नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो

  २०७९ मंसिर १८ गते १३:०५     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् ।

४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.