विकासन्युज

सानिमा लाइफको औपचारिक कारोबार मंसिर २२ गतेदेखि

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २२ गते देखि औपचारिक रुपमा कारोबार आरम्भ गर्ने भएको छ । कम्पनीले तिहार अगावैदेखि सेवा भने सञ्चालन गर्दै आएको थियो । मंसिर २२ गतेका दिन देखि कम्पनीले कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो । सनिमा बैंकमा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले काम गरिरहेका छन् ।

बजारमा एक अर्ब बढीको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

काठमाडौं । लामो समयपछि सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । बुधबारको बजारमा १६३ कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल २० लाख ४५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन ६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१८ रुपैयाँ रहेको छ । बढी कारोबार हुने १० कम्पनी त्यस्तै, बजारमा अन्य दुई कम्पनीको पनि ६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ५० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यसैगरी, सानिमा माई हाइड्रोको ६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले ८.८८ प्रतिशत कमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८४५ रुपैयाँ रहेको छ । त्यस्तै, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ८.८४ प्रतिशतले वृद्धि भएको छ । समग्रमा नेप्से परिसूचक १२.२६ अंकले बढेर १५३६ अंकमा पुगेको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक उकालो लागेको छ । यस समूहको परिसूचक १०० अंकले उकालो लागेको हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले ओरालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा हिमालय डिस्टिलरी लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले घटेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४९ रुपैयाँ रहेको छ ।

गुडविल फाइनान्सको मंसिर २५ गतेदेखि बुक क्लोज

काठमाडौं । गुडविल फाइनान्सको आगामी मंसिर २५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १२ दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी पुस ७ गते वार्षिक साधारणसभामा जाँदै छ । सभामा फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो ।

गुरु न्यौपानेले त्रिशुली-गल्छी जलविद्युतको क्षमता घटाएपछि अपी पावरको हकप्रद के हुन्छ ?

काठमाडौं । ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटेपछि मुल प्रवद्र्धक अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन हुन्छ वा हुदैन अन्यौलता देखिएको छ । प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले आयोजनाका लागि श्रोत जुटाउन कठिन भएपछि ५० मेगावाट क्षमता घटाएर २६ मेगावाट कायम गराउन लागेको छ । त्यसका लागि कम्पनीले विद्युत विकास विभागमा निवेदन दिईसकेको छ । सिद्धकालीले ८ किलोमिटर लामो र ८.१ मिटर गोलाईको सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएको छ । सिद्धकालीका अध्यक्ष रहेका गुरुप्रसाद न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै सर्वसाधारणबाट करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ । आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावरको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो । अपीले गत असार ३० गते त्रिशुली–गल्छीका लागि भनेर १ बराबर २ अनुपातमा २ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा कम्पनीले निवेदन दिएको छ । बोर्डले अपीलाई अनुमति दिएको छैन् । भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ । यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् । पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् । सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको बाँध नुवाकोटको साबिकको रातमाटे गाबिस र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।  

नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २६१३ रुपैयाँ

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको ४५.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६१३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २४४३ रुपैयाँ रहेको थियो ।

ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले कामु सीईओ पौड्यालाई सीईओमा नियुत्त गरेको हो । यसअघि बैंकमा डेपटी हुदै अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा उनले काम गरेका थिए । पौड्याल भदौ २९ गते कामु सिइओ जिम्मेबारी सम्हालेका हुन् । उनले झण्डै ३ दशक बैंकिङ क्षेत्रमा बिताएका छन् । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा जागिर सुरु गरेका पौड्यालले त्यहाँ ११ बर्ष काम गरेपछि एनआइसी एसियामा पनि काम गरेका छन् ।

काला बजार ऐन संसोधन विरुद्ध सर्वाेच्च अदालतको ‘कारण देखाउ’ आदेश

काठमाडौं । सर्वाेच्च अदालतको सवैधानिक इजलासले काला बजार तथा अन्य केहि सामाजिक अपराध नियन्त्रण ऐन, २०३२ संसोधन विरुद्ध कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायधिस गोपाल प्रसाद पराजुली नेतृत्वको संवैधानिक इजलासले १५ दिन भित्र कारणसहित उपस्थित हुन सरकारका नाममा आदेश दिएको हो । काला बजार ऐन संसोधन विरुद्ध अधिवक्ता जगन्नाथ मिश्रले सवैधानिक इजलासमा रिट दायर गरेका थिए । काला बजार ऐनमा रहेको १० बर्ष, ५ बर्ष र ३ बर्षसम्मको कैद सजाय र विगो बमोजिमको जरिवाना गर्ने व्यवस्थालाई संसोधन गरेर एक बर्षसम्म कैद र २ लाख ५० हजारसम्म जरिवानाको व्यवस्था गरिएको थियो । तत्कालिन केपी ओली नेतृत्वको सरकारका कानुन मन्त्री अग्नी खरेलको अगुवाईमा २०७२ फागुनमा ऐन संसोधन भएको थियो । संबिधानको धारा १५२ मा एक बर्षभन्दा बढि सजाय हुने मुद्धा माात्रै अदालतसम्म लैजानुपर्ने व्यवस्था रहेकाले काला बजारमा संलग्नहरुलाई छुटकारा दिने उदेश्यले ऐन संसोधन गरिएको अधिवक्ता मिश्रले बताए । ‘संबिधानले १ बर्ष भन्दा बढि सजाय हुने मुद्धा अदालत लैजानु पर्छ भनेको छ, काला बजार ऐन संसोधन गरेर एक बर्षसम्म सजाय हुने व्यवस्था गरियो र काला बजारीयाहरुलाई सिडिओ मार्फत उन्मुक्ति दिने प्रयास गरिएको थियो, त्यसैले म अदालत गएको हुँ’, अधिवक्ता मिश्रले विकासन्युजसँग भने । उनले काला बजारियाहरुलाई सिडिओको मातहतमा कारवाही गर्ने व्यवस्थाले काला बजारलाई झन प्रश्रय दिने समेत बताए ।

सहयोगी विकास बैंकको साधारणसभा पुस १५ मा, साढे २४ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । सहयोगी विकास बैंकको साधारणसभा पुस १५ गते बस्ने भएको छ । साधारणसभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले हुन आउने ८ करोड ४९ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने बैंकले जनाएको छ । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरको हो ।