रसुवागढी, सान्जेन र मध्यभोटेकोसीको आईपीओमा लगानी गर्न लक्ष्मी र एनएमबी क्यापिटलले डीम्याट खोल्न बोलाए
काठमाडौं । एनएमबी क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ३ जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) मा लगानी गर्न हितग्राही खाता (डीम्याट ) खोल्न बोलाएका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको अर्बै रुपैयाँको आईपीओ निष्कासन हुन लागेको भन्दै एनएमबी र लक्ष्मीले डीम्याट खाता खोल्न अनुरोध भनेको हो । रसुवागढी, सान्जेनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । यस्तै मध्यभोटेकोसीले आईपीओका लागि आवेदन दिदैछ । लक्ष्मीले कर्मचारी संचय कोषका संचयकर्ता, निजामति कर्मचारी र सर्वसाधारणलाई डीम्याट खाता खोल्न जानकारी दिएको हो । लक्ष्मीले संचय कोषको ठमेलस्थित सपिङ कम्प्लेक्स भवनमा छुट्टै काउन्टर राखेर खाता खोल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ । डीम्याट खाता खोल्न लक्ष्मीले सक्कल नागरिकता, संचय कोषका सञ्चयकर्ता र निजामती कर्मचारीको परिचयपत्र, पासपाृेर्ट साइजको फोटो र बैकको खाता नम्बर चाहिने लक्ष्मीले जानकारी दिए ।
सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामी हुदै, माघ १० गते अन्तिम दिन
काठमाडौं । सिन्धु विकास बैंकले बिक्री नभएका संस्थापक समूहको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । बैंकले चुक्तपुँजी बढाउन भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद बिक्री खुला गर्दा आवेदन नपरेका बाँकी सेयर लिलामी गर्न लागेको हो । खरिदकर्ताले बोलपत्र पेश गर्ने सुरुको मिति माघ २ गते र अन्तिम मिति माघ १० गतेलाई तोकिएको छ । बोलपत्र बुझाउने ठाउँ एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडको लाजिम्पाट, लगनखेल र पोखराको चिप्लेढुङमा रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर्, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट भर्न सकिने बिक्री प्रवन्धक एनआईबीएलले जनाएको छ ।
लुम्बिनी विकास बैकले २० करोडको हकप्रद सेयर माघ १० गतेदेखि निष्कासन गर्ने
काठमाडौं । लुम्बिनी विकास बैैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा २० करोड ८ लाख रुपैयाँ बराबरको २० लाख ८ हजार कित्ता हकप्रद निष्कासन गर्ने लागेको हो । हकप्रद सेयर बिक्री खुला माघ १० गतेदेखि हुने छ । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुने छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।
यो वर्ष बिजुली उत्पादनः लक्ष्य २५० मेगावाट, उत्पादन १३८ मात्रै हुने
काठमाडौं । चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । निर्माणधिन आयोजनाको प्रगतिका आधारमा संशोधित विवरण तयार गरेको उनले बताए । “सुरुमा धेरै आयोजना सकिने देखिएको थियो” उनले भने “प्रगतिका आधारमा कम देखियो, यसमा पनि केही आयोजनाको तलमाथि हुन सक्नेछ ।” उनका अनुसार यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ । चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । आयोजनाको ठेक्का तोडिने अवस्थामा पुगेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् । सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् । यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् । यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् । सोलारको पीपीए गर्न द्धिविधा :कार्यकारी निर्देशक घिसिङ विद्युत प्राधिकरणले ६१ मेगावाट क्षमताका २१ सोलार आयोजनासंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नगर्ने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा सोलारको बिजुलीको मूल्य घट्दै गएको र ऊर्जा मन्त्रालयले कार्यविधिले यसअघि तय गरिएको भन्दा कम पीपीए दर निर्धारण गरेपछि प्राधिकरणलाई सोलार आयोजनाको पीपीए गर्न द्धिविधा भएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसअघि ऊर्जा संकट समधान गर्न सरकारले सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद गर्ने भनेपछि २१ कम्पनीले ६१ मेगावाट बिजुली उत्पादन योजनासहित प्राधिकरणमा पीपीएका लागि