राष्ट्र बैंकले कडाइ गर्दा पनि सेयरधितो कर्जामा नबिल र एभरेष्ट आक्रामक, १७ बैंकको लगानी घट्यो

  २०८० भदौ १० गते १४:४५     विकासन्युज

काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म सेयरधितो  कर्जा १० प्रतिशतले घटाएका हुन् ।

बैंकहरुले २०७९ असारसम्म ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । तर, एक वर्षको अवधिमा ९.४७ प्रतिशत घटाएर ६४ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बराबरको मात्रै सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

गत असारसम्म तीन वटा बैंकहरुले मात्रै सेयर कर्जा बढाएका छन् भने अधिकांश बैंकको कर्जा घटेको छ । एक वर्षको अवधिमा नबिल बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयर कर्जा बढाएका छन् ।

नबिलले २२.२२ प्रतिशत बढाएर ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४४.५८ प्रतिशत बढाएर १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ०.४३ प्रतिशत बढाएर ४ अर्ब ७ करोड ३३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।

गत वर्ष अधिकांश बैंकले सेयर कर्जा घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै धेरै माछापुच्छ्रे बैंकको ४७.४० प्रतिशत सेयर कर्जा घटाएर ५५ करोड १८ लाख रुपैयाँ मात्रै प्रवाह गरेको छ । यस्तै, एनआईसी एशिया बैंकको ४६.४४ प्रतिशत घटेर १ अर्ब २ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३३.४० प्रतिशत घटेर ३ अर्ब ४८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २६.६५ प्रतिशत घटेर २ करोड ४० लाख रुपैयाँ र सानिमा बैंकको २५.१८ प्रतिशत घटेर १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ सेयर कर्जा बजारमा गएको छ ।

यस्तै, हिमालयन बैंकले २०.७३ प्रतिशत घटाएर २ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४.६९ प्रतिशत घटाएर ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकले १४.३१ प्रतिशत घटाएर ३ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १३.५४ प्रतिशत घटाएर ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ र प्रभु बैंकले ११.७५ प्रतिशत घटाएर ३ अर्ब ९८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

यस्तै, ग्लोबल आइएमई बैंकले १०.०३ प्रतिशत घटाएर ६ अर्ब २७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ९.३८ प्रतिशत घटाएर ४ अर्ब १८ करोड रुपैयाँ, प्राइम बैंकले ७.२१ प्रतिशत घटाएर ३ अर्ब २१ करोड रुपैयाँ, कुमारी बैंकले ५.६५ प्रतिशत घटाएर ३ अर्ब ९६ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ प्रतिशत घटाएर १ अर्ब १३ करोड रुपैयाँ र एनएमबि बैंकले १.२० प्रतिशत घटाएर १ अर्ब ४३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.