अग्निमोटो इन्कको ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा, मूल्य १ लाख ६७ हजार पर्ने
काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ ‘गस्टो आर एस’ स्कुटर नेपाली बजारमा ल्याएको छ । यस स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ६७ हजार ५०० रुपैयाँ तोकिएको छ । महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध रहेको छ । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा १०९.६ सिसिको सिंगल सिलिण्डर, एयर कुल्ड इन्जिनजसले ८ बीएचपीको पावर र ९ एनएमको पिक टर्ग दिन्छ । १२ इन्च टायरको सथामा १६५ एमएम को ग्राउन्ड क्लियरन्स जुनयस सेग्मेन्टमा धेरै हो । साथै, यसमा ६ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ । यसका साथै डिसप्ले प्यानलमा सरल तथा छिटो पहुचका लागी आर्कषक फन्ट स्टोरेज पनि राखिएको छ । गस्टो आर एस स्कुटर अझ धेरै स्टाइलिस, अझ धेरै सहज, अझ धेरै सुविधा र आकर्षक रुपमा प्रस्तुत गरिएको हुँदा यसको प्रवद्र्धन नै “एस्पाइर टु मोर” भनी गरिएको कम्पनीले जनाएको छ । विशेष गरि यस स्कुटर युवावर्गलाई लक्षित गरि प्रस्तुत गरिएको र सहजै मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
चर्पी सुधार्ने मुलुकहरुमध्ये नेपाल विश्वकै चौथो, भारत अझैं पुछारमा
काठमाडौं । नेपाल विश्वकै शौचालय सुधार गर्ने मुलुकहरुमध्ये चौथो स्थानमा परेको छ । वाटर एडले सार्वजनिक प्रतिवेदन अनुसार गरेको सन् २०१७ को शौचालय प्रतिवेदन अनुसार नेपाल सरसफाईमा सुधार ल्याउने उत्कृष्ट १० मुलुकहरुको सुचीमा परेको हो । सन् २००० मा खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या ६५ प्रतिशत पुगेको थियो । सरसफाईमा तिव्र अगाडी बढ्दै गरेको सन् २०१५ मा खुला शौच गर्नेको संख्या ३० प्रतिशतमा झर्यो । सरकारको बलियो पहलकदमीका कारण सम्भव भएको वाटर एडको दाबी छ । सन् २०१५ को तथ्यांक अनुसार नेपालमा ८५ लाख मानिसहरु खुला शौच प्रयोग गर्छन् । खानेपानी तथा सरसफाई विभागका अनुसार हाल ९ प्रतिशत मानिसहरु शौचालयको प्रयोगबाट बञ्चित छन् । जसअनुसार २६ लाख मानिस खुला शौच गर्न बाध्य छन् । काठमाडौं उपत्यकामा ४६ हजार जनसंख्यामध्ये एउटामात्र सार्वजनिक शौचालय अपाङ्गमैत्री छ । आधारभुत शौचालय तथा सरसफाईको अभावमा वर्षमा करिब ७ सय जना बालबालिका झाडापखालाबाट पीडित छन् । विश्वका दश खराब सरसफाई भएको मुलुकमा अफ्रिकी मुलुकहरु परेका छन् । भारतमा करिब साढे ३५ करोड मानिस शौचालयबाट बञ्चित छन् । यसै तथ्यांकका आधार भारत शौचालयमा सबैभन्दा लामो लाइन भएको मुलुकमा अग्रस्थानमा परेको छ । लक्ष्य सरकारको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९५ घरधुरीमा पानीको पहुँच पुर्याअउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ । वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् । हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन ।
अग्नि ग्रुपको चौथो क्षेत्रीय कार्यालय कोहोलपुरमा
काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो चौथो क्षेत्रीय शाखा कार्यालय कोहोलपुरमा शुभारम्भ गरेको छ । यस कार्यालयको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले गरेका हुन् । उक्त शाखाको शुभारम्भ पछि पश्चिम क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा पाउने छन् । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख सहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै सञ्चालनमा ल्याइएको क्षेत्रीय कार्यालयले अग्निका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवाको साथ छुट्टै अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