निवेदन दिएका थिए । त्यसबेला प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँ ६१ पैसा आधारदर तयार गरेको थियो । कम्पनीहरुले प्रतियुनिट ९ रुपैयाँ ४५ पैसा र ८ रुपैयाँ ३५ पैसामा बिजुली बेच्ने प्रस्ताव गरेका थिए । ऊर्जा मन्त्रालयले हालसालै तयार पारेको सोलारबाट बिजुली उत्पादन गर्ने निर्देशिकामा प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर कायम गरेपछि यसलाई अघि बढाउन कानूनी समस्या भएको हो । निर्देशिकाले पीपीए गर्न प्राधिकरणलाई समस्या परेको छ । प्राधिकरण सञ्चालक समितिले कार्यविधिलाई पारित गरेको छैन् । भारतबाट ४६२ मेगावाट बिजुली आयात लोडसेडिङ अन्त्य गर्न विद्युत प्राधिकरणले भारतबाट ४६२ मेगावटसम्म बिजुली आयात गरेको छ । चालु आवमा प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ । प्रसारणलाइन पुर्वाधारको विकास गरेर भारतबाट यो परिमाण बिजुली आयात गर्न लागेको हो । प्राधिकरणका आयोजनाबाट (कुलेखानी बाहेक) ३४१, निजी क्षेत्रबाट १९७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । नदीमा जलस्तर घट्दै गएपछि बिजुली उत्पादन पनि क्रमश घट्दै गएको छ । हाल बिजुलीको माग पिक आवरमा १ हजार ३११ मेगावाट छ । भारतबाट आयात र आन्तरिक उत्पादनबाट १ हजार मेगावाट आपूर्ति भएको छ । ३११ मेगावाट बराबर उद्योग क्षेत्रमा लोडसेडिङ गरिएको छ । साँझ ३ घण्टा उद्योगमा बिजुली आपूर्ति बन्द हुने गरेको छ । कुलेखानी जलासयमा पानीको सतह यो वर्ष गत वर्षको भन्दा झण्डै १ मिटर बढी रहेको छ । हाल कुलेखानी जलासयमा पानीको सतह १ हजार ५२५ मिटर छ । गत वर्ष १ हजार ५२३ मिटर थियो ।
एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा
काठमाडौं । देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबारदेखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजीसिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्ने कम्पनीले जनाएको छ । यो सेवाविस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ । “अझधेरै मानिसलाई नयाँप्रविधिमा आधारित दुर्तगतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदा नगर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका कर्पोरेट सर्भिसे ज्निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।” एनसेलको फोरजी सेवा अब देशको विभिन्न २१ शहरमा उपलब्ध १५ प्रतिशतभन्दा बढि जनसंख्यामा देशकै वृहदफोरजी नेटवर्कको पहुँच ग्राहकले रु १ मा आफ्नो सिमफोरजीमाअपग्रेड गरी १ जिबीफोरजी डेटा पाउन सक्ने जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालकअनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्तडेटा ३ दिनको लागि मान्य हुनेछ । यसका साथै फोरजी सेवाप्रयोग गर्ने ग्राहकले ‘बाइवान गेट वानफ्रि’योजना अन्तर्गत कुनै पनि डेटा प्याकको खरिदमा त्यही भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त फोरजी डेटा बोनस ग्राहकले फोरजी नेटवर्कमा प्रयोग गर्न सक्छन् । यससँगै एनसेलले योण्डर म्युजिकएपमा ३० दिन सम्मनिःशुल्कअनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधाप्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी योण्डर म्युजिकको निःशुल्क मजालिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहद डिजिटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपालीगीत संगीतहरु पनिउपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिमफोरजीसिम हो की होइनभन्ने जानकारी प्राप्तगर्न सक्छन् । फोरजी÷एलटिई प्रविधिअन्र्तगतफ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवाउपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्राएप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदानगर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतकाकामहरु गर्न सक्नेछन् । एनसेलले आफ्नो फोरजी सेवाअझविस्तार गर्दै, ग्राहकलाई दुर्तगतिको मोवाइलब्रोडब्याण्डले ल्याउने नयाँअवसरहरुबाट लाभपुर्याउने लक्ष्यलिई विभिन्नशहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी सेवाको विस्तारसँगै ग्राहककालागिविभिन्नआकर्षक अफर ल्याउनकम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।
