विकासन्युज

सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकको एफपीओ पनि रोकियो

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । बजार ओरालो लागेपछि बैंकको सेयर मूल्यमा गिरावट आउँदा एफपीओको धेरै मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको थियो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।बजार घटिरहेकोले एफपीओ तत्काल नल्याउने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । विकास न्युजसँग कुरा गर्दै उनले बजार सुधार भएर अनुकुल वातावरण बनेपछि मात्र एफपीओको प्रक्रिया अघि बढाउने उनको भनाई छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो समयमा बैंकको सेयर मूल्यमा पनि निरन्तर गिरावट आई प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ । गत बैशाखमा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँसम्म पुगेको थियो । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । सेयर बजार प्रतिकुल भएका कारण एफपीओ निष्कासन गर्न मर्चेन्ट बैंकर नियुक्ति नगरेको उनको भनाई छ । मर्चेन्ट बैंकर नियुक्त गरेर एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिने काम अहिले रोकिएको उनले जानकारी दिए । सैदान्तिक रुपमा एफपीओ निष्कासनको निर्णय भएपनि बजारमा प्रतिकुल अवस्था सिर्जना भएकाले केही ढिलाइ हुन गएको रेग्मीले भने ।  

‘हाम्रो शहर तिर्खामुक्त नगर’ रिङ रोडसहित यस्ता छन् निलकण्ठ नगर विकासका कामहरु

काठमाडौं । देशकै उत्कृष्ट नगर बनाउने भन्दै चुनावमा गएका निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले नगरविकासका काम धमाधम अघि बढेको बताएका छन् । उनले नगरमा रिङ रोड, बस पार्क, सडक, सपिङ कम्पेक्स, भ्यू टावर र खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । नगरका १४ वटा वडालाई जोड्नका लागि रिङ रोड र पर्यटन विकासलाई जोड दिन भ्यू टावर निर्माणलाई अघि बढाएका छन् । भिम प्रसाद ढुङ्गाना, नगर प्रमुख यस्ता छन् नगर विकासका लागि शुरु भएका कामहरुः रिङ रोड निलकण्ठ नगरपालिका १४ वटा वडालाई जोड्ने रिङ रोड निर्माण प्रक्रिया अघि बढेको छ । नगपालिकाका इन्जिनियर कुमार ढकालका अनुसार रिङ रोडको डिपीआरको तयारी अघि बढेको छ । रिङ रोड ससाह रामकोट, ज्यामिरे, गोला भञ्याङ, साङकोष, धुवाकोट, खाल्टे, सुनौला बजार, तारुखर्क, तल्लोबेशी हुदै ससाहमा जोडिनेछ । ढकालका अनुसार रिङ रोडको लागि सहरी विकास कार्यलयको सहयोगमा ज्यामिरेबाट अध्यायन सुरु भएको छ । बस पार्क र सपिङ कम्पेक्स नगरपालिकामा बस पार्क निर्माणका लागि वडा नं १२ जंगलेमा जग्गा लिने तयारी गरेको छ । त्यसैगरी वडा नं २ अहिले संञ्चालनमा मा रहेको बस पार्कमा सपिङ कप्पेक्स निर्माण हुनेछ । बाँकी रहेको जग्गामा ग्रामिण क्षेत्रमा जाने बस पाकिङको व्यवस्था मिलाइने इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ३६ फिट अग्लो भ्यु टावर निर्माण प्रक्रिया सुरु भएको छ । टावर वडा नं २ मा बन्नेछ । भ्यू टावर निमार्णका लागि नगरले डिजी कन्ट्रक्सनलाई जिम्मा दिएको छ । सामान्य जग्गा विवाद पछि काम सुरु भैसकेको इन्जिनियर ढकालले जानकारी दिए । भ्यू टावरबाट धादिङ सहित गोरखा र नुवाकोटको अधिकांश दृष्य देख्न सकिन्छ । हाम्रो शहर तिर्खा मुक्त नगर दक्षिण कोरियाली सहयोगी संस्था सर्भिस फर पिसको सहयोगमा नगरको विभिन्न ठाउमा खानेपानी आयोजना सञचान गरिएको छ । यस आयोजनाबाट पतेनी, कुसुण्डे र नवलपुर लाभान्वित हुनेछन् । वडा नं ५ पतेनीमा भने आयोजना सम्पन्न भैसकेको खानेपानी योजना प्रमुख उपेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पतेनीमा लिफ्टीङबाट पानी निकाली ४० घनमिटरको ट्याङकीबाट ६० घरधुरीलाई प्रत्येक घरमा धारासहित खानेपानीको वितरण गरिएको छ । त्यसैगरी कुसुन्डेमा ६० घनलिटरको ट्याङकीबाट १०८ घर धुरी र नवलपुरमा ८० घनलिटरको ट्याङकीबाट २ सय २० घरधुरीलाई सुविधा दिनेगरी योजना प्रक्रिया अघि बढेको छ । आगामी ४ वर्षमा पुर्ण रुपमा नगरलाई तिर्खा मुक्त बनाउने मेयर ढुङगानाले बताएका छन् । यसैगरी नगरका १४ वटै वडामा इन्टरनेट सेवाको सुरुवात भैसकेको छ । नगरबासीलाई नगर सम्बन्धी जानकारी दिन निलकण्ठ एप्सको सुरुवात भएको छ । अहिले नगरपालिकाको सडक स्तर उनन्ती लागि काम भैरहेको छ । नगरको धादिङबेशी देखि खाल्टेसम्म सडक खण्डको स्तर विकास गर्नका लागि ५० लाखको टेन्डर प्रक्रिया अघि बढेको छ । त्यस्तै वडा नम्बर ४ र ३ लाई जोड्ने बाङगे ढुङगामा पक्की पुलको निर्माण भैसकेको छ भने २ पुल निर्माण गर्ने योजना अघि बढेको छ । यसैगरी नयाँ सहायक सडकहरुमा भने ग्राभेल तथा सडक पिच गर्ने काम भैरहेका छन् । नगरमा १४ हजार घरधुरीका ७० हजार मानिसहरू बसाेबास गर्दै अाएका छन् ।

