कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने

<p>काठमाडौं । कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारण सभा गर्ने निर्णय गरेको हो । बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उक्त लाभांश बैंकको वार्षिक [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको साधारण सभा कात्तिक २१ गते हुने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले कात्तिक २१ गते सोमबार साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ ।

उक्त लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको सेयर कारोबार बन्द रहेको छ ।

नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएकाले कार्त्तिक १४ गतेभित्र सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जनाएकाे छ ।

Share News