विशाल बजार कम्पनीले खुलायो सीईओको जागिर, ७ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले ७ दिनभित्र आवेदन दिन भनेको छ । अर्थशास्त्र, वाणिज्यशास्त्र र समाजशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण वा क वर्गको वाणिज्य बैंकमा १० औं तहसम्म काम गरेकाले आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीले प्रशासन सहायक, लेखापाललगायत कनिष्ठ तहमा ६ जनाका लागि जागिर खुलाएको छ ।
पैसा धेरै खर्च भो ! जोगाउन अपनाउनुहोस् यस्तो उपाय
यदि तपाईले ध्यानपूर्वक पैसा खर्च गर्नुभयो भने तपाईले पैसा बचाउन सक्नुहुन्छ । खर्च तपाईका आर्थिक योजनाको एउटा महत्वपूर्ण हिस्सा हो । तर कहिले र कहाँ खर्च गर्ने, कति खर्च गर्ने र कसरी खर्च गर्ने यो सब कुरामा ध्यान दिएर बुद्धिमानी ढंगले पैसा खर्च गर्नुपर्छ । त्यसैले, बुद्धिमानीका साथ खर्च गर्नका लागि योजना बनाएर तपाईले धेरै पैसा जोगाउन सक्नुहुन्छ र अनावश्यक खर्चबाट पनि बच्न सकिन्छ । यसका लागि तपाईले केही वित्तीय अनुशासन पालना गर्नपर्छ । बुद्धिमानीका साथ पैसा खर्च गर्दा अवकाशको जिवनपछि ठुलो कोष जम्मा गर्नसकिन्छ । खर्च गर्नुभन्दा अगाडी योजना बनाउनुहोस् तपाईको व्यक्तिगत वित्तिय कारोबारका प्रत्येक चरणमा योजना बनाउनु जरुरी छ । सुरुमा आफ्नो सबै खर्चहरुको एउटा सूची बनाउनुपर्छ । वस्तुहरुको महत्वका अनुसार प्राथमिकताका वस्तु, अर्थात सबैभन्दा बढी महत्वपूर्ण वस्तुको नाम उक्त सूचीमा माथी र कम महत्वपूर्ण वस्तुको नाम सबैभन्दा तल लेख्नुपर्छ । अब हिसाब गर्नुहोस् – लगानीपछि, बीमाको प्रीमियम तिरेपछि, कर्जा चुकाएपछि र अन्य नियमित आवश्यक बिलहरुको भुक्तान गरेपछि अन्य वस्तुमा खर्च गर्नका लागि तपाईसँग कति पसा जोगिन्छ ? तपाईसँग भएका पैसाको परिमाणका आधारमा आफ्नो सूचीमा सबैभन्दा माथीका वस्तुहरुको पैसा छुट्टै राख्नुहोस् । सूचीमा सबैभन्दा तलका वस्तुहरुको लागि बचत गर्न सक्ने/नसक्ने कुरा ख्याल राख्नुपर्छ । तपाईको लक्ष्यअनुसार कम भन्दा कम खर्च गर्नुमा केन्द्रित हुनुपर्छ । खर्च गर्नु भन्दा अगाडी लगानी गर्नुपर्छ र खर्च गर्ने समयमा बचत गर्नुपर्छ । हातमा धेरै पैसा हुँदा धेरै खर्च गर्न मन लाग्छ । त्यसैले, खर्च गर्नुभन्दा पहिला लगानी गर्नुपर्छ । तपाईको आफ्नो भावी आवश्यकताका बारेमा थाहा पाउनु जरुरी छ । पैसा पाउने बितिकै सबैभन्दा अगाडी त्यो पैसाले आफ्नो लगानीसम्बन्धी आवश्यकता पूरा गर्नुपर्छ । त्यसपछि आफ्नो कर्जा चुकाउनुपर्छ । अन्तमा बचेको पैसाको प्रयोग आफ्नो मनचाह वस्तु खरीदका लागि गर्नपर्छ । धेरै पैसा जोगाउन डिस्काउन्टको पनि लाभ उठाउनुपर्छ, अनलाइन तुलना गर्ने तथा क्रेडिट कार्ड क्यासब्याक अफरहरुको पनि लाभ उठाउने कोसिस जारी राख्नुपर्छ । अफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च नगर्नुहोस् आफ्नो वित्तीय क्षमताभन्दा अधिक खर्च गर्नुमा तपाईको कर्जाको जालोमा फस्न सक्नुहुन्छ । केही मानिस खर्च गर्ने समयमा आफ्नो वित्तीय क्षमतालाई नजर अन्दाज गर्छन् । उधारो लिने साधन जस्तो क्रेडिट कार्ड तथा पर्सनल लोन आफ्नो क्षमताभन्दा अधिक खर्च गर्नका लागि प्रेरित गर्छ । कहिलेकाही मानिस आफ्नो वित्तीय योजनाकम यस्तो ऋणको प्रभावको बारेमा सोच्दैन र अनावश्यक वस्तुमा खर्च गर्छन् । यस्तो परिस्थितिमा उधारो तिर्नु पनि ठुलो चुनौती बन्न सक्छ र आवश्यम वस्तु खरिदमा भने समझौता गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो वित्तीय क्षमताका अनुसार पैसा खर्च गर्नुपर्छ । आफ्नो बानीव्यहोरामा पनि ध्यान दिनुपर्छ बीचबीचमा आफ्नो खर्च गर्ने बानीमा पनि ध्यान दिनु निकै आवश्यक हुन्छ । यो काम कुनै वित्तीय विशेषज्ञबाट गर्नु फाइदाजनक हुन्छ । कतिपय अवस्थामा आफ्नो खर्च बढी रहेको पत्तै हुँदैद्द । यदि तपाईलाई योजनाबाहेकको खर्च गर्नुपर्यो भने योजनालाई थोरै एडजस्ट गर्नुपर्छ ।
