१० बैंकलाई राष्ट्र बैंकको कडा चेतावनी, मर्जर नभाड्न भन्दै पठायो यी ५ निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका वाणिज्य बैंकहरुलाई विभिन्न चेतावनी दिएर मर्जरका लागि थप जिम्मेवार बनाउने प्रयत्न गरेको छ । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक–पटक पत्र पठाउँदै सचेत गराउन थालेको छ । राष्ट्र बैंकले बैंक तथा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सम्झौता गरेका वाणिज्य बैंकहरुलाई विभिन्न चेतावनी दिएर मर्जरका लागि थप जिम्मेवार बनाउने प्रयत्न गरेको छ । यसअघि अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवृति नदोहोरिनका लागि राष्ट्र बैैंकले मर्जर सम्झौता गरेका १० बैंकलाई पटक–पटक पत्र पठाउँदै सचेत गराउन थालेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५ (४) मा रहेर विभिन्न निर्देशन तथा चेतावनी बैंकहरुलाई दिइरहेको छ ।

हाल नेपाल इन्भेष्टमेन्ट–मेगा, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू, प्रभु–सेञ्चुरी र कुमारी–एनसीसी बैंकले मर्जर सम्झौता गरेका छन् । यी बैंकहरुले अहिले मर्जरको प्रक्रियामा छन् ।

बिचमा मर्जर प्रक्रिया नभाड्नका लागि राष्ट्र बैंकले विभिन्न समयमा विभिन्न निर्देशनहरु दिएर सचेत गराइरहेको छ । स्रोतका अनुसार अहिले राष्ट्र बैंक जसरी भए पनि मर्जर सम्झौता गरेका बैंकहरुबीच मर्जर गर्नै पर्ने मनसायमा छ ।

राष्ट्र  बैंकले मर्जर सम्झौता सम्झौता गरेका १० वटै वाणिज्य बैंकलाई पत्र पठाउँदै भनेको छ, ‘सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन, आफू खुसी गाभ्ने गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारवाही गरिनेछ ।’

यस्ता छन् राष्ट्र बैंकले बैंकहरुलाई दिएको चेतावनी :

(क) अन्य कनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभुत शेयरधनीहरुलाई सेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने ।

(ख) दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने ।

(ग) दुवै संस्थालाई अन्य कुनै संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत सेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने ।

(घ) दुवै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने/गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने ।

(ङ) दुवै संस्थालाई यस बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने ।

Share News