पाल्पामा कैलाश विकास बैंकको शाखा खुल्याे
काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले पाल्पा जिल्लाको दम्कडामा आफ्नो ४५ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाले बुधवारदेखि कारोवार शुरु गरेको हो । एक समारोहकाबीच उक्त शाखाको उद्घाटन प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । उनका अनुसार नयाँ शाखासहित बैंकको शाखा संख्या ४५ पुगेको छ । एटीएमको संख्या २२ पुगेको छ । त्यस्तै बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पुर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ । बैंकको चुक्तापूँजी रू २ अर्व ५२ करोड रहेको छ । संस्थाले हालसम्म १९ अर्व ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंककिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ड्याट्सनको नयाँ वर्ष अभियान, गाडी खरिदमा ग्राहकलाई साढे ४ लाखसम्म फाइदा
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ‘नयाँ वर्षको मेगा अफर’ योजना प्रस्तुत गरेको छ । योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनुहुने छन् । त्यस्तै लायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिज लगायतको व्यवस्था गरेको छ । त्यस्तै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ र सडक करको सुबिधा लगायत गाडी खरिदकर्ताले प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्नेछन् । कम्पनीले हरेक गाडीमा फाइनान्सको पनि सुबिधा दिने जनाएको छ । कम्पनीको अनुसार ग्राहकले ड्याट्सनका रेडि गोमा बढीमा ३ लाख ७ हजार, गोमा बढीमा ४ लाख ५ हजार र गो प्लसमा अधिकतम ४ लाख ५७ हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । गाडीको विशेषतामा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि तथा कम मूल्य लगायत रहेका छन् ।
पेट्रोलियम जस्तै भारतले बिजुली पनि बन्द गर्न सक्छ, प्रधानमन्त्री ओली सजग हुनुपर्छ : ज्ञानेन्द्रलाल प्रधान
भारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न आतुर छ । अहिले नेपालको सबैभन्दा ठुलो समस्या भनेको विद्युतको हो । आयात बढी रहेकाले भारतले जुनकुनै बेला पेट्रोलियम जस्तै विद्युत आपूर्ति पनि बन्द गर्न सक्छ । यस्तो अवस्थामा नेपालको लोडसेडिङ दैनिक १४/१५ घण्टा पुग्न सक्छ । त्यसैले दुबै देशीबीच ‘फ्रि पावर ट्रेड गर्नुपर्ने देखिएको छ ।’ फ्रि पावर ट्रेड भयो भने भारतले बत्ती काट्न सक्दैन । १ वर्षपछि निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि असारदेखि असोजसम्म रातको बेला बिजुली बढी हुन्छ । त्यसबेला रातीको बिजुली प्रतियुनिट २ रुपैंयामा बेच्नु पर्ने अवस्था आउन सक्छ । नेपाल र भारतबीच सन् २०१४ मा भएको विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयनमा आएको छैन् । भ्रमणमा प्रधानमन्त्री ओलीले पीटीए कार्यान्वयनका लागि जोड दिनुपर्छ । चिनियाँ लगानी नेपालमा धमाधम भित्रिरहेका छन् । भारतले उसको ५१ प्रतिशत लगानी भएको आयोजनाको विद्युत मात्र खरिद गर्ने भनि निर्णय गरेको छ । भारत जलविद्युतको क्षेत्रमा अरु देशको लगानी भित्रियोस भन्ने चाहदैन । तर नेपालको विद्युतमा जुन देशको लगानी भएपनि भारतलाइनैै फाइदा पुग्ने छ भनी नेपालले विश्वास दिलाउनु पर्नेछ । नेपालको विद्युतले भारतको उत्तरप्रदेश र बिहारलाई सेवा दिन सक्छ । विशेषगरी पञ्चेश्वर आयोजनाले भारतको