विकासन्युज

चार कलाकारले गोर्खाको पहरा फोरेर यसरी बनाए बुद्ध (फोटोफिचर सहित)

काठमाडौं । चार उत्साहित युवा कलाकारले गोर्खाको धार्चे गाउँपालिकाको खोर्लावेसी वडा ३ स्थित पहरामा बुद्धको मूर्ति निर्माण गरेका छन् । उक्त गाउँ पालिकामा पर्यटकलाई भित्र्उने उद्देश्यले गाउँपालिकाका प्रमुख सन्तोश गुरुङको सक्रियतामा ४ कलाकारले मूर्ति निर्माण गरेका हुन् । युवा मूर्तिकार बिशाल सारु मगरको संयोजकत्वमा कलाकार चन्द्रमणि मगर, मानबहादुर बल र प्रकाश पुनले पहरामा रहेको चट्टाने खोपेर बुद्धको मूर्ति बनाएका थिए । लगातार १० दिनसम्म सो समूह खटिएर उक्त मूर्ति निर्माण कार्य सम्पन्न गरेको कलाकारमध्येको एक चन्द्रमणि मगरले बताए । उनका अनुसार मूर्ति बनाउन चार जनाले दैनिक करिब १६ घण्टा खटेका थिए । गोर्खाको दुर्गम स्थानमा रहेको पहरामा बुद्धको मूर्ति बनाउन पाउदा आफुहरु खुसी भएको मगरको भनाइ छ । ‘चट्टानलाई बुद्धको स्वरुपमा ढाल्न निकै चुनौतिपूर्ण थियो,’ उनले भने ‘त्यसलाई अविस्मरणीय ढंगले निर्जिव चट्टानी पहाडलाई जीवन दिएका छौं ।’ उक्त मूर्ति बनाएको स्थान पर्यटकीय रुड भएको कलाकारहरुको भनाइ छ । उनीहरुका अनुसार सो रुड हुदै पर्यटकीय स्थान मानास्लु, घोडेपानी, लम्जुङ बेसी पुगिन्छ । मूर्ति बनाएसँगै स्थानिय बासिन्दा तथा पर्यटकहरु झुम्न थालेको उनीहरुको भनाइ छ । मूर्ति जमिनको सतहभन्दा १० फिट उचाई र १५ फिट चौडाईमा निर्माण गरिएको छ । मूर्तिमा बुद्धसँगै स्थानीय धर्म र संस्कारको विषयलाई कलाकारले ‘रिलिफ फम’मा उतारेको जानकारी दिएका छन् ।

