जनरल फाइनान्सको नाम परिर्वतन, वेष्ट फाइनान्स कम्पनीको नामबाट कारोबार शुरु
काठमाडौं । जनरल फाइनान्सको नाम तथा लोगो परिर्वतन भएको छ । फाइनान्सले असोज २४ गते कम्पनीको नाम परिर्वतन गरि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । मंगलबार कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नाम वेष्ट फाइनान्स कम्पनीबाट कारोबार शुरु गरेका हुन् । यस संस्थाको साधारणसभाले गरेको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति पश्चात कम्पनीको नाम परिर्वतन गरिएको हो । हाल संस्थाको चुक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पूँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, आवश्यक परे अन्य बैंक वित्तीय संस्थासँग मर्जर/अक्विजिसनद्धारा पूँजी वृद्धि गर्ने संस्थाले जनाएको छ । वेष्ट फाइनान्सको शाखा कार्यालय हाल काठमाडौंको चावहील र न्यूरोडमा छन् ।
सिमिट एयरले ल्यायो १८ सिटे जाहाज, छिटटै उडान सुरू गर्ने
काठमाडौं । निजी क्षेत्रको समिट एयरले नयाँ विमान ल्याएको छ । १८ यात्रु क्षमता भएको एल ४१० युभीपीइ २० नामक विमान मंगलबार दिउसो सवा १ वजे नयाँ दिल्लीबाट काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको समिटले जनाएको छ । अल्जेरियाका क्याप्टेन स्टेफिन जोलीले उडाएर ल्याएका हुन् । विमानमा नयाँ प्रविधि एभोनिक्स प्रविधि रहेको छ । यस्तो प्रविधि भएको नेपालमा यो पहिलो विमान भएको कम्पनीले जनाएको छ । नागरिक उडड्यनको प्रक्रिया पुर्यारपछि सञ्चालनमा ल्याउने भएको छ । समिटस्रग ४ जाहाज पुगेको छ । जहाजले पुर्व, मध्य र पश्चिम नेपालका विभिन्न सहरमा उडान भर्ने छ ।
एनबीआई र लक्ष्मी बैंकबीच विभिन्न तालिम संचालन गर्ने सम्बन्धि सम्झौता
काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र लक्ष्मी बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग तथा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।
गौचनको हत्याप्रति यातायात व्यवसायी महासंघद्धारा घोर भत्सर्ना
काठमाडौ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोर भत्सर्ना सहित दुःख व्यक्त गरेको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै निमार्ण व्यवसायीहरुको छात संगठन नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचन निर्दोष रहेको जनाउदै हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेको छ । महासंघका अध्यक्ष डोलनाथ खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गौचनमाथिको आक्रमण सिंगो निजी व्यवसायी माथिको आक्रमण हो ।” महासंघले दिनदहाडै राजधानी जस्तो सम्वेदनशिल स्थानमा महासंघको अध्यक्षको हत्या हुनु शान्ति सुुरक्षाको चुनौती भएको जनाएको छ । जघन्य घटना हुन नदिन र आफ्नो पेशा एवं व्यवसायी निर्वाद रुपमा गर्न दिन शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसंग माग गरेको छ । महासंघले विज्ञप्ति मार्फत गौचनको दिवंगत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण समवेदना प्रकट गरेको छ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमवार दिउँसोे वानेश्वर शान्तिनगरमा अज्ञात समुहले गोली हानी हत्या भएको थियो ।
विकास खर्च बढाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास खर्च बढाउन निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको वजेट कार्यान्वयन द्वैमासिक समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री कार्कीले वजेट कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन दिएका छन् । विकास खर्च हालसम्म ३ प्रतिशत मात्र भएको छ । मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको बैठकमा बोल्दै मन्त्री कार्कीले पुँजिगत खर्च हुन नसक्ने ठुलो समस्या रहेको भन्दै आजैदेखि कार्ययोजना मुताविक विकास निर्माणका कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न निर्देशन दिएका हुन् । सोधभर्ना लिनुपर्ने रकम फरफारक गरी वित्तीय कुशलता देखाउने दिशामा अग्रसरता लिन साथै पुँजिगत खर्च बढाउन, वित्तीय अनुशासन कायम गर्न, आफ्ना आयोजना कार्यक्रमको नियमित नियमन अनुगमन गरी आर्थिक तथा वित्तीय प्रभावकारीता बढाउन निर्देशन दिएको अर्थले जनाएको छ । सो अवसरमा अर्थसचिव शान्तराज सुवेदीले वजेट कार्यान्वयन कार्यतालिका वमोजिम कार्य सम्पन्न गर्न र लक्षित कार्यक्रमभन्दा बाहिरबाट गैरवजेटरी खर्च माग गर्ने प्रवृति वढिरहेकोले आफ्ना स्वीकृत कार्यक्रम कार्यान्वयनमा ध्यान दिनु सुझाए । राजस्वसचिव शिशीरकुमार ढुङ्गानाले वजेटमा उल्लेखित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न र आयोजनाहरु समयमै सम्पन्न गर्न कार्यान्वयनमा समस्या देखिएमा समस्या समाधानका लागि मन्त्रालय सधै सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका थिए । छलफलमा विभिन्न मन्त्रालयका सचिवहरुले वजेट कार्यान्वयनको सिलसिलामा स्थानीय स्तरमा जनशक्तिको न्यूनताले समस्या सृजना भएको जानकारी गराएका थिए ।
