लक्ष्मी बैंकको थप शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणीमा
काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यी शाखा सहित बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग, ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने छ । साथै, शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने बैंकको विश्वास छ ।
एशियन लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंक्यासुरेन्स सम्झौता
काठमाडौं । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंक लिमिटेडबीच बैंक्यासुरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात बैंकका शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अब एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग कैलाश विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ६० तोला सुन, ३० केजी चाँदी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग ठुलो परिमाणमा सुन र चाँदी रहेको छ । मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनीसँग ६० तोला सुन र ३० केजी चाँदी रहेको देखिएको छ । त्यस्तै उनीसँग विभिन्न बैंकमा रहेको रकम, बैंक र हाइड्रो पावरको सेयर, कार, ल्यापटप लगायत गरी ७६ लाख ७८ हजार रुपैयाँ बराबरकाे नगद तथा भाैतिक सम्पत्ति रहेको देखिएको हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको जानकारी अनुसार उनीसँग करिब सय रोपनी पैत्रिक जग्गा रहेको देखिन्छ । ती जग्गाहरु पोखरास्थित कास्कीको लेखनाथ नगरपालिकामा पर्दछ ।
यातायात मन्त्री रघुवीर महासेठको ऋण मात्रै २३ करोड, खातामा पैसा कति ?
काठमाडौं । यातायात मन्त्री रघुविर महासेठको बैंकको ऋण मात्रै २३ करोड रहेको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्री महासेठको ऋण मात्रै २३ करोड देखिएको हो । महासेठले नबिल बैंकबाट २ करोड ऋिण लिएका छन् भने महासेठकी श्रीमती जुली कुमारी महतोको नाममा पटक पटक गरी २१ करोड ऋण झिकिएको छ । उनीहरुको नाममा ५१ तोला सुन र १.५० किलो चाँदी रहेको छ । जुली महतोको नाममा विभिन्न बैंक तथा संस्थामा ४० करोड भन्दा बढी लगानी गरिएको छ । महासेठको बैंक खातामा कति सम्पत्ति रहेको छ भन्ने खुलाईएको छैन । थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ
सामसङको ‘जे२ २०१८’ मोबाइल नेपाली बजारमा, मूल्य साढे १४ हजार पर्ने
काठमाडाैं । नेपालमा वेस्ट सेलिङ्ग मोबाइलको रुपमा स्थापित भएको सामसङ मोबाइलको जे सिरिज अन्तर्गत हालै ‘जे२ २०१८’ मोबाइल नेपाली बजारमा सार्वजनिक गरको छ । विभिन्न विशेषता भएको उक्त मोबाइलको मूल्य १४ हजार ५९० रुपैयाँ पर्ने छ । मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रगमा उपलब्ध छ । यो सेट क्वालकोम स्नैपड्रैगन प्रोसेर, २ जिबि र्याम तथा १६ जिबी इन्टरनल मेमोरिका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको कम्पनीले जनाएको छ । यसबाट ग्यालेक्सी जे२ २०१८ सेटमा मेमोरी सेविङ्गफिचर रहेको छ यसबाटसोसल मिडिया एप्लिकेशनका सामग्रहीहरुलाई सिधै मेमोरी कार्डमा राख्न सकिने छ । सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले यो सेटमा रहेको मुभ टु मेमोरी कार्ड जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रगोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्ने बताए । ग्यालेक्सी जे२ २०१८मा ५.० इन्चको सुपर अमोल्ड डिस्प्ले, २६०० एमएएच व्याट्री रहेको छ । यसमा भएका विशेषताहरुले गर्दा प्रयोगकर्ताहरुलाई शानदार अनुभव प्रदान गर्नेछ । एलइडि प्ल्यासको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा जे२ २०१८ मोबाइलमा रहेको छ । यसले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट एवं सफा फोटो खिच्न सक्दछ ।
अर्थमन्त्रीको डेढ करोड नगद र ५० आना जग्गा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको डलर र नेपाली रुपैयाँ गरी १ करोड ५५ लाख रुपैयाँ नगद सम्पत्ति रहेको छ । मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ६२ हजार ७०३ डलर र बाँकी नेपाली रुपैयाँ रहेको उनले उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको सेवा र सोको ब्याजबाट भएको आम्दानीबाट यो रकम प्राप्त गरेको उनले उल्लेख गरेका छन् । उनले नेपाल राष्ट्र बैंकको सेवा, परामर्श सेवा, घरायसी वचतको ब्याजबाट आम्दानी गरेको बताएका छन् । यस बाहेक उनले सावल सहकारीमा ५ लाख रुपैयाँ सेयर लगानी रहेको जानकारी दिएका छन् । यस्तै उनको स्वामित्वमा ३६ लाख रुपैयाँको कार रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले आफ्नाे र श्रीमती कमला खतिवडाको नाममा काठमाडौं, भक्तपुर र झापामा गरी झण्डै ५० आना जग्गा रहेको बताएका छन् । यस्तै १० तोला सुन र १ किलो चाँदी रहेको उनले बताए ।
गृहमन्त्री रामबहादुर थापासँग ६ तोला सुन
काठमाडौं । गृहमन्त्री राम बहादुर थापासँग ६ तोला सुन रहेको देखिएको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरण थापाको ६ तोला सुन रहेको देखिएको हो । थप सम्पत्तिको विवरण यहाँबाट हेर्न सकिन्छ
लालबाबु पण्डितको सम्पत्ति: एक थान साइकलसहित २५ लाख बैंक ब्यालेन्स
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको एक थान साइकल सहित २५ लाख बैंक ब्यालेन्स रहेको छ । प्रधानमन्त्री कार्यालयले निकालेको सम्पती विवरणमा पण्डितको मोरङमा घर सहित २५ लाख बैंक ब्यालेन्स देखिएको हाे । सबै मन्त्रीको सम्पती विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्