विराटनगर जुटमिल्समा व्यापक अनियमितता, सरकारले थाल्यो छानविन
काठमाडौं । सरकारले विराटनगर जुल मिल्स लिमिटेडमा भएको अनियमिततामाथी छानबिन गर्ने भएको छ । उद्योग मन्त्रालयले जुट मिल्सको सम्पती अनाधिकृत रुपमा बिक्री गरेको उजुरी परेपछि उद्योग विभाग मार्फत छानबिन अगाडी बढाएको हो । विभागले सोमबार नै छानविन प्रक्रिया थालेको जानकारी दिएको छ । गत भदौ २६ गते उद्योगमा अनियमितता भएको भन्दै उजुरी दर्ता गरेको थियो । जुट मिल्सका सञ्चालक वसन्त वन, प्रबन्ध निर्देशक निलहरि काफ्ले, निमित्त प्रबन्धक राजेन्द्र कार्की र प्रशासकिय अधिकृत तारानाथ तिम्सीना र सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । विराटनगरका रुद्रबहादुर खत्री, धर्मानन्द सन्जेल र दिनेशकुमार राईले संयुक्त रुपमा नेपालको पहिलो उद्योगको सम्पती अनाधिकृत रुपमा अपचलन गरी रातारात विनास गर्ने, बिक्री गर्ने र उद्योगलाई ध्वस्त बनाउन लागिएको भन्दै सञ्चालकलाई निलम्बन गर्न माग गर्दे छानविनका लागि उजुरी दिएका थिए । उद्योग मन्त्रालयले असोज ६ गते विभागलाई छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सोमबार विभागले छानविन सुरु गर्ने निर्णय गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । करिब ६७ विगाह जमिन मध्ये दक्षिणतर्फको जग्गा र सुगरमिल्स साइडको जग्गा खण्डीकरण गरी अतिकम मूल्यमा प्रक्रिया पुरा नगरी सशस्त्र प्रहरीलाई बिक्री गर्न खोजेको पाइएको छ । गत वर्ष बैसाख ८ र २० गते उद्योग मन्त्रालयले जुट मिल्सलाई पुराना सामान लिलाम, बिक्री तथा कुनैपनि तरिकाबाट हस्तान्तरण नगर्न आदेश दिएको थियो । सञ्चालक काफ्ले, कार्की, वन र तिम्सिनाले त्यसलाई बेवास्ता गर्दै मनोमानी ढंगबाट बिक्री गरी आर्थिक लाभ लिन राष्ट्रिय सम्पती हिनामिना गरेको खुल्न आएको छ । ३० लाख मूल्य पर्ने घरलाई ५ लाखमा बिक्री गत वर्षको असार १ गते मन्त्रालयले अर्को व्यवस्था नभएसम्म बोर्ड वा कम्पनी सम्बन्धी कुनै पनि कार्य नगर्नु र मन्त्रालयमा हाजिर हुन आउनुु भनी पत्राचार गरेको थियो । प्रबन्ध निर्देशक काफ्ले र अध्यक्ष बसन्त बनले मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १५ वटा घरहरु चलनचल्तीको मूल्यभन्दा अति कम मूल्यमा बेचेको पाइएको छ । ती १५ घरलाई काफ्लेले मौखिक आदेशमा १२ नम्बर वडाका राजिव सुब्बालाई ५ लाख रुपैयाँमा बेचेका छन् । चलनचल्ती अनुसार ती घरको मूल्य ३० लाख रुपैयाँ बढी पर्न आउछ । गोप्यरुपमा राष्ट्रिय सम्पतीको बिक्री जुट मिल्सका सञ्चालकले अदालतको आदेशविपरित मिलका पुराना सामान बिक्री गरेको छ । उजुरी परेपछि तत्कालिन पुनरावेदन अदालतले गत वर्ष जेठ २४ गते जुट मिल्सको सम्पती संरक्षण गर्न आदेश दिएको थियो । यद्दपी आदेशविपरित सञ्चालकले गोदाम भत्काई पुराना सामान, इटा, टिन, काठपातसमेत बिक्री गरेको पाइएको छ । जुट मिलको कम्पाउण्डमा रहेको तयारी बोराको गाठ हजारौं टन अट्ने क्षमता दुई वटा ठुला गोदामका भुईमा ओछ्याइएका लाखौं रुपैयाँ पर्ने सखुवाको काठ (फाल्टा) रातारात उप्काई निकाली मेशीनहरुको पार्ट पुर्जा समेत गोप्य रुपमा बिक्री गरिएको छ । सेयर घोटाला सरकारको ६८ प्रतिशत स्वामित्व भएको मिल्सका प्रबन्ध निर्देशक काफ्लेको सक्रियतामा कम्पनी ऐन बमोजिम प्रकृया पुरा नगरी सेयर सदस्यहरुलाई जानकारी नदिई सेयर निष्काशन गरिएको पाइएको छ । मन्त्रालयको समेत स्वीकृती नलिई सरकारलाई ३३.८३ प्रतिशतको मात्र साझेदार बनाइएको छ । सञ्चालक नीलहरिसहितको निजी क्षेत्रसित अब ६६.१७ प्रतिशत स्वामित्व हात परेको छ ।