नेपाल सेवा लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार सम्पन्न यस नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवकुमार मल्ल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै सेयर जारी गरी सक्ने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ र जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । साथै, संस्थापकबाट ४ करोड २० लाख रुपैयाँ चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई १ करोड ८० लाख रुपैयाँको सेयर निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड पुग्ने कम्पनीले जनाएको छ । सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको यस संस्थाको हालसम्म ८ वटा शाखा कार्यालय रहेको छ ।
आइपीओ निष्काशन गर्ने युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्सको तयारी, धितोपत्र बोर्ड भन्छ-मिल्दैन
काठमाडौं । भर्खरै लाइसेन्स पाएर कारोबार आरम्भ गरेका युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी अघि बढाएका छन् । यी तीन वटै कम्पनीले आइपीओ निष्काशनका लागि बीमा समितिमा लबिङ थालेका हुन् । युनियन लाइफले त आइपीओ निष्काशनका लागि अनुमति माग्दै निवेदन नै दिईसकेको छ । ‘युनियन, ज्योति र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनको बाटो खोलिदिन अनुरोध गरिरहेका छन्, युनियनले त निवेदन नै दर्ता गराएको छ’, बीमा समितिका निर्देशक राजुरमण पौडेलले भने । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले १० दिनको वित्तिय विवरण स्विकृत गराएको छ भने ज्योति लाइफले पनि १० दिनको वित्तिय विवरण पेश गरेको छ ।‘युनियन लाइफको वित्तिय विवरण स्विकृति भैसकेको छ, ज्योति लाइफको विवरणमा चित्त नबुझेपछि ७ दिने प्रष्टिकरण सोधेका छौं, आईएमईले भने वित्तिय विवरण बुझाएको छैन’, बीमा समितिका उप निर्देशक दिनेश कुमार लालले भने । यी तीन वटै कम्पनीले गत असार २० गते लाइसेन्स पाएका थिए । त्यस्तो वित्तिय विवरणमा बैंकमा राखिएको निक्षेपको ब्याज र कर्मचारी खर्च लगायत समेटिएको पनि उनले बताए । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले त ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक १३ गतेका लागि साधारण सभा नै बोलाईसकेको छ । बीमा समितिको नियमन विभागका प्रमुख समेत रहेका उप निर्देशक साम्भराज घिमिरेले भने उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्काशन गर्न पाउने बताए । धितोपत्र बोर्ड भन्छः मिल्दैन नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने बताएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने-सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन्, नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ ।
नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल
काठमाडौं । नबिल बैंक आईएसओ ९००१ः२०१५ द्धारा कुशल व्यवस्थापन प्रणालीको लागि नेपालमै सम्मानित हुने पहिलो कमर्सियल बैंक भएको छ । उक्त सम्मान युनाईटेड रजिस्ट्रार अफ सिस्टम्स, यूकेद्धारा सेप्टेम्बर २१, २०१७मा प्रदान गरिएको हो । आईएसओ ९००१को नबिन संस्करण आईएसओ ९००१ः२०१५ अन्तर्गत उत्कृष्ट व्यवस्थापनका सात सिद्धान्तहरुको आधारमा मुल्याङ्कन हुने जस अन्तर्गत व्यवस्थापनको ग्राहक प्रतिबद्धता, नेत्रित्व क्षमता, जनसहभागिता, पहुचको प्रकृया, सुधार, प्रामाणिक आधारको निर्णय प्रकृया तथा कुशल सम्बन्ध व्यवस्थापनका पक्षमा बैंक सफल भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने “यस सम्मानलाई बैंकको ब्यबस्थापन अभ्यास तथा प्रकृयामा हामीले क्रमिक रुपमा गरेको सुधार तथा विवेकशिल ब्यबस्थापन अनुपालन संस्कृतीलाई निरन्तर रुपमा पालना गरेको प्रतिफलका रुपमा लिएका छौ ।” यस बैंकले हालै मात्र नेपालमा नै प्रथम पटक सुरक्षित वातावरणमा(थ्रीडी सेक्योर इन्भाईरोमेन्ट) विद्युतिय व्यापार कारोबारहरुमा सहजिकरण गर्न नबिल विद्युतिय भुक्तानि प्रणाली(नबिल इलोक्ट्रेनिक पेमेन्ट गेटवे)को शुरुवात गरेको छ ।