विकासन्युज

आइएमई जनरल इन्स्योरेन्सको ३४औं शाखा रामेछापको मन्थलीमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेका छन् । उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका सिईओ श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, सम्पूर्ण कर्मचारी साथीहरु लगायत ग्राहकहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिएका छन् । उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिएका छन् ।  

एनएमबि बैंकको सातौं हेरिटेज वाक सम्पन्न

काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबि बैंक हेरिटेज वाक- २०१८” आयोजना गरि सम्पन्न गरेको छ । बैंकले राजधानी लगाएत अन्य क्षेत्रिय कार्यालयहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा उक्त कार्यक्रम मनाएको हो । यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तीनको संरक्षण गर्नु र सोको चेतना जगाउनु रहेको छ । यस कार्यक्रमको उद्घाटन एनएमबि बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका छन् ।

रैराङ हाइड्रोपावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्न पायो अनुमति

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले उसलाई चुक्तापुँजीको १५ प्रतिशत अर्थात ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले ९.९ मेगावाटको इवाखोला आयोजना निर्माण गरिरहेको छ । साउन यता बोर्डले विभिन्न १६ कम्पनीलाई २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ र एफपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

५० अंकले बजार बढ्दा पनि मूल्य घट्ने ११ कम्पनी

काठमाडौं । ५० अंकको उछाल आएको आइतबारको बजारमा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाका सेयर मूल्य घटेको छ । कूल १६७ कम्पनीको कारोबार भएको मध्ये १५६ कम्पनीले कमाएका छन् भने बाँकी ११ कम्पनीका लगानीकर्ताले सामान्य अंक गुमाएका छन् । सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, न्याग्दी ग्रुप पावरका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ३.१२५ प्रतिशत गुमाएका छन् । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टको १.९१, नेपाल हाइड्रो डेभलपर्सको १.८७, छ्याङदी हाइड्रोपावरको १.७९, एनआईबीएल प्रगती फण्डको १.६३, सिर्जना फाइनान्स(वित्तीय संस्था)को १.६३ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, नबिल इक्विटी फण्ड र एभरेष्ट बैंक लिमिटेड कनभर्टिभल प्रिफेरेन्सको सेयर मूल्य क्रमशः १.२८, ०.९२ र ०.४५ प्रतिशतले घटेका छन् ।

सेयर बजारमा ५० अंकको ऐतिहासिक उछाल, बजार बढ्नुका पाँच कारण

काठमाडौं । सेयर बजारमा आइतबार ५० अंकको ऐतिहासिक वृद्धि देखा परेको छ । बिहिबार १३८८ अंकमा रहेको नेप्से परिसूचक आइतबार ५०.१८ प्रतिशतले बढेर १४३८.४९ पुगेको हो । आइतबार नेप्से परिसुचक मात्रै नभएर कारोबार रकम पनि बढेर एक अर्ब २३ करोड पुगेको छ । सेयर बजारका पण्डितहरुले नै सेयर बजारमा आइतबार देखिएको उत्साह ऐतिहासिक रहेको बताउँछन् । सेयर बजारका जानकार ज्योति दाहालले सेयर बजारमा देखा परेको उत्साह साह्रै सकारात्मक भएको बताए । उनले बजारमा एकै दिन ५० अंकको वृद्धि आफुले पहिलो पटक देखेको पनि बताए । ‘हामीलाई यसरी बजार बढेको बिरलै थाहा छ, ५२ अंकले बजार घटेको केहि समय भित्रै ५० अंकले बढ्यो, कारोबार रकम पनि बढेकै छ, लगानीकर्तामा उत्साह देखियो ।’ दाहालले भने । उता, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि बजारमा ऐतिहासक सुधार देखा परेको बताए । उनले सेयर बजारमा ऐतिहासिक उछाल आउनुका पछाडी पाँच वटा कारण रहेको पनि बताए । ब्याजदरमा देखिएको सुधार, वाणिज्य बैंकहरुले विदेशी बैंकबाट चुक्ता पुँजीको २५ प्रतिशत ऋण लिन सकिने व्यवस्था अघि बढ्नु, बजारमा म्युचुअल फण्डहरुको प्रवेश, तरलताको समस्या समाधान उन्मुख हुनु र अनलाइन कारोबार सुरु हुने प्रक्रिया अघि बढ्नु जस्ता कारणले सेयर बजारमा ऐतिहासिक सुधार देखिएको बताए । उच्च अंकले बढेको बजारमा कारोबारमा आएका सबैसूचकहरु दोहोरो अंकले उकालो लागेका छन् । त्यसमध्ये सबैभन्दा बढी बीमा समूह ३५२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स १००, हाइड्रोपावर ८९, होटल ६५, विकास बैंक ६१, उत्पादनमूलक ४०, बैंकिङ् ३९, फाइनान्स २३ र अन्य समूहको १२ अंकले बढेका छन् । आइतबार विभिन्न २१ कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशत बढीले बढेका छन् । अरुण काबेली पावर, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । दिनभरको बजारमा १६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष निरौला नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष निरौला नियुक्त भएका छन् । वैशाख ७ गते बसेको कम्पनी संचालक समितिको बैंठकले निरौलालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिईओ निरौलाले आगामी वैशाख २२ गतेदेखि कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् ।

