२०८० भदौ १५ गते १४:२५ विकासन्युज
काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत यस्तो सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए ।
यो सम्झौताले वित्तीय व्यापारको आवश्यकतालाई सम्बोधन गरी व्यापारिक ऋण र आवश्यक सहयोग मार्फत अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु¥याउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन् २०२२ मा एडीबीले १० हजारभन्दा बढी व्यवसायीक कारोबार मार्फत ७.७ विलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारको व्यवसायहरु रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो सम्झौतापछि दुई सयभन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘एसीयाली विकसा बैंकसँग भएको व्यापार वित्तीय सम्झौताले साना तथा मध्यम प्रकृतिका व्यवसायबीच हाम्रो उपस्थिति अझ बढाउँदै ग्राहकको व्यापारिक गतिविधिमा सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं ।’
सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा एडिबिका नेपाल रेसिडेन्ट मिसन प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.