तीन कम्पनीको ३५ लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?
काठमाडौं । बुधबार विभिन्न तीन कम्पनीको ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचिकृत भएको छ । सो दिन कन्काई विकास बैंक, काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस र हकप्रद गरी सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएका छन् । कन्काईको बोनसपछि र काबेली विकास बैंक र इन्भेष्टमेन्ट फाइनान्सको हकप्रद पछिकाे सेयर थपिएका छन् । सो मध्ये कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, काबेली विकास बैंकको ३ लाख ५० हजार ८८० र इन्भेष्टमेन्ट फाइनान्सको २६ लाख ६७ हजार २२५ कित्ता हकप्रद नेप्सेमा थपिएको छ ।
राष्ट्रपतिको जोड कृषिमा आधारित उद्योग
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रको मुख्य एजेण्डा विकास भएको बताएका छन् । यसप्रति सबैको एक मत भएको हालको अबस्थामा सरकारको विकास, नीति र निर्माण योजना मार्फत थप सहयोग मिल्ने उनको भनाइ छ । उनले अर्थतन्त्रको विकासको लागि जमिनमा टेकेर कृषिमा आधारित उद्योगको स्थापनामा जोड दिएका छन् । उनले उद्योग परिसंघका पदाधिकारीहरुसँग बुधरबार भएको भेटवार्तामा उद्यमी—व्यवसायीले सरकारलाई राजस्व बुझाएको र रोजगारी उपलब्ध गराएको भन्दै उच्च मनोवलका साथ उद्यम विकास गरि मुलुकको समग्र अर्थतन्त्रमा टेवा दिन सुझाएका थिइन् । सो भेटमा मुलुकको समृद्धिलाई केन्द्रमा राखेर परिसंघले तयार पारेको मार्गचित्र समेत राष्ट्रपतिले अध्ययन गरेको बताइएको छ । सो अवसरमा परिसंघ—प्रवुद्ध परिषदका संयोजक प्राडा शम्भुराम सिंखडाले राज्यले अंगीकार गरेको समृद्ध नेपाल सुखी नेपालीलाई व्यवहारीक बनाउन कृषि क्षेत्रको आमूल रुपान्तरण र सुशासनको आवश्यकतामा जोड दिएका थिए ।
अब दराजको स्वामित्व अलिबाबालाई, एकैपटक ५ मुलुककाे ४६ करोड जनसंख्यामा बजार विस्तार
काठमाडौं । पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रप अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको र अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरिएको छ । दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश सञ्चलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनासङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाई विस्तार गर्न प्रयोग गर्ने भएको छ । दराज सन् २०१२ मा संस्थापना भइ–कर्मश प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । दराज हाल पाकिस्तान, बंलादेश, श्रीलङ्का, म्यानमार र नेपालमा सञ्चालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड ‘दराज’ सहित सञ्चालन हुनेछ । दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनले भनेका छन्, ‘यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी जहाँ पनि व्यापार गर्न सहज यस अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित भएका छौँ,’ उनले थपेका छन् ‘हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा शुरु ग¥या,ैँ यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाँकी नै छ ।’ दराजका सह–प्रमुख कार्यकारी अधिकृत डा.जोनाथन डोअरले भनेका छन् ‘हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पु¥याउन र ग्राहकलाई सरलताका साथ गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ । यसलाई उच्चस्तरको प्रविधि, बलियो सञ्चालन सञ्जाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्ने आश गरेका छौं ।’ दराज ग्रुपकाले आवश्यकता अनुसारको प्रवद्धन, डाटा र सर्भिस सलुसनले दक्षिण एसियाको अग्रणी इ–कर्मश प्लाटफर्मसँग हाल ३०,००० विक्रता, ५०० ब्रान्ड र ५० लाख ग्राहक रहेका छन् । २० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिक्सदेखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएको छ । अहिले अलिबाबा गु्रप होल्डिङ लिमिटेडले दराजको पुर्ण स्वामित्व ग्रहण गरेको छ ।
सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव: ‘नाफा घाटा ब्यहोर्नुस्, सरकारलाई धारे हात नलगाउनुस्’
काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै भने ‘लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’ उनीले पुँजी बजारको विकासमा सरकारले कुनै कन्जुस्याँई नगर्ने बताउँदै पुँजी बजारको विकासमा आफुलाई नसिकाउन समेत चेतावनी दिए । बजारका विद्धानहरु पुँजीबजारको ‘क’ ‘ख’ सिक्दै गर्दा आफु पुँजिबजारको किताब लेख्ने भैसकेको बताउदै यस विषयमा कुनै कुरा सिकाउनु नपर्ने उनले बताए । मन्त्रीले अहिले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए । जलविद्युतमा सबै नेपालीको लागानी हास् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।
मालपोतमा भ्रष्ट्राचार गर्ने खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार विरुद्ध अदालतमा मद्दा दायर
काठमाडौं । मालपोत कार्यालय, सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी रओमबहादुर सुनार विरुद्ध अदालतमा मुद्धा दायर भएको छ । २ लाख घुस लिएको रंगेहात भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मद्दा दायर भएको हो । उनीहरुले कार्यलयमा कानून अनुसार हुने कामलाई समेत पैसा लाग्छ भनी २ लाख घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम बिगो २लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा ९१० को देहाय ९घ० बमोजिम मद्दा चल्नेछ । कानूनन अनुसार उनीहरुलाई बिगो दाबी सहित एक वर्ष ६ महिना सम्म कैद हुने व्यवस्था रहेको छ ।
भारत जाने नेपालीलाई भिसा अनिवार्य !
