तराईका बाढी पीडितलाई कतार च्यारिटीले दियाे १ करोडको राहत सामग्री
काठमाडौं । तराईका बाढी पिडित सयौं परिवारलाई जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरिएको छ । अरब मुलुकको गैह्र सरकारी संस्था कतार च्यारिटीको सहयोगमा ग्रामीण विकास केन्द्र नेपाल (आरडिसी) ले उक्त सामग्री वितरण गरेको बताइएको छ । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीको सहयोगमा आरडिसीले रौतहट, सर्लाही लगायतका बाढी पीडित परिवारलाई करिब करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको जनाएको छ । आरडिसीले रौतहट तथा सर्लाहीका बाढी पीडित परिवारहरुलाई अस्थायीबासबाट स्थायीतर्फ उन्मुख गर्ने उदेश्यले ६३८ परिवारलाई एक किलो छाप्रा वाल किलाका साथमा जस्तापाता वितरण गरेको छ जानकारी गराएको छ । त्यस्तै बिद्यालय भर्नामा सहयोग तथा बिद्यार्थीहरुलाई बिद्यालयमा नियमित उपस्थित गराउनका लागि २ हजार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको कतार च्यारेटीको भनाइ छ । गत साउन अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटको ८० प्रतिशत भुभाग जलमग्न बनाउदा हजारौ परिवारहरु विस्थापित भएका थिए । कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको बताइएको छ ।
ओपो ए८३ नेपाली बजारमा सार्वजनिक, मूल्य २७ हजार ४९० रुपैयाँ
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नयाँ एन्ट्रि-लेभल क्यामेरा फोन ओपो ए८३ २०१८ सार्वजनिक गरेको छ । उक्त ओपो ए८३ कम्पनीले ४ जीबी र्याम र ६४ जीबी रोम रहेको छ । साथै, यूवापुस्ता लक्षित गर्दै फोन गोल्डका साथै आकर्षक नीलो रंगमा पनि उपलब्ध गरिएको छ । फुल स्क्रिन डिस्प्ले र एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको ओपो ए८३ २०१८ले प्रयोगकर्तालाई थप वास्तविक र प्राकृतिक सेल्फी अनुभव प्रदान गर्छ । ३१८० एमएएच ब्याट्री जडान गरिएको ए८३को मूल्य २७ हजार ४९० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । सार्वजनिक गरिएको नयाँ फोन नेपालभर रहेका कम्पनीका बिक्री केन्द्र मार्फत उपलब्ध गरिएको छ । फ्ल्यागशिप फुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक ए८३ फोनमा जडित ४ जीबी र्यामले तीब्र कार्य क्षमता प्रदर्शित गर्छ साथै सुपर लार्ज सञ्चालन मेमोरीले विशेषगरी यूवा वर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउने कम्पनीले जनाएको छ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ । एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल शेयरिङका लागि उपलब्ध गरिएको ओ-शेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सघाउँछ । (फरक परिवेशमा ओपो टेष्ट डाटामा परिवर्तन आउन सक्छ) फ्ल्यागशिप फुल स्क्रिन, स्पिडी फेसियल अनलक र फेशनेबल लुक ए८३को आकार जम्मा ५.७ ईञ्च छ । पछिल्लो मोडलका तुलनामा यसलाई एक प्रमुख सुधारका रुपमा लिन सकिन्छ । अधिकांश कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलमा मात्र उपलब्ध गराउँदै आएको फुल स्क्रिनको मज्जा यसको साथमा एण्ट्रि लेभल फोनमै पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथ दिन यसमा १४४० ह् ७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ । सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधा पनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन अनलक गर्नु पर्दा यसले विशेष सहजता प्रदान गर्छ । डिजाइन ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) मा आधारित भइ गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । एआई ब्यूटी रिकग्निसन प्रविधि ओपोका एफ सिरिज तथा ए सिरिज उत्पादनमा समाहित गरिएको एकिकृत ब्यूटी फञ्सन विशेष गरी यूवा तथा ट्रेण्डि पुस्ता माझ विशेष लोकप्रिय बन्न सफल भएको छ । ८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ । एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ । यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।
बीमा समितिको ५० औं स्वर्ण महोत्सवमा ६१ जनाले गरे रक्तदान
