तीनपांग्रे सवारी पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशतसम्म लगानी गर्ने, रोजगारी सृजना हुने
काठमाडौं । तीनपांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौताभएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् । बैंकहरुले ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएकाे छ । उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सकातर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंककातर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ्रे बैंककातर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीनपांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ । सम्झौतामा बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।
जनतालाई जलविद्युतमा जोड्ने कार्यक्रम आउदैछ : मन्त्री पुन
काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले जनतालाई जलविद्युतमा जोड्ने गरी कार्यक्रम ल्याउने बताएका छन् । समृद्धिको आधार जलविद्युत भएको भन्दै मन्त्री पुनले त्यसका लागी छिट्टै नयां कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । सिंचाई दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पुनले नेपालको पानी जनताको लगानी भन्ने नारा भएपनि जनतालाई जलविद्युतमा नजोडिएको बताए । उनले परिवर्तनलाई आत्मसाथ गरेर अघि बढ्न मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । ‘देशमा नया व्यवस्था लागु भएको छ,यसलाई सफल बनाउने दायित्व तपाई हामी सबैको हो,तपाईहरुले ईमान्दारीतपुर्वक सरकारको निर्देशन पालना गर्नुहोस् ।’ मन्त्री पुनले भने । मुलुकको समृद्धी शुसासन कायम गरेर मात्र आउने भन्दै सवै कर्मचारीले कार्यशैली परिवर्तन गर्न जरुरी रहेको सुझाए ।‘तपाईहरुले आफ्नो आनिवानी र कार्यशैली परिवर्तन गर्नुहोस्,अहिले हाम्रो सामु काम गरेर देखाउनुपर्ने चुनौती छ ।’ मन्त्री पुनले भने ।
लिक्वर्स प्रालिको रोयल च्यालेन्ज ह्विस्की बजारमा
काठमाडौं । गुणात्मक र संख्यात्मक दुवै दृष्टिले नेपालको अल्को–बेभरेज उद्योग तिब्र गतिमा बिस्तार भैइरहेको बताइएको छ । द्रुत गतिमा वृद्धि भैइरहेको बजारमा राजेश वीर सिंह तुलाधरले युनाइटेड स्पिरिट्स प्रालिबाट नेपाल लिक्वर प्रालि (विगतमा युनाइटेड स्पिरिट्स नेपाल प्रालिको रूपमा परिचित) को शेयर प्राप्त गरेका समेत जानकारी गराएको छ । उनले नेपाल लिक्वर्स प्रालिमा रहेको युनाइटेड स्पिरिट्स लिमिटेड, इण्डिया (डाएजिओ पिएलसीअन्तर्गतको कम्पनी) को सबै शेयर प्राप्त गरेको जानकारी दिए । कम्पनीले आफ्नो बजार थप बिस्तार गर्दै रोयल च्यालेन्ज ह्विस्की प्रस्तुत गरेको जानकारी दिएको छ । कम्पनीका बिक्री तथा बजार प्रबद्र्धन महाप्रबन्धक राजेशप्रकाशले रोयल च्यालेन्ज ह्विस्की अमेरिकी क्यास्कहरूमा राखी, पूर्णरूपमा परिपक्व बनाई तयार पारिएको उनको भनाइ छ । ह्स्किी अनाजयुक्त ह्विस्की रहेको जनाइएको छ । रोयल च्यालेन्ज ह्विस्की स्कच र उच्चगुणस्तरीय भारतीय अनाजहरूको गहन तथा सघन मिश्रण भएको बताइएको छ । कम्पनीको अनुसार सिंह र एउटा गोलाकार पदक सहितको प्रतीक नै रोयल च्यालेन्जको निशानी रहेको कम्पनीको भनाइ छ । ब्राण्डको प्याकेजिंगले उच्चस्तरीय, उत्कृष्ट गुणस्तरको, साहसी र पौरखी प्रकृतिको छनक दिने कम्पनीको भनाइ छ । रोयल च्यालेन्जको ७५० मिलिलिटर प्याक मूल्य रु १ हजार ३६० रुपैयाँ हरेको छ । त्यस्तै ३७५ मिलिप्याकको मुल्य रू ६८० र १८० मिलिप्याकको मुल्य ३४० रुपैयाँ तोकेको छ । नेपाल लिक्वर्स प्रालि अन्तर्गत विभिन्न लोकप्रिय ब्राण्डहरू समेटिएको बताइएको छ । जसमा एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, म्याक्डोवल्स नम्बर वन ह्विस्की, म्याक्डोवल्स नम्बर वन सेलेब्रेसन रम र ब्लु रिवाण्ड जिन रहेको छ ।
जिससका सबै स्थायी कर्मचारी सिधैं स्थानीय तहमा समायोजित हुन सामान्य प्रशासनकाे निर्देशन
काठमाडौं । जिल्ला समन्वय समितीमा कार्यरत रहेका कर्मचारीहरु सिधै स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितीको कर्मचारी सिधैं स्थानीय तहमा समायोजन गर्न लागेको हो । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ १ अनुसार समन्वय समितीको सम्पुर्ण स्थाई कर्मचारी स्वत स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितीले बुझाउनु पर्नेछ ।
माछापुछ्रे बैंकले भिसा चिप कार्ड प्रयोगकतालाई १० प्रतिशत क्यास ब्याक दिने
काठमाडौं । माछापुछ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु. १००० ग्राहकको खातामा फिर्ता गर्ने कम्पनीले बताएको छ । कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था मिलाएको बैंकको भनाइ छ । बैंकको अनुसार अफर सीमित अवधिको लागि ल्याइएको हो । अफरबाट ग्राहकले अत्याधिक लाभ लिन सक्नेछन् । अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत मिलाइएको बैंकको भनाइ छ । बैकको मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैंकिङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । साथै ८६ वटा एटीएमबाट समेत बैंकको सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ ।