मासिक डेढ लाख कमाइ त्यागेर विवाह गर्नकै लागि विदेशीँदै युवा

काठमाडौं । कुनै बेला लाहुरे भन्ने बित्तिकै नेपाली समाजमा खुरुक्क आफ्नो छोरीचेली दिने चलन थियो । छोरीचेली पनि लाहुरे भनेपछि मख्खै पर्थे । त्यसपछि सरकारी जागिर खानेहरुको समय आयो। गायक क्रान्ती आलेले केटी माग्न जाँदा, विहे गर्छु भन्दा ससुरा परे दोधारे ससुराले भने खोजि आउ पहिले सरकारी जागिरु भन्ने गीतै निकालेका थिए । उक्त गीतले त्यसताका बजार पिटेको थियो । पछिल्लो सयम विदेशीले त्यो ठाँउ लिएको छ । विदेशीलाई छोरी माग्न जाँदा सहजै दिने चलन समाजमा प्रशस्त देखिन्छ । कतिपय ठाँउमा त्यस्तो नभएको होला तर मुलुकभर अधिकांश ठाँउमा छोरी माग्नका लागि विदेश जानु पर्ने बाध्यता छ । नत्र छोरी नै नदिने चलन छ । जब विदेश गएपछि भने खुसीको साथ छोरी दिने र विवाह गर्न बाटो खुल्छ । सामान्यतया आर्थिक सवल छैन भने आफ्नो छोरीले दुःख पाउला भन्ने सोचको उपज पनि हुनसक्ला विदेशी ज्वाइ रोज्नको कारण । यद्यपि कुनै(कुनै ठाँउमा स्वदेशमै पर्याप्न आम्दानी भएपनि स्वदेशको कमाइलाई नपत्याउने र थोरै कमाइ भए पनि विदेश गएको हुनु पर्ने समेत सोच रहेको समाज छ । निर्माण व्यवसायी महासंघको महासचिव रामशरण देउजाले नेपालमा विदेशीने संस्कृतिनै बसेको बताए । त्यसको प्रत्यक्ष प्रभाव निर्माण कार्यमा परेको छ । विभिन्न निर्माण कार्यको लागि अहिले नेपालमा श्रमिक पाउन छाडिसके भएको पनि विदेशतिर लाग्छ । ‘स्वदेशमै पर्याप्त आम्दानी भए पनि विदेशीने संस्कृतिको रुपमा नेपाली समाजमा गडिएको कारण विदेशीनु बाध्य भएको छ,’ उनले भने । उनको भनाइ अनुसार सर्लाही घर भएर काठमाडौंमा डन्डीको काम गर्दै आएका एक जनाले मासिक करिब डेढ लाख रुपैयाँ कमाई गर्दा गर्दै बिदेशीए । निर्माण व्यवसायी महासंघको महासचिव देउजालाई ती युवाले करिब ४ र ५ वर्ष काम सघाए । उनले त्यतिका वर्षहरुमा धेरै काम जानिसकेका थिए । २३र२४ वर्ष उमेरका डण्डीको काम गर्न सिपालु भइसकेको महासचिव देउजा बताउछन् । उनका अनुसार ती युवाले पढेको थिएन तर पनि राम्रो काम गर्थ्यो । काम गर्दागर्दै काम सिकेको थियो । ‘केटोले इञ्जिनियरले बनाएको नक्सा हेरेर कहाँ के गर्नु पर्ने सबै जान्दथ्यो,’ उनले भने ‘ पत्रकार महासंघको बिल्डीङ मैले बनाएको हुँ । बिल्डिङ बनाउदा त्यो केटो मैसँगै थियो । काम गर्ने भाका ल्याइसकेको थियो । सानो तिनो डन्डी सम्बन्धि ठेक्का पट्टा समेत गर्न थालिसकेको थियो तर एक्कासी म विदेश जान्छु भन्दै म कहाँ आयो ।’ केटोले त्यसो भनेपछि आफु छक्क परेको देउजाले सुनाए । ‘मैले केटोलाई सम्झाउन खोजे तर सकिन,’ उनले भने ‘त्यसपछि उनले काम छोड्यो ।’ महासचिव देउजाको अनुसार उनको गाँउमा विदेश नगए युवाहरुको विवाह हत्तपत्त नहुने रहेछ । त्यसैले स्वदेशमै राम्रो कमाइ हुने भएपनि विवाह गर्नका लागि विदेशीनु परेको बाध्यता रहेछ । उक्त गाँउमा स्वदेशको कमाइलाईभन्दा पनि विदेशीनु ठूलो कुरो रहेछ । विदेश गएर आउनेहरुलाई मात्र समाजले पनि पत्यउने । छोरी चेलि दिने रहेछ । पछिल्लो समय मुलुकमै राम्रो कमाइ हुदा पनि विदेशीने संस्कृति ठूलो समस्याको रुपमा खडा भएको निर्माण व्यवसायीहरुको भनाइ छ । जबसम्म विदेशीदै गरेको नेपालीलाई स्वदेशमै रोक्न सकिन्दैत आर्थात मुलुकमै रोजगार दिदै तथा त्यसप्रति आकर्षित गराउन सकिन्दैन, सरकारले भन्दै गरेको आर्थिक समृद्धि नारामा मात्रै सिमित हुने उनीहरुको बुझाइ छ ।  

