बीमा कभरेज २५ प्रतिशत पुर्याउन अर्थमन्त्रीको निर्देशन, समितिका अध्यक्ष भन्छन् :१८ प्रतिशत बढी हुदैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आउदो ४ वर्षभित्र बीमा कभरेज २५ प्रतिशत पुर्याउन बीमा समितिलाई निर्देशन दिएका छन् । हाल १० प्रतिशत रहेको बीमाको पंहुँचलाई बढाएर २५ प्रतिशत पुर्याउन निर्देशन दिएका हुन् । यसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ । यता समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले १८ प्रतिशत भन्दा बढी कभरेज हुन नसक्ने बताएका छन् । विकास न्युजसंग कुरा गर्दै अध्यक्ष चापागाईले आउदो ४ वर्षमा बीमा कभरेज ८ प्रतिशत बढ्ने प्रक्षेपण गरेका हुन् । यद्यपी उनले बढी भन्दा बढी कभरेज बढाउन प्रयास गरिने जानकारी दिए । अर्थमन्त्री खतिवडाले सरकारले दिदै आएको कृषि तथा लघु बीमा अनुदानको दुरुपयोग भएको आशंका गर्दै कानूनको हात धेरै लामो हुने भएकाले तान्न सक्ने भन्दै सचेत समेत गराएका छन् । नेपाल र भारत सीमानामा भारतीय कम्पनीले बीमा गरिरहेको जानकारी गराउदै यो कानून विपरित भएको यसको अन्त्य गर्न सुझाएका छन् । नेपालबाट पुर्नबीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुर्नबीमा कम्पनी सक्षम हुनुपर्नेमा अर्थमन्त्री खतिवडाले जोड दिए । बीमाको आयात बढी रहेको भन्दै निर्यात पनि गर्न उनले सुझाएका थिए । वस्तुका अतिरित्त सेवा व्यापारमा पनि नेपाल घाटामा रहेको जानकारी गराउदै बीमा सेवा निकासी गरेर घाटा कम गर्न सकिने उनको भनाई थियो । यस्तै समितिको स्वर्णमहोत्सवका अवसरमा मंगलबार साँझ राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रीले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने अर्थमन्त्रीले प्रतिवद्धता जनाएका छन् । ऐनको मस्र्यौदा अहिले कानून मन्त्रालयमा पुगेको छ ।
कमोडिटि फ्यूचर्स एक्सचेन्जमा ठुला घरानाको लगानी, चुक्ता पूँजी ६० करोड
काठमाडौं । कमोडिटि फ्यूचर्स एक्सचेन्ज लिमिटेड (सिएफएक्स) ले ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याइ बजार सञ्चालन गर्ने तयारी गरेको छ । वस्तु विनिमय बजार सम्बन्धी ऐन तथा नियमावली, २०७४ मा तोकिएको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेसँगै उक्त कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुर्याउने तयारी गरेको हो । उक्त एक्सचेन्ज लिमिटेडमा नेपालमा रहेका विभिन्न व्यवसायिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुहरुले लगानी गर्ने भएका छन् । वर्ल्ड लिंकको प्रबद्र्धक दिलिप अग्रवालदेखि गोयल ग्रुपका चिराग गोयलसम्मका लगानी कम्पनीमा लगानी गर्नेहरुमा वर्ल्ड लिंकको प्रबद्र्धकहरु दिलिप तथा मनोज अग्रवाल, कृषि क्षेत्रमा कार्य गर्दै आएको निम्बस ग्रुप अन्तरर्गतको कम्पनी नेपाल वेयरहाउजिंग तथा त्यसका प्रवद्र्धक आनन्द बगारिया रहेका छन् । त्यस्तै पूर्व गभर्नर डा. तिलक रावल, इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई, विद्युत उत्पादन गर्ने कम्पनी सुपर आँखुखोलाका प्रबन्ध सञ्चालक विश्वनाथ कँडेल, गोयल ग्रुपकातर्फबाट चिराग तथा अनुराग गोयल, प्रभु क्यापिटलका सञ्चालक सुवास अमात्य, चाँदीको आयतको क्षेत्रमा काम गर्दै आएको कम्पनी नवदुर्गा ट्रेडिङ कन्सर्न र लगानी व्यवस्थापन कम्पनी नेशनल मर्चेन्ट बैंकसहित ४२ जनाको लागानी रहने भएको छ । केही महिना अघि मात्रै धितोपत्र बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अन्तर्गत रहेर वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिन सूचना जारी गरेको थियो । सोही अनुसार सिएफएक्सले वस्तु विनिमय बजार सञ्चानलका लागि आवश्यक सबै प्रक्रियाहहरु सम्पन्न गरी पूर्वस्वीकृतिका लागि धितोपत्र बोर्ड समक्ष आवेदन दिइसकेको जनाएको छ । सिएफएक्सले २०६८ सालदेखि कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई २०६८ फागुनदेखि वस्तु विनिमय बजार सञ्चालन गर्दै आइरहेको छ । कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्नेसम्मको योजना कम्पनीले कृषि उपजहरुको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्दै अगाडी बढाउने योजना अघि सारेको छ । अलैँजी, अदुवा, कफी लगायतको कारोबार अनुमति पाए महिना दिन भित्र हाल रहेको जनशक्ति तथा पूर्वाधार परिस्कृत गर्दै अध्ययन गर्ने र केही कारोबार शुरु तयारी गरेको छ । साथै संस्थागत सुशासनका अन्तर्राष्ट्रिय मान्यताहरुलाई लागू गरी अन्तर्राष्ट्रिय स्तरको संस्थाको रुपमा बजारको विकास गर्ने योजना समेत रहेको जानकारी गराएको छ । त्यस्तै नेपाली कृषि उत्पदानको बजारीकरण तथा मुल्य शृंखलालाई नविकरण गर्ने व्यवस्था मिलाई कृषि उपजलाई वस्तु बजारको संयन्त्रभित्र ल्याई कारोबार गर्न योग्य बनाउन अध्ययन कार्यदल बनाइने, गोदाम घर रशिद (वेयर हाउस रिसिप्ट)लाई वित्तीय उपकरण बनाई बैंक ऋण तथा कारोबारका लागि व्यवस्था मिलाउन नियामक निकायसँग समन्वय गर्ने । सँगै कानूनी तथा भौतिक पूर्वाधारको किवासको कार्य अघि बढाउने बताएको छ । कृषि उत्पादनको कारोबार प्रणालीलाई सहजीकरण गर्न तथा गोदाम घरमा जम्मा भएको कृषि उपजलाई डिजिटलमा परिवर्तन गर्ने व्यवस्था मिलाउन डिम्याट तथा रिम्याट प्रणाली सहितको ग्रेन बैंक सोलुसन अर्थात कमोडिटि डिपोजिटरी सेवा सञ्चालनमा ल्याउने लगायतका कम्पनीले भावि योजना अघि सारेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने तयारी पुरा, जेठ ७ देखि कार्यान्वयनमा ल्याइने
काठमाडौँ । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागिपरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चापलाई न्यूनीकरण गरी सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही जेठ ७ देखि विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्ने उद्देश्यले २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारीको १०० दिने कार्ययोजनाको उच्च प्राथमिकता परेको यो कार्यलाई सफल तुल्याउन सरोकार भएका निकाय तथा विज्ञहरुसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरिसकेका छन् । विमानस्थल २१ घण्टा सञ्चालनको आवश्यक तयारीबारे नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारी, विमानस्थल व्यवस्थापन तथा प्राविधिक लगायत क्षेत्रमा काम गर्ने सबै निकायका कर्मचारीसँग आज अन्तरक्रिया गरी मन्त्री अधिकारीले विमानस्थललाई चुस्त, दुरुस्त बनाउन आग्रह गरे। “विमानस्थलको एयर ट्राफिक जाम व्यवस्थापनकै कमजोरीले भएको हो । एयर रुट वैज्ञानिक बनाइनुपर्छ, आवश्यकताभन्दा बढी रुट कसैलाई दिनु हँुदैन यही व्यवस्थापनका लागि नै २१ घण्टा विमानस्थल चलाउने भनेको हो यसका लागि कर्मचारीमा कुशल व्यवस्थापन र इच्छा शक्ति दृढ चाहिन्छ,” उनले भने । विमानस्थलको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि सबै किसिमको तयारी भएको उल्लेख गर्दै मन्त्री अधिकारीले सेवालाई प्रभावकारी बनाउन थप जनशक्ति व्यवस्थापन तथा सेवा सुविधामा कुनै कमी हुन नदिन क्यानको ध्यानाकर्षण गराए । मन्त्री अधिकारीले विमानस्थलको चाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकको कुनै एक स्थानमा विमानस्थल जसरी पनि बनाएर छाड्ने उद्घोष गरेका छन् क्यानका महानिर्देशक सञ्जीव गौतमले जेठ ७ गतेदेखि विमानस्थललाई २१ घण्टा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति व्यवस्थापन लगायतका सबै तयारी भएको जानकारी दिए । सुरक्षा निकायलगायत विमानस्थलका साझेदार सबै निकायसँग समन्वय गरी सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा भविष्यमा आवश्यक पर्ने जनशक्तिको समेत व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए । विमानस्थल सञ्चालन २१ घण्टा पु¥याउँदा ८५ देखि ९० एटिसी आवश्यक पर्ने जनाइएको छ । क्यानसँग देशभरि गरी करीब २५० एटिसी रहेका छन् । विमानस्थलमा कहिलेकाहीँ अपर्भmट विद्युत् आपूर्ति बन्द हुँदा जेनेरेटर सञ्चालन गर्न कम्तीमा पनि १० सेकेण्ड समय लाग्ने हुँदा उक्त अवधिमा हवाई दुर्घटना हुन सक्ने खतरा औँल्याउँदै कर्मचारीले त्यो खतराबाट बच्न अनलाइन युपिएस जडान गरिनुपर्ने सुझाव छ । विमानस्थलबाट अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करीब ४०० उडान अवतरण हुने गरेको छ । जसमा आन्तरिकतर्फ हेलिकोप्टरसहित करीब ३५० र अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० वटा वायु सेवा प्रदायकले दैनिक १०० भन्दा बढी उडान भर्दै आएका छन् । उडान चापले एयर ट्राफिकका कारण झण्डै एक घण्टा आकाशमा घुम्नुपर्ने (होल्ड) अवस्था रहेको छ । दैनिक १ हजार ३०० यात्रु व्यवस्थापनको क्षमता भएको अन्तर्राष्ट्रिय विमानस्थलमा हाल बढी व्यस्त समयमा २ हजार ५०० भन्दा बढी यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । विमानस्थलमा सरकारी निकाय एवम् निजी कम्पनीसहित करीब ८० निकाय सक्रिय छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको छ । सञ्चालन अवधि २१ घण्टा पु¥याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्म हुनेछ । अहिले दुई सिफ्टमा कर्मचारीहरुले काम गर्दै आएका छन् । रासस
५०० र १००० दरका भारु साट्न भारतले नेपालसँग माग्यो थप समय
काठमाडौं । कानूनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले ५०० र १००० दरका भारु नोट सटही गर्न समय मागेको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले भारु सटहीका लागि प्राथमिकताका साथ कुरा उठाएको भन्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरे । तर सबै किसिमका कानुनी र प्राविधिक जटिलता अन्त्यका लागि यसअघि नै पर्याप्त छलफल भइसकेको बताउँदै नेपाल राष्ट्र बैंकका अधिकारीले भारतीय पक्षको आश्वासन पूरा हुनेमा आशङ्का व्यक्त गरेका छन् । दुई देशबीचको औपचारिक वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनका भारतीय समकक्षी मोदीलाई साक्षी राख्दै प्रतिबन्धित भारतीय नोट सटहीको विषय समाधान गर्न आग्रह गरेका थिए । सन् २०१६ नोभेम्बरमा भारतमा ५०० र १००० रुपैयाँका नोट प्रतिबन्धित गरिएको थियो । अझै बैंकिङ प्रणालीमा रहेको ७ करोड भारु नोट साट्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । भारतीय पक्षले उक्त रकम सटहीमा केही कानूनी पक्षलाई समेत विचार गर्नुपरेकोले ढिलाइ भएको बताएको रिमालले जनाए ।उनले भने, “भारतीय पक्षले हाम्रो आग्रहलाई सुन्यो। तर त्यसमा कतिपय कानुनी पक्ष छन् त्यसलाई ख्याल गर्छौँ भन्ने उहाँहरूको भनाइ छ । हाम्रो देशमा जम्मा भएको भारु हाम्रो कारणले नभई भारतको कारणले जम्मा भएको हो, रकम खेर जाने स्थिति नबनोस् भनेर हामीले भन्यौँ । असोज महिनासम्ममा एक ढङ्गको प्रगति हुने हाम्रो अपेक्षा छ।“ स्राेतः बीबीसी
जेठ भर खाद्य स्वच्छता दिवस मनाउदै खाद्य विभाग, सरसफाईदेखि अनुगमनसम्मको कार्यक्रम
काठमाडौं । जेठ महिनाभर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता दिवस–२०७५ मनाउने भएको छ । खाद्य स्वच्छता र गुणस्तर बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभागले उक्त दिवस मनाउने भएको हो । विगभागको संयोजनमा आव २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि ‘दशौं खाद्य स्वच्छता दिवस २०७५’ मनाउन लागेको हो । विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै दिवस सम्बन्धमा जानकारी गराएको छ । कार्यक्रममा विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवस मुलुकको लागि महत्वपुर्ण भएको बताए । सरोकारवाला