विकासन्युज

रित्तिँदै राष्ट्र बैंक, एकै दिन ६७ कर्मचारी बाहिरिए, यो वर्षमात्रै १५१ ले अवकास पाउदै

काठमाडौं । राज्यको ढुकुटी सम्हाल्ने तथा बैंक तथा वित्तीय संस्था नियमन गर्ने नेपाल राष्ट्र बैंकबाट कर्मचारी रित्तिदैँ गएका छन् ।कर्मचारी नभएर केन्द्रिय बैंक रिक्तिनै लागेको प्रमाण हो एकै दिन ६७ जना कर्मचारीले अनिवार्य अवकास पाउनु हाे । अवकास पाउनु १ महिनाअघि बैशाख ४ गते मंगलबारदेखि नै ६७ जना कर्मचारी विदा वसेका छन् । उनीहरुले आउदो जेठ ४ गतैदेखि अनिवार्य अवकास पाउदैछन् । कार्यकारी निर्देशकदेखि सहायक निर्देशकले अवकास पाएका हुन् । ३० बर्षे सेवा अवधी वा उमेर हद ५८ बर्षका आधारमा यी कर्मचारीहरुले अनिवार्य अवकास पाएका हुन् । यसरी अवकास पाउनेमध्ये अधिकांश भने ३० बर्षे सेवा अवधीका कारण बाहिरिन बाध्य भएका हुन् । कर्मचारी व्यस्थापनमा लोकसेवा आयोग र सरकार दुबैले असहयोग गर्दा समस्या बढेको देखिन्छ । लोक सेवा आयोगले अहिले नयाँ व्यवस्था कार्यन्वयन गर्न नमिल्ने भनेपछि राष्ट्र बैंकबाट ठुलो संख्यामा कर्मचारीले अवकास पाउन लागेका हुन् । प्रत्येक शाखाबाट विभिन्न समयमा गरी एउटा शाखाबाट औसत ५ जना कर्मचारीले अवकास पाउने भएका छन् । यसअघि राष्ट्र बैंक व्यवस्थापनले ३० वर्षे प्रावधानलाई हटाएर ५८ वर्षे अवकास योजनमा लोक सेवाले अस्वीकार गरेपछि त्यत्तिकै टरेको छ । “पहिला नै कर्मचारीको अभाव थियो र प्रभावकारी रुपमा काम गर्न सकिएको थिएन, अहिले धेरैले अवकास पाउने भएपछि हाहाकार नै भएको छ” राष्ट्र बैंकका एक अधिकारीले भने “ अब जनसरोकारका अत्यावश्यक काम बाहेक अन्य काम गर्न नसकिने अवस्थामा पुगिएको छ ।” ती अधिकारीका अनुसार बैंक सुपरीवेक्षण, नियमन र विदेशी विनिमयको अनुगमन र सुरपरीवेक्षण जस्ता काम नहुने अवस्था आएको छ । कर्मचारीको अभावमा विदेशी विनिमय विभागले २ वर्षदेखि बैंकले गर्ने विदेशी मुद्रा कारोबारको अनुगमन गर्न सकेको छैन् । केन्द्रीय बैंकमा हाल १ हजार ७१ जना कर्मचारी कार्यरत छन् । राष्ट्र बैंकमा सेवा अवधी ३० बर्ष वा उमेर ५८ बर्ष मध्ये जुन पहिले हुन्छ सोही आधारमा अवकास हुने व्यवस्था छ । एक वर्षमा १५५ जनाले अवकास पाउने केन्द्रीय बैंकले जनाएको छ । रित्तपदपूर्ति गर्न बैंकले सहायक ९६, अधिकृत ४५ र १० जना कम्प्युटर अपरेटर मागेको छ । १५१ जनाको विज्ञापन गर्दा ५६ हजारको आवेदन परेको छ । कर्मचारीको लिखित परीक्षा र अन्तरवार्ता लोकसेवा आयोगले गर्नेछ ।

दरबार मार्गमा खुल्यो किंङस् लाउञ्ज, स्वादिष्ट परिकार र संगीतप्रेमीलाई उचित गन्तव्य

