नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखाै खर्चने दिन सकिए, अब १०० रुपैयाँमा पाइने
काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ । यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन । अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ । पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो । सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ । न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् । अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।
जनता बैंकद्धारा निःसहाय सहयोग परिषदलाई एक लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । जनता बैंक नेपालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःसहाय सहयोग परिषद, धरानलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम इटहरी क्षेत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गरेका हुन् । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने बैंकले बताएको छ ।
चन्द्रागिरीमा १८ प्रश्न अनुत्तरित, नेप्से १५०० पुगेपछि तल झर्ने (फाेटाे फिचर)
काठमाडौं । पत्रकारको जन्म अर्काको कथा सुन्न, अर्काको कहानी लेखिदिने र अर्काका सुखदुःख बोलिदिन भएको हो, आफ्नो लेख्न होइन । तर संस्मरणको रुपमा म आज आफ्नै कार्यालय विकास मिडिया परिवारको एकदिने भ्रमणको बारेमा लेख्दैछु । ‘यसपाली नयाँ वर्ष रमाइलोसँग मनाऊँ । बैंशाख १ गते विकास मिडिया परिवार चन्द्रागिरी घुम्न जाऊँ’ साथी खेम अधिकारीले चैतको अन्तिम साता प्रस्ताव गरे । ‘सबै जनाबीच छलफल गरौं’ मैले भने । भोलिपल्ट छलफल भयो र २ गते चन्द्रगिरी भ्रमणमा जाने सहमति जुट्यो । चैत १७ गते मोटरसाईकल दुर्घटनामा परेर दाई दीपक पौडेलको निधनले नारायण पौडेल शोकमा थिए । दुर्घटनासँग जोडिएको कार्यमा थप समय दिनुपर्ने भएकोले उनी काठमाडौं फर्कन केही दिन ढिला हुने भयो । नारायणको अनुपस्थितिमा विकास मिडिया परिवार चन्द्रगिरी भ्रमणमा जाने र रमाइलो गर्ने भन्ने कुरै भएन । बैशाख २ गतेको कार्यक्रम ७ गते सर्यो । विकास मिडियामा रमाइलो वातावरण सिर्जना गर्नेमा नारायण, सन्दीप भट्टराई, खेम अधिकारी र आशिषको भूमिका बढी हुन्छ । चन्द्रागिरी भ्रमण जानु पूर्वको तयारी र कार्यक्रमको जिम्मेवारी आशिष र सन्दीपले पाए, सबै साथीसँग समन्वय गर्ने गरी । विकास मिडियाको प्रकाशन देशविकास साप्ताहिक र न्यूजपोर्टल विकासन्यूजमा नियमित क्रियाशिल २२ जना मध्ये १८ जना मात्र चन्द्रागिरी भ्रमणमा निस्कियौं । आफन्तको विवाहसहितको वाध्यात्मक कारण जनाउँदै ४ जना साथीहरु भ्रमण सहभागि हुन सकेनन् । छातीमा ‘देशविकास’ पिठ्यूउँमा ‘विकासन्यूज डट कम’ प्रिन्टेड सेतो टिर्सट लगाएर टिमका सबै साथी ‘सँगै’ हिड्दा हामी मात्र खुशी भएनौं, बाटोमा विकास मिडियाको जुझारु टिम देख्ने मध्ये अधिकांश मुस्कुराए । यतिसम्म कि चन्द्रागिरीको विभिन्न आकर्षक क्षेत्रमा फोटो खिचाउने क्रममा अरु यात्रीहरुको भीडले हामीलाई प्राथमिकता दियो । मान्छे आकर्षित हुने फक्रेको फूलमा हो, ओइलाएको फूलमा होइन । ज्यानले साथ दिएसम्म काम गर्ने कर्मयोगि राजधानीबासीहरुको लागि बेलाबखत घुमघाम र आनन्द लिनको लागि चन्द्रागिरी पहाडको टुप्पो साँच्चिकै रमणीय ठाउँ छ । कम्तिमा धुलो, धुवाँलगायतको वातावरणीय प्रदुषणभन्दा माथि पुगिन्छ । चन्द्रगिरीको पानी मुखमा हाल्दा र एक धड्कन लामो स्वास लिदाँ पनि छुट्टै मज्जा हुन्छ । त्यहि मज्जा लिन विकास मिडिया परिवार चन्द्रगिरी चढेको थियो । राजु पौडेल र धर्मराज अर्यालसँग समन्वय गरी तय गरिएको स्थान फाइन डाइनिङ रेष्टुरेन्ट झोला बिसाएर हामी भालेश्वर मन्दिर दर्शनमा निष्कियौं । जहाँ मान्छेको भीड