विकासन्युज

सिजीकोे वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ्ग मेसिन बजारमा, १० वर्षको वारेण्टी

काठमाडौं । सिजीले हालै बजारमा फ्रन्टलोड वासिङ्ग मेसिनहरु ल्याएको छ । उक्त मेसिनमा वासर र ड्रायर दुबै विशेषता रहेको छ । वासर र ड्रायर भएको उक्त मेसिनले थोरै समयमा नै लुगाधुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै, यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यि वासिङ्ग मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सि.जी.काप्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।

‘आइएमई छक्कापञ्जा’ अफर अन्तर्गत रोकायाले पाए १० लाख रुपैयाँको नगद पुरस्कार

काठमाडौं । ‘आइएमई छक्कापञ्जा’ अफरमा आइएमई सेवाग्राही रमेश रोकायाले १० लाख रुपैयाँको नगद पुरस्कार पाएका छन् । उक्त अफर अन्तर्गत रोकायाले ६० हजार रुपैयाँ पठाउँदा सो रकमको चेक पाएका हुन् । रु. १० लाख नगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकायाले चेक ग्रहण गरेपछि सामूहिक तस्वीर खिचाउँदै ।  

पर्यापर्यटनबाट ६० लाख आम्दानी, सबैभन्दा बढी जिप सफारीबाट

चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट रु ६० लाख आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिएका छन् । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले रु ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् । जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप रु ५०० लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति रु ५०, भारतीयलाई रु १०० र अन्य विदेशीलाई रु २०० लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिएका छन् । हात्ती प्रवेश टिकट बिक्रीबाट रु १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट रु सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपैयाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट रु ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ । यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत रु एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट रु छ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले रु ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ । रासस

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

नुवाकोट । भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन् । विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता रकम लिएकालाई यो वर्षको पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्न घरको जग बसाल्नुपर्ने भनी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको समयमा करिब आधा मात्र आवास निर्माणको प्रक्रियामा रहेको जिल्ला आयोजना कार्यान्वय इकाईले जनाएको छ । इकाईका अनुसार पुस मसान्तसम्म नुवाकोटका ३० हजार ६०५ घरधुरीको आवास निर्माण शुरु गरेका छन् । अधिकांश लाभग्राहीले २०७३ साल पुस मसान्तभित्रै पहिलो किस्ता रकम लिएर पनि आवास निर्माण शुरु नगरेकाले बाँकीले सरकारी अनुदान पाउनबाट वञ्चित हुने देखिएको हो । पहिलो किस्ता अनुदान लिएर घर बनाउन थालेका लाभग्राहीले तोकिएको मापदण्ड (भवन निर्माण संहिता) पूरा गरेमा थप किस्ता रकम पाउन योग्य ठहरिने इकाई प्रमुख विदुर खड्काले जानकारी दिए । जिल्लामा भूकम्प र त्यसपछिका परकम्पले ६९ हजार २८९ घर पूर्ण रुपमा क्षति भएकाले सरकारी अनुदान प्राप्त गर्ने लाभग्राही सूचीमा सूचीकृत भएको सरकारी तथ्याङ्क छ । सूचीकृत लाभग्राहीमध्ये ६४ हजार ५३ घरपरिवारले पहिलो किस्ताबापत रु ५० हजार लिएर तोकिएको मापदण्डअनुसार निजी आवास निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । पहिलो किस्ता रकम लिएकामध्ये पुस मसान्तसम्म ३० हजार ६०५ घरधुरीले आवास निर्माण शुरु गरेका छन् भने दोस्रो किस्ता रकम प्राप्तिका लागि ३० हजार ५४३ घरधुरीले निवेदन दिएको इकाई प्रमुख खड्काले जानकारी दिए । उनका अनुसार निवेदन दिएका मध्ये २६ हजार ६९९ घरपरिवार रकम पाउन योग्य ठहरिएका छन् भने तीन हजार ८६४ घरपरिवारको चेक बन्ने प्रक्रियामा छ । “७६ वटा घरको निर्माण तोकिएको मापदण्डअनुसार नभएकाले दोस्रो किस्ता रकम रोकिएको छ”, खड्काले भने “आवास निर्माण सम्पन्न भएका चार हजार ४१० घरपरिवारले तेस्रो किस्ताका लागि निवेदन दिएकाले रकम निकासा शुरु भएको छ ।” भूकम्पले आवास क्षति पुगेर सरकारी अनुदान सहयोगमा रु तीन लाख प्राप्त गर्नेको लाभग्राही सङ्ख्या एक हजार १०२ घरधुरी रहेकामा ११५ ले आवास निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्राप्त गरेको इकाईले जनाएको छ । भूकम्पले आवासमा क्षति बेहोरेकाले पुनःनिर्माण कार्यविधि जारी हुनुपूर्व नै निर्माण सम्पन्न गरेका पाँच हजार ३६४ घर मापदण्डअनुसार नभएकाले अनुदान रकम पाउनबाट वञ्चित भएका छन् । प्राविधिकहरु कार्यक्षेत्रमा परिचालन हुनुपूर्व नै निर्माण सम्पन्न भएका घरले आंशिक रुपमा मापदण्ड पूरा नगरेको पाइएकाले त्यस्तालाई प्रबलीकरण तथा सबलीकरण गरी अनुदान सिफारिशका लागि योग्य बनाउने प्रयास भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार भूकम्पले आवास क्षति पुर्याएर लाभग्राही सूचीमा सूचीकृत नभएको भन्दै दर्ता भएका मध्ये ११ हजार ४१५ को सम्बोधन भएकाले बाँकी स्थानीय तहमार्फत सम्बोधनको प्रयास भइरहेको छ । रासस

