२५ वर्षमा नेपाललाई युरोप र अमेरिकाको स्तरमा पुर्याउने बामपन्थी घोषणा
काठमाडौं । बामपन्थी गठवन्धनले आगामी २५ वर्षभित्र नेपाललाई सम्मुनत बनाई युरोप र अमेरिकाको स्तरमा पर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । विभिन्न आर्थिक विकासका कार्यक्रम कार्यन्वयन गरेर यो शताब्दीभित्रै अर्थात वि.स. २०९९ सम्म नेपाललाई हालको चीनभन्दा धनी मुलुक बनाउने योजना वामपन्थी गठवन्धनले ल्याएका छन् । यसको आधारका रुपमा आगामी ५ वर्षमा मुलुकलाई अल्पविकशितबाट विकासशीलमा स्तरोन्ती गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । आउदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय हालको ७५२ डलरबाट न्युनतम ५ हजार डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गरी नेपाललाई गरिवीमुक्त बनाउने महत्वकाँक्षी लक्ष्य लिएको छ । आसन्न प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि नेपाली काँग्रेले १० वर्षभित्र हाल कायम रहेको २१.६ प्रतिशत गरिवीको रेखामुनी रहेको जनसंख्यालाई ३ प्रतिशतमा झार्ने योजना निर्वाचन घोषणापत्रमा ल्याएकोमा यसलाई एक कदम अघि बढेर वामपन्थी गठवन्धनले अझै एक कदमअघि बढेर मुलुकलाई गरिवीमुत्त बनाउने योजना ल्याएका हुन् । युरोप र अमेरिकाको स्तरमा पुर्याउन वाम गठवन्धनले आउदो २ वर्षमा नेपाललाई खाद्यन, मासु, माछा, अण्डा र दुधमा पुर्ण रुपमा आत्मनिर्भर बनाई ५ वर्षमा निर्यात गर्ने अवस्थामा पुर्याउने लक्ष्य लिएको छ । उत्पादन बढाउन कृषि क्षेत्रमा ठुलो रकम अनुदान लगानी गरी कृषिलाई औद्योगिकीकरण गर्ने योजना घोषणपत्रमा उल्लेख छ । यस्तै विद्युत सेवा नपुगेका जनसंख्यालाई आउदो २ वर्षभित्र सेवा उपलब्ध गराउने, ३ वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ । आउदो १० वर्षमा जलस्रोत, सौर्य, जैविक वायु र फोहर प्रशोधनलगायत वैकल्पिक स्रोतको प्रयोग गरेर २० हजार मेगावाट बिजुली उत्पादन गर्ने घोषणपत्रमा उल्लेख छ । घरघरमा बिजुली र जनजनमा सेयर नीति लागु गर्दे आर्कर्षक जलविद्युत आयोजनामा जनताको लगानी प्रोत्साहन गर्ने नीति वाम गठवन्धनको छ । काठमाडौ तराइ द्रुतमार्ग ४ वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । सहकारीलाई अझ प्रवद्र्धन गरी गाउँटोलमा सहकारी र घरघरमा रोजगारी भन्ने नाराका साथ योजना ल्याइने भएको छ । संविधान प्रदत शिक्षाको हक कायम गर्न कुल बजेटको २० प्रतिशत खर्च गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने योजना घोषणापत्रमा उल्लेख छ । यस्तै सामाजिक सुरक्षा भत्ता हालको २ हजारबाट बढाई ५ हजार रुपैयाँ पुर्याउने योजना वामपन्थी गठनवन्धनको छ ।
रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, को को भए अन्तिम विजेता ?
