विकासन्युज

सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्सको भेटघाट कार्यक्रम

काठमाडौं । सर्वोत्तमसिमेन्ट प्रालि र लक्ष्मी स्टील्स प्रालिले बुटवल, सुनवल र भैरहवामा चैत्र २६,२७ र २८ गते भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित गरी भेटघाट कार्यक्रम गरेको छ । उक्तकार्यक्रममा घर बनाउने क्रममा सिमेन्ट र डण्डीको प्रयोग भूकम्प प्रतिरोधात्मक हुने गरि गर्ने विभिन्न तरिकाको बारेमा जानकारी गराइएको बताइएको छ । उक्त भेटमा बुटवलमा १२५ जना, सुनवलमा २२० जना र भैरहवा १२० जना ठेकेदारहरु सहभागी भएको जनाइएको छ । कम्पनीले अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको ग्रिन सर्वाेत्तमओपिसि र श्री ग्रिनपिएससि नामक ब्राण्डका सिमेन्टहरु उपलब्ध छ ।

स्याङ्योङको नयाँ वर्ष अफर, ४ लाखसम्म नगद छुटदेखि हात खाली नजाने सामसुङको स्मार्टफोन प्रदान

काठमाडौं । स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता र नेपालको सन्दर्भमा नेतृत्वदायी संस्था आईएमएस् ग्रुप हो । सो ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ । नयाँ वर्ष २०७५ को सन्दर्भमा स्याङ्योङले विशेष अफर ग्राहक सामु ल्याएको जनाएको हाे । कम्पनीको अनुसार अफर अन्तरगत नगद रु ४ लाख सम्म छुट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस र सामसुङ ग्यालेक्सी एस्. ९ राखिएको छ । उक्त स्मार्टफोनहरु स्याङ्योङको विभिन्न मोडलको गाडी खरिदकर्ताहरुले हातखाली नजाने गरी प्राप्त गर्नेछन् । यसबाहेक कोरियन लक्जरी आरामदायी एसयुभी गाडी खरीदकर्तालाई स्याङ्योङले विभिन्न किसिमको अफरहरु उपलब्ध गराएको छ । जसमा गाडी जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने, सरल फाइनान्स सुविधा, एक आअर्थिक वर्षको लागि सडक कर छूट, ३ वर्षे वा ६० हजार किमी वारेन्टी सुविधा, ३ वर्षे फ्रि सर्भिसिङ, हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायत छन् । कम्पनीले उक्त नयाँ वर्ष अफर चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू गर्ने जानकारी दिएको छ । कोरियन गाडी निर्माता कम्पनी स्याङ्योङ आरामदायी गाडी निर्माता कम्पनी एसयुभी ब्राण्ड हो । सो कम्पनी दक्षिण कोरियाको चौथो ठूलो मोटर उत्पादक संस्था रहेको जनाइएको छ । कम्पनीले उच्च गुणस्तरीय इन्जिनियरिङद्वारा उत्पादित आधुनिक, आरामदायी तथा उच्च कार्यक्षमताका साथ सन् १९५४ देखि प्रोडक्टहरु बजारमा उपलब्ध गराएका छन् । स्याङ्योङको विश्व सञ्जालमा १ हजार ६५८ सोरुमहरु १२६ देशहरूमा विस्तारित छ ।  

माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा शर्मा नियुक्त भएका छन् । चैत २८ गते बसेको बैंक संचालक समितिको बैंठकले शर्मालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । २१ वर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग क्षेत्रमा काम शुरु गरेको थिए । पछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदैं शर्मा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनले माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा व्यवस्थापकीय नेतृत्व गरिसकेका छन् । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मालाई कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्या भुषण (२०५४), महेन्द्र विद्या भुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

आयात र विदेशी लगानीको लाभांश भुक्तानीले मुलुक २४ अर्ब ७३ करोड घाटामा

काठमाडौं । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण मुलक झण्डै २५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको ८ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा भारी विस्तार भई १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयात र लाभांशले गर्दा अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा रहेको छ । चालु आवमा विभिन्न एक दजर्न विदेशी लगानीमा सञ्चालित कम्पनीले ३३ अर्ब रुपैयाँ बढी लाभांश विदेश लगेका छन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड रहेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झण्डै दोब्बर बढेर १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो । विदेशी विनिमय सञ्चिति पनि घट्यो गत असार मसान्तको तुलनमा फागुनमा विदेशी विनिमय संचिति पनि २.८ प्रतिशत कमी आएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा कमी आई १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

टंगालमा सञ्चालन आयो प्रभु बैंकको नयाँ शाखा

काठमाडौं । बिहीबार काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा प्रभु बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेद्वरा एक समारोहकाबीच उद्घाटन गरिएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको बैंकको भनाइ छ । यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भइ नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बताइएको छ ।  

रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेर ४७२ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विदेशबाट प्राप्त हुने  विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको फागुनमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशत बढेको छ । ८ महिनामा रेमिट्यान्स आप्रवाह बढेर ४ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.३ प्रतिशत बढेको थियो । खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई ५ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँमा सीमित भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो

सहयोगी विकास बैंकले सुरु गर्यो मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । एक कार्यक्रमकाबीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ ले गरेका हुन् । उक्त सेवा सुरुवातको उद्घाटन गर्दै उनले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरु प्रदान गरिनेछ । कम्पनीको अनुसार बैंकका ग्राहकलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदानगर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएको हो । सेवाबाट ग्राहकहरु थप लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ती गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको जनाइएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकलाई थप मजबुद बनाउँदै सेवालाई थप्दै लाने बताए । उनको अनुसार बैंकबाट निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका पछिल्लो समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिएको छ । बैंकले नयाँ वर्षको शुभराम्भ सँगै एटीएम सुचारु गर्नेछ । जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ । ५० करोड ९६ लाख रुपैयाँ शेयर पूँजी रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी हालसम्म २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको जनाएको छ ।

एप्पल वर्ल्डमा पुरानोको सट्टा नयाँ मोबाइल पाइने अफर

काठमाडौं । एप्पल वर्ल्ड मोबाइल प्रालीले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर सञ्चालनमा ल्याएको छ । बैशाख १ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ । उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको अफर राखिएको एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । एकै छानामुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वर्ल्डले डेढ दर्जन मोबाइलको टच एण्ड फिलसहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्न सकिने कम्पनीको भनाइ छ । एप्पल वर्ल्डमा बिश्व बजारमा पाइने ब्राण्डेड तीन सय ५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन रहेका छन् । कम्पनीका अनुसार सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।