वार्षिक २० अर्बको फलफूल आयात
काठमाडौं । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले नेपाल कृषि प्रधान देश भनिए पनि उत्पादनको उपयुक्त वातावरण नहुँदा मुलुकको अर्थतन्त्र आयातमुखी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै फलफूलको गुणस्तर परीक्षणका लागि बजारभित्र नै प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । कामनपा-१४ का वडाध्यक्ष शोभा सापकोटाले व्यवसायीले वडामा व्यवसाय दर्ता गरी तोकिएको कर समयमा बुझाउनुपर्ने बताउँदै त्यसो भएमा व्यवसायीलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सकिने विचार व्यक्त गरेका छन् । नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले उक्त व्यवसायलाई व्यवस्थित बनाउनका लागि सरकारले बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिदैं कृषि बजार ऐन चाँडो कार्यान्वयन गर्न आग्रह गरेका छन् । व्यवसायी प्रकाशचन्द्र न्यौपानेले उच्च गुणस्तरको फलफूल युरोपका विभिन्न बजारबाट समेत आयात गरिँदै आएको जानकारी दिँदै ती मुलुकमा नेपाली हावापानीमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउनका लागि सरकारले लगानी गर्नुपर्ने बताए । नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवसायीको हक, हित र अधिकारको संरक्षणका लागि संस्था क्रियाशील रहेको धारणा व्यक्त गरेका छन् । रासस
सिमेन्टको व्यापारीद्धारा कालोबजारी, प्रतिबोरा १०० देखि १५० बढी मूल्य राखेर बेच्दै
वीरगञ्ज । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यसको धुलोले प्रदूषण भई मानव स्वास्थमा प्रतिकूल असर पर्ने भनी केही दिनदेखि रक्सौलवासीले अवरोध गर्दा क्लिङकर नेपालतर्फ आयात नभएको मौका छोपी यहाँका विक्रेताले कृत्रिम अभाव सिर्जना गरी स्टकमा रहेको सिमेन्ट बढी मूल्यमा बेच्दै कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो छ । घर बनाउनका लागि बजारमा सिमेन्ट किन्न जाँदा व्यापारीले तोकेको मूल्यभन्दा बढी मूल्य भनेकाले सिमेन्ट किन्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका-२४ बहुअरीका कपिलदेव यादवले भने, क्लिङकरको अभाव देखाएर स्टक गरेको सिमेन्ट बेच्ने व्यापारीलाई सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गरेका छन् । व्यापारीले पहिलेदेखि गोदाममा स्टक गरी राखेको विभिन्न ब्राण्डको सिमेन्ट प्रतिबोरा रु १०० देखि १५० सम्म बढी मूल्य राखेर बेच्ने गरेको छ । नेपाली सिमेन्ट उद्योगमा क्लिङकरको अभाव देखिएपछि उत्पादन प्रभावित हुने भएकाले विक्रेताले बढी मूल्यमा सिमेन्ट बेच्दा यसबाट सर्वसाधारण उपभोक्ता प्रभावित हुँदै आएको छ । पर्सा र बारामा रहेका १३ वटा सिमेन्ट उद्योगले पहिले कै मूल्यमा सिमेन्ट बिक्री गर्न विक्रेतालाई आग्रह गरे पनि विक्रेताले सिमेन्टको अभाव देखाएर बढी मूल्यमा सिमेन्ट बिक्री गरी उपभोक्तालाई ठग्दै आएको छ । सिमेन्टको कच्चा पदार्थ क्लिङकरबाट वीरगञ्ज भन्सार कार्यालयले वार्षिक रु चार अर्ब राजस्व उठाउँदै आएको भए पनि भारतीय पक्ष क्लिङकर आउनमा रोक लगाएपछि अहिले रक्सौलमा स्टक गरि राखिएको पुरानो माल मात्र आउने गरेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए । क्लिङकरजस्तो खतरनाक प्रदूषणले रक्सौलवासीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै उनीहरुले क्लिङकर रक्सौलमा अनलोड नगरी सिधा वीरगञ्जको सिर्सिया बन्दरगाहमा अनलोड गर्नुपर्ने माग राखी अवरोध गर्दै आएको छ । रक्सौलको रेल्वे साइड छेउछाउको जग्गा नेपाल रेल्वेको हो र त्यहाँ भारतीय अतिक्रमण गर्दै आएकाले नेपाली पक्षले सो जग्गा खाली गराउनु पर्ने वीरगञ्जवासीको माग छ । भारतीय पक्षले रक्सौलमा क्लिङकर अनलोड गर्न नदिनुको रहस्य भने वेग्लै रहेको बुझिएको छ । पहिले पहिले भारतीय सिमेन्टको बिक्री नेपालमा बढी हुने गरिन्थ्यो । तर नेपालमै सिमेन्ट उत्पादन हुन थालेपछि भारतीय सिमेन्टको माग घट्न थाल्दा नेपाली बजारमा पुनःआफ्नो पकड बनाउन भारतीय पक्षले क्लिङकर अनलोडमा समस्यमा ल्याएको सिमेन्ट व्यापारीहरु बताउँछन् । क्लिङकर आयातको समस्याले