लाग्छ, त्यो ठाउँ प्रदुशित हुन्छ । मन्दिरको दर्शन गर्न वा केबुलकार चढ्न वा प्राकृतिक वातावरणमा वा चन्द्रागिरी पहाडको टुप्पोमा मानवनिर्मित पूर्वाधारमा मनोरञ्जन लिन दैनिक सरदर २००० मानिस पुग्छन् । तर यो ठाउँमा फोहोर देख्नु पर्दैन । मानिसहरु वातावरण र परिवेश अनुसार कृया, प्रतिकृया जनाउँछन् । हामीले गोलाप्रथामा आधारित रमाइलो खेल खेल्ने क्रममा चौरमा कागजको टुक्रा खसाल्यौं । त्यसले फोहोर देखियो । हामीले ती टुक्रा टिपेर झोलामा हाल्यौं । चन्द्रागिरीको सुन्दरतामा आफूलाई उभ्याउनु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु सबैको रुचिको विषय भैगो । तैपनि पिउन र पिलाउन, नाच्न र नचाउन हामीले धेरै समय बितायौं । स्वास्थ्यले चुनौति गरेपछि पृथराज थेगिमले ‘सोचे जति, चाहेजति’ इन्जोइ गर्न पाएनन् यस विधामा । फर्केपछि समिक्षा बैंठकमा उनले भने । प्रविधिको प्रयोगसँगै सार्वसाधारणमा गाउने कला र गला गुम्दै गएको छ । हाम्रो टिममा पनि त्यो कला र गला भएको साथी रहेनछन् । यशोदा पौडेलले नचाउने गीतहरु पेन ड्राइभमा लगेकी थिइन् । तर त्यहाँको साउण्ड सिस्टमको लागि पेन ड्राइभ काम नलाग्ने पुरानो प्रविधि भईसकेको रहेछ । इन्टरनेटमार्फत यूट्युवमा पहुँच सजिलो रहेछ । वाईफाई मज्जाले चल्दोरहेछ । २०७३ र २०७४ सालमा नेपाली सर्जक र गायकहरुले नचाउने गीत बनाएर यूट्यूवमा राखेकै छन् । त्यहि घन्काइयो र नाचियो । नाच्न त सबै नाचे तर यशोदा पौडेल र खेमराज श्रेष्ठले अछ्छा नाचे । नाच्न आनकानी गर्ने नरबहादुर कार्की र सन्दीप भट्टराईलाई आशिष ढुंगानाले काँधमा राखेर नचाई दिएपछि नाच्न लाज मान्ने सिर्जना थपलिया, रिचा दाहाल, मन्जरी पौडेल, शंकर अर्याल, शंकर तिमल्सिना, इन्द्र नगरकोटीलाई नाच्न रहर पनि लाग्यो, कहर पनि लाग्यो । वातावरण यस्तो बन्यो कि मदिरा सेवन नगर्ने नारायण पौडल मदिराको बोटल बोकेर नाच्न थाले । नपिए पनि मन्जरीले गिलासमा वाइन राखेर फोटो खिचाईन् । पहिलो पटक प्रकाशले वाईन चुस्की लगाए । पिउने पिलाउने मामलामा राजाराम न्यौपानेको पनि नयाँ पोल खुल्यो । फोटोमा दीपाश्री निरौलासँग चुम्बन गरेको फोटो खिचाएर आशिष र प्रकाशले हँसाउने र रिसाउने वातावरण बनाए । चुम्बन अभिनय गर्दा अंकमाल मिलाउन, ओठ मिलाउन, नाक मिलाउन आदेश दिदै परफेक्ट फोटो खिच्ने मन्जरी र यशोदाको वर्णनले कम्ता हसाँएनन् । बसमा फर्कदै गर्दा उक्त फोटो नै मजाकको विषय बन्यो । बसमा पछाडि बस्ने १५ जना पेट मिचिमिचि हस्दा अगाडि सिटमा बस्ने सिर्जना र रिचा रिसाएको पाइयो । शैली र शब्दमा गडबड भएछ । ड्राइभरसँग बस्ने इन्द्रले सुइकै पाएनन् । ‘हास्दा हास्दा मेरो दुबै गाला दुख्यो’ मैले मेरो दुःख सुनाए । ‘हास्दा हास्दा मेरो पनि गाला दुख्यो’ धेरैले भने । हामी विहान १० बजेदेखि रमाइलोमा जुटेका थियौ, साँझ साढे सात बजेसम्म निरन्तर हाँसोको फोहोरा चलिरह्यो । बसबाट ओर्लदा सबै साथीको एउटै भनाई रह्यो–‘यस पटकको भ्रमण अविस्मरणीय नै रह्यो, सोचेभन्दा धेरै रमाईलो भयो ।’ तर हामीले महत्वपूर्ण अवसर गुमायौं । चन्द्रागिरी हिल्सका अध्यक्ष तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई हामीले त्यस कार्यक्रममा अथितिको रुपमा निमन्त्रणा गरेका थियौं । उनले निमन्त्रणालाई स्वीकार गरेका थिए । ढकाललाई सोध्न हामी १८ जनाले १८ वटा प्रश्न तयार गरेका थियौं । जीवन, सम्बन्ध, व्यवसाय, सफलता, राजनीति लगायत बहुविधामा प्रश्न तयार गरेका थियौं । उनी ढिलासम्म पनि अाइपुगेनन् । उनकाे खाेजी यति भयाे कि म्यू टावरमा चढेर दुरविन लगाएर हेरियाे । बाटाेमा अाउँदै गरेकाे पनि देख्न सकिएन । दिउँसो ३ बजेपछि फाेन गर्दा थाहा भयाे कि चितवनबाट काठमाडौं आउने फ्ल्लाइट डिले भएछ । हाम्रा १८ प्रश्न अनुत्तरित रहे । हामी रमाइलोमा झुमिरहदा चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिशेक बिक्रम शाह थोरै समय सहभागी भए । पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष र उदाउँदा ठूला लगानीकर्ता पनि हुन् । यसै साता नेप्से ११० अंकले बढ्यो । विकासन्युजका सम्पादक बाबुराम खड्काले प्रश्न गरिहाले–‘सेयर बजार यू टर्न भएको हो ?’ ‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’ हेक्का राखौं, भविष्यवाणीका आधारमा सेयर बजारमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन्छ । विकास मिडियाको यस भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।
केरुङ-काठमाडौ रेलमार्ग चीनलाई, भारतले काठमाडौं-रक्सौल नपाउने
काठमाडौं । चीनले केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाईसकेको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न भारतले भने पाउने छैन् । किनकी काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङलाई जिम्मेवारी दिईसकिएको छ । ‘केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन चीनले गर्छ तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन भने हामी आफैंले गर्ने हो, त्यसका लागि ठेक्का लागिसकेको छ’,रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उनले नेपाल र चीनबीच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन चीनले नै गर्न लागेको बताए । त्यस्तै, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएको द्धिदेशिय सहमति अनुसार काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको काम अघि बढ्ने भएपनि सम्भाव्यता अध्ययन भने नेपाल आफैंले गर्न लागेको पनि उनले जानकारी दिए । उनले काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग स्ट्याण्डर्ड गेजमा निर्माण हुने र त्यसमा नेपाली प्राबिधिकहरुको प्रत्यक्ष सहभागीता समेत रहने पनि बताए । नेपालले सम्भाव्यता अध्ययन सम्पन्न गरेर डिपीआर समेत आफैं बनाउन सक्ने पनि उनले बताए । नेपालले गरेका अध्ययनहरुका आधारमा निर्माणको मोडल र लगानीबारे भारतसँग थप छलफलगरेर निर्माण प्रक्रिया आरम्भ हुनेछ । तर केरुङ–काठमाडौं रेलमार्ग भने शतप्रतिशत अनुदानमा बनाइदिन नेपालले चीन सरकारलाई आग्रह गरिसकेको छ । भर्खरै चीन भ्रमण गरेर फर्किएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग अनुदानमा बनाईदिन आग्रह गरेका हुन् । करिब डेढ महिना अघि देखि नै चीनले सो रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । करिब ७५ किलोमिटर लामो हुने केरुङ–काठमाडौं रेलमार्गको प्रति किलोमिटर लागत ४ अर्ब ५० करोड हुनेछ । जसको अनुमानित कुल लागत ३ खर्ब ३७ अर्ब ५० करोड भन्दा बढि हुनेछ । काठमाडौं–रक्सौल विद्युतिय रेलमार्गको लम्बाई करिब १०० किलोमिटरको हुनेछ । जसको अनुमानित लागत ३ खर्ब आसपास हुन सक्नेछ । कोरियाको सुसुङ कम्पनीले आगामी ६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ भने त्यसपछि नेपालले डिपीआर निर्माणको प्रक्रिया अघि बढाउनेछ । भारतले नेपालका अधिकांश ठुला परियोजना बनाईदिने भन्दै ओगटेर राख्दै आएको छ । तर काठमाडौं–रक्सौल विद्युतिय रेलमार्ग भने नेपालले आफ्नै निगरानी र सहभागीतामा अघि बढाउन सक्ने अवस्थामा रहेको पनि उपाध्यायले दावी गरे । ‘पञ्चेश्वर, महाकाली सन्धी, हुलाकी राजमार्ग, माथिल्लो कर्णाली जसरी यो आयोजना भारतले ओटेरे मात्रै बस्ने अवस्था छैन्, नेपाल सरकारको प्रत्यक्ष संलग्नतामा अघि बढ्छ’, उपाध्यायले भने ।
५२ मेगावाटको लिखु ४ आयोजना बनाउन ठेक्का सम्झौता, २०७७ असाेजदेखि बिजुली बल्ने