मुद्रास्फीतिमा चापः सबैभन्दा बढी मूल्य हिमालमा र कम पहाडमा

काठमाडौं। गएको पाँच महिनाको अबधिमा उपभोक्ता मुद्रास्फीतिमा चाप परेको छ । हालसालै पेट्रोलियमपदार्थ र निर्माण समाग्रीको मूल्यमा भएको वृद्धिले अझै मुद्रास्फीतिमा थप दबाब पर्ने जोखिम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक अनुसार गएको पाँच महिनामा हिमाली क्षेत्रमा उच्च मूल्य वृद्धि भएको छ । उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्ष सोही अबधिमा ३.७ प्रतिशत मात्र रहेको थियो । हिमाली क्षेत्रको चन्दननाथ बजार केन्द्रमा भएको उच्च मूल्य वृद्धिका कारणले तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा सो क्षेत्रको मूल्य बढेको बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्ने क्रममा बताएको हो । त्यस्तै पाँच महिनाको समिक्षा अबधिमा पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत मुद्रास्फीति पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौं उपत्यकामा २.५ प्रतिशत रहेको थियो । त्यसलाई आधार मान्ने हो भने पहाडी क्षेत्रको मूल्य बृद्धि गएको वर्षभन्दा कम देखिन्छ । बढ्यो उपभोक्ता मूल्य गएको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा यो मंसिरमा बढेर ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति केही मात्रामा बढ्नुमा खाद्य तथा पेय पदार्थ समुहको प्रमुख भूमिका रहेको बैंकले जनाएको छ । बढ्यो खाद्यमा मूल्य बैंकको समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.८ प्रतिशत पुगेकोछ । अघिल्लो वर्षको सोही अवधिमा उक्त खाद्य मुद्रास्फीति ०.६ प्रतिशत मात्र रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा वृद्धि भएले समग्र खाद्य मुद्रास्फीति बढने गएको बैंकको भनाइ छ । गैर–खाद्यमा मूल्य भने घट्यो बैंक अनुसार अहिले गैर–खाद्यमा मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण लगायत वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम भएकोले गैर–खाद्य मुद्रास्फीति कम भएको हो ।  

फूल उत्पादनमा कमी, व्यवासाय सञ्चालन गर्न भारतबाट आयात गर्नुपर्ने बाध्यता

इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहुँदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन् । फूलको व्यावसायिक खेती गर्न नसक्दा नेपाली अझै पनि भारतीय फूलको भर पर्नु परेको छ । बिहेबारी गर्ने बेला, कसैलाई सम्मान तथा सत्कार गर्नुपर्ने होस् या घर सजाउनका लागि फूल आवश्यक पर्दछ । विभिन्न समयमा फूल आवश्यक हुन थालेपछि खरिद गर्ने उपभोक्तासमेत बढ्दै गएका छन् । तर फूलको माग बढे पनि फूल व्यवसायको प्रवद्र्धन गर्न नसक्दा फूलको कारोबारमा नेपाल भारतनिर्भर हुनुपरेको छ । सुनसरीको धरानमा यस वर्ष पनि फूल प्रवद्र्धनका लागि दोस्रो पुष्प मेलाको आयोजना गरिएको छ । गत पुस २७ गतेदेखि शुरु भएको मेलामा दैनिक जसो रु पाँच लाखभन्दा बढीको कारोबार हुने गरेको छ । तर स्थानीय उत्पादन हुन नसक्दा भारतबाट फूल ल्याएर बिक्री–वितरण गर्नुपर्ने बाध्यता रहेको इलामका फूल व्यवसायी मनोज गोलेको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्याङ्कअनुसार प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी फूल तथा शत्प्रतिशत फूलका बीउ बिजन भारतबाट आयात हुने गरेका छन् । भारतबाट ल्याइएका फूलको बिक्रीले व्यवसायीलाई फाइदा भएपनि उपभोक्ता भने मारमा परेको धरानका फूल व्यवसायी राजेशकुमार राईले बताए । फूल व्यवसायलाई कृषि उत्पादनसँग जोड्न सके स्थानीय स्तरमा उत्पादन भएका फूल भारतलगायत अन्य देशमा निर्यात गर्न सकिने सम्भावना छ । तर राज्यले फूल उत्पादन तथा व्यवसायमा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न आवश्यक रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका सुनसरी सचिव प्रेम पराजुलीले बताए । नेपालको कूल आम्दानीमा ० दशमलव ०५ प्रतिशत योगदान गर्दै आएको फूल व्यवसायलाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनलाई अन्य मुलुकमा निर्यात हुने गरी उत्पादन बढाउन आवश्यक छ । नत्र आफ्नै ठाउँमा उत्पादन हुने फूल अन्य मुलुकबाट ल्याउनु पर्दा मुलुकको आर्थिक वृद्धि नहुनेमा कुनै दुई मत देखिँदैन । त्यसैले यस विषयमा सरोकारवाला निकायले सोच्नुपर्ने बेला आएको छ । रासस