सबैलाई यसलाई खुसीको अवसरको रुपमा लिन पर्ने उनको बुझाइ छ । ‘यसैलाई मध्यनजर गर्दै अबदेखि अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवसको सेरोफेरोमा जुन ७ लाई खाद्य स्वच्छता दिवस र जेठ महिनालाई खाद्य स्वच्छता महिनाको रुपमा हरेक वर्ष मनाइने छ,’ उनले भने । उनकोअनुसार खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले दश वर्ष अघि उक्त अभियान शुरु गरेको थियो । अभियानलाई समर्थन गर्दै विश्व खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संघको संयुक्त आयोग (कोडेक्स) को ३० औं बैठकबाट जुन महिनाको ७ तारिखलाई अन्तर्राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाउन सिफारीस गरेबाट विभाग थप उत्साहित भएको छ । ‘हामी सबैको सरोकारवः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ खाद्य श्रृंखलाका विभिन्न चरणमा स्वच्छता र गुणस्तर कायम राख्न विभिन्न क्षेत्रको भूमिकालाई महत्व दिदै विगभाले दिवस मनाउने विभागको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । दिवसमार्फत खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई सम्पुर्ण उपभोक्तासम्म पुर्याउन सहयोग पुग्ने उनको भनाइ छ । उनको अनुसार उपभोक्ताहरुहित सम्बन्धित संघ संस्थाहरू, खाद्य उद्योगहरू, खाद्य प्रविधि विषय अध्ययन अध्यापन नहुने कलेजहरू लगायतमा जनचेतनाका प्रदान गरिनेछ । दिवस भव्यताका साथ सम्पन्न गर्न विभागका महानिर्देशक कर्णको संयोजकत्वमा विभिन्न सरकारी निकाय उद्योग वाणिज्य क्षेत्रका उपभोक्तावादी संघ सँस्था पत्रकारहरुका संघ सँस्था लगायतबाट प्रतिनिधित्व हुने गरी सदस्यीय एक मूल समिति र विभिन्न २५ वटा उप समितिहरुमार्फत् कार्य अघि बढाएको जानकारी उनले जानकारी गराए । उनको अनुसार विभागले दिवस मनाउनेक्रममा सरसफाइ देखि मुलुकभरका विभिन्न स्थानहरुमा अनुगमनको कार्यक्रम तय गरेको छ । केन्द्रदेखि मुलुकमा विभिन्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछ ।
हिरोको पहिलो भाग्यशाली विजेता सन्दिप बानियाले जिते १ लाखको नगद पुरस्कार
काठमाडौं । “नयाँ बर्षमा हिरोको प्राइजात्रा” योजनामा सहभागि सन्दिप बानियाँ पहिलो भाग्यशाली विजेता बनेका छन् । यस योजनामा सहभागी भई लक्की ड्र मार्फत कुपन नं एमएचटीयूसीएफका बानियाले १ लाख रुपैयाँ जितेका हुन् । नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली.ले नेपाली नयाँ बर्षको उपलक्ष्यमा संचालन गरेको उक्त योजनामा बानियाँ सहभागी भएका थिए । यस योजनाअन्र्तगत हिरो मोटर साइकल किन्ने ग्राहकले ६ हजार रुपैयाँ तथा स्कुटर किन्ने ग्राहकले ८ हजार रुपैयाँ पक्का डिस्काउन्ट पाउने छन् । साथै, स्क्रयाच कार्ड मार्फत १ हजार देखि १ लाख रुपैयाँसम्म पाउन सक्ने र पाक्षिक बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख नगद जित्न सक्ने कम्पनीले जनाएको छ ।
माछापुच्छ्रे बैंकको एकैपटक १० वटा नयाँ शाखा सञ्चालनमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले खोटाङ्गको हलेसी, धनुुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा शाखा विस्तार गरी कारोबार शुरु गरेको हाे। खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरेका छन् भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरेका छन् । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । हाल बैंकले ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहकहरुलाईसम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
मिर्मिरे माइक्रोफाइनान्सले पायो १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले मंगलबार संस्थालाई चुक्तापूँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । संस्थाले ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।