काठमाडौं । मलेसियास्थित रिया आइएमईको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीरामथापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित भएका हुन् । सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमई मार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरि ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । यस अघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए । भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसिया स्थित रिया आइएमईमा सम्पर्क गर्नु आइएमईले जनाएको छ ।
२० प्रतिशत बोनस सेयर पछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११९० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९६२ रुपैयाँ रहेको थियो ।
आरएसडिसी लघुवित्तको कात्तिक २४ गते बुक क्लोज
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको आगामी कात्तिक २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि सो दिन बुक क्लोज गर्ने निर्णय गरको हो । संस्थाको वार्षिक साधारणसभा आगामी मंसिर ८ गते हुने भएको छ । उक्त सभामा संस्थाले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदै छ । साथै, कम्पनीले कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त पूँजीमा १३ प्रतिशत अर्थात एक करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको कम्पनीले जनाएको छ । सो मात्राको बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी करिब १३ करोड रुपैयाँ कायम हुने छ ।
एसियन लाइफ इन्स्योरेन्सको पाल्पा र घोराही उपशाखा शाखामा परिणत
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाल्पा र घोराहीको उपशाखालाई स्तरोन्नती गरी शाखा कार्यलयको रुपमा सञ्चालनमा ल्याएको छ । पाल्पा उपशाखा शाखा कार्यालयको रुपमा बुधबारदेखि संचालनमा ल्याएको एसियनले जनाएको छ । दाङ्गको घोराहीको उपशाखालाई स्तरोन्नती गरी शुक्रबारदेखि संचालनमा ल्याएको छ ।पाल्पा तथा घोराही शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरु गरी ९५ वटा शाखा तथा उपशाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै जाने सीईओ श्रेष्ठले जानकारी दिए । कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक गरी १५ वटा बीमा योजना ल्याएको छ । गत असारसम्म जीवन बीमाकोष १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा ९ अर्ब ५४ करोड रुपैयाँ लगानी भएको छ । चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । निकट भविष्यमा चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रकृयामा रहेको छ । शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
सेयर बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं, सुनौलो दिन आउदै छन्
एक समयको कुरा हो सुमन र निरोज एकदम मिल्ने साथि थिए । दुबै जना असाध्यै बहादुर, दुःखीलाई सहयोग गर्ने र घुमफिर गर्न मन पराउथे । एक दिन गर्मिको समयमा दुबै जना माछा खान दोलालघाट पुगे । माछा खादै दुबै जना सुनकोसो नदी किनारमा रमाइरहेका मानिसहरु लाई हेरिरहेका थिए । निरोजले अचानक सुमनलाई भन्यो ओहो यस्तो गर्मिमा पौडि खेल्नु पर्छ जाउ हिड । दुबै पौडि खेल्न थाले तर नदि दुबैजनाले अपेक्षा गरे भन्दा धेरै गहिरो थियो । यतिकैमा निरोज पौडि खेल्दै अलि पर पुगिसकेको थियो । अकस्मात उसलाई नदीले अलि तल गहिरो स्थानमा पुर्यो । निरोज अतालिसकेको थियो । सुजबुझ गुमाइ सकेको निरोज डुव्नै लागिसकेको थियो । आफनो साथी डुब्दै गरेको देखने बित्तिकै सुमन अतालिदै बाहिर निस्कन्छ र छेवैमा रहेको सुकेको काठको मोटो हागो निरोज तिर तेर्साउदै धकेल्छ । दुरभाग्य निरोज काठको हागो समाउन सकिरहेको थिएन । सुमनले काठको हागो निरोज भएतिर फालिदियो । किनारमा रमाइरहेका सबै मानिस आइपुगे र भन्न थाले अब यो बाच्दैन नदिले बगायो यसलाई । सुमनको मनमा पनि यस्तै भावना आइसकेको थियो कि अब निरोज बाच्दैन नदिले बगाउने भो । यस्तो बहाव भएको नदिमा बाच्न संम्भव छैन भन्दै सबै शोकमग्न अवस्थामा थिए । निरोजको शोकमा