैंकको निर्णय, कर्मचारीको वृद्धि विकास अध्ययन गर्न सुझाव समिति
काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको हो । ‘३० बर्षे कार्यकालको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको छ र लोक सेवा आयोगसँग रायसुझाव मागिएको छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । ३० बर्षे कार्यकालको सिमा हटाउन नहुने पक्षमा रहेका कर्मचारी युनियनहरुको मागको सुनुवाई गर्न बैठकले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा दुई जना डेपुटी गभर्नर र प्रवक्ता नारायण पौडेल सदस्य रहेको समिति समेत गठन गरेको छ । ३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असरको न्युनिकरणका लागि अध्ययन गर्न गठित समिति नाम दिइएको उक्त समितिले राष्ट्र बैंकको संघिय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ । राष्ट्र बैंकको संरचनालाई संघियता अनुसार परिमार्जन गरेर पनि कर्मचारीहरुको वृद्धि विकासमा असर पर्न नदिने योजनासहित ३० बर्षे कार्यकालको सिमा हटाइएको सहायक प्रवक्ता पण्डितले बताए । कर्मचारी आन्दोलनमा काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, महासचिव रेग्मीले भने । उनले सञ्चालक समिति मात्रै राष्ट्र बैंक हो भन्ने मान्यता नत्यागे गम्भिर परिणाम आउने चेतावनी पनि दिए । एमाले निकट कर्मचारी युनियनले पनि मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
युनाईटेड इन्स्योरेन्सका सेयरधनीले २२ प्रतिशत लगानी गुमाए, नेप्से ८ अंकले बढ्दा युनाईटेडले २५ रुपैयाँले गुमायाे
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले तीन महिनाको अन्तरालमा प्रतिसेयर करिब चार सय रुपैयाँ गुमाएका छन् । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको थियो । सोमबार यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा कारोबार भयो । यस कम्पनीका लगानीकर्ताले ३ महिनामा २२ प्रतिशतभन्दा बढी गुमाई सकेका छन् । यस कम्पनीको सेयर मूल्य अझै घट्ने संकेत देखिएको छ । सोमबार नेप्से परिसूचक ८.५२ अंकले वृद्धि हुँदा युनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेको छ । यस कम्पनीको प्रवद्र्धक चौधरी ग्रुपमा अन्तरगत रहेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि उक्त कम्पनीले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको छ । तर रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिँदा कम्पनीको वित्तीय अवस्था नराम्ररी विग्रिएको छ । यस कम्पनीले २०७३ असार मसान्तमा अपरिकृत प्रतिवेदन प्रकाशित गर्दा सो आर्थिक वर्षमा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा भएको र जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ रहेको देखाएको थियो । तर पुर्नबीमाबाट भुक्तानी नआएपछि बीमा समितिको निर्देशन अनुसार ४४ करोड ९६ लाख ५८ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पठाएको आर्थिक प्रतिवेदनमा कम्पनी २५ करोड रुपैयाँ नोक्सानमा गएको उल्लेख छ । २०७३ असार मसान्तसम्ममा यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हो । कम्पनीको नोक्सानी चुक्ता पुँजीभन्दा बढी देखिएकोले यस कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७२/७३ नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर सेयर मूल्य १६६६ रुपैयाँ पुर्याउन मद्दत गरेको थियो । तर बीमा समितिले सो कम्पनीको आर्थिक प्रतिवेदन अस्वीकृत गर्दै करिव ४५ करोड रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनीले प्रस्ताव गरेको बोनस सेयर पनि रद्द भएको छ ।
एलजीको ८ केजीको वासिङ मेसिनले लियो बजार, छोटो समयमै अत्याधिक बिक्री
काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारको अवसरमा एलजीको ८ केजीको फ्रन्ट लोड वासिङ मेसिनले नेपालमा भित्रिएको छोटो समयमै बजार लिन सफल भएको छ । एलजीका आधिारीक विक्रेताका अनुसार हाल यस मेसिनको बिक्री अत्याधिक मात्रमा भइरहेको छ । विश्वकै पहिलो ६ मोसन ड्राइभ मोटर प्रविधियुक्त तथा इन्भटर डाइरेक्ट ड्राइभ मोटरमा १० वर्ष वारेन्टी भएको यस अत्याधुनिक ८ केजीको वासिङ मेसिनले छिटो छरितो सफालुगा एक घण्टा भन्दाकम समयमा एलजीको टुर्व वासले गर्दछ । उक्त फ्रण्ट लोडमा तीन हजार ४४० रुपैयाँ बराबरको पिजन ब्राण्डको सुपर कुकर उपहार दिएको कम्पनीले जनाएको छ ।
डा गोविन्द केसी फेरि अनशनमा
काठमाडौ । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह अनशन शुरु गरेका छन् । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गरेका हुन् । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गरेका हुन् । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो । माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने केसीका माग रहेका छन् । यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउदै अाएका छन् ।
सिटिजन्स बैंकको १६.८५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सेयरधनीलाई १६.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । अर्थात् बैंकले १ अर्ब १० करोड रुपैयाँ बोनस र ५ करोड ८२ लाख रुपैयाँ नगद लाभांश दिने निर्णयलाई कम्पनीको साधारण सभाले पारित गरेको छ । हाल बैकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ कायम रहने छ । उक्त साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ । “नेपालका ७५३ वटै स्थानीय तह, सामुदायिक विद्यालय, सार्वजनिक अस्पताललगायत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा समेत ग्रामीण दूरसञ्चार कोषलाई उयोग गरी गुणस्तरीय टेलिफोन पुर्याउन समितिले निर्देशन दिए पनि उच्च गतिमा काम हुन नसकेपछि आज पुनः निर्देशन दिइएको छ”, समितिका सभापति रवीन्द्र अधिकारीले भने । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उद्देश्यले १, २ र ३ गरी तीन वटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको एक वर्ष भइसकेको छ । तर टेलिकमले सोचेअनुसारको काम गर्न नसकेको समितिको ठहर छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर विस्तारमा ढिलाइ भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकिएको र मुलुकका विभिन्न स्थानमा देखिएको टेलिकमको नेटवर्कको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्जाङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ । टेलिकमको कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ छ । त्यसैगरी टेलिकमको डाटा/इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । रासस
सेयर बजारमा छायो हरियाली, नेप्से ८ अंकले बढ्याे, २७ करोडकाे सेयर काराेबार
काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार करिब दोहोरो अंकले उकालो लागेको छ । सोमबार नेप्से ८ दशमलब ५२ अंकले बढेर १५४५.४४ अंकमा पुगेको छ । हरियाली छाएको सोमबारको बजारमा २७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५४ कम्पनीको ६ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोमबार करोबार भएका ट्रडिङ र होटल समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर,बीमा र बैंकिङ समूहको परिसूचक दोहोरो अंक क्रमशः २१, १२ र १० अंकले उकालो लागेका छन् । ट्रडिङ र होटल समूहको परिसूचक क्रमशः २३ र ८ अंकले ओरालो लागेको हो । त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । उता विशास बजारको सेयर मूल्य भने १० अंकले घटेको छ ।