काठमाडौं । बीमा समितिको ५० औं स्वर्ण महोत्सवका अवसरमा आयोजीत रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । बीमा समिति कर्मचारी युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा बीमा समिती तथा बीमक कम्पनीका ६१ जना कर्मचारीले रक्तदान गरेको युनियनका अध्यक्ष पदम सोडारीले जानकारी दिए । समितिले जेठ १ गते ५० औं स्वर्ण महोत्सव मनाउँदैछ । सोही अवसरको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजीत रक्तदान कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, कार्यकारी निर्देशक श्रीमान कार्की, निर्देशक राजुरमण पौडेल लगायतको पनि सहभागीता रहेको थियो ।
मोदीले स्वीकारे–वुद्ध नेपालमै जन्मिएका थिए
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम वुद्ध नेपालमै जन्मिएको स्वीकार गरेका छन् । जनकपुरमा आयोजीत नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लुम्बिनी रहेको र लुम्बिनीमा भगवान गौतम वुद्ध जन्मिएको स्विकार गरेका हुन् । उनले भनेका छन्–‘यो त्यो पवित्र भूमि हो , जहाँ लुम्बिनी छ, त्यो लुम्बिनी जहाँ भगवान वुद्धको जन्म भएको थियो ।’ मोदीले नेपाल आध्यात्म र दर्शनको केन्द्र भएको बताउँदै वुद्धिष्ट सर्किट र जैन सर्किटमा नेपाललाई पनि जोड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मोदीले नेपाल आउँदा वुद्ध नेपालमा जन्मिएको भन्ने गरेका छन भने भारत वा अन्य मुलुक जाँदा भारतलाई वुद्ध भूमिमा भनेर भ्रमको खेति गर्दै आएका छन् ।
आइतबार उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । सरकारले पर्सी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । बैशाख ३० गते रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले गृह मन्त्रालयले सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले शुक्रबार(आज) सूचना जारी गर्दै उक्त दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।
नेपाल बङ्गलादेश बैंकको एकैदिन ४ शाखाहरु सञ्चालनमा, शाखा संख्या ६२ पुग्याे
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा सर्लाही र रौतहटमा थप चार शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको ब्रम्हापूरी, कौडेना, विष्णु(सिमरा) र रौतहटको चन्द्रनिगाहपुर, मा आफ्नो ५९, ६०, ६१ र ६२औं शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेको हुन् । साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यी चार शाखाहरुसहित बैंकले ६२ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैँकिङ्ग सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालको पाँचौँं राष्ट्रिय महाधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री पुनले आगामी पाँच वर्षभित्र सबै नागरिकलाई विद्युत् सेवा उपलब्ध गराइने बताए । उनले अहिलेसम्म ३५ प्रतिशत नागरिकको पहुँचमा विद्युत् सेवा नपुगेकाले ती क्षेत्रमा विद्युत् उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गरेका छन् । मन्त्री पुनले नागरिकलाई सहज रुपमा विद्युत् सेवा पुर्याउन सामुदायिक संस्थाको भूमिका समेत महत्वपूर्ण रहेको स्पष्ट पारेका छन् । सरकारले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र दश वर्षमा दश हजार मेगावाट विद्युत् उपलब्ध गराउने लक्ष्य निर्धारण गरेकाले सबै वर्ग तथा क्षेत्रलाई समेटेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयले केही दिन पहिले जारी गरेको श्वेतपत्रमा ऊर्जाको उत्पादनमा जोड, प्रसारण लाइन निर्माण तथा अन्य नीतिगत विषयमा समेत स्पष्ट पारेको जानकारी दिए । सरकारले सस्तो लोकप्रियताका लागि श्वेतपत्र जारी गरेको नभइ नीतिगत स्थिरतासहितको विकासका लागि प्रयास गरेको उल्लेख गरेका छन्। जलस्रोतको एकीकृत विकास गरेर आर्थिक समृद्धिको आधार तयार पार्ने भन्दै मन्त्री पुनले दुरदराजमा रहेका नागरिकलाई विद्युत् सेवा दिन सामुदायिक संस्थाको भूमिका प्रभावकारी रहेको बताएका छन् । सामुदायिक विद्युतीकरणमा समुदायले एक अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन् । विद्युत्मा आधारित व्यवसायमार्फत स्थानीयस्तरमा पाँच हजार बढीले रोजगारी पाएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले विकट क्षेत्रमा गरिने विद्युतीकरणमा लागत बढी हुने हुँदा सेवा सञ्चालनमा समस्या परेको, नेपाल विद्युत् प्राधिकरणबाट सामुदायिक विद्युतीकरणको मर्म र भावना अनुकूल कार्य