ओली सरकारसँग ३० लाख लगानीकर्ताको चित्त दुखेको छः रौनियार

काठमाडौं । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र नेप्सेको नकर्मण्यताका कारण अहिले सेयर बजारमा पहिरो गैरहेको छ । त्यसमा पछिल्लो समय ओली सरकारको मौनता पनि जोडिएको छ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सार्यो तर बोनस, हकप्रदको बाटोमा बैंकहरु गए । केन्द्रिय बैंकले त्यसलाई सहर्ष स्विकार गर्यो । यसले बैंक तथा वित्तिय संस्थाहरुमा हकप्रद र बोनस सेयरको बाढी आयो । लगानी कर्ताहरुले बैंकबाटै ऋण लिएर हकप्रद सेयर खरिद गरे । संस्थापक देखि साधारण लगानी कर्ता सबैले बैंकबाटै पैसा झिकेर हकप्रद भरेका हुन् । केन्द्रिय बैंकले १५ प्रतिशत भन्दा बढि हकप्रद सेयर दिन नमिल्ने भनेको थियो भने आज यस्तो अवस्था आउने थिएन् । तर साना बैंकहरुले पनि मर्जरमा नगएर हकप्रदलाई नै पुँजी वृद्धिको माध्यम बनाए । केन्द्रिय बैंकपछि बीमा समितिले अर्काे गल्ति गर्यो । समितिले पनि पुँजी वृद्धिको योजना त ल्यायो त त्यसलाई हकप्रद र बोनसकै बाटो अपनाउने नीति लियो जुन अर्काे गलत कदम थियो । त्यसमाथी फेरी नयाँ बीमा कम्पनीहरु थपिदियो । नयाँ कम्पनीहरुमा पनि ठुलो रकम थुप्रियो । राष्ट्र बैंक र बीमा समितिपछि बजार घटाउन भूमिका खेल्ने अर्काे निकाय भनेको नेपाल धितोपत्र बोर्ड हो । बजारमा सेयरको आपुर्ति व्यापक मात्रामा बढेपछि बोर्डले माग बढाउन कुनै भूमिका खेलेन् । केहि अंकमा बजार बढ्ने वित्तिकै विज्ञप्ति निकालेर लगानी कर्तालाई होसियार बन्न आग्रह गर्ने बोर्डले बजार यत्रोबिधि घट्दा भने कुनै विज्ञप्ति निकाल्नु पर्ने आवश्यकता देखेन् । बजार बढ्दा कालोधनको जोखिम देखाउने बोर्डले बजार घट्दा बोल्नु पर्दैन् ? बजार ओरालो लाग्नुमा नेप्सेको पनि भूमिका छ । नेप्सले अनलाइन कारोबारको व्यवस्था गरेको भए सेयर बजार यस्तो हालतमा आउने थिएन् । अहिलेको सेयर बजार भनेको ५० वटा ब्रोकरहरुको तजबिजमा चलिरहेको छ । २१ खर्बको बजार १५ खर्बमा झरिसकेको छ । ५० वटा ब्रोकरले १५ खर्बको बजार कब्जा गरेका छन् ।ब्रोकरहरु सेयर कारोबारमा भ्याट लगाउन लबिङ गरिरहेका छन् । कारोबार कर लगाउन लबिङ गरिरहेका छन् । लगानी कर्ताको पैसामा ब्रोकरको रजाई भैरहेको छ । नेपाल धितोपत्र बोर्ड, नेप्से पनि ब्रोकरकै प्रभावमा छन् । सेयर बजार प्रति ओली सरकारको रवैया प्रधानमन्त्री बन्नु अघि केपी ओलीले सेयर बजार बारे पटक पटक बोलेका थिए । उनले आफुलाई देखाएर सेयर बजार घटाउने खेल भैरहेको आरोप लगाएका थिए । ओलीले सेयरमा भ्याट लगाउन नदिने घोषणा पनि गरेका थिए । तर ओली यतिबेला प्रधानमन्त्री बनेका एक महिना नाघ्यो । यसबिचमा २१ खर्बको बजार १५ खर्बमा झरेको छ तर ओलीले एक शब्द बोलेका छैनन् । किन ? हामी छक्क परेका छौं । अर्थमन्त्री