बैंकहरूको निक्षेप भन्दा कर्जा ३३ करोड बढी, निक्षेप १२.७, कर्जा १६.१ प्रतिशत विस्तार

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म बैंकले निक्षेप संकलन भन्दा बढी कर्जा लगानी गरेका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्रीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ । निक्षेपको तुलनामा कर्जा लगानी बढेपछि अहिले राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकबाहेक अधिकाँश वाणिज्य बैंकको कर्जा÷निक्षेप तथा पुँजी (सीसीडी रेसियो) ८० प्रतिशत नजिक पुगेको छ । मंसिरसम्म बैंकले १ खर्ब ३८ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् । यस्तै निक्षेप परिचालन १ खर्ब ५ अर्ब ९४ करोड रुपैयाँ मात्र गरेका छन् । ५ महिनामा निक्षेप संकलन भन्दा कर्जा लगानी ३३ करोड रुपैयाँ बढी रहेको छ । केही बैंकहरुमा तरलता असहजता देखिए तापनि समग्र वित्तीय प्रणालीमा तरलताको अवस्था सुविधाजनक रहेको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा सरकारी खर्चमा हुने वृद्धिसँगै समग्र वित्तीय बजारको अवस्था थप सहज हुँदै जाने अनुमान केन्द्रीय बैंकको छ । बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने सीसीडी अनुपातमा स्पष्ट अडान र खुला बजार कारोवार तथा ब्याजदर करिडोर मार्फत् सक्रिय रुपले तरलता प्रवाह गरिएकोले ब्याजदरमा स्थायित्व देखिन थालेको भनाई राष्ट्र बैंकको छ । वित्तीय स्थायित्वको अंकुशकोे रुपमा रहेको कर्जा÷निक्षेप तथा पुँजी अनुपातको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिले कर्जा जोखिम नियन्त्रण गर्नुका साथै कर्जा र निक्षेप वृद्धिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने छ । राष्ट्र बैंककाअनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २४ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी २१ खर्ब २४अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यसअवधिमा व्यक्तिगत निक्षेप १३ खर्ब २० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रमा प्रवाह गर्ने कर्जा ७.२, विकास बैंकहरुको १२.२ र वित्त कम्पनीको १.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.० प्रतिशत कर्जा चालू सम्पत्ति धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.९ प्रतिशत र १४.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४८.९ प्रतिशत अर्थात ३१ अर्ब ५८ करोड बढेर ९६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ४.७ र ओभरड्राफ्ट कर्जा ४.३, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.१ प्रतिशतले बढेको छ । पुरनरकर्जा ८ अर्ब ९० करोड उत्पादनशील क्षेत्रमा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउन सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत मंसिरमा साधारण पुनरकर्जा ८ अर्ब ११ करोड ८९ लाख र निर्यात पुनरकर्जा ७९ करोड ३ लाख गरी ८ अर्ब ९० करोड ९२ लाख रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शुन्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ मंसिर मसान्तसम्ममा १ अर्ब ३ करोड ६२ लाख पुनरकर्जा उपयोगमा रहेको छ ।      

लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले प्रतिसेयर ४४८४ फिर्ता दिने

काठमाडौं । सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा चित्त नबुझने लगानीकर्तालाई एनआईडीसी डेभलपमेन्ट बैंकले रकम फिर्ता दिने भएको छ । स्वाप रेसियोमा चित्त नबुझेका लगानीकर्तालाई एनआईडीसीले प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ फिर्ता दिने भएका हो । सम्पत्ति तथा जायजेथा मूल्याँकनअनुसार हाल कायम भएको मूल्यमा सो रकम पाउने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकमा गाभिन एनआईडीसीले १ बराबर १ अनुपातमा स्वाप रेसियो कायम गरिएको छ । कतिपय लगानीकर्ताले त्यसमा असन्तुष्ठि जनाएपछि रकम फिर्ता दिने निर्णय गरिएको एनआईडीसीले जनाएको छ । वाणिज्य बैंकसंग गाभिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने भएको छ । दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको बैंकले जनाएको छ । गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भनेपनि ढिलाइ हुन गएको छ । यसअघि नेपाल औद्योगिक विकास निगम रहेकोमा पछि यसलाई एनआईडीसी डेभलपमेन्ट बैंक बनाइएको हो । बाणिज्य बैकले ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भनेपनि हालसम्म प्रक्रिया अघि बढेको छैन् । तत्तकाल वाणिज्य बैंकको आईपीओ निआउने भएको छ । ०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ । दुबै बैंकको गाभिएपछि पूँजी ९ अर्ब रुपैयाँ पुग्ने छ ।