जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर

  २०८० फागुन १४ गते १६:२८     विकासन्युज

काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो ।

कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग जीहोका नयाँ स्कुटर साट्न सक्नेछन् ।

यो योजनामा जीहोको एई ६ मा २० हजार रुपैयाँ र एई ८ मा २५ हजार रुपैयाँ थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । कम्पनीले ‘जिहो एई ६ प्लस’ प्रिमियम स्कुटर ३ लाख ४४ हजार ९०० रुपैयाँ र एई ८ को मूल्य ४ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।

जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा छ ।

त्यसैगरी एई ८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड-माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पीड १२० किलोमिटर प्रतिघण्टा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.