काठमाडौं । निजी क्षेत्रले प्रवद्र्धन गरेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना निर्माणको ठेक्का नेपाली र भारतीय कम्पनीले पाएका छन् । प्रवद्र्धक ग्रिनभेन्चर्स प्राइभेट लिमिटेडले आयोजनाको विद्युतगृह र १ किलोमिटर लामो सुरुङको काम गर्न नेपालको साउथ एसियन इन्फास्टक्चर प्राइभेट लिमिटेड र भारतको एसएसएनआर प्रोजेक्टस प्राइभेट लिमिटेडले मुहान र साढे ३ किलोमिटर लामो सुरुङ खन्ने ठेक्का पाएका छन् । दुबै ठेकेदार कार्यस्थलमा परिचालन भइसकेको आयोजना प्रमुख बद्री रिजालले बताए । उनले इलेक्ट्रोमेकानिककाको ठेकेदार चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । इटालीको सीएमसी डीरेभनाको वित्तीय अवस्था राम्रो नभएपछि ग्रिनभेन्चर्सले उसंगको ठेक्का सम्झौता तोडेर २ कम्पनी नियुक्त गरेको हो । साउथ एसियनले २२ मेगावाटको वाग्मति आयोजना निर्माण गरिरहेको उनले बताए । नेपालको बिशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी रहेको आयोजनाबाट आयोजनाको काम आगामी वि.स. २०७७ को असोजमा सम्पन्न हुने छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ छ । विशाल र त्रिवेणीले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ । आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।
९ महिनामा ज्योति विकास बैंकको नाफा २२ करोड २४ लाख
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ज्योति विकास बैंकको खुदनाफा बढेको छ । गत चैतसम्म बैंकले २२ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १९ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रुपमा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा १.२७, निक्षेप लागत ९, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७६.३०, आधार ब्याजदर १२.६५ र कर्जा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेडदर) ५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको संचित कोष बढेर ४२ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
सनराइज बैंकको नाफा ९ करोड बढेर ९४ कराेड पुग्याे
काठमाडौं । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५७ अर्ब कर्जा लगानी गरेको छ । ८ अर्ब १५ करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकले पछिल्लो तीन महिनामा २ अर्ब क्षिेप वृद्धि गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड छ भने ब्याज खर्च ३ अर्ब ४६ करोेड रहेको छ । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकले ४१ करोड प्रोभिजन गरेको छ भने राइट ब्याकबाट ४१ करोड रुपैंयाँ नै प्राप्त गरेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ ।
गण्डकी विकास बैंकको नाफा ३४ करोड, खराब कर्जा घट्यो
काठमाडौं । गण्डकी विकास बैंकले ३ महिनामा खुदनाफा १४ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म नाफा बढाएर ३४ करोड रुपैयाँ पुर्याएको छ । गत पुसमा बैंकले २० करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको ९ महिनामा बैंकले २७ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा कर्जा लगानी, निक्षेप परिचालन र नाफामा विस्तार भएको जानकारी दिएको छ । बैंकको निष्क्रिय कर्जा ०.८४, निक्षेप लागत ९, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७६.३८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.३० र आधार ब्याजदर १२.३७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.६९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ७० करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत चैतसम्म बैंकको निक्षेप परिचालन बढेर २० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी बढेर १८ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।