काठमाडौं महानगरले सवारी करको दर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो । महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ । ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ । गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ । विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट दिइएको महानगरपालिकाले जानकारी दिएको छ । सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा) मोटरसाइकल, स्कुटर ४०० कार, जीप र भ्यान १००० टेम्पु र ट्याक्टर १००० मिनीबस, मिनी ट्रक २००० ठुला बस, ट्रक ३००० हेभी गाडी, डोजर र क्रेन ४००० अन्य सवारी १०००
बौद्धबाट हतियारसहित ३ जना पक्राउ, गौचनको हत्यामा संलग्न भएको आशंका
काठमाडौं । निर्माण व्यवसायी सरदकुमार गौचनको हत्या भएपछि नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । बौद्धबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । गौचन हत्यामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दका अनुसार उनीहरुको साथबाट १ थान पेस्तोल र गोली पनि बरामद गरिएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गरिमा विकास बैंकको ४८ औं शाखा नयाँ सडकमा, रुपन्देहीमा पनि खोल्ने तयारी
काठमाडौं । पोखराबाट काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय स्थानान्तरण गरेको गरिमा विकास बैंकले आफ्नो ४८ औं शाखा नयाँ सडकमा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका हुन् । बैंकका अध्यक्ष चन्द्रकान्त बराल तथा प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको उपस्थितीमा डेपुटी गभर्नर श्रेष्ठले बैंकको नयाँ शाखा उद्घाटन गरेका हुन् । बिस्तारित शाखाबाट लकर सुविधा तथा एटीएमका साथै सबै किसिमका बैंकिङ सुविधा पाउने बैंकले जनाएको छ । राष्ट्रिय स्तरको गरिमा वकास बैंकले म्याग्दीको बेनीमा केन्द्रिय कार्यालय रहेको निलगिरी विकास बैंक र चितवनको सुभेच्छा विकास बैंकलाई आफुमा गाभिसकेको छ । बैंकले राजधानीमा पाँचशाखा सहित देशभर ४८ शाखा तथा १२ एटीएम बुथबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । विकास बैंकहरुमाउत्कृट बन्ने लक्ष्यका साथ अघि बढिरहेको बैंकले केही दिनमा नै रुपन्देहीको मणिग्राममा ४९ औं शाखा बिस्तार गर्दैछ । यसका साथै बैंकले निकट भविष्यमा नै प्रदेश नम्बर एकमा १० वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका साथै मुलुकका अन्य पाँच स्थानमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । चालु आर्थिक वर्षको असोज २२ गतेसम्ममा बैंकले १५ अर्ब ३० करोड रुपैंया निक्षेप संकलन गरी १३ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाह गरेको छ ।
आईएमई र वाइजम्यानद्धारा इण्डो-नेपाल रेमिटेन्स सेवा शुरु, नेपालमा पैसा पठाउन सजिलो
मुम्बई । आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो-नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईबीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् । सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए’ । नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो-नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे । आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने छ । साथै, ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन/दिन यो सम्झौता महक्तपूर्ण हुने छ ।
जाँदै जाँदै अर्थ सचिवको प्रश्न-निजी क्षेत्र पारिवारवादमा फस्यो, खर्बाै पैसा कहाँ गयो ?