खुल्ला विश्वविद्यालयमा पढ्ने हो ? डिग्रीमा ४ वटा नयाँ प्राविधिक विषयको भर्ना खुल्यो

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले स्नातकोत्तर तहका लागि नयाँ चार प्रविधिक विषयको पढाइ सुरु गर्न लागेको हो । विश्वविद्यालयले लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ई–लर्निङ, मास्टर एन्ड ई–गर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ सुरु गर्न लागेको छ । विश्विद्यालयले नयाँ विषयका लागि भर्ना खुला गरेको प्रा.डा. लेखनाथ शर्माले बताए । यी विषयमा पढाइ सुरु गर्ने खुला विश्वविद्यालय पहिलो भएको उनले जानकारी दिए । विदेशमा भएपनि नेपालका अन्य विश्वविद्यालयमा यी विषयको पढाइ सुरु भएको छैन् । विश्वविद्यालयले स्नातकोत्तर तहका १८ महिनाका लागि भर्ना खुला गरेको छ । घरमा बसेर अध्ययन गर्ने भएकाले धेरैमा ५४ महिना र थोरैमा ३६ महिनासम्म उतिर्ण भइसक्नु पर्ने उनले बताए । अन्य विषयमा पनि मिनिमम् र म्याक्सिमम् समय राखिएको छ । नेपालमा धेरै लाइब्रेरी छन् तर तिनीहरुको व्यवस्थापन हुन नसकेको बताउदै उनले भने, “यो विषय अध्ययन गरेपछि नेपालमा लाइब्रेरी व्यवस्थापका लागि जनशक्ति उत्पादन हुने छ । “ई– लाइब्रेरी राख्ने भनिएको छ, तर यसलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति छैन त्यसैले जनशक्ति उत्पादका लागि हामीले नेपामा नयाँ विषय ल्याएको हो” शर्माले भने । परम्परागत तरिकाले पढाउने शिक्षक प्रयाप्त मात्रामा छन् तर प्राविधिक शिक्षकहरुको कमी भएको बताउदै उनले खुला विश्वविद्यालयले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन नयाँ विषयको अध्ययापन सुरु गर्न लागेको हो । एउटा कक्षामा २५ देखि ५० जनासम्म मात्र हुने छन् । सरकारले तोकेकाहरुलाई १० प्रतिशत छात्रवृत्ति पनि दिइने शर्माले जानकारी दिए । अन्य विश्वविद्यालयहरुको भन्दा कम शुल्कमा ती विश्वविद्यालय भन्दा गुणस्तरीय शिक्षा प्रधान गर्ने लक्ष्य रहेको छ । यस विश्वविद्यालयमा अध्यापन गराउने शिक्षकहरुले २४ सै घन्टा गरेका प्र्रश्नहरुको उत्तर दिने छन् । सरकारले लगानी बढाउँदै गएपछि शुल्क घट्दै जाने र यो शिक्षा गुणस्तरीय र बजारमा उत्कृष्ट हुने समेत शर्माले जानकारी दिए । खुला विश्वविद्यालयमा अध्ययन गर्नेले घरमै बसेर इन्टरनेटको सहायताले पढ्न र तोकेको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सकिने भएको छ । विदेशमा रहेको यस्तो विश्वविद्यालय अवधारणा नेपालमा पनि सञ्चालनमा आएको छ । खुला विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीका लागि स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिनेछ । विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधी संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ । शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ ।

भारतसंगको विद्युत खरिद सम्झौता चैत १७ गतेदेखि सकिदै, नयाँ सम्झौता गर्न प्राधिकरणले थाल्यो पहल