चुनाव लगत्तै बीपीसीको २ अर्ब ४ करोडको एफपीओ आउने, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चुनावलगतै थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ५०१ कायम गरिएको हो । पछिल्लो व्यवस्थाअनुसार नयाँ मूल्य प्रस्ताव गरेका बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले बोर्डले स्वीकृति दिने काम अन्तिम चरणमा पुगेकाले चुनाव सकिएलगतै एफपीओ निष्कासन थाल्ने उनले बताए । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । बीपीसीले साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।
टुरिजम डेभलपमेन्टलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते बोलायो विशेष साधारणसभा
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गर्न मेगा बैंकले पुस ४ गते विशेष साधारणसभा बोलाएको छ । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा विवाद भएपछि मर्जरमा जानका लागि गत सोमबार बोलाइएको मेगाको विशेष साधारणसभा स्थगित भएपछि पुनः पुस ४ गतेलाई तोकिएको हो । टुरिजम्को साधारणसभाले मेगासंग मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । मर्जर सम्झौता पारित गर्न दुबै बैंकले सोमबार साधारणसभा बोलाएका थिए । टुरिजम मेगामा मर्ज भएपछि स्वाप रेसियो ९५ हुने गत माघमा सम्झौता भएको थियो । तर सम्पत्तिको दाइत्व मूल्याँकन (डीडीए) गर्दा टुरिजमको मेगामा ९१.९७ हुने प्रतिवेदन आएपछि विवाद भई सोमबारको विशेष साधारणसभा रोकिएको हो । मर्जरमा जाने सम्झौता गरेपछि १० महिनादेखि दुबै बैंकको सेयर कारोबार बन्द छ । सेयर कारोबार नहुदा लगानीकर्ता मारमा परेका छन् । अब २५ प्रतिशत गणकपुरक संख्या भएपछि सभा हुने छ । दुबै संस्थाको चुक्तापुँजी पुगेकाले मर्जरमा जान आवश्यक नभएको तर्क सेयरधनीले उठाएका थिए । हकप्रद सेयर बिक्रीपछि मेगाको चुक्तापुँजी ७ अर्ब ५६ करोड र गत आवको नाफाबाट बोनस सेयर बितरण गर्दा चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि मर्जरमा जानुनपर्ने तर्क सभामा उठेको थियो । टुरिजमले पनि चुक्तापुँजी साढे २ अर्ब रुपैयाँ पर्याउने भएको छ ।
नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौँ – विनोद चौधरी
नुवाकोट । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् । विहिबार नुवाकोटको देवीघाट र खरानीटारमाआयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधनगर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवनहुने बताए। ‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदातापनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासकालागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसकालागि यसपटक कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे । ‘तपाईहरू नेपालीकांग्रेसलाई बहुमतदिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आममतदाताहरूलाई आव्हान गरे, ‘राजनीतिक स्थिरता भयो भने नेपालपनिचिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’ नेपाली कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि विहिबार नुवाकोटका कांग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुगेका हुन् । ‘२०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्तअभियानलाई सफलबनाउनकांग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भने– यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो ।आजप्रत्येक नेपालीको हातमामोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मकनतिजा रहेको पनिउहाँले बताए । तर, विकास अभियानलाई तिब्र गतिमा दौडाउनुको विकल्प नरहेकोमाजोड दिदै उहाँले त्यसकै लागिआफुले कांग्रेस पार्टी रोजेको पनि बताए । नेपालको आर्थिक समृद्धिको अभियानमाआफुले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उनले बताए । विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासकालागि उपयोग गर्नु आवश्यक छ । उनीहरुले विदेशमाआर्जन गरेको विकासको अनुभवलाई यहाँकार्यान्वयनगर्ने वातावरण मिलाउनुपर्छ, चौधरीले भने ।