डा. युवराज खतिवडासँग पुँजी बजारको इतिहास जोडिएको छ । अर्थमन्त्रीसँग पुँजी बजार डराउँदै आएको छ । उहाँले म सेयर बजारप्रति नकारात्मक छैन भन्नु भयो तर उहाँले बजार प्रति सकारात्मक छु भन्न किन नसक्नु भएको छ । ओलीले बजार घट्दा एक शब्द नबोल्ने, अर्थमन्त्रीले पुँजी बजार प्रति सकारात्मक छु भन्न नसक्ने अनि कसरी बढ्छ बजार ? वास्तवमा भन्ने हो भने केपी ओली सरकारसँग ३० लाख लगानी कर्ताको चित्त दुखाई छ । भूकम्प र नाका बन्दी छिचोलेको पुँजी बजारमा त्यो भन्दा ठुलो भूकम्प गैरहेको छ अहिले । नेप्से, धितोपत्र बोर्ड र केन्द्रिय बैंक मुग्दर्शक भएका छन् । पुँजी बजार भनेको मुलुकको अर्थतन्त्रको ऐना हो । संसार कहाँबाट कहाँ पुगी सक्यो तर हामी पुँजी बजार उत्पादक हो की अनुत्पादक भन्ने विवादमै रुमलिएका छौं । (नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित)

प्रतिकित्ता १७४० गुमाएका एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले प्रमोटर सेयर किन्नुपर्ने, यस्तो आयो पुँजी वृद्धि योजना

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सबै सेयरधनीले प्रमोटर सेयर किन्नु पर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार पुँजी संरचनामा संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर ४९ प्रतिशत बनाउन कम्पनीले विद्यमान सबै सेयरधनीका लागि संस्थापक हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसपछि कम्पनीले दुई चरणमा हकप्रद सेयर निष्काशन गर्ने छ । पहिलो चरणमा साधारण सेयरधनीलाई १ बराबर १ दशमलव शुन्य ५ प्रतिशतको अनुपातमा प्रमोटर हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्काशनपछि यस कम्पनीका ५१ प्रतिशत प्रमोटर ४९ प्रतिशत साधारण सेयर हुनेछ । दोस्रो चरणमा कम्पनीले १ बराबर ३ अनुपातमा फेरी हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । १० प्रतिशत बोनस सेयर, १ः०५ र १ः ३ अनुपातको हकप्रद सेयर निष्काशन पछि कम्पनीको सेयर पुँजी एक अर्ब १२ करोड रुपैयाँ हुने छ । कम्पनीको यसअघि साधारणसभाले पास गरेको ६०० प्रतिशत हकप्रद सेयर सम्बन्धि निर्णय भने खारेज हुने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेका यी निणर्यलाई पारित गर्न कम्पनीले आउदो बैशाख १० गते २३ औं वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि कम्पनीले आगामी चैत २६ गते बुक क्लोज गर्दै छ । ६०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेपछि कम्पनीको सेयर प्रतिकित्ता २ हजार ९३० रूपैयाँमा काराेबार भएकाे थियाे । चैत ७ गते यस कम्पनीको सेयर ११९२ रुपैयाँमा कारोबार भएको छ । प्रतिकित्ता १७४० रुपैयाँसम्म गुमाएको यस कम्पनीका सेयरधनीले अब प्रमोटर सेयर किनेर चित्त बुझउनु पर्नेछ ।

