एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

  २०८० फागुन ३ गते १६:०९     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पाउनेछन् । उक्त बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । तोकिएको २ अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको र नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि पेश गरिसकेको कम्पनीले जानकारी गराएको छ ।

सोही सभाले कम्पनीको आर्थिक वर्ष २०८०८१ को लागि श्री आर राजकर्णीकार एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

हाल कम्पनीको कुल बीमाशुल्क आम्दानी २ अर्ब ४० करोड, खुद बीमाशुल्क आम्दानी ७४ करोड २२ लाख र खुद नाफा २० करोड ८१ लाख रुपैयाँ छ ।

त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ४.०९ प्रतिशतले बढेर ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आइरहेको छ । जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरु समेत समावेश गरिएको छ । साथै, कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकहरुसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.