पिपुल्स हाइड्रोले ५० प्रतिशत हकप्रद जारी गर्ने, पारित गर्न डाक्यो साधारण सभा

  २०८० चैत ८ गते ११:२२     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जारी पुँजीको दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद सेयरबाट उठेको रकम कम्पनीले आफूले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना ख मा बैंकबाट लिएको ऋण तिर्ने बताएको छ । साथै, कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मेगावाटको निर्माणमा लगानी हाइड्रोले जानकारी गराएको छ ।

उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । कम्पनीले १६औं अर्थात आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभा आगामी चैत ३० गते शुक्रबार हुँदै छ । सभा सो दिन बिहान ११ बजे काठमाडौंको बुद्धनगर क्वालिटी बैंकेटमा हुने कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी चैत १५ गते बुक क्लोज गर्दै छ । यससँगै चैत १४ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन योग्य हुने छन् । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८० करोड रुपैयाँ नाघ्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायत संस्थापक सेयरधनीतर्फका ५ जना सञ्चालकको निर्वाचन गर्दै छ ।

One comment on "पिपुल्स हाइड्रोले ५० प्रतिशत हकप्रद जारी गर्ने, पारित गर्न डाक्यो साधारण सभा"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.