काठमाडौं । तेश्रो मुलुकबाट भारतीय विमानस्थलहरुमा अवतरण गर्ने नेपालीहरुलाई भारतले भिसा अनिवार्य गरेको छ । भारतीय गृहमन्त्रालयको पछिल्लो निर्णय भन्दै भारतीय अध्यागमन विभागले तेश्रो मुलुकहरुबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेको हो । अब चीन, मकाउ, हङकङ, माल्दिभ्स र पाकिस्तनबाट भारतका बिभिन्न विमानस्थलहरुमा ओर्लने नेपालीहरुले भारतीय भिसा बोक्नुपर्नेछ । नेपाल र भारतबिच एक अर्को मुलुकका नागरिकले आफ्नो पासपोर्ट बोकेको अवस्थामा तेश्रो मुलुकबाट आउन/जान पाउने व्यवस्था गरेका थिए । भारतीय अध्यागमन विभागले सन २०१८ अप्रिल १७ तारिखका दिन भारत आउने सबै विमान कम्पनीहरुलाई भारतीय भिसा नभएका नेपाली र भुटानीहरुलाई नबोक्न पत्राचार गरेको हो । अध्यागमन विभागका कानुन अधिकृत रामचन्द्र काफ्लेले तेश्रो मुलुकबाट भारत ओर्लने नेपालीहरुलाई भारतीय भिसा अनिवार्य गरिएको स्विकार गरे । ‘तेश्रो मुलुकबाट भारत ओर्लने नेपाली नागरिकहरुलाई भिसा अनिवार्य गरिएको अनौपचारिक खबर आएको छ, हामी पुष्टि गर्ने प्रयासमा छौं’, अध्यागमन विभागका कानुन अधिकृत काफ्लेले विकासन्युजसँग भने । भारतीय अध्यागमन विभागले ईण्डियन एयरलाइन्सलाई पत्र लेखेर नेपाली र भुटानी नागरिकहरुलाई भारतीय भिसा बिना नबोक्न निर्देशन दिएको पत्र प्राप्त भएको छ । अध्यागमनले भारतमा अन्तराष्ट्रिय उडान भर्ने सबै विमान कम्पनीहरुलाई भिसा बिना भारत आउन खोज्ने नेपाली र भुटानीहरुलाई नबोक्न भनिसकेको छ । नेपालको अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले पनि तेश्रो मुलुकबाट भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरिएको खबर आएको तर पुष्टि गर्ने प्रयास भैरहेको बताए ।
नेपाल फाइनान्स समस्याग्रस्तबाट मुक्त हुदै, संस्थापक सेयरधनीले अग्रिम रकम जम्मा गर्नुपर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) समस्याग्रस्त अवस्थाबाट मुक्त हुने भएको छ । समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्न फाइनान्सका संस्थापक सेयरधनीले १२५ प्रतिशत बराबरको हकप्रद सेयरवापतको रकम अग्रिम जम्मा (कल इन एडभान्स) गर्नुपर्ने भएको छ । फाइनान्सले आउदो ७ दिनभित्र सो रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैैंकले आवश्यक पुँजी पर्याप्तता अनुपात पुरा गरेर फुकुवाका लागि निवेदन पेश गर्न निर्देशन दिएपछि फाइनान्सले संस्थापकबाट हकप्रद सेयरवापत अग्रिम पुँजी जम्मा गर्न लागेको हो । राष्ट्र बैंकले पुँजी पर्याप्तता पुरयाएर निवेदन दिन भनेपछि तत्कालका लागि अग्रिम रुपमा हकप्रद सेयर वापतको रकम मागेको फाइनान्सले जानकारी दिएको छ । फाइनान्सको गत फागुनमा २९ गते बसेको विशेष साधारणसभाले पुँजीवृद्धि गरी १२५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो । मंगलबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले समस्याग्रस्त मुक्त हुन सेयरधनीबाट हकप्रदबाट थप रकम माग गर्ने निर्णय गरेपछि १ साताभित्र रकम जम्मा गर्न भनिएको हो । हकप्रद सेयर जारी गर्न समय लाग्ने भएपछि फाइनान्सले तत्काल समस्याग्रस्तबाट पुृmकुवा हुन र पछि हकप्रदको हिसावमा समायोजन हुने गरी अग्रिम रकम जम्मा गर्न मागेको जानकारी दिएको छ । संस्थागत सुशासन कमजोर भई संकट आएपछि राष्ट्र बैंकले २०७१ मंसिर १७ गतेदेखि फाइनान्सलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालनलगायत अन्य वित्तीय कारोबार गर्न प्रतिवन्ध लगाएको थियो । राष्ट्र बैंकले त्यसबेला फाइनान्सलाई ६ महिनामा सुध्रिने मौका दिदा पनि संस्था सुधारमा नआएपछि समस्याग्रस्त घोषणा गरेको हो । सो प्रतिवन्ध हालसम्म कायम छ । त्यसबेला फाइनान्सको खराब कर्जा ५४ प्रतिशत पुगेको थियो । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वित्तीय संस्थालाई राम्रो मानिन्दैन । कम खराब कर्जा भएको संस्थालाई मात्रै राम्रो मानिन्छ । केन्द्रीय बैंकले फाइनान्सलाई ६ महिनाभित्र खराब कर्जा ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । फाइनान्सको चुक्तापूँजी १३ करोड ५८ लाख रुपैयाँ छ । फाइनान्सले निक्षेप संकलन गर्न कर्जा प्रवाह गर्न प्रतिवन्ध लाग्दै आएको छ । निक्षेपकर्तालाई दुई लाख रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था छ । स्थिर सम्पति खरीद तथा बिक्री, शाखा विस्तार र नयाँ कर्मचारी भर्ना गर्न पनि रोक लगाइएको छ । फाइनान्सका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रविन्द्रमान प्रधान र उनको परिवारसंग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा कम्पनीको ३६ प्रतिशतभन्दा बढी स्वामित्व छ । प्रधान लामो समयसम्म फाइनान्सको सीईओ भएका थिए । एउटै ग्राहक, र्फम तथा कम्पनीलाई राष्ट्र बैंकको निर्देशन विपरित प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा वढी लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
बीमा समितिको प्रस्तावः सबै खाले बीमा सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी चाहियो
चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । बीमा समितिले सबै खाले बीमाहरु सेवा प्रदायकहरुको नियमन गर्ने जिम्मेवारी पाउनुपर्ने बताएको छ । हालसम्म समितिले जीवन, निर्जिवन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनीको मात्रै नियमन गर्दै आएको छ । यतिबेला समितिको नियमन दायरा भन्दा बाहिरैबाट सरकारले स्वास्थ्य बीमा, सहकारी कम्पनीहरु, कर्जा तथा निक्षेप सुरक्षण निगम, लघु वित्त कम्पनी, सहकारी र कर्मचारी सञ्चय कोषले बीमा सेवा सञ्चालन गरिरहेका छन् । समितिले नयाँ बजेटमा सुझाव दिँदै सबै खाले बीमा सेवा प्रदायकहरुको नियमन गर्ने अख्तियारी मागेको हो । ‘सहकारीले आफ्नो बीमा गर्ने, माइक्रोफाइनान्सहरुले आफ्नो बीमा गर्ने, कर्र्जा तथा निक्षेप सुरक्षण निगमले पनि आफ्नो बीमा आफैं गर्ने, स्वास्थ्य बीमा नेपाल सरकारले चलाउने ? त्यसकारण बजेटमा यी सबै चिजहरुलाई एकत्रित गरेर एउटै छानाभित्रबाट सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ ।’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपालले भने । उनले सहकारी, लघुवित्त, कर्जा तथा निक्षेप सुरक्षण निगम, कर्मचारी सञ्चय कोष लगायतले बीमा सेवा उपलब्ध गराईरहेकोमा घुमाउरो शैलीले असन्तुष्ठि पनि पोखे । सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको बजेट सम्बन्धी छलफल कार्यक्रममा समितिका अध्यक्ष चापागाईँले बिभिन्न निकायले आ आफ्नै बीमा सञ्चालन गर्नु उपयुक्त नहुने धारणा राखेका हुन् । उनले सबै खाले बीमा सेवा प्रदायकहरुलाई एउटै छाताभित्र राखेर नियमन गर्नुपर्नेमा जोड दिए । यस अघि पनि बीमा समितिले बीमा कम्पनीबाट मात्रै बीमा सेवा प्रदान गर्नुपर्ने अडान राख्दै आएको थियो । समितिले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि वेदर इन्डेक्स बीमा सुरु गरेको पनि उनले जानकारी गराएका थिए । आवश्यक मात्रा भन्दा कम वा बढि पानी पर्ने वा असिनाले बालीनालीमा उत्पादन नभएमा क्षतिपुर्ति दिने गरि वेदर इन्डेक्स इन्स्योरेन्स सुरु गरेको उनले जानकारी दिए । ‘जोमसोममा ४० मिलिलिटर भन्दा कम पानी परेर स्याउ नफलेमा इन्स्योरेन्सले क्षतिपुर्ति दिने गरि बीमा कार्यक्रम सुरु गरेका छौं, अब यसलाई विस्तार गर्दै जान्छौं’, अध्यक्ष चापागाईँले भने ।