हुन नसकेको तथा ग्रामीण क्षेत्रमा गरिबीका कारण दश प्रतिशत रकम संकलनमा समस्या परेको भन्दै स्पष्ट ग्रामीण विद्युतीकरण नीति लागू गर्नुपर्नेमा जोड दिए । सामुदायिक ग्रामीण विद्युतीकरणका लागि संस्थामा प्रर्याप्त कर्मचारीको व्यवस्था नहुनु, विद्युत् संकलन कार्य सञ्चालनमा जटिलता थपिएको, ग्रामीण विद्युतीकरण घाटाको व्यवसाय भएकाले आर्थिक रुपले संस्थाको दिगोपनमा चुनौती खडा हुने गरेको अध्यक्ष ज्ञवालीको भनाइ छ । ग्रामीण क्षेत्रमा एकमुष्ठ र शीघ्र विद्युतीकरण, स्थानीयस्तरमा तालीम तथा रोजगारीको अवसर, शिक्षा, स्वास्थ्य र वातावरणमा प्रविधिको सुधार, विद्युत् चुहावट नियन्त्रण, विद्युत्को किफायती प्रयोग, विद्युत् सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि तथा ग्रामीण विकासको लागि पूर्वाधार निर्माण गरिएको छ । रासस
नौ महिनामा वैदेशीक लगानी २२३ प्रतिशत वृद्धि, ऊर्जामा अत्यधिक
काठमाडौं । गएको नौ महिनामा मुलुकमा ३५ अर्ब ३२ करोड रुपैयाँ वैदेशीक लगानीको प्रतिवद्धता आएको छ । उक्त प्रतिवद्धता गएको वर्षको सोही अवधिकोभन्दा २२३ प्रतिशत बढी हो । स्थायी सरकार बन्नु, मुख्य राजनैतिक दलहरुले अर्थिक समृद्धिलाई प्रथमिकतामा राख्नु, लोडसेडीङ हट्नु, पुनर्निमाणको कार्य अघि बढ्नु लगायतका कारणले वैदेशीक लगानीको प्रतिबद्धता बढेको हो । गएको अर्थिक वर्ष साउनदेखि चैतसम्मको अबधिमा १० अर्ब ९२ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको उद्याेग विभागको तथ्याङ्कमा देखिन्छ । विभागकाे प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकमा स्थिर सरकार बन्नु र सरकारले आर्थिक समृृद्धिलाई प्रथमिकतामा दिएसँगै वैदेशीक लगानी बढेको बताए । साथै विगतमा गरिएको लगानी सम्मेलनको सकरात्मक प्रभाव अहिले देखिन थालेको उनको भनाइ छ । ‘विगतमा भएका विभिन्न लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरुले गरेका लगानी प्रतिवद्धता आउनेक्रममा छन्,’ उनले भने ‘अहिले उर्जा, उत्पादनमूलक क्षेत्रहरुमा उत्साहजन लगानी बढेको छ ।’ उनको अनुसार वैदेशीक लगानी भित्रिनेक्रम जारी छ । मुख्यगरी ठुलठुला परियोजनाहरुमा पछिल्लो समय लगानी बढेको छ । खनिज, कृषि र वन पैदावारको क्षेत्रमा समेत लगानीको आकर्षण देखिएको छ । विभागको तथ्याङ्कअनुसार गएकाे नाै महिनामा सवैभन्दा बढी ऊर्जा क्षेत्रमा लगानी भित्रिएको छ । उक्त उर्जा क्षेत्रमा २२ अर्ब ८ करोड रुपैयाँ लगानी भित्रिएको हो । सोही अबधिमा गएको वर्ष उर्जा क्षेत्रमा कुनै पनि लगानी भित्रिन सकेको देखिन्दैन । त्यस्तै दोस्रो बढी खनिज क्षेत्रमा लगानी बढेको छ । सो क्षेत्रमा गएको सोही वर्षको अवधिभन्दा अहिले ६७ गुणा बढी लगानी प्रतिवद्धता आएको हाे । गएको वर्ष ३ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएकोमा चालु वर्षको नौ महिनाको अबधिमा बढेर २ अर्ब रुपैयाँ पुगेको छ । गएको वर्षको तुलनामा अधिकांश क्षेत्रमा लगानी बढेको छ । उत्पादन मुलक क्षेत्रमा २७१ प्रतिशत लगानी प्रतिवद्धता बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएकोमा चालु नौं महिनामा बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको नौं महिनामा कृषि तथा वन पैदावरमा १ अर्ब ८८ करोड, पर्यटन क्षेत्रमा १ अर्ब ७२ करोड, सेवा क्षेत्रमा १ अर्ब ३७ करोड र सूचना प्राविधिक क्षेत्रमा २६ करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । गएको सोही अवधिमा ती क्षेत्रहरुमा क्रमशः १६ करोड, ४ अर्ब ९८ करोड, ४ अर्ब १० करोड, ३ करोड रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको थियो । विभागकोअनुसार गएको वर्षको तुलनामा चालु वर्षको नौ महिनामा कृषि तथा वन पैदावार क्षेत्रमा साढे ११ गुणा, सञ्चार प्रविधि क्षेत्रमा साढे ७ गुणा वैदेशीक लगानी बढेको छ । यद्यपि सेवा र पर्यटनको क्षेत्रमा भने गएको वर्षको तुलनामा यो वर्ष क्रमशः ६६ र ६५ प्रतिशत घटेको छ । गएको नौं महिनाको अबधिमा वैदेशीक लगानी रहेको २२६ कम्पनी उद्योग विभागका दर्ता भएका छन् । ती उद्योगहरुको कुल पूँजी ३८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । दर्ता भएका उद्योग/परियोजनाहरु सञ्चालन अाएसँगै मुलुकमा ८ हजार ५४४ संख्यामा रोजगारी सृजना हुने उद्योग विभागले जानकारी गराएकाे छ ।