चीनविरुद्ध ट्यारिफको असरः अमेरिकी चिकित्सा क्षेत्रमा संकट, ट्रम्पमाथि उद्योगको दबाब

<p>काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध ट्यारिफ लगाएपछि अमेरिकी प्रशासन खुसी देखिए पनि उद्योगजगतले यसलाई अस्वीकार गरेको छ । यस ट्यारिफले अमेरिकी नागरिकहरूलाई गम्भीर समस्यामा पार्न सक्ने जनाइएको छ । चिकित्सा सेवा महँगो हुने र औषधीको अभावजस्ता सम्भावित परिणामहरू सामुन्ने छन्। अमेरिकी चिकित्सा उद्योगले ट्रम्प प्रशासनप्रति रोष व्यक्त गरेको छ । रोयटर्सको एक समाचार [&hellip;]</p>

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध ट्यारिफ लगाएपछि अमेरिकी प्रशासन खुसी देखिए पनि उद्योगजगतले यसलाई अस्वीकार गरेको छ । यस ट्यारिफले अमेरिकी नागरिकहरूलाई गम्भीर समस्यामा पार्न सक्ने जनाइएको छ । चिकित्सा सेवा महँगो हुने र औषधीको अभावजस्ता सम्भावित परिणामहरू सामुन्ने छन्।

अमेरिकी चिकित्सा उद्योगले ट्रम्प प्रशासनप्रति रोष व्यक्त गरेको छ । रोयटर्सको एक समाचार अनुसार अस्पताल र जेनेरिक औषधी निर्माताहरूले ट्यारिफ नीतिमा छुटको माग गर्दै दबाब बढाएका छन् । चीनबाट आउने चिकित्सा सामग्रीमा ट्यारिफ लागू नहोस् भन्ने माग उनीहरूको छ । यसका लागि प्रमुख फार्मास्युटिकल समूहहरू सक्रिय भएका छन् ।

अमेरिकामा के असर हुन्छ ?

अस्पताल र औषधी निर्माताहरूले चेतावनी दिएका छन् कि ट्यारिफले न केवल औषधीको कमी हुनेछ, यसले मूल्य पनि बढ्नेछ । अमेरिकन हस्पिटल एसोसिएशनले ट्रम्पलाई पत्रमा स्पष्ट पारेको छ कि यसले क्यान्सर, हृदयरोगका औषधी र चीनबाट आउने एमोक्सिलिनजस्ता एन्टिबायोटिक्सलाई प्रभाव पार्नेछ ।

ट्रम्पमाथि दबाब

अमेरिकी व्यापार प्रतिनिधि कार्यालय अनुसार सन् १९९४ देखि अमेरिका र यसका व्यापारिक साझेदारहरूले फार्मास्युटिकल उत्पादनमा प्रयोग हुने रसायनमा ट्यारिफ हटाउने सहमति जनाएका छन् । तर हालैको ट्यारिफ घोषणापूर्व फार्मास्युटिकलका अधिकारीले ट्रम्प प्रशासनलाई ट्यारिफबाट बाहिर राख्न आग्रह गरेका थिए ।

चीनमा निर्भरता

अस्पताल लबी समूहअनुसार अमेरिकाको ३० प्रतिशत कच्चा पदार्थ चीनबाट आउँछ, जुन ५ हजारभन्दा बढी अस्पताल र स्वास्थ्य प्रणालीमा प्रयोग हुन्छ । डिस्पोजेबल मास्कको एक तिहाई र प्लास्टिकको पन्जालगायत करिब सबै चीनबाट नै निर्यात हुन्छ।

अमेरिकामा औषधी महँगो

अमेरिकामा औषधीको मूल्य विश्वभरिको तुलनामा सबैभन्दा बढी छ । २०२३ मा अमेरिकाले १७६ अर्ब डलरको औषधि आयात गरेकोमा ६ अर्ब डलर चीनबाट आएको थियो ।

अमेरिकी खाद्य एवं औषधी प्रशासनको डाटाअनुसार यसमा एमोक्सिलिन र पेन्सिलिन जस्ता एन्टिबायोटिक्स समावेश छन् ।

मेक्सिको, क्यानडा र चीनविरुद्ध अमेरिकाको ‘ट्रेड वार’

यूएसएआईडी ‘कट्टर पागलहरूद्वारा चलाइएको’ ट्रम्पको भनाइ, बन्द गर्ने मस्कको दावी

Share News