काठमाडौं । भारतबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही चैत १७ गतेदेखि सकिदै छ । बिजुली आयातलाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरणले नयाँ सम्झौता गर्नका लागि पहल सुरु गरेको छ । बिजुली आयातको सम्झौता गर्न भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडसंग छलफल सुरु भएको प्रवत्ता प्रवल अधिकारीले बताए । निर्धारित समयमा एनभीभीएनसंग खरिद सम्झौता भई बिजुली आपूर्ति निरन्त हुने उनले जानकारी दिए । “अहिले हामीले आन्तरिक छलफल गरिरहेका छौ, छिट्टै एनभीभीएनसंग सम्झौता हुनेछ” उनले भने । पुसको दोस्रो साता विद्युत खरिद सम्झौताको म्याद सकिए पनि प्राधिकरणको अनुरोधमा एनभीभीएनले ३ महिना समय थप गरेको थियो । एनभीभीएनले मार्च ३० सम्म बिजुली दिन सहमत भएको छ ।यो बिजुली ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको छ । प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४६० मेगावाटसम्म बिजुली आयात गरेको छ । १४५ मेगावाट बाहेक अन्य बिजुली व्यापारिक दरमा प्राधिकरणले भारतबाट खरिद गर्दै आएको छ । १४५ मेगावाट सस्तो दरमा गरिद गरेको छ । कुसाह–कटैया, परवानीपुर–रक्सौल, बुटवल–आनन्दनगर र टनकपुरलगायत विभिन्न १० स्थानबाट बाँकी बिजुली आयात भइरहेको छ । हाल बिजुलीको माग १ हजार २ सय मेगावाट मात्र रहेको छ । नियमित रुपमा बिजुली आपूर्ति भएपछि माग घटेको अधिकारी बताउछन् । ९९० देखि १ हजार मेगावाटसम्म बिजुली आपूर्ति भइरहेको छ । २६० मेगावाट बराबरको लोडसेडिङ भएको उनले जानकारी दिए । लोडसेडिङ साँझ ३ घण्टा उद्योगमा मात्र भइरहेको छ ।

कर्णाली प्रदेशमा फेसबुक चलाउन प्रतिबन्ध

जाजरकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने घोषणा गरेको पर्सिपल्ट सोही प्रदेशको भेरी नगरपालिकाले प्रतिवन्धको घोषणा गरेको छ । नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना भण्डारीले जानकारी दिए। सोअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ । रासस

यूएस बांग्ला विमान चालक अबिद सुल्तानकी श्रीमतीको पनि निधन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बांग्ला विमानका प्रमुख चालक अबिद सुल्तानकी श्रीमतीको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ। मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बांग्ला विमान दुर्घटनाको खबर सुन्ने वित्तिकै बिरामी भएकी अफ्साना खानमको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधन भएको अस्पतालका एक अधिकारीले बीबीसी बांग्लालाई बताएका छन्। मोहम्मद सैफुल्लाहका अनुसार दुर्घटनाको खबर लगत्तै बिरामी भएकी अफ्साना खानमको ढाकास्थित न्याशनल इन्स्टिच्युट अफ न्यूरो साइन्सेजको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। चिकित्सकहरूका अनुसार अफ्साना खानम सघन उपचार कक्षमा चिकित्सकहरूको निरीक्षणमा थिइन्। यूएस बांग्ला विमानका मुख्य चालक अबिद सुल्तानको विमान दुर्घटना भएको एक दिनपछि काठमाण्डूको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। यूएस बांग्लामा काम गर्नुअघि उनी बांग्लादेशको एअर फोर्सका विमान चालक थिए। उनीहरूको १४ वर्षको एक छोरा छन्। श्रीमानको मृत्युको खबर आएपछि अफ्साना खानमलाई मस्तिष्कघात भएको थियो। स्रोत ः बीबीसी

पाँच वर्षभित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत बन्ने

काठमाडौं । पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय विकास र समृद्धिको भएको बताएका छन् । ‘आपसी सद्भावको पहिचान गरि सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए । मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका जानकारी दिए। उनले विमानस्थलको पुर्व तयारीको काम दुई बर्ष भित्र सुरु हुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हुने उनको भनाइ छ । बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य रहेको उनले बताए । निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिने बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय उनले जानकारी दिए। शुक्रबारदेखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।