देव विकास बैंकको ६५ करोड ३३ लाख हकप्रद सेयर चैत २६ देखि खुल्ने

काठमाडौं । देव विकास बैंकले चैत २६ गतेदेखि सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले चुक्तापूँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साविका सेयरधनीलाई ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६५ लाख ३३ हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन बैंशाख ३० गते बन्द हुने बैंकले जनाएको छ । गत फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रद भर्न पाउने भएका छन् । हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापूँजी २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार गर्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले हकप्रदमार्फत चुक्तापूँजी बढाउन लागेको हो ।

नविल बैंकले खाता खोल्ने बित्तिकै ११ प्रतिशत अग्रिम ब्याज दिने

काठमाडौं । तपाईले निक्षेप राख्दा बैंकबाट प्रत्येक ३, ६ वा १ वर्षसम्म ब्याज लिन कुर्नु परेको छ ? तपाई अग्रिम ब्याज खातामा जम्मा भएको चाहानु हुन्छ ? अब चिन्ता लिनु पर्दैन नविल बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको अग्रिम ब्याज दिने छ । बैंकले खाता खोल्ने बित्तिकै वर्षभरीको ब्याज खातामा जम्मा गरिदिने गरी नविल बम्पर मुद्धति योजना ल्याएको छ ।नयाँ मुद्धिती योजनामा अधिकतम ब्याजदरका साथ अग्रिम भुक्तानी हुने बैंकका उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अनिलकेशरी शाहले बताए । उनले खाता खोल्नसाथ ब्याज जम्मा गरिदिने र सो रकमले अर्को मुद्धति खाता पनि खोल्न मिल्ने जानकारी दिए । शाहले हालसम्मकै नयाँ मुद्धति योजना ल्याएको सुनाए । खाता खोलेर निक्षेप जम्मा गर्नसाथ वर्षभरीको ब्याज अग्रिम रुपमा खातामा जम्मा गर्ने नविल संभवत पहिलो बैंक भएको छ । मुद्धति खातामा न्युनतम ५ लाख रुपैयाँ हुनुपर्ने छ । वार्षिक ब्याजदर ११ प्रतिशत दिने बैंकले जनाएको छ । अवधि १ र २ वर्ष रहेको छ । निक्षेप तान्न बैंकले यो योजना ल्याएका हो । हाल बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले नयाँ निक्षेप योजना ल्याएका छन् । बैंकबीच मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशत ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।  