काठमाडौं । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ । संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज,थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका सञ्चालक दर्शन भट्टराईले बताए । राजधानीको मुख्य केन्द्र दरबार मार्गमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट संचालनमा ल्याइएको किंङस् लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्टको सुरुवात गरेका हौं ।’ लाउञ्जका सञ्चालक भट्टराईले भने । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार,गोष्ठि, इभेन्ट तथा पार्टीहरु संचालन गरिने बताइएको छ । जसका लागि टेरेस रुम, भिआइपि रुप, लाईभ रुम,फेमेलि रुम लगायतको व्यवस्था गरिएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिक रुपमा फरक फरक कलाकारहरुबाट लाईभ म्युजिकल प्रस्तुती रहने लाउञ्जका अर्का सञ्चालक रामचन्द्र श्रेष्ठले बताए । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन,प्रान्को फ्राईड चिकेन, प्रान्को प्राउन, डेभेलोन होर्स बोक लगायतका फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । दरबारमार्गमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ ।’ लाउञ्जका अर्का सञ्चालक कुमार गुरुङले बताए । अहिले रेष्टुरेन्ट संचालनमा आएपनि औपचारिक उद्घाटन केही समयपछि गरिने बताइएको छ । नेपालको नमूना स्वरुपमा तयार गरिएको किंङस् लाउञ्जमा झण्डै सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

अपडेटः नेप्से परिसूचक ३४ अंकले बढ्यो, बीमा समूहले उचाल्यो बजार

काठमाडौं । मंगलबारको सेयर बजार खुलेदेखि नै निरन्तर बढीरहेको छ । बजार खुलेको करिब साढे २ घण्टामै नेप्से परिसूचक ३४ अंकले उकालो लागेर १३३२ अंकमा पुगेको छ । आजको बजारलाई बीमा समूहले उचालेको छ । दिउँसो १ बजेर २३ मिनेट जाँदा बीमा समूह उच्च अंकले उकालो लागेको छ । सो अवधिसम्म यस समूहको परिसूचक ३३६ अंकले उकालो लागेको छ । त्यस्तै, ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । मंगलबारको बजारमा करेक्सन देखिएको छ । सो अवधिसम्म बजारमा १० भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

२५ किलोमिटर सडकमा २७ सय अवरोध

काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडकको कुल लम्बाई २४.९८ किलोमिटर मात्रै छ । जसमा त्रिपुरेश्वरदेखि नागढुंगाको लम्बाई १२.४८ किलोमिटर छ भने चावहिल जोरपाटी देखि साँखुको लम्बाई १२.५० किलोमिटरको मात्रै छ । यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर हुन आउँछ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा ११ सय ४९ वटा अवरोध रहेका छन् । त्यस्तै, चावहिल-जोरपाटी-साँखु सडकमा १५ सय ८६ वटा अवरोध रहेका छन् । ‘एक किलोमिटर सडकमा एक सय भन्दा बढि अवरोध छन्, घर भत्काउन सकिएको छैन, विद्युतका पोल, टेलिफोनका पोल, रुख, खानेपानी ट्यांकी जस्ता अवरोधहरुको चाङ लागेको छ’, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख केसीले भने । प्रधानमन्त्री कार्यालयले आयोजना गरेको सडक विस्तार सम्बन्धी छलफलमा पनि आयोजना प्रमुख केसीले सडक विस्तारमा राइट अफ वे भित्र पर्ने संरचनाहरु नहेटेको, सर्वाेच्च अदालतले असोज २ गतेको फैसलाको पुर्ण पाठ जारी नगरेको लगायतका समस्या सुनाएका थिए । त्रिपुरेश्वर-कलंकी-नागढुंगा १२.४८ किलोमिटर सडक खण्डमा १ हजार १ सय ४९ वटा अवरोध रहेका छन् । तीमध्ये ५७० वटा घर टहरा, ३१२ वटा विद्युतका पोल, २७ वटा ट्रान्सफरमर, १७२ वटा टेलिफोनका पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, १५ वटा टेलिफोनका म्यान होल र १ वटा पानी ट्यांकी रहेका छन् । त्यस्तै, १२.५० किलोमिटर दुरीको चावहिल-जोरपाटी-साँखु सडकमा १ हजार ५सय ८६ वटा अवरोध रहेका छन् । तीमध्ये ४ सय ८८ वटा घर टहरा, ४ सय ८६ वटा विद्युतका पोल, ३ सय ३० वटा रुख, २०६ वटा टेलिफोनका पोल, २६ वटा ट्रान्सफरमर, १९ वटा टेलिफोन क्याबिनेट र १ वटा पानी ट्यांकी रहेका छन् । अवरोध नभएका ठाउँमा धमाधम कालोपत्रे आयोजनाका प्रवक्ता विश्वविजय लाल श्रेष्ठले त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकमा पाँच किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम अघि बढेको बताए । त्यस्तै, चावहिल जोरपाटी साँखु सडकमा करिब ३ किलोमिटर सडक खण्डमा कालोपत्रे गर्ने तयारी अघि बढेको पनि बताए । यी दुबै खण्डमा अवरोध नभएका ठाउँमा कालोपत्रे गर्ने सरकारी निर्देशन अनुसार काम अघि बढाएको र चालु आव भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको पनि श्रेष्ठले बताए ।