सिमेन्टको मूल्य बढेको स्वीकार्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी प्रदीप केडियाले समस्या समाधान गर्नतर्फ नेपाल सरकारले ध्यान नदिएकाले यो झन बढ्न सक्छ भने । भारतीय रेल्वे सेवा निगमले वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा क्लिङकर पुर्याउने सम्झौता नभएको भनी पन्छिँदै आएको आरोप लगाउँदै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव माधवराज पालले भने-“भारतीय पक्षले यसमा राजनीतिक गर्न खोजेको छ, जसको कारण नेपाली उद्योग प्रभावित भएको छ ।” यता वीरगञ्जस्थित सुख्खा बन्दरगाह वरिपरि रहेका बस्तीका बासिन्दाले पनि क्लिङकर सुख्खा बन्दरगाहमा अनलोड गर्दा यहाँ पनि प्रदूषण हुने भनेर विरोध गर्दै आएको छ । सिमेन्ट उद्योगीले नेपालगञ्ज, विराटनगर नाका भएर क्लिङकर आयात गर्दा महँगो पर्ने भएकाले रक्सौल नाका भएर क्लिङकर ल्याउनु पर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । रासस
उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको २४३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका शुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहेका १०० प्रशिक्षार्थी लगायतको सक्रियता थियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती समिति, काठमाडौं महानगरपालिका लगायतको संस्थागत सहभागिता रहेको थियो । सो अवसरमा घरदैलो जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको सफाइ अभियन्ता एवम् अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा ३० संस्थाका ८०० भन्दा बढी अभियन्ता सहभागी थिए । नेपाल आयल निगमले ३९औँ वार्षिकोत्सवका अवसरमा आज वाग्मती सफाइमा सहभागिता जनाएको थियो । गुह्येश्वरमाथिको वाग्मती सफाइको २०४ हप्ताका अवसरमा आज वाग्मती स्तम्भ, गोठाटार पुल र हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा रोपिएको बगैँचामा गोडमेल गरी पानी हालिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत अभियन्ताको सक्रियता थियो । विसं २०७० फागुन ३ गतेदेखि गुह्येश्वरमाथिको वाग्मती सफाइ अभियान शुरु भएको थियो । वाग्मती किनारकै मानिसलाई सफाइमा सक्रिय गराउने उद्देश्यअनुरुप अभियान सञ्चालन भइरहेको छ । रुद्रमती सफाइको १९८औँ हप्तामा आज आनन्द भैरव मन्दिर ज्ञानेश्वर-शहीदमार्ग-कालोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह लगायत संघसंस्थाका २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो । विष्णुमती नदी सफाइको १७१औँ हप्तामा आज टोखा नगरपालिका-११ बानियाँटारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिए । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । कपास पसल सञ्चान गर्दै आएका एक व्यक्तिले फोहर विष्णुमतीमा फाल्दा फाल्दै रंगेहात पक्राउ गरेकाले टोखा नगरपालिका-११ ले सफाइका लागि आवश्यक पर्ने १५ थान डोको, तीन/तीन बट्टा मास्क र पञ्जा जरिवाना गरिएको थियो । नदी किनारमा फोहर फाल्ने एक जनालाई आज कारबाही गरिएको विष्णुमती सफाइ अभियानले जनाएको छ । चक्रपथ सफाइको ३९औँ हप्तामा आज धूम्बाराही चोकदेखि सुकेधारा चोकसम्म सफा गरेर १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा खेम्स क्लिनिङका अध्यक्ष खेम शर्मा लगायतको सहभागिता थियो । सफाइमा १७ वर्षीय केपी खनाल ‘म बदलिन्छु मेरो देश बदलिन्छ’ सफाइ काष्ठमण्डप भन्ने नारा बोकी दाङदेखि काठमाडौँ आएर सफाइमा सहभागिता जनाएका अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र सर्वसाधारण गरी ५३० जना अभियन्ताको उपस्थिति थियो । मीनभवन आलोकनगर सफाइको ३९ औँ हप्तामा आज यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिए। चक्रपथ वाफल खण्डको २१औँ हप्ताको सफाइका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा अनधिकृत रुपमा सडक किनारमा निर्माण गरिएका बालुवा, रड, डण्डीलगायत निर्माण सामग्रीका पसल हटाइयो । यस क्षेत्रको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता ताराबहादुर कुँवरले बताए । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि हाल देशका ४५ भन्दा बढी स्थानमा जागरण फैलिएको छ । रासस