उपत्यकाको कन्तबिजोगः एक किलोमिटर सडकलाई ६५३ वटा गाडी

काठमाडौं । काठमाडौं उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जम्मा १ हजार ५ सय ९४.६७ किलोमिटर सडक छ । तर यहि सडकमा करिब १० लाख सवारी साधन गुडिरहेका छन् । देशभर कालोपत्रे र कच्ची गरि ६६ हजार ५ सय १९.९१ किलोमिटर सडक सञ्जाल छन् । सो सडकमा गुड्ने सवारी साधनको संख्या २७ लाख ८३ हजार ४ सय २८ वटा छ । कुल सडकको २ प्रतिशत अर्थात १ हजार ५ सय ९४.६७ किलोमिटर सडक मात्रै उपत्यकामा छ । सडकको हिस्सा २ प्रतिशत ओगटे पनि बागमतिमा सवारी साधन भने ३७.४६ प्रतिशत दर्ता भएका छन् । तीमध्ये अधिकांश उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुरमै गुड्छन् । उपत्यकाका लागि करिब ३ हजार किलोमिटर आवश्यक पर्ने ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख तथा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल बताउँछन् । अत्यन्तै थोरै सडक र अधिक सवारी साधन रहेको उपत्यकामा १ हजार ८५ जना ट्राफिक प्रहरी परिचालन हुने गरेकोे छ । जुन कुल ट्राफिकको ४५.९ प्रतिशत हुन आउँछ । हाल देशभर २ हजार ३ सय ६५ जना ट्राफिक प्रहरी कार्यरत छन् । १० लाख ४२ हजार बढि सवारी साधन रहेको उपत्यकामा १ हजार ८५ जना ट्राफिक प्रहरी कार्यरत छन् । जुन कुल जनशक्तिको ४५.९ प्रतिशत हुन आउँछ । अहिले एक जना ट्राफिक प्रहरीले ९६१ वटा भन्दा बढि सवारी साधन हेर्नु परिरहेको छ । उपत्यकामा बर्सेनी करिब १५५ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । मासिक औषतमा १२।१३ जनाले ज्यान गुमाउने गरेका छन् । बर्सेनी घाइते हुनेहरुको संख्या ४ हजार भन्दा बढि पुग्ने गरेको छ । उपत्यका भित्र साना ठुला गरि ५ हजार भन्दा बढि दुर्घटना हुने गरेका छन् ।

छिमेक लघुवित्तको स्वतन्त्र संचालकमा रिता पन्त नियुक्त

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा रिता पन्त नियुक्त भएकी छिन् । गत वैशाख ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गराएको हो ।