गुजरातसम्म सिँचाइको व्यवस्था गर्न सक्छ । किनभने अहिले भारतमा खान र सिंचाइका लागि पानीको हाहाकार छ । भारतले आफ्नो भएको नदीनाला प्रयोग गरिसकेकोले उसका लागि अब नेपालको महाकाली मात्र एउटा सिँचाइ गर्न सक्ने नदी हो । पञ्चेश्वर आयोजनाबाट उत्पादन हुने बिजुली र पानी दुबै देशलाई बराबर भाग लाग्ने सन्धि भइसकेको छ । पञ्चेश्वरको निर्माण सम्पन्न भएपछि २५०० मेगावट उनीहरुले लान्छन् २५०० हामीले पाउनेछौ । पञ्चेश्वर आयोजनाबाट प्रवाह हुने पानी खपत गर्न नेपालमा खेतियोग्य जमिन कम छ । नेपालको ९० हजार र भारतको १६ लाख हेक्टर जमिनमा सिंचाइ गर्न सकिने देखिएको छ । भारतको कुरा गर्दा हामीले जहिले पनि २ वटा कुरामा ध्यान दिनुपर्छ । त्यो भनेको एउटा राजनीति र अर्को भनको त्यहाँको कर्मचारीतन्त्र हो । राजनीतिले नीति निर्माण गर्दछ भने कर्मचारीतन्त्रले कार्यान्वयन गर्दछ । भारतको कर्मचारीतन्त्रको आफ्नो स्वार्थ कति हेर्छ भन्ने कुरा हो । तर उनिहरुलाई दोष दिने ठाउँ भने छैन किनकी उनिहरुले आफ्नै देशको नाफा हेर्ने हो । हाम्रो कर्मचारीतन्त्रले हाम्रो देशको फाइदा हेर्ने हो । त्यसैले प्रधानमन्त्रीको भ्रमणबाट भारतले गरेको सबै गल्तीहरु सुधार्नुपर्छ । यसको लागि भारतीय पक्ष पनि उत्साहित भएर बसेका छन् । नेपालमा भारतले लगानी गरेको आयोजना ढिलो हुने गरेको छ । भुटानमा त्यही भारको लगानीमा निर्माण हुने आयोजना छिटो सकिने गरेको छ । किनभने भारतले त्यहाँ एकतर्फी पाइलट प्रोजेट बनाएर काम गर्छ । यसैले भुटानमा भारतीय लगानी सफल भएको हो । तर हामीमा यस्तो छैन् त्यसैले ढिलाइ हुने गरेको छ । दुबै देशको कर्मचारीतन्त्रले काम गर्दा आफ्नो स्वार्थ हेर्ने भएकोले आयोजना सकिन समय लाग्ने गर्छ । पञ्चेश्वर आयोजनामा सबै लगानी भारतले हाल्नुपर्छ । भुटानले जस्तो ८ प्रतिशत तिर्न सक्दैन । त्यसमा नेपालले १ प्रतिशत मात्र ब्याज तिर्छ ।त्यस्तै नेपाली जनता पनि यसबाट खुशी हुनेछन् । राजनीतिले आयोजना बनाउने होइन केवल नीति मात्र बनाउने हो । त्यसैले भारतको सत्प्रतिशत लगानी पञ्चेश्वर आयोजना बन्छ । फेरी १ तिहाई लगानी म गर्छु २ तिहाई तिमीहरु गर भन्यो भने यो आयोजना कहिले पनि बन्दैन । किनभने दुई मुलुकको कर्मचारीको झगडाले यो आयोजना कहिले बन्नै सक्दैन । नेपालको अर्को समस्या भनेको भुक्तानी सन्तुलन नै हो । अर्को गाडीको पार्टस कसरी कमी गर्ने भन्ने हो । वीरगञ्जबाट काठमाडौं ९५ प्रतिशत ट्रक र बस मात्रै रहेका छन् ५ प्रतिशत मात्रै साना सवारी रहेका छन् । अहिले बाटो ठुलो बनाउदा बनाउदैं फेरि जाम हुने गरेको छ । फेरी अर्को सडक निर्माण गर्नुपर्ने भैसक्यो । त्यसैले नेपालमा आवश्यक रहेको रेलमार्ग भारतले सित्तैमा बनाइदिनु पर्छ । अन्य आयोजना जस्तै निर्माण गरिदिनु पर्छ । किनभने हामीले ल्याउने भनेको उनीहरुकै सामान उनीहरुकै गाडी उनीहरुकै तेल र उनीहरुकै ड्राइभर प्रयोग र उनीहरुलाई भाडा तिरेर काठमाडौं ल्याउनु परेको छ । यो अवस्थामा भारतले आयतित तेल हामीलाई दिनु परिरहेको छ । यसकारण पनि नेपालमा रेलमार्गको आवश्यकता भएको छ । पहिलो रेलमार्ग भनेको रक्सौलबाट वीरगञ्ज हुदै राजधानीको चोभारसम्म रेल ल्याउनु पर्छ । यदि चोभारसम्म ल्याउन सकिँदैन भने तल्लो भागसम्म ल्याएर सडक मार्गसँग जोड्नुपर्छ । यो गर्न सकियो भने ओलीको सबैभन्दा ठुलो सफलता यो हुनेछ । यो भारतले चाहेको कुरा भएकोले हामीले यो योजना सित्तैमा लिन