सरकारले कुलमानलाई हटाउने तयारी गरेपछि राज्यमन्त्रीले भने : मन्त्रीको घरमा भाडा माझ्नु पर्थ्याे ? प्रतिवाद गर्छु

<p>काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई हटाउन गरेको प्रस्तावमा सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले असन्तुष्टि जनाएका छन् । उनले काम गर्ने व्यक्तिलाई सरकारले हटाउन लागेको भन्दै असन्तुष्टि पोखेका हुन् । खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन् । सोही विषयमा टिप्पणी गर्दै [&hellip;]</p>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई हटाउन गरेको प्रस्तावमा सोही मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले असन्तुष्टि जनाएका छन् । उनले काम गर्ने व्यक्तिलाई सरकारले हटाउन लागेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन् । सोही विषयमा टिप्पणी गर्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘काम गर्ने मान्छेलाई हटाउनु हुँदैन, मन्त्रीज्यू (दिपक खड्का)ले त्यो प्रस्ताव लिनु भएको छ भने म त्यसको विरोध गर्छु, त्यसको प्रतिवादमा उत्रिन्छु, यो गलत निर्णय हुन्छ,’ उनले विकासन्युजसँग भने ।

‘काम गरेन भनेर आरोप लगाएर के कुलमानले मन्त्रीको भाडा माझ्नुपर्थ्याे ? काम गर्ने मान्छेलाई गर्न दिनुपर्छ, मत भन्छु कुलमानको कार्यकाल अझै चार वर्ष थप्नुपर्छ,’ उनले थपे ।

अहिले मन्त्रिपरिषदको बैठक चलिरहेको छ ।

Share News