सबै जना किनारमा बसिरहेका थिए यतिकैमा अलि तल तिरबाट सुनिलको साथमा कोही माथि तिर आउदै गरेको देखियो । अलि नजिक आएपछि थाहा भयो सुनिलको साथमा आएको मानिस अरु कोही नभएर निरोज नै रहेछ । सबै जना खुसीले चकित हुदै निरोजलाई प्रश्न गर्छन यसरी बगेको मानिस कसरी बाचिस् । तिमीहरुको यो प्रश्नको जवाफ म दिन्छु भन्दै सुनिलले भन्यो यति तेज बहाव भएको नदिले बगाउदा पनि निरोज किन बाचो ? भने तेतिबेला उसलाई अब त बाच्दैनस, तलाई नदीले बगायो भन्ने वाला कोही थिएन । निरास गर्ने वाला कोही थिएन । अत्ताउने वाला कोही थिएन । नत अब त मरिस भन्ने वाला कोही थियो । निरोजको सामुने थियो त केवल काठको हागो र बाच्ने आशा । यही आशा र आत्मविश्वासले गर्दा निरोज नदिको किनार लागेर बाच्न सक्यो । मित्र हाम्रो जीवनमा पनि यस्तै हुन्छ जब अरु मानिसहरु कुनै काम असम्भव भन्छन बस हामी हात उठाइ दिन्छौ र भन्ने गर्छौ की यो असम्भव नै छ । हामी आफनो क्षमताको मापन पनि अरुले भने अनुसार गर्ने गर्छौ । झन शेयर बजारमा यस्तो कुराको उदाहरण अझ देख्न पाइन्छ । बजार घट्ने भो वा बढ्ने भो भनेर कसैले भनिदियो भने हामी तत्कालै बेच्न र किन्न तयार भई दिन्छौं । तपाई हामीले चिने जानेका ठुला लगानीकर्ताले शेयरमा नोक्सान व्यहोरेको देखेर त झन हामी हतोसाही हुने गर्छौ र मनमनै भन्ने गर्छौ । ओहो उसलाई त नोक्सान व्यहोनु परो झन मेरो अवस्था के होला ? बजारले उसलाई त साथ दिएन झन मलाई के साथ देला ? ठुलाले त बेचिरहेका छन् म किन नबेच्ने ? जानकार भनाउदाहरुले त झन बजार नकरात्मक हुन्छ भनिरहेका छन् ।बजार हामी जस्तो साना लगानीकर्ताको बसमा छैन, ब्रोकर र ठुलालेमात्र चलखेल गर्दा रहेछन् बेकारमा लगानी गरिएछ यो त मेरो क्षमता भन्दा बाहिरको विषय रहेछ आदि इत्यादि । यस्ता प्रकारका बिचारहरु मनन गर्दा र सुन्दै गर्दा हामी आफनै बुद्घि र बिवेकको प्रयोग गर्न सक्दैनौ र अन्तमा हार स्वीकार गर्न थाल्छौ । तसर्थ अरुले भनेको भरमा आफुलाई कमजोर नठानौं । हरेक व्यक्तिको आ आफनै क्षमता हुन्छ । जस्तो कि निरोजलाई बारम्वार अरुले अब त बाच्दैनस, डुविस, नदिले बगायो त निस्कनै सक्दैनस भनेर भनिरहेको भए नत उसले आफनो विवेकको प्रयोग गर्न सक्थ्योे । नत उ बचेर आउन नै सक्थो । तसर्थ विश्वास र विवेक कायम राखौ । आफनो लगानी र आफनो बजारप्रति विश्वास गरौ । मजवुद र निरन्तर प्रतिफल दिइरहेका कम्पनीहरु छनौट गरौ । आफैलाई विश्वास गरौं, आफनो पसिनाको कमाई प्रति विश्वस्त होऔं , आफुले गरेको लगानीलाई पुर्ण विश्वास गरौं, बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं । कसैलाई आरोप लगाउदैमा आफु आरोप मुक्त भइदैन । सुनौलो दिन आउदै छ । शुभ समय गरौ लगानी शुभ जिन्दगी ।
अनिल शाह पुस १७ देखि सेञ्चुरीकाे सीईओ बन्ने
काठमाडौं । अनिल शाहले पुस १७ गतेदेखि सेन्चुरी कमर्शियल बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबार सम्हाल्ने भएका छन् । हाल मेगाको सीईओ रहेका शाहले त्यहाँ दुई कार्यकाल सकिएपछि सेञ्चुरीमा जान लागेका हुन् । सेञ्चुरीको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सीईओ बनाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ हुन नपाउने व्यवस्था भएपछि शाहले मेगाबाट अनिवार्य अवकास पाउन लागेका हुन् ।
आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै, ७ वर्षमा फिर्ता हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउदो आईतबार ५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८१ “ख” निष्कासन गर्न लागेको छ । सरकारको विकास आयोजनाका लागि राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्न लागेको हो । केन्द्रीय बैंकले कात्तिक १९ गते ७ वर्ष अवधिको बोलकबोल मार्फत ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको सावाँ भुक्तानी ०८१ कात्तिक २० गते हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । ऋणपत्र धितो राखी कर्जा लिन पाइने छ । सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र औजारबाट मात्र ७४ अर्ब रुपैयाँ उठाउने तयारी छ ।