सक्नुपर्नेछ । उनीहरुकै समान बढी प्रयोग हुने भएकाले यस योजनामा हामिले पैसा लगानी गर्नु पर्दैन । त्यसपछि भारतले तेल पनि दिनु पर्दैन । यसैगरी रसुवादेखि रेल काठमाडौं ल्याउनुपर्छ । त्यसपछि नेपाल बंगलादेशको मोडेलमा जान्छ । यो भयो भने भारत र चीन दुबै छिमेकी खुशी हुन्छन् । चीन र भारतबीच प्रतिस्पर्धा नभई सम्बन्ध सन्तुलन गर्न सयोग पुग्छ । प्रधानमन्त्री भारत भ्रमण जाने भन्ने बित्तिकै मन्त्रालयसँग सुझाव माग्ने गरिन्छ । यसमा सानो कुरा हाइलाइट हुने र ठुलो कुरा पछि पर्ने समस्या विगतदेखि रहि आएको छ । यसपटक यस्तो गल्ती दोहोरिन दिनु हुदैन । त्यसैले यसपटक ‘पावरट्रेड, बीबीआइएलाई अघि बढाउने, बंगलादेश र नेपालको पावर ट्रेड हुनेवाला छ, यसलाई रिकन्फर्मेसन गर्ने, गोरखपुर–बुटबल अन्तरदेशिय प्रसारणलाइन निर्माण अघि बढाउने, पञ्चेश्वर आयोजना १०० प्रतिशत भारतीय लगानीमा गर्ने, वीरगञ्ज काठमाडौं रेलमार्ग अघि बढाउने, सप्तकोशी उच्चबाँधमा पनि यिनीहरुको आसु परेको छ, त्यो आँशु पुछ्ने प्रयास हामीले गर्नुपर्छ । त्यसमा सुरक्षाको प्रत्याभुति दिने र छिटो काम थाल्न सुझाव दिनु पर्छ । तर हाम्रो कलकत्ताबाट आउने जहाज विराटनगरसम्म आइपुग्यो भने हाम्रो यातायात लागत सस्तो पर्न जान्छ । अर्कोतर्फ अरुण तेस्रो जस्तै ८, ९ सय मेगावटको आयोजना भारतलाई दिनुपर्छ । २०, २१ वर्षपछि उनीहरुले हामीलाई छोडेर जान्छ भने हामीले किन नदिने ? यसबाट मुलुकलाई लाभै हुनेछ । भारत सबैभन्दा खुशी हुने भनेको जलविद्युतबाट हो । किनभने यसको सम्बन्ध पानीसंग मिसिएको छ । यो भारतको आवश्यकता हो । अरु कुरा माग्दा भारतले दिने कि नदिने भनेर सोच्ने गर्दछ तर जलविद्युतमा उसले नसोचीकन सहयोग गर्न सक्छ । भारतमा सबैभन्दा सस्तो दरमा सोलार आउदैछ । दिनभरी सोलारले काम दिन सक्ला तर बेलुका ५ बजेपछि सोलार जिरोमा पुग्छ । बेलुका ८, ९ बजे भारतमा पिक लोड सुरु हुन्छ । यसलाई भारतले थेग्न सक्दैन । यसो हुने हुदाँ भारतमा दिनको समयमा ३ रुपैमा सोलारको दर हुन्छ । त्यो बिजुली हामी किन्छौं र हाम्रो पावर प्लान्ट बन्द गरेर राख्छौं । बेलुका पिक लोड सुरु हुदाँ हामीले फेरी भारतलाई बिजुली बेच्न सक्छौं । यस्तो प्रस्ताव राख्न सकियो भने प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्छ । (नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष प्रधानसंगको कुराकानीमा आधारित)
कल्याणपुर नगरका नासु जयराम चौधरी र अधिकृत बासुदेव यादव २० हजार घुस लिदालिदैं पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय घुस खाने कर्मचारीमाथी थप निगरानी बढाएको छ । अख्तियारले जिल्ला सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल नायब सुब्बा जयराम चौधरीलाई घुस लिदालिदैं रंगेहात पक्राउ गरेको हो । अख्तियारका सहसचिव तथा प्रवक्ता दीर्घराज मैनालीका अनुसार चौधरीले घर नजिकैको डेराबाट सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम मागिरहेका थिए । सोहि अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले चौधरीलाई पक्राउ गरेको हो । यस घुस काण्डमा सोही कार्यालयका निवर्तमान कार्यालय प्रमुख शाखा अधिकृत बासुदेवकुमार यादवको संलग्नता देखिएपछि उनी समेतलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रवक्ता यादवले जानकारी दिए । दबै जनामाथी अदालतबाट म्याद थप लिइ अनुसन्धान कार्य भइरहेको छ ।
