१४० प्रतिशतसम्म प्रतिफल दिएको नबिल बैंकको यस्तो छ लाभांश इतिहास

  २०७९ मंसिर २५ गते २०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । बैंकले १८.५ प्रतिशत बोनस र ११.५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जुन हालसम्म बैंकहरुले प्रस्ताव गरेको लाभांशमध्ये उच्च हो ।
सेयरधनी र सेयरबजारमा पनि लगानीकर्ताहरुका लागि रोजाइको बैंक बनेको नबिल बैंकसँग ३७ वर्ष लामो इतिहास जोडिएको छ । यो यात्रामा नबिलले व्यवसायिक र सेवाका आधारमा पनि एक सफल वाणिज्य बैंकका रुपमा आफुलाई चिनाएको छ ।

हाल बैंकको अध्यक्षको रुपमा उपेन्द्र प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा ज्ञानेन्द्र प्रसाद ढुंगानाले नेतृत्व गरिरहेका छन् । बैंकमा संस्थापक समूहको ६० प्रतिशत अर्थात् ५ करोड ५३ लाख ३६ हजार १६३ कित्ता सेयर र सर्वसाधारण समूहको ४० प्रतिशत अर्थात् २८ करोड ३६ लाख ६५ हजार २५१ कित्ता सेयर स्वामित्व रहेको छ । वाणिज्य बैंकहरुको भीडमा लगानीकर्ताले पनि सबैभन्दा बढी रुचाएको बैंकमध्येमा नबिल अग्रणी स्थानमा पर्छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएको नबिल बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरिरहेका थिए । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ । यो लाभांश भने अघिल्लो आवको तुलनामा कम हो ।

यस्तो छ बैंकको लाभांश इतिहास

नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.