बीमासहित सिजीमोबाइल्सले ल्यायो आकर्षक ओमेगा सिरिजको स्मार्टफोन, मुल्य १३ हजार
काठमाडौं । सिजी मोबाइल्स प्रालि चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी इलेक्ट्रोनिक्स ब्राण्डले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ । स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टम समावेश गरिएको छ । जसमा ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । डिस्प्ले १८ः९ रेसियो फुल भ्यूमा छ । फोटोग्राफीका लागि फोनमा रहेको उत्कृष्ट क्यामरा मध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ । सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीको भनाइ छ । त्यस्तै फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज हुने जनाएको छ । १६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरुले आफूले माइक्रो एसडी कार्डको सहयोगले फोनको स्टोरेज १२८ जीबीसम्म थप गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीकोअनुसार फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर राखिएको छ । स्टेट अफ आर्टमा आधारित आकर्षक देखिने फोनलाई १८ः९ फुल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको जनाएको छ । फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु रहेको बताइएको छ । उक्त स्मार्टफोन ओमेगा ८ को मूल्य कम्पनीले १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सेट एक वर्षको बीमासहित उपलब्ध गराएको जानकारी दिएको छ । सिजी मोबाइल्सका सर्भिस सेन्टर नेपालभर रहेको कम्पनीको भनाइ छ ।
घरमै बसेर डिग्री पढ्न ६०० विद्यार्थीले दिए खुला विश्वविद्यालयमा आवेदन, चाप बढेपछि थपियो समय
काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको हो । विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोकेपनि विद्यार्थीको चासो धेरै बढेपछि म्याद थप गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विधार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको छ । एमफील इन आईसीटी, मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट, पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङ मा भर्ना खुलाएको हो । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको छ । यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको हो । उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुनेछ । ई–सेवाबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाएका विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेकाे छ ।
हुवावेको फेस अनलगसहितको वाइ९ र वाइ ७ प्रो स्मार्टफोन सार्वजनिक, शुरुवाती मुल्य २० हजार ९००
काठमाडौं । हुवावेले नेपाली बजारमा वाइ सिरिजको दुई परिमार्जित स्मार्टफोनहरु सार्वजनि गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोनहरु आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो । हुवावेले सार्वजनिक गरिएका फोनहरु वाइ रेन्ज बिधाका उत्कृष्ट भएको बताएकाे छ । पहिलाे वाइ ९ -२०१८ मध्ये रेन्ज विधाको ज्यादैनै उत्कृष्ट फोन भएको कम्पनीको दावी छ । यसमा अगाडी पछाडी गरि इन्टलिजेन्ट ४ क्यामेरा जडान गरिएका छ । क्यमेराको इफेक्ट फिचर र सुरक्षित स्मार्ट फेस रेकग्नायजेशन छ । यसमा १३ र २ मेगापिक्सेलको पछाडी भने, १६ र २ मेगापिक्सेल भएको अगाडी सेल्फी क्यामेरा जडान गरिएको छ । ती क्यामेराहरुबाट कम उज्यालोमा पनि सेल्फी टोनिङ फ्ल्यासको प्रदान गर्दछ । क्यामेराहरु उत्कष्ट फोटो लिन सकिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार सो फोन ठूलो स्क्रीनको साथ ४ हजार एमएएच शक्तीशाली ब्याट्री रहेको छ । साथै ३ जिबी र्र्याम, ३२ जिबी रोम, इएमयुआइ ८.० अपरेटीङ सिस्टम रहेको फोनमा ट्रिपर स्लट रहेको छ । जसमा डुवल सिमको विशेषताका साथ मेमोेरी कार्डको लागि छुट्टै स्लट छ । सार्वजनिक गरिएकाे दोस्रो वाइ७ प्रो २०१८ लाई कम्पनीले डुवल क्यामेरा एक्स्पर्ट फोनको रुपमा बजारमा ल्याएको छ । युवाहरुलाई फोकस गरेर सार्वजनिक गरेको सो मोबाइल आकर्षक डिजाइनको साथै इन्टेलिजेन्ट डुअल रिअर क्यामेरा सेटअप र टोनिङ फ्ल्यासको साथमा ल्याइएकाे छ । वाइ ७ प्रोमा १३ र २ मेगापिक्सेलको डुअल रिअर क्यामरा भने ८ मेगापिस्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । क्यामेराले लाईट पहिचान गरि होशियारीपपूर्वक ब्राईट्नेसको स्तरलाई मिलाएर प्राकृतिक देखिने सेल्फी खिच्न मद्दत गर्दछ । साथै उक्त फोनमा सबैभन्दा सुरक्षित फेस अनलकको समेत व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा अत्याधुनिक सेक्युरिटी एलगोरिद्म समावेश गरिएको छ । फोनको अन्य विशेषतामा ट्रिपल सिम स्लट, ५.९९ इन्चको एचडी प्लस, फुल भ्यु डिस्प्ले लगायत रहेको छ । कम्पनीले पहिलो वाइ ९ को बजार मुल्य २५ हजार ९ सय भने, दोस्रो वाइ७ प्रोको मुल्य २० हजार ९०० रुपैयाँ तोकेको छ ।