असाधारण कार्यको लागि तयार रहन सहकारी संस्थाहरुलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । मुलुकको आर्थिक समृद्धिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको भन्दै प्रधानमन्त्री केपी ओलीले असाधारण कार्य गर्नको लागि सहकारी संस्थाहरुलाई तयार भएर बस्न अनुरोध गरे । राष्ट्रिय सहकारी महासंघको आयोजनामा राजधानीमा बुधबार र बिहीबारसम्म सञ्चालन हुने दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै महासम्मेलनको अवसरमा त्यसको लागि तयारीकाे छलफल गर्न अनुराेध गरे । ‘गएको ६ दशक सहकारीहरुको लागि प्रतिकुल र कस्टकर थियो,’ उनले भने ‘तर अहिले त्यस्तो अवस्था छैन ।’ उनका अनुसार हाम्रो देश अल्पविकसित छ । यद्यपि मुलुकमा विभिन्न क्षेत्रहरुको समुचित विकास गर्दै समृद्धिको बाटोमा अघि बढ्नु छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान एक तिहाइ छ । तर दुई तिहाइ जनसंख्या त्यसमा निर्भर छ । सोलाई घटाउनु र उत्पादन बढाउनु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको छ । ‘त्यसका लागि सहकारीको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले थपे ‘हामीले गएको वर्षदेखि त्यसको शुरुवातको रुपमा मुलुकको विभिन्न क्षेत्रमा जोन, सुपरजोन, प्लट बनाएका छौं ।’ साथै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकिरण, यान्त्रीकिकरणको दिशामा अघि बढाइसकेको उनको भनाइ छ । उनले सहकारी आफैमा लाभदायिक नभएको र त्यसालाई लाभदायिक, फलदायी, सहयोगि बनाउन पर्ने उनको जोड छ । सहकारीलाई मजबुद र प्रभावकारी बनाउन सरकारले जस्तोसुकै सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । त्यस्तै अर्थमन्त्री डा. युवाराज खतिवडाले पनि मुलकलाई समाजवाद उन्मुख राज्य बनउन सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । ‘देश अहिले दिगो विकास लक्ष्य भेटाउने दिशामा अघि बढिरहेको छ,’ उनले भने ‘त्यसको लागि सहकारीसँग गरिबीलाई हटाउन शुन्य भोकमरी लगायत सम्बन्धमा सहकार्य आवश्यक छ ।’ उनको अनुसार सहकारीले कृषि, खाद्य, स्वास्थ्य, उर्जा, रोजगार, सुरक्षण लगायतको क्षेत्रमा काम गर्न सक्ने उनको भनाइ छ । सहकारीको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन ती क्षेत्रहरु सशक्त रहेको उनको बताए । सरकारले तीन खम्बे नीतिअनुसार निजी क्षेत्र र सहकारीसँग सहकार्य गरि अघि बढ्ने उनको भनाइ छ । सहकारीको कुनै एक सदस्य गाँस, वाँस, कपास लगायतको आधारभूत आवश्यकताको कारणले मर्न नपाउनु पनि मुलुकको लागि ठूलो उपलब्धि हुने उनले बताए । महासंघको अनुसार मुलुकमा अहिले सहकारीमा आबद्ध ६३ लाख सदस्य छन् । ३ खर्ब रुपैयाँ भन्दा बढी पूँजी परिचालित छ । ६० हजार संख्यमा रोजगार सृजना भएको छ । जसमा ५१ प्रतिशत महिला सहभागी छन् ।
नविल बैंक, नेपाल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण
काठमाडौं । बुधबार सेयर बजार २७ अंक बढ्दा लगानीकर्ता ३ कम्पनीमा झुम्मिएका छन् । लगानीकर्ता झुम्मिएपछि बुधबार सबैभन्दा बढी नविल बैंकको सेयर किनबेच भएको छ । त्यसपछि क्रमशः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भएको छ । नविलको प्रतिकित्ता ९५६ रुपैयाँमा १ करोड ६२ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार नविलका सेयर मूल्य १५ बढेर प्रतिकित्ता ९६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै नेपाल