काठमाडौं । अर्थसचिव शान्तराज सुवेदीले नेपालको निजी क्षेत्र पारिवारवादमा फसेको आरोप लगाएका छन् । कात्तिक २ गतेबाट अनिवार्य अवकास पाउन लागेको सचिव सुवेदीले अर्थ मन्त्रालयमै पत्रकारहरुलाई बोलाएर निजी क्षेत्र पारिवारिक संकिर्णतामा फसेकाले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभएको आरोप लगाएका हुन् । ‘निजी क्षेत्र पारिवारिक र संकुचित घेरामा छ, यसलाई संस्थागत, प्रतिष्पर्धी र विश्वव्यापी नबनाउँदासम्म देशको प्रगति सम्भव छैन’, सुवेदीले भने । उनले निजी क्षेत्रसँग खर्बाै पैसा रहेका दावी गरिएको तर सो अनुसार कुनै पनि क्षेत्रमा लगानी नभएको पनि आपक्ति जनाए । ‘निजी क्षेत्रसँग खर्बाै पैसा छ भनिन्छ तर त्यत्रो पैसा छ भने कहाँ गयो ?’, सुवेदीले प्रश्न गरे । उनले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माण गर्न नसकेको पनि निजी क्षेत्रको कटाक्ष गरे ।‘सिंगै देश बनाउँछौं भन्ने तर काठमाडौं–कुलेखानी–हेटौडासम्मको सुरुङ मार्ग समेत बनाउन नसक्नेले के फुर्ति लगाउनु’, सुवेदीले भने । आफ्नो कार्यकालको अन्तिम कार्यक्रममा सहभागी भएको दावी गरिरहेका सचिव सुवेदीले अब सम्पति सुद्धिकरण जटिल मुद्धा बन्दै गएको पनि बताएका थिए । कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुवेदीद्धारा लिखित नेपालको भ्याट प्रणाली सम्बन्धी पुस्तक सार्वजनिक पनि गरिएको थियो । सुवेदीले आफ्नो पीएचडीका लागि गरेको सोधपत्रका आधारमा सो पुस्तक तयार पारेका बताएका थिए । पुस्तकमा नेपालमा भ्याटको सुरुवात, कार्यान्वयनका चुनौती र उपलब्धीका बारेमा चर्चा गरिएको छ ।
निर्माण व्यवसायी शरद गौचनको गुण्डा नाईके वाहुन समूहले हत्या गरेको आशंका
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । हत्याको कारण खुल्न सकेको छैन् । गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए । हत्या गर्न बाटो कुरेर बसेका एक जनाले पहिला इट्टाले गौचनको गाडीको सिसामा हानेर सिसा फुटाएपछि नजिकै रहेका अर्का ब्यक्तिले उनीमाथी २ राउण्ड गोली हानेका थिए । गुण्डा नाईके रमेश बाहुन समुहले गौचन माथि गोली प्रहार गरेको प्रहरीले अशांका गरेको छ । यद्यपी पुष्टि हुन सकेको छैन् । गुण्डा बाहुन अहिले जेलमा छन् । लेनदेनको विषयमा कुरा नमिलेपछि बाहुन समुहले नै उनलाई गोली हानेको प्रारम्भीक अनुमान गरिएको छ । अपराधीको पहिचान भएको भन्दै प्रहरीले राजधानीमा सुरक्षा चेकजाँच कडा पारेको छ ।
कतार एयरवेजले ल्यायो ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ योजना, सिट बुकिंगमा ५० प्रतिशत छुट
काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुका लागि नयाँ विशेष योजना ‘टू सिट्स, वान ग्रेट अफर क्याम्पेन’ को घोषणा गरेको छ । सार्वजनिक नयाँ योजना अनुसार कतार एयरवेज मार्फत फस्र्ट वा विजनेश क्लास यात्रुले दूई सिट बुक गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । नयाँ योजनाले लिजर तथा विजनेश यात्रुलाई आफ्ना परिवार, मित्र लगायतसंग आफ्नो यात्रा योजना बनाउन सघाउने कम्पनीको विश्वास छ । कतार एयरवेजको बृहत्त गणतब्य सञ्जाल मध्य कुनैपनि स्थानका लागि यात्रा गर्दापनि यसको लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत यात्रुले फस्र्ट वा विजनेश क्लास क्याविन्समा यात्राका लागि बुकिंग गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने एयरवेजले जनाएको छ । दूई सिट एकै पटक बुक गर्दा यात्रुका लागि छुट योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौँ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एहब अमिनले भने यो पृथक योजनाले परिवार, मित्रजन लगायतसंग छुट सहित हाम्रो बहुचर्चित पाँच तारे सेवाको उपभोग गर्दै निस, प्राग र डब्लिन जस्ता रोचक गणतब्यकमा यात्राको मज्जा लिन सक्नेछन् । अक्टोबर ९ देखि १६ भित्र बुकिंग गर्ने यात्रुले ३१ मे २०१८ सम्म यात्रा गर्दा यो योजनाको फाइदा लिन सक्नेछन् ।