शिक्षामा निजी क्षेत्रको २०० अर्ब लगानीः १४ लाख विद्यार्थी, २ लाख कर्मचारी

काठमाडौं । शिक्षामा व्यापार भएको भन्दै निजी क्षेत्रबाट सञ्चाललित विद्यालयहरुको चर्को आलोचना हुँदै आए पनि यस क्षेत्रमा निजी क्षेत्रको लगानी, विद्यार्थीको संख्या र यस क्षेत्रमा सिर्जना भएको रोजगारी उल्लेख्य रहेको पाइएको छ । निजी लगानीमा सञ्चालित विद्यालयहरुको संगठन प्राइभेट एण्ड बोर्डिङ स्कूल अर्गनाईजेशन नेपाल (प्याप्सन) को अनुसार नेपालमा हाल करिव ९ सय निजी विद्यालयहरुमा सञ्चालनमा छन् । ती विद्यालयहरु राजधानीमा मात्र छैनन्, दुर्गम जिल्लाहरुमा पनि छन् । प्याव्सनका अनुसार सबै भन्दा धेरै काठामाडौं उपत्यका तीन जिल्लामा २० हजार र थोरै रसुवामा ९ वटा निजी लगानीका विद्यालयाहरु सञ्चालन भैरहेका छन् । ती विद्यालयहरुमा १४ लाख ५० हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । निजी क्षेत्रको विद्यालयहरुमा करिव दुई सय अर्ब रुपैयाँको लागानीमा भएको अनुमान छ भने यी स्कूलहरुमा कम्तिमा २ लाख मानिसले रोजगारी पाएका छन् । निजी क्षेत्रका स्कूलहरुले चर्को शुल्क लिने गरेको गुनासो अभिभावकहरुको छ । तर स्कूलहरुको भौतिक संरचना, जनशतिm, उनीहरुले दिने अतिरिक्त सेवा र सरकारले गरेको स्कूलहरुको वर्गीकारणका आधारमा बिद्यालय व्यवस्थापनले शुल्क लिदै आएको दावी प्याबसन केन्द्रीय कार्यसमितिको उपाध्यक्ष डीके ढुंगानाको छ । सरकारीमा भन्दा निजी तहबाट सञ्चाललित विद्यालयहरुले प्रदान गर्ने शिक्षा व्यवहारिक, प्राविधिक, गुणस्तरीय भएको उनी बताउँछन् । स्कूल तहको शिक्षा निःशुल्क गर्ने भनेर संविधानमै लेखिएको छ भने राजनीतिक दलहरुले पनि १२ कक्षासम्मको शिक्षा निःशुल्क हुनु पर्नेमा जोड दिदै आएका छन् । तर सरकारसँग भरपर्दो विकल्प देखिदैन । २०२८ सालमा पनि सरकारले शिक्षा ऐन नै बनाएर सबै निजी विद्यालयहरु सरकारीकरण गरेको थियो । तर सरकारको त्यो नीति दिगो भएन । २०३६ सालमा सरकारले फेरी निजी क्षेत्रलाई विद्यालय खोल्न आव्हान गरेपछि निजी लगानीका विद्यालयहरु खुल्न थालेका हुन् । २०४७ देखि २०५५ सालमा सबै भन्दा बढी निजी क्षेत्रका विद्यालयहरु स्थापन भएको ढुंगालनाले बताए । २०५५ देखि २०६६ मा सहर केन्द्रीत भएर यस्ता विद्यालयहरु खुलेका थिए ।

स्याकार ट्रेडिङले ल्यायो होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक सार्वजनिक गरेको छ । पछिल्लो राइजिङ परिस्थितिलाई मध्ययनजर गर्दै उच्चतम ईन्जिन पर्फमेन्स प्रदान गर्ने उद्देश्यले राजधानीमा बुधबार एक समारोह गरी कम्पनीले उक्त जेनुएन ईन्जिन आयलको नयाँ प्याकहरु सार्वजनिक गरेकोे हो । कार्यक्रमको आवसरमा ज्योति समूहका निर्देशक सौरभ ज्योतिले सार्वजनिक गरिएका आयलहरु प्रदुषण कम गर्ने वातावरणमैत्री रहेको बताए । उनले उक्त आयलहरु नयाँ जेनेरेशनको आयल रहेको जानकारी गराए । कम्पनीले नवीनतम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन गरिएको होण्डा ४–स्ट्रोक मोटरसाइकल ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमए र ४–स्ट्रोक स्कुटर ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमबी बजारमा ल्याएको हो । जापानिज कम्पनीद्वारा उत्पादित ती आयलहरु सार्वोत्कृष्ट क्वालिटीको रहेको कम्पनीको भनाइ छ । साथै उक्त आयलहरुले सवारी साधानको आयु तथा कार्यक्षमता बढाउने, वातावरणमैत्री लगायत लाभदायक गुण रहेको जनाएको छ । कम्पनीको अनुसार सार्वजनिक गरिएको स्कुटर ईन्जिन र मोटरसाइकल ईन्जिन आयल उत्कृष्ट लुब्रिसिटी, वेयर प्रोटेक्सन र ईन्जिन लाईफ जस्ता फाइदहरुका साथै उत्कृष्ट कल्चर पर्फमेन्स रहेको छ ।