इन्स्योरेन्सको पनि प्रतिकित्ता ८५० रुपैयाँमा १ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य २० रुपैयाँ बढेको छ । मंगलबार ८३० रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ६५६ मा १ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्टको सेयर ११ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकित्ता ६४५ रुपैयाँमा कारोबार भएको थियो । ३ वटै कम्पनीको वित्तीय अवस्था सबल भएको, आगामी वर्ष पनि आकर्षक प्रतिफल दिने अनुमान र सस्तो सेयर भएका कारण लगानीकर्ता यी कम्पनीमा लोभिएका एक ब्रोकरले बताए । नविल, नेपाल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट लगानीकर्तालाई राम्रो प्रतिफल दिने कम्पनीमा गनिएका छन् नेपाल इन्स्योरेन्सले चुक्तापँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेपछि पनि लगानीकर्ताले बढी सेयर किनेका हुन् ।
वाणिज्य बैंकले विदेशबाट ऋण ल्याउन पाउने भएपछि लगानीकर्ता हौसिए, सेयर बजारमा २७ अंक बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन खुला गरेपछि बुधबार सेयर बजारमा सुधार आएको छ । नेपालका वाणिज्य बैंकले विदेशी बैंकसंग सहुलित दरमा कर्जा ल्याउन पाउने भएपछि बजारमा लगानीयोग्य पुँजीको समस्या समधान भई ब्याजदर घट्ने अनुमानका आधारमा बुधबार सेयर बजार २७ अंकले बढेको छ । बजारमा लगानीयोग्य पुँजी बढेर ब्याजदर घट्ने देखिएपछि लगानीकर्ता हौसिदा नेप्से परिसूचक बढेर १ हजार २२६ अंकमा पुगेको छ । बजार मंगलबारदेखि सुधार आएको हो । मंगलबार बजार ६ अंकले बढेको थियो । बुधबार सबै परिसूचकको सेयर मूल्य बढेको छ । बुधबार बैंकिङ, होटल, वित्त, जलविद्युत, बीमा, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य बढेको छ । बजार बढेपछि सेयर कारोबार कारोबारमा वृद्धि भई ३३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन् । पछिल्लो समयमा लगातार घट्दै गएर लगानीकर्ता निराश बनिरहेका बेला बुधबारदेखि केही आशा पलाएको छ ।
सेयरधितो कर्जाको सीमा ८० प्रतिशत बनाउन लगानीकर्ताको माग
काठमाडौं । सेयर लगानीकर्ताले सेयर धितोकर्जाको सीमा बजार मूल्यको ८० प्रतिशत बनाउन माग गरेका छन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेर लगानीकर्ताले सेयर बजार सुधारका लागि चार बुँदे माग पेश गरेका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपाललाई भेटगरी वर्तमान अवस्थाका बारेमा जानकारी गराएको थियो । बजार निरन्तर घट्ने क्रममा रहेको र सेयरमूल्य न्यून विन्दुमा भएको हुँदा वर्तमान समयमा लगानीकर्ता चरम मारमा परेपछि सुधारका लागि गभर्नरलाई माग पेश गरिएको जानकारी गराइएको छ । हाल दिदै आएको सेयर धितोकर्जाको सीमा ८० प्रतिशत, पूँजीगत जोखिमको भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्नुपर्ने, प्रत्येक स्थानीय तहमा पहँुच पुग्नेगरी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, सेयर धितो कर्जा प्रवाह गर्दाका बखतमा आएको हकप्रद सेयर तथा बोनस सेयरलाई समेत धितोमा समावेश गर्ने व्यवस्था गर्न माग गरेको छ । गभर्नर डा. नेपालले सेयर बजार निरन्तर घटेकोप्रति राष्ट्र बैंक चिन्तित रहेको उल्लेख गर्दे समस्या समाधानका लागि छलफल गरिने आश्वासन दिएका थिए । बैंकमा निक्षेप बढिरहेकाले तरलताको अवस्था सहज हुँदै गएकाले भन्दै गभर्नरले लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।