सिटिजन्स बैंकद्धारा विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौँ बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो । एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक लाख रुपैयाँको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भण्डारीले समाजमा राम्रा र नराम्रादुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरेका छन् । भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने बताएका छन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले बताए ।

राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न उर्जामन्त्री पुनकाे निर्देशन

काठमाडौं । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । २०७४, ०७५ को दोस्रो चौमासिक प्रगति समस्या तथा मन्त्रालय स्तरीय विकाश समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्रीपुनले मन्त्रालय अन्तर्गतका राष्ट्रिय आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । नीतिगत तहकाकर्मचारी सहभागीउक्त बैठकमा मन्त्रीपुनले राष्ट्रिय गौरवकाआयोजना समयमै पुरा नभएको गुनासो बढ्दै गएको समयमा अब कुनै पनिबाहानामाविकासकाआयोजना रोकिन नहुने बताए । उनले मन्त्रालयमा भएको समस्या समन्वयात्मक ढङ्गबाट समाधान गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘राष्ट्रिय गौरवकाआयोजना रोकिनु भएन, बजेटको समस्याभए मन्त्रालयबाट समाधान हुन्छ ।’ मन्त्रीपुनले आयोजना समयमै सम्पन्न गर्दा आउने समस्या आफुलाई सिधै बताउन आग्रह गर्दै अन्य बाहानामा आयोजना ढिला सुस्ती नगर्न निर्देशन दिए । ‘काममा समस्या पर्दा सिधै मलाई भन्दा हुन्छ, समस्याको हल मन्त्रालयबाट हुन्छ । उनले भने, ‘अन्य बाहानामा काम रोकिनु हुँदैन ।’ मन्त्रीपुनले अबको समय मुलुकको विकाश र समृद्धि भएकाले यसमा सबैले आफ्नो भूमिकानिर्वाह गर्नुपर्ने बताए । माओवादी नेता समेत रहेका मन्त्रीपुनलेमुलुकले स्थिर सरकार पाएकाले पहिला जस्तो अनेक समस्याले विकाशकाआयोजना पन्छाउने जस्ता कार्य अब नहुने बताए । मन्त्रीपुनले नीति र नेतृत्वको निरन्तरताले अब काम हुने बताउँदै सबैविच समन्वय हुनुपर्नेमा जोड दिए । समितिको बसेको पहिलो बैठकमा मन्त्रीपुनले यस्ता बैठक नियमित हुनुपर्ने बताउँदै कर्मचारीबीच नीतिगत विषयमा छलफल र समिक्षा आवश्यक भएको उल्लेख गरे ।  

बौद्ध महास्तुपा पुनः निर्माणमा १६ किलो सुन गायब, छानविन गर्न माग

काठमाडौं । ०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महास्तुपाको पुनः निर्माणका क्रममा १६ किलो गायव गरिएको खुलेको छ । बौद्धनाथको पुनःनिर्माणका क्रममा ३१ किलो सुन खपत भएको खर्च देखाएपछि महालेखा परीक्षकको कार्यालयले पुरातत्व विभागको नियम भन्दा १६ किलो बढी सुन प्रयोग भएको देखिएकाले गायव गरिएको विश्लेषण गर्दै सरकारलाई छानविन गर्न निर्देशन दिएको हो । विभागको नियम अनुसार दर विश्लेषण गर्दा प्रति वर्गफिट एक चौथाइ (१/४) तोला सुन १६ हजार ४५८.६४ का दरले ८ करोड २२ लाख ९२ हजार मूल्यको १४ किलो ५८० ग्राम मात्र खपत मात्र हुनुपर्नेमा ३१ किलो खपत देखाएको महालेखाले जनाएको छ । बढी खपत देखिएको १६ किलोग्राम ४२० ग्रामको हुने मूल्य ८करोड ८८ लाख ८ हजार बढी गरिएको भनिएको मनासिब नदेखिएको ठहर गर्दै महालेखाले यसमा छानबिन अघि बढाउन सुझाएको हो । समितिले स्वीकृत गरेको लागत अनुमानमा सुन प्रयोग सम्बन्धमा आधार खुलाएको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कार्य सम्पन्न प्रतिवेदनमा सुन प्रयोगसम्बन्धी कार्य ४ हजार ९९९ वर्ग फिटमा गरी ३३ हजार ५३३ को दरले ३१ किलोग्राम सुन प्रयोग गरेको भनी १६ करोड ७६ लाख ६५ हजार खर्च भएको उल्लेख छ । बौद्ध महास्तुप पुनः निर्माण गर्न १२ करोड ४६ लाख ७ हजारको लागत अनुमान स्वीकृत भएकोमा समितिका दुई सदस्य र एक कर्मचारीमार्फत अमानतबाट काम गराई २१ करोड ९८लाख ४८ हजार अर्थात ७६.४३ प्रतिशत बढीमा काम सम्पन्न गराइएको छ । यस्तै महास्तुपको हर्मिका, त्रयोदश भूवन,छत्रको सेट तथा गजुरको सम्पूर्ण भागमा मोलम्ब लगाउने काम गर्न पहिचान नखुल्ने चीनको एक संस्थाले आफ्नै खर्चमा गर्न अनुरोध गरेकोले २०७३ असोजसम्ममा काम सम्पन्न हुने गरी त्यस संस्थाका प्रतिनिधिसँग २०७२ माघ १० मा सम्झौता गरेको देखिन्छ । सम्झौतापश्चात् विभिन्न व्यक्ति र संस्थाले समितिमा छुट्टै उपलब्ध गराएको ४८ तोला ८९ लालसमेत कुल ३१ किलोग्राम सुन खर्च भएको जनाएको छ । चिनियादातासँग भएको सम्झौतामा कुनै श्रद्धालुले अर्पण गरेको सुन मोलम्ब लगाउन प्रयोग गर्नुपर्ने उल्लेख भएकोले छुट्टै प्राप्त भएको सुनसमेत सोही कार्यमा प्रयोग गरेको समितिको भनाई रहे पनि दाता र श्रद्धालुले दिएको स्पष्ट अभिलेख तयार नगरेकोले खर्च परिमाण यकिन गर्न नसकिएको महालेखाले जनाएको छ । भूकम्पले क्षति पु¥याउनु अघि महास्तुपको हर्मिका, त्रयोदश भूवन, छत्रको सम्पूर्ण सेटमा जडित सुनको मोलम्ब पुनः प्रयोगमा ल्याएको छैन । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ अनुसार बोलपत्रको माध्यमबाट गराउनु पर्ने कार्य नियम विपरीत अमानतबाट गराएको र खर्चको बिल भरपाई र डोर हाजिरी फाराम परीक्षण गर्दा जिल्ला दरअनुसार ज्याला भुक्तानी दिएपछि पुनः खाजा खुवाएको भनी थप खर्च दाबी गरेको, सुरु लागत अनुमानको तुलनामा ७६.४३ प्रतिशत बढी खर्च गरे पनि थपकाम (भेरिएसन) स्वीकृत नभएको तथा सुनको प्रयोगसम्बन्धमा यथार्थ हिसाब नदेखाएकोले पुनर्निर्माणमा भएको खर्च सम्बन्धमा विश्वस्त हुन नसकिएको महालेखाको ठहर छ । आर्थिककार्यविधि नियमावली, २०६४ को नियम २७(१) मा कुनै विदेशीदाताबाट जिन्सी सहयोग प्राप्त गर्दा राष्ट्रिययोजना आयोगको परामर्श लिई अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेमा सो कार्यसमेत नगरेको पाइएको छ । पुरातात्विक महत्वका संरचनाको निर्माण तथा मर्मत कार्य गर्दा पुरातत्व विभागबाट स्वीकृत नम्र्स प्रयोग गर्नुपर्दछ । बौद्ध महास्तुप पुनर्निर्माणको मुख्य आइटमको रुपमा रहेको हर्मिका, त्रयोदश भूवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला प्रयोग गर्न सुनको मूल्य १४ हजार ७२३ का दरले ८ करोड २२ लाख ५३ हजारको लागत अनुमान विभागको नम्र्स प्रयोग नगरी स्वीकृत गरेको पाइएको छ ।

एनआईसी एशियाकाे ९ प्रतिशत ऋणपत्र नेप्सेमा सूचिकृत, बजारमा कारोबार गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले जारी गरेको ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ‘९ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८१/८२’ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् । बैंकको उक्त ऋणपत्र सूचिकृत गर